Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

तीन किशोरी झुण्डिएको अवस्थामा फेला

तीन किशोरी झुण्डिएको अवस्थामा फेला

Breaking News 2, समाचार
काठमाडौं, साउन ८ गते । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल–५ पाठामारीस्थित सुनकोसी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार कचनकवल–५ की १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया कल्पना गणेश बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरूले सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि आत्महत्याको कारण खुलेको छैन । सोही चिया बगानमा काम गर्दै आएका उनीहरू शनिबार दिउँसोदेखि घरबाट सम्पर्कविहीन भएको र आज बिहान रुखमा झुण्डिएको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो । घटनास्थलमा प्रहरी खटाइएको र अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उ...
लागुऔषध गाँजासहित २ जना पक्राउ

लागुऔषध गाँजासहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ८ गते । धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो ३ बजे अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जादै गरेको प्रदेश न १–०२–००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो । यसरी गाडीमा लागुऔषध गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाउँपालिकापा–५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ । यसैगरी सुनसरीको ईनरुवा नगरपालिका–४ बाट ठुलो परिमाणको गाँजासहित १ जना पक्राउ परेका छन । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको को. १ ख २९२६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा ७ बोरा (२०८) केजी गाँजा...
उदयपुरमा जिप दुर्घटना : गाउँपालिका अध्यक्षसहित दुईजना घाईते

उदयपुरमा जिप दुर्घटना : गाउँपालिका अध्यक्षसहित दुईजना घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ८ गते । उदयपुरमा आज जिप दुर्घटना हुँदा दुईजना घाईते भएका छन् । सोलुखुम्बु नेचासल्यान गाउँपालिका–१ का ३२ वर्षीय झमक विक र ५४ वर्षीय धनजन राई घाईते भएका हुन् । घाईते राई सोही गाउँपालिकाका अध्यक्ष हुन्, भने विक जिपचालक हुन् । मदन भण्डारी लोकमार्गको त्रियुगा नगरपालिका–७ चिसापानी खण्डमा बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत इन्सपेक्टर मोहन थापाले बताए । थापाका अनुसार झापाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०१०२३ च ५८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो । घाईते दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।...
अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या

अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, असार ८ मध्य नाइजेरियाकोमा अज्ञात समूहले एकै परिवारका पाँच जनाको वीभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनामा मारिएका सबै फुसा समुदायका सदस्य भएका जनाउँदै प्रहरीले सन्दिग्ध अपराधीहरूको खोजी भइरहेको बताएको छ । सर्वाधिक जनसङ्ख्या भएको नाइजेरिया शृङ्खलाबद्ध सशस्त्र आक्रमणको शिकार बनेको छ । यो वर्ष धेरै सर्वसाधारण र सुरक्षाकर्मी त्यस्ता आक्रमणमा मारिएका छन् । (रासस)...
प्रदेश नं १ सभाको बैठक बस्दै

प्रदेश नं १ सभाको बैठक बस्दै

Breaking News 1, समाचार
काठमाण्डौँ, असार ८ प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ । (रासस)
बाख्रा चराउन जादाँ हराएकी महिलाको शव फेला

बाख्रा चराउन जादाँ हराएकी महिलाको शव फेला

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ८ बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ । बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । (रासस)...
मङ्गलबारसम्म वर्षाको सम्भावना

मङ्गलबारसम्म वर्षाको सम्भावना

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ८ आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसवद् प्रतिभा मानन्धरले भन्नुभयो, “यो क्रम आगामी मङ्गलबारसम्म कायम रहनेछ ।” उहाँका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेता पनि मनसुनी वायुको प्रभावले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षार्का सम्भावना रहेको छ । हाल लुम्बिनी, गण्डकी र प्रदेश नंका केही भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशका अन्य भू–भागमा आङ्शिकदेखि सामान्य बदली रहेको छ । रातको समयमा देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावका साथै प्रदेश नं १...
पहिराको त्रासले रित्तियो गाउँ

पहिराको त्रासले रित्तियो गाउँ

Breaking News 3, समाचार
काठमाण्डौँ, असार ८ पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाड्नुभयो । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाड्नुभएका राजु पौडेल र सात वर्षमा विद्यालय छाड्नुभएका विकास पौडेल विद्यालयबाट मात्रै टाढा हुनुभएन, उहाँहरू जन्मेको थातथलो नै छाडेर हिँड्नुभयो । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टारगाउँमा रहेको पल्लोपाखा माध्यमिक विद्यालयमा अध्यापन उहाँहरू घर टुनीबोट गाउँमा पर्छ । यो गाउँबाट यस वर्ष वर्षा सुरु नहुँदै १० घरले थातथलो छाडेका छन् । राजु र विकासजस्तै अर्का शिक्षक यदुनाथ शर्मा जागिरे जीवनबाट अवकाश पाउँदाको भोलिपल्टै घर छाड्ने अर्का पात्र हुनुहुन्छ । घरखर्च चलाउनमात्रै खेती किसानी गरेर गुजारा चलाउनेदेखि विभिन्न पेशा–व्यवसायमा रहेर काम गरिरहेका अधिकांशले गाउँ छाडेका छन् । विसं २०७७ भदौ २८ र २९ गते यो गाउँमा आएको पहिराले यहाँका नौ घर पुरेको थियो...
उत्तर प्रदेशमा ट्रकले तीर्थयात्रीलाई किच्दा छ जनाको मृत्यु

उत्तर प्रदेशमा ट्रकले तीर्थयात्रीलाई किच्दा छ जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, असार ७ हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ । शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा उनीहरूको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । घटना आज बिहान भएको हो । पाँच जनाको घटनास्थलमा अर्कोे एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । हरिद्वारबाट ग्वालियर गइरहेका उनीहरूलाई ट्रकले ठक्कर दिएको हो । ट्रकका चालक फरार रहेका र निजको खोजी भइरहेको छ । ‘कन्वर यात्रा’ भगवान् शिवका भक्तहरूद्वारा गरिने वार्षिक तीर्थयात्रा हो । कन्वर यात्रीहरू हरिद्वार, गौमुख र गङ्गोत्री र बिहारको सुल्तानगञ्जबाट गङ्गाजल ल्याएर भगवान् शिवलाई चढाउँछन् । कोभिड–१९ का कारण बन्द भएको कन्वर यात्रा दुई वर्षपछि शुरु भएको छ । तीर्थयात्रामा कुनै अप्रिय घटना हुन नदिन विभिन्न क्षेत्रका प्रशासन...
स्कारपिओको ठक्करबाट बालिकाको मृत्यु

स्कारपिओको ठक्करबाट बालिकाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, असार ७ सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिसा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिनुभयो । शनिबार दिउँसो साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा २० च ९५०२ नंको स्कारपियोले पैदल हिँडिरहेकी ती बालिकालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते बालिकाको उपचारका क्रममा तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । चालक पाँचखपन नगरपालिका–१ का गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)...