Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

महोत्तरी सर्पको बिगबिगी

महोत्तरी सर्पको बिगबिगी

Breaking News 3, समाचार
काठमाडौं, साउन ६ गते । असार मध्यसम्मको सघन वर्षा र त्यसयताको चर्को घामले जिल्लाको उत्तरीक्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । असार मध्यअघिको बर्खाले पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको उपचार लिन आउने दिनदिनै थपिँदा छन् । सामान्यतया सघन वर्षासँगै दुलामा पानी भरिँदा र चर्को गर्मीमा शीतल ताप्न सर्प दुलाबाट बाहिर आउँछन् । दुवै कारण ग्रिष्म र बर्खामा पर्ने भएको हुँदा अहिले सर्पको बिगबिगी बढेको हो । यही साउन महिनाको पहिलो साता पूरा नबित्दै केन्द्रमा २३ जना सर्पदंशका बिरामी उपचार लिन आइसकेका छन् । हालसम्म उपचारका लागि आएका २३ सर्पदंशका बिरामीमध्ये एक घटनामात्र अति विषालु करेतले डसेको घटना पाइएको केन्द्रले जनाएको छ । अन्य २२ कडा विष नभएका सर्पबिच्छीको टोकाइ भेटिएको केन्द्रका उपचार प्राविधिक टो...
३ जना मृत अवस्थामा फेला

३ जना मृत अवस्थामा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ६ गते । विभिन्न तीन जिल्लामा तीन जनाको शव फेला परेको छ । काठमाडौं, कास्की र बाजुरामा तीन जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ बुढानिलकण्ठ मन्दिर नजिकै सडक पेटीमा ३७ वर्षीय सम्राट नगरकोटी बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनी सोही मन्दिर परिसरमा बिगत केही महिना अगाडिदेखि बस्दै आएका थिए । त्यसैगरी, कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित मानव सेवा आश्रममा ५२ वर्षीय राम बहादुर गुरुङ बिहीबार मृत अवस्थामा फेला परेका छन् । रुपा गाउँपालिका–६ रुपाकोट घर भएका गुरुङ २०७८ पुस २८ गतेदेखि उक्त आश्रममा बस्दै आएका थिए । यता, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ बालुवास्थित कर्णाली नदीको किनारमा हाल पहिचान नखुलेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । तीनवटै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाए...
उदयपुरमा चौथो लहरको कोरोना सुरु, स्वास्थ्यकर्मी सहित २ जनामा पुष्टी

उदयपुरमा चौथो लहरको कोरोना सुरु, स्वास्थ्यकर्मी सहित २ जनामा पुष्टी

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ६ उदयपुरमा पनि चौथो लहरको कोरोना सुरु भएको छ । जिल्ला हस्पिटल उदपुरका अनुसार आज दुईजनामा कोरोना पुष्टि भएको जनाएको छ । त्रियुगा नगरपालिका १० बोक्सेकी २० बर्षिया महिला र जिल्ला हस्पिटल उदयपुरमै कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हस्पिटलले जनाए । उनिहरुलाइ ज्वरो आएपछि कोरोना चेक गरिएको थियो । हस्पिटलका अनुसार  एन्टीजेन्ट टेष्ट गर्दा कोरोना फेला परहेको जनाईएको छ । केहि समय शान्त रहेको कोरोना नेपालमा फेरी सुरु भएको छ । भर्खरै नेपाललमा कोरोना संक्रमण बाट लामो समय पश्चात एक व्यक्तिले ज्यान समेत गुमाएको छ । पहिलो पटक चौथो लहरको कोरोना पुष्टि भएको छ । पहिलो चोटी यसरी अचानक  चौथो लहरको कोरोना फेला परे सँगै सम्पूर्ण जिल्लावासीहरुमा सचेत रहन हस्पिटलले आग्रह समेत गरेको छ । स्वास्थ्यका मापदण्ड अनुसार हिड्डुल गर्न र अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।...
खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ

खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन ६ पुर्नवास नगरपालिका–११ अमरबस्तीस्थित नेपाल–भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीबार साँझ ७८दशमलव३७ ग्राम लागुऔषध (खैरो हिरोइन) सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआइटी टोली र परासनस्थित प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरो हिरोइनसहित भारतको उत्तर प्रदेशको लखिमपुरको पलिया बस्ने वर्ष २८ का सुमित गुप्ता, वर्ष २४ का लबि गुप्ता र वर्ष २७ का बबि महेन्द्रुलाई पक्राउ गरेको हो । सीमानाका हुँदै नेपालतर्फ आउँदै गरेका तीनै जनामाथि शङ्का लागि जाँच गर्दा सेतो प्लाष्टिकको थैलीभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका सुमितको साथबाट २४दशमलव४७० ग्राम, लबिको साथबाट २५दशमलव६४...
ट्रेलरले मोटरसाईकललाई ठक्करदिदाँ दुईको मृत्यु

ट्रेलरले मोटरसाईकललाई ठक्करदिदाँ दुईको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन ६ बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफआर३८एफ २२१० को ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को३०प ९१०३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट चालक परियार र पछाडी सवार राई घाइते भई उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नम्बर प्लेटको टे«लर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ । (रासस)...
बस र माइक्रो एकापसमा ठोक्किदाँ एकको मृत्यु, १७ घाइते

बस र माइक्रो एकापसमा ठोक्किदाँ एकको मृत्यु, १७ घाइते

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन ६ पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु२ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठक्कर खाँदा घाइते भएका विङ्गरमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५÷३६ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी दुवै सवारी साधनका गरी अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये विङ्गर चालक रुपन्देहीको बुटवल नगरपालिका–२ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उ...
मानव कङ्काल भेटियो

मानव कङ्काल भेटियो

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन ६ भेरीगङ्गा नगरपालिका–१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । बिहीबार दिउँसो उक्त मानव कङ्काल भेटिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो । उहाँका अनुसार खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली त्यहाँ पुगेको थियो । “तीन–चार महिनाअघिको देखिने मानव कङ्काल पुरुषको भएको र छरिएको अवस्थामा भेटिएको थियो”, प्रवक्ता पाण्डेले भन्नुभयो, “जनप्रतिनिधिको रोहवरमा घटनास्थलबाट मुचुल्का गरी कङ्काललाई प्रहरीले ल्याएको छ ।” प्रहरीका अनुसार सो घटनाबारे अनुसन्धान भइरहेको छ । (रासस)...
कोदालो प्रहार गरी काकाको हत्या

कोदालो प्रहार गरी काकाको हत्या

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन ६ महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् । बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो तत्कालै काकाको टाउकामा प्रहार गरेर हत्या गरेका थिए । रामनाथले काका रामबहादुरको टाउकामा कोदालो प्रहार गर्नासाथ घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले घटनाबारे अबेर साँझ जानकारी पाएर शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने काका हत्या गर्ने भतिजालाई पनि घरैबाट पक्राउ गर्न सफल भएको प्...
ट्र्याक्टरले किच्दा बालकको मृत्यु

ट्र्याक्टरले किच्दा बालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन ६ भोजपुर नगरपालिका–१२ छचौतारामा ट्र्याक्टरले किच्दा बालकको ज्यान गएको छ । बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उहाँले बताउनुभयो । बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । (रासस)...
चट्याङले ५० ओटा बाख्रा सखाप

चट्याङले ५० ओटा बाख्रा सखाप

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ६ हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् । रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नं २ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिनुभयो । वडाध्यक्ष कार्कीका अनुसार चट्याङले घाइते भएका छक्का कार्कीको अवस्था अहिले सामान्य हँुदै गएको छ । चट्याङ लागेर घाइते हुनेबित्तिकै पिठ्युँमा बोकर रिपस्थित मूलघरमा ल्याइएका कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको हो । खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाईगोरु मरेका छन् । चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्तृत विवरण नआएको वडाध्यक्ष कार्कीले बताउ...