नदी किनारका बासिन्दाका पीडा : ‘राति निन्द्रा नै लाग्दैन’
काठमाडौँ, साउन ५ गते ।
गत जेठको अन्तिम साताबाटै यस वर्षको मनसुन सुरुआत भइसकेको छ । नेपालमा मनसुन भित्रिएसँगै मनसुनजन्य प्रकोपको जोखिमका कारण नदी किनारमा बसोबास गर्ने मानिस त्रासमा बाँच्न बाध्य छन् । मनसुनजन्य प्रकोपका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) उच्च जोखिममा छ । मनसुनमा बाढी, नदी कटान, डुबान र पहिराका कारण यहाँको जनजीवन प्रभावित हुने गरेको छ । बर्खा सुरु भएसँगै नदी किनारमा बसोबास गर्ने मानिसलाई सबैभन्दा बढी पिरोल्ने गरेको छ । मध्यबिन्दु–३ नन्दपुरका जितबहादुर महतोले बर्खा लागेसँगै रातिमा निद्रा हराउने गरेको गुनासो गर्नुभयो । “हिउँदभरी त हामीलाई खासै दुःख हुँदैन”, उहाँले भन्नुभयो, “बर्खा सुरु हुन्छ अनि हाम्रो पीडाका दिनहरु सुरु हुन्छन् ।” बर्खा सुरु भएसँगै कति बेला नारायणी बढेर आउँछ र आफूहरुको उठिबास लाग्ने हो भन्ने चिन्ताले सताउने गरेको स्थानीयवासी महतोले बताउनुभयो । सबै राजन...









