Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन

कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन

Breaking News 3, समाचार
काठमाडौं, जेठ २१ गते । कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले पठनपाठन नियमित हुन सकेको देखिँदैन । नेपाल सरकारको पाठ्यक्रम प्रारुप २०७६ अनुसार यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा पाठ्यपुस्तक परिवर्तन भएको हो । विद्यार्थीले नयाँ पाठ्यपुस्तक पढ्न पाउनुपर्ने भए पनि अझै हातमा पुस्तक नपुगेको विद्यार्थी वसन्त विकको गुनासो छ । “किताब छैन, किताब नभएकाले विद्यालयमा नियमित पढाइ हुन सकेको छैन”, विकले भन्नुभयो, “किताब नै नभए कसरी पढ्नु रु विद्यालयमा गए पनि किताब छैन भन्दै शिक्षकले पनि पढाउँदैनन् । गएका साथीहरु पनि समयअगावै घर फर्कन्छन् ।” टीकापुरका सुरेश चौधरी कक्षा ९ मा पढ्नुहुन्छ । उहाँले पनि अझै पाठ्यपुस्तक हातमा पाउनुभएको छैन । पाठ्यपुस्तक नभएर उहाँले पनि पढ्न पाउनुभएको छैन । “स्था...
फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता

फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता

Breaking News 3, समाचार
काठमाडौं, जेठ २१ गते । पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता ९अपाङ्गता० भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने पहेँलो र सेतो कार्ड प्राप्त सबै अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिने निर्णय गरेको छ । पहेँलो कार्ड भएकालाई मासिक रु ५०० र र सेतो कार्ड भएकालाई मासिक रु ३०० का दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । यस निर्णयप्रति यहाँका स्थानीय खुसी भएका छन् । महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु एक हजार रकम प्रोत्साहन दिने निर्णय भएको छ । सो कार्यक्रम आगामी साउन १ गतेबाट लागू हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । हिंसापीडित महिलाका लागि लक्षित गरी परामर्श केन्द्र सञ्चालन गर्ने पालिकाले जनाएको छ । गाउँपालिकाअन्तर्गत रहेका लिफ्टिङ खानेपानी योजना...
म्यादी प्रहरीलाई निःशुल्क तालिम

म्यादी प्रहरीलाई निःशुल्क तालिम

Breaking News 2, समाचार
काठमाडौं, जेठ २१ गते । स्थानीय तह निर्वाचन २०७९ मा म्यादी प्रहरी भई काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सीपमूलक तालिम र रोजगारी÷स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौँ ।” उहाँका अनुसार शुक्रबार (सिटिइभिटी) गण्डकी प्रदेश कार्यालय पोखराले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा तत्काल बजारको मागअनुसार विभिन्न किसिमका छोटो अवधिको तालिमको सुरुआत गरेको हो । म्यादी प्रहरीको लागि सञ्चालन गरिएको तालिममा हाललाई जुनियर विल्डिङ इलेक्ट्रीसियन, प्लम्बर र किचन सहयोगी (कुक) तालिम सञ्चालन ...
गाँजासहित भारतीय नागरिक पक्राउ

गाँजासहित भारतीय नागरिक पक्राउ

Breaking News 1
काठमाण्डौँ, जेष्ठ २० मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ बाट लागुऔषध गाँजासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले ५० किलो ४०० ग्राम गाँजासहित भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नम्वर १० थाना बेला घर भई हाल महोत्तरीको औरही नगरपालिका वडा नम्वर ७ सोनामाई बस्ने ३७ वर्षीय राजेश चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । बिहीबार साँझ साढे ६ बजे प्रहरीले नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह १५०८ नम्वरको अटोलाई हेटौंडा–१ राप्तिरोडस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डस्थित रोकी जाँच गर्दा लुकाईछिपाई ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी गनुभयो । पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रक्रिया अगाडि बढाइएक...
कक्षा १२ पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले ५० हजार दिने

कक्षा १२ पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले ५० हजार दिने

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २० गते । कक्षा १२ मा पास भएर २० वर्ष पुर पुगेपछि मात्रै विवाह गर्ने छोरीहरुलाई सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ५० हजार रुपैयाँ प्रदान गरि सम्मान गरिने निर्णय भएको छ । वैशाख ३० मा भएको स्थानीय चुनावबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरुलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्णय अघि सारेको हो । यो कार्यक्रम गाउँपालिकामा नयाँ आर्थिक वर्षदेखि लागू हुनेछ । ‘यहाँ ६०÷७० प्रतिशत बालविवाह हुन्छ। त्यसमा पनि भागी विवाहको अवस्था भयावह छ। १४–१५ वर्षका किशोरीहरूले उमेर नपुगी विवाह गर्दा एकातिर उनीहरूले पढाइ पूरा गर्न पाउँदैनन् अर्कातिर कम उमेरमा गर्भवती हुँदा उनीहरूको स्वास्थ्यमा समस्या हुन्छ,’ महतोले भने,‘५० हजार रुपैयाँ दिने निर्णयले सबै समस्या समाधान हुन्छ म भन्दिनँ तर यो पढ्न र २० वर्ष पूरा भएपछिमात्रै विवाह गर्न उत्प्रेरक हुन सक्छ।’ एक पुस्त...
बारामा करेन्ट लागेर महिलाको मृत्यु

