Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

विश्वका छपन्न करोड छयासी लाख छयानब्बे हजारमा कारोना

विश्वका छपन्न करोड छयासी लाख छयानब्बे हजारमा कारोना

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, असार ७ जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड(१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ । आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ । अमेरिका ९०,३५८,९८८ भारत ४३,८४७,०६५ फ्रान्स ३३,६२१,३१० ब्राजिल ३३,५५५,५२६ जर्मनी ३०,२३९,१२२ बेलायत २३,४२२,७११ इटाली २०,५३९,०१६ दक्षिण कोरिया १९,०७७,६५९ रूस १८, २४७, ७७० (रासस)...
तातोपानीबाट लक्ष्यको दोब्बर बढी राजस्व सङ्कलन

तातोपानीबाट लक्ष्यको दोब्बर बढी राजस्व सङ्कलन

Breaking News 3, समाचार
काठमाण्डौँ, असार ७ चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएकोे तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो । सामान आयात, मापदण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षण लगायतका कारणले सोचेकोभन्दा राम्रो सङ्कलन भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाइ छ । त्यस्तै भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धिको पाटो राम्रो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ । सङ्कलित...
एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

Breaking News 1, समाचार
काठमाण्डौँ, असार ७ उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् । बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु पनि नगपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन आएका सेवाग्राही पनि रित्तै घर फर्कनु परेको थियो। एक हप्तादेखि आफूहरुले नगर प्रमुख वसन्तकुमार बस्नेतको ध्यानाकर्षण गराएको र आफूहरु विनाकारण निष्कासन हुन परेकाले पुनः बहाली नभएसम्म आन्दोलन नरोकिने आन्दोलनकारी कर्मचारीका तर्फबाट संयोजक कृपाराम चौधरीले बताउनुभयो । यसै आर्थिक वर्षको साउन १ गतेदेखि नगरपालिकाका ६० अस्थायी, ज्या...
पाठ्यपुस्तक विना सामुदायिक विद्यालयमा परीक्षा

पाठ्यपुस्तक विना सामुदायिक विद्यालयमा परीक्षा

Breaking News 3, शिक्षा, समाचार
काठमाण्डौँ, असार ७ सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना भइसक्दा पनि जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् । जनक शिक्षा सामग्रीले समयमै पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्दा सर्लाहीसहित देशैभर पाठ्यपुस्तकको अभाव भएको थियो । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अध्यायनरत विद्यार्थीले पुस्तक पाउन नसकेका जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख सुनिलकुमार कुशवाहले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सामुदायिक विद्यालयहरुमा अहिले त्रैमासिक परीक्षा सञ्चालन भइहे पनि अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यार्थीहरु पाठ्यपुस्तक विना नै अध्ययन गरिरहेका सम्बद्ध विद्यालयका प्रधानाध्यापकहरुले बताए । कतिपय वि...
ट्राफिक प्रहरी मधेस प्रदेशद्वारा २२ करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरी मधेस प्रदेशद्वारा २२ करोड राजस्व सङ्कलन

Breaking News 3, समाचार
काठमाण्डौँ, असार ७ मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८र७९ मा रु २२ करोड बढी राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू र मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरी रु २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरेको हो । आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले रु तीन करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व सङ्कलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले रु एक करोड ७८ लाख ७० हजार पाँच सय मात्र राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारासमेत रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले रु तीन करोड ७५ लाख ५६ हजार, सप्तरीले रु दुई करोड १२ लाख ५१ हजार, धनुषाले रु एक करोड ९७ लाख ५७ हजार, महोत्तरीको रु दुई करोड ५३ लाख १९ हजार ५००, ...
दोषीबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

दोषीबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

Breaking News 3, समाचार
काठमाण्डौँ, असार ७ म्याग्दी जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलामा दोषी ठहरिएकाहरुबाट ७८२ वर्ष दुई महिना १४ दिन कैद र रु चार करोड ३६ लाख ९६ हजार ८८३ जरिवाना असुल उपर गर्न बाँकी छ । कार्यान्वयन गर्न बाँकी मुद्दा विसं २०५५ देखि यताका फैसलाका हुन् । गत आर्थिक वर्षमा ४८० वर्ष नौ महिना २३ दिन कैद र रु एक करोड ८४ लाख ८९ हजार ६०३ जरिवाना असुलउपर भएको अदालतका नायब सुब्बा ताराबहादुर थापाले बताउनुभयो । “गत आवमा अघिल्लो आर्थिक वर्षदेखि जिम्मेवारी सरेर आएका १४ र गत आवमा थपिएका ३१ वटामध्ये गत आवमा ३३ वटा मुद्दाको फैसला कार्यान्वयन भएको छ,” उहाँले भन्नुभयो, “फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी, स्थानीय प्रशासन, मालपोत, नापी, स्थानीय तह र वडा कार्यालयमा लगत पठाएर सहयोग माग्नाका साथै विभिन्न समयमा कर्मचारी खटाउने गरिएको थियो ।” दोषीलाई पक्राउ गरेर ल्याउनेलाई जरिवानाको २५ प्रतिशत र कैद सजा...
ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाख

ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाख

Breaking News 3, समाचार
काठमाण्डौँ, असार ७ सङ्खुवासभाको चैनपुर नगरपालिकाले ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका मलामीका परिवारलाई जनही रु एक लाख रुपैयाँ दिने भएको छ । मलामी पुगेर फर्कंदै गरेको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका तीन जनाको परिवारलाई जनही रु एक लाख दिने निर्णय गरेको हो । नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख कृष्णकुमार तामाङले जानकारी दिनुभयो । गत असार २४ गते मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका –९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु भएको थियो भने ट्र्याक्टर दुर्घटनामा परेर ४२ जना मलामी घाइते भएका थिए । यस्तै बैठकले घाइतेमध्ये तीन जनालाई उपचार खर्चसमेत उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख तामाङले बताउनुभयो । गम्भीर घाइते चैनपुर–१० का दीपेश...
कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ७ ताप्लेजुङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो । खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ । शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ । शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जि...
हत्या आरोपमा ७ वर्ष जेल बसेर छुटेको २ महिना नबित्दै पुन : हत्या

हत्या आरोपमा ७ वर्ष जेल बसेर छुटेको २ महिना नबित्दै पुन : हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ६ गते । हत्या अभियोगमा ७ वर्ष जेल सजाय भोगेर आएका महोत्तरीका एक जना पुन ः हत्या अभियोगमा पक्राउ परेका छन् । आफ्नै छिमेकीको हत्या गरेको अभियोगमा ७ बर्ष जेल बसेर १५ जेठमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका पिपरा गाउँपालिका–५ सहोडबाका रामनाथ दास आफ्नै काकाको हत्या अभियोगमा पुनः पक्राउ परेका हुन् । रिहा भएर आएको २ महिना नबित्दै रामनाथले ५ साउनमा आफ्नै काका ६० बर्षका रामबहादुर दासको हत्या गरेको पाइएको महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार रामनाथले आँपको बगैंचामा सुतिरहेका आफ्नै काका रामबहादुरमाथि कोदालो प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ । रामनाथलाई ५ साउनकै राति पक्राउ गरेको प्रहरीले आज सार्वजनिक गरेको छ ।...
१ नम्ब प्रदेश बजेट खर्च गर्नमा पहिलो, कर्णाली अन्तिम

१ नम्ब प्रदेश बजेट खर्च गर्नमा पहिलो, कर्णाली अन्तिम

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन ६ गते । सात प्रदेश सरकारध्ये प्रदेश १ बजेट खर्च गर्नमा सबैभन्दा अगाडी देखिन्छ । आर्थिक वर्ष २०७८÷८० को बजेट खर्चका आधारमा प्रदेश १ सबैभन्दा अगाडी र कर्णाली अन्तिममा रहेको छ । प्रदेश १ ले आर्थिक वर्ष २०७८÷०७९ मा ८९.८१ प्रतिशत विकास बजेट खर्च गर्न सफल भएको छ । ३४ अर्ब ७६ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश १ को लेखा नियन्त्रकको कार्यालयले असार २५ सम्मको बजेट खर्च सार्वजनिक गरेको छ । जसअनुसार कुल ८७.१३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । लेखा नियन्त्रकको कार्यालय प्रदेश १ का अनुसार असार मसान्तसम्मकै तथ्यांक आउँदा ९० प्रतिशतभन्दा बढी विकास खर्च पुग्ने छ । कर्णाली प्रदेशमा आर्थिक वर्षमा ३८ अर्ब ४७ करोड ३५ लाख रुपैयाँको बजेट थियो । असार २५ गतेसम्मको खर्च विवरण अनुसार कर्णाली प्रदेशले जम्मा ६२.३७ प्रतिशत बजेट खर्च गर्न सकेको देखिएको छ । कर्णाली प्रदेशले ६६.२२ प्रतिशत च...