बारामा करेन्ट लागेर महिलाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २० बाराको कलैया उपमहानगरपालिका वडा नं २३ स्थित बैराठपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा बिजुली सर्ट भई बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । मृत्यु भएकी महिला सोही स्थान बस्ने रामविनय साहकी श्रीमती रहेको प्रहरीले बताएको छ । मृत्यु हुने महिला ३५ वर्षीया प्रभादेवी साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । करेन्ट लागेर गम्भीर घाइते भएकी साहको वीरगञ्जस्थित तराई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)...
विद्यालको अध्यक्ष तथा प्रधानाध्यापक घुस रकमसहित पक्राउ

विद्यालको अध्यक्ष तथा प्रधानाध्यापक घुस रकमसहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २० गते । महोत्तरीको श्री माध्यमिक विद्यालय एकडाराका विद्यालय व्यवस्थापक समितिका अध्यक्ष र प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन् । जिल्लाको जलेश्वर नगरपालिका–२ टाउन प्लानिङस्थित एक रेस्टुरेन्टबाट अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश मण्डल घुससहित पक्राउ परेका हुन् । उनीहरुलाई अख्तियार दुरुपयोग अननुसन्धान आयोगको टोलीले बिहितवार पक्राउ गरेको हो । उनीहरुले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरी विभिन्न बहानामा बनाई सेवाग्राहीबाट ५० हजार घुस लिएको अख्तियारले जनाएको छ ।...
उदयपुरको हडिया खोलाले बगाएको ४ यात्रीको उद्धार

उदयपुरको हडिया खोलाले बगाएको ४ यात्रीको उद्धार

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २० गते । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया खोलामा आएको बाढीले सुमोसहित बगाएका यात्रीहरुको उद्धार गरिएको छ । आज (आज) शुक्रवार विहान शिवाईबाट काठमाडौं जाँदै गरेको ना १ ज ८१०६ नं. को सुमोमा सवार एक जना नाबालकसहित चार जना यात्रुलाई उद्धार गरिएको हो । प्रत्यक्षदर्शी स्थानीय चन्द्रलाल गिरीका अनुसार बालुवामा गाडी फस्यो र फसेको गाडीलाई निकाल्ने क्रममा अचानक खोलामा बाढी आएपछि सुमो बगाएको हो । करिब १ सय मिटर तलसम्म बगाएको सुमो स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । गाडी रिजर्वमा काठमाण्डौं जादैँ गरेको थियो । सो क्षेत्रका बाटोहरु पक्की बनाइपनि खोलाहरुमा पुल नभएकोले वर्षेनी हडियाका स्थानीयले बेल्टार तथा गाईघाट आवत–जावतमा निकै सास्ति खेप्दै आएको स्थानीयहरुको गुनासो रहेको छ । चुनावका बेला दलहरुको ठूलोठूलो विकासे भाषणहरुमात्र हुने, तर...
अदालतले रु १६ लाख ५० हजार जरिवाना तोकेका व्यक्ति पक्राउ

अदालतले रु १६ लाख ५० हजार जरिवाना तोकेका व्यक्ति पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २० नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १६ लाख ५० हजार जरिवाना तोकिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७९ वैशाख ५ को फैसलाअनुसार चार दिन कैद सजाय र रु १६ लाख ५० हजार जरिवाना तोकिएका खोटाङ हलेसी घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय इन्द्रकुमार राईलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका राईले विसं २०७७ माघमा ग्लोबल आइएमई बैंक भक्तपुर शाखाको पर्याप्त मौज्दात रकम नभएको चेक दिएर ठगी गरेकाले उच्च अदालतको आदेशानुसार राईलाई आज काठमाडौँको चाबहिलबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो । (रासस)...
इन्धनको मूल्य घटेसँगै सार्वजनिक सवारी साधनको भाडा घट्यो

इन्धनको मूल्य घटेसँगै सार्वजनिक सवारी साधनको भाडा घट्यो

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ २० यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।नेपाल आयल निगमले बिहिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा लिटरमा रु १० को दरले घटाएसँगै विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । भाडा घटेसँगै यात्रुबाहक सवारीमा दुई प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.९ प्रतिशत घटेको विभागले जनाएको छ । यातायात व्यवस्था विभागको विसं २०७८ चैत १७ को निर्णयअनुसार लागू गरिएकोमा पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिएको डिजेलको बजार मूल्य रु १६३ प्रति लिटरलाई आधार मान्दै आए पनि बिहिबार रातीदेखि प्रतिलिटर रु १० घटी रु १५३ कायम भएकाले सोहीअनुसार सवारी भाडा घटाएको हो । सरकारले सार्वजनिक सवारी साधनको भाडादर...