Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

३ वर्षीया बालिका करणी गरि भीरबाट खसालियो, किशोर पक्राउ

३ वर्षीया बालिका करणी गरि भीरबाट खसालियो, किशोर पक्राउ

Breaking News 2, समाचार
पुर्णपुष्टि, साउन ९ गते । तीन वर्षीया बालिकालाई जबरजस्ती करणी गरि भीरबाट खसालेको अभियोगमा दाङका एक किशोर पक्राउ परेको छ । जिलको बबई गाउँपालिका–५ खैरबट्टीका १४ वर्षीय किशोरलाई करणी गरेको आरोपमा पक्राउ प्रहरीले पक्राउ परेको हो । किशोरले बालिकालाई बलात्कारपछि हत्याको प्रयास समेत गरेको आरोप छ । प्रहरीका अनुसार ती किशोरले बालिकालाई बलात्कारपछि ५० मिटर अग्लो भिरबाट खसालेका थिए । बालिका खेल्न लागेको समयमा मकैबारीमा लगेर ती किशोरले बलात्कार गरेको प्रहरीको दाबी छ । बालिकालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएका ईलाका प्रहरी कार्यालय त्ुलसीपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।...
चट्याङ लागेर १५ जना घाईते, ५ गम्भीर

चट्याङ लागेर १५ जना घाईते, ५ गम्भीर

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ९ गते । चट्याङ लागेर १५ जना घाईते भएका छन् । घाईते मध्ये पाँचको अवस्था गम्भीर रहेको छ । दैलेखको डुगेश्वर गाउँपालिका–२ सेर्माकोटस्थित रमेश सिंहको घरमा आईतवार बेलुका चट्याङले हानेको थियो । घरमा खाजा खाने क्रममा बारीमा कोदो गोड्न सहयोग गर्न गएकाहरू घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल, दैलेख लगिएको छ । चट्याङबाट गाउँका चार वटा घरमा क्षति पुगेको छ भने एक गाई र एक खसी मरेका छन् । घाइतेमध्ये पाँच जना गम्भीर भएको र अरू सामान्य भएको प्रहरीले जनाएको छ । दैलेख डुंगेश्वर गाउँपालिका–२ का ३५ वर्षीय इन्द्र सिंह, ६० वर्षीया शुशीला खड्का, ४० वर्षीया चन्द्रा सिंह, २८ वर्षीया चन्द्रा सिंह र १६ वर्षीया पूजा खड्का गम्भीर घाइते भएका छन् । सोही ठाउँका ३६ वर्षीया सिता खड्का, २२ वर्षीया मिना खड्का, २२ वर्षीया दिलकुमारी खड्का, २० वर्षीया बिना वली, ४५ वर्षीय...
दिलकुमारीको मृत्यु कुटपिटबाट भएको छोराछोरी र आफन्तको आरोप

दिलकुमारीको मृत्यु कुटपिटबाट भएको छोराछोरी र आफन्तको आरोप

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ नागवेलीकी ३७ वर्षीया दिलकुमारी राईको मृत्यु श्रीमानको कुटाईबाटै भएको आफन्तले आरोप लगाएको छ । असार ४ गते आफ्नै घरमा दिलकुमारीको शव फेला परेको थियो । दिलकुमारीको हत्या उनकै श्रीमान खड्ग बहादुर राईलेनै गरेको आफन्त र छोरोछोरीले आरोप लगएको छ । उनीहरुका अनुसार लाशको विभिन्न ठाउँमा निलडाम रहेको थियो । अहिले उनको श्रीमानलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । श्रीमान् राई स्थानीय एक विद्यालयका शिक्षक समेत हुन् ।...
अछाममा पहिराले घर पुरिँदा तीनको मृत्यु, एक घाइते

अछाममा पहिराले घर पुरिँदा तीनको मृत्यु, एक घाइते

Breaking News 3, समाचार
काठमाण्डौ, साउन ९ अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गए राति पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार घरभित्र सुतिरहेका तीन जनाको पहिरोबाट मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना पुरुष र एक महिला छन् । उहाँहरुको परिचय खुल्न बाँकी छ । यसैगरी घाइतेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्गम क्षेत्र भएकाले त्यहाँ सम्पर्क हुन कठिन भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा गएराति नै प्रहरीको टोली खटिए पनि अझै पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । (रासस)...
श्रीमतीको हत्या गरी भाग्न खोज्दा लडेर श्रीमान्को मृत्यु

श्रीमतीको हत्या गरी भाग्न खोज्दा लडेर श्रीमान्को मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, साउन ९ भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमान्को समेत मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः२५ बजेको समयमा स्थानीय ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण ३५ वर्षीया श्रीमती रुश्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए । श्रीमतीको उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमतीलाई आक्रमणपछि घरको तेस्रो तलाबाट भाग्न खोज्दा हामफालेका कृष्णप्रसादको उपचारको क्रममा रातिनै चितवन मेडिकल कलेजमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ । घरायसी झगडाका कारण घरको तेस्रो तल्लाको बैठक कोठामा श्रीमान्ले श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ । रासस...
ताप्लीमा सडक मर्मत संम्भारको काम तिव्र

ताप्लीमा सडक मर्मत संम्भारको काम तिव्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ ताप्ली गाउँपालिकामा बर्षातले बिगारेको सडकहरुको मर्मत संम्भार काम तिव्र भैरहेको छ । पालिकाको ४ र ५ नं वडा रुपाटार – ठानागाउँ सडकहरु अहिले धमाधम मर्मत भैरहेको अवस्था छ । उक्त सडकहरु पालिकाको ५ नं वडाले जेसिवी र ट्याक्टर लगाएर बाटो मर्मत भैरहेको हो । बर्षातमा सडकहरु हिलाम्मे र पानीले खोलीएको सडकहरुलाई मिलाउने र सम्याउने काम पछि अहिले बाटो हिड्न सहज भएको स्थानीयहरुले जनाएको छ । यस अघि पनि पालिकाले बिग्रेको सडकहरुको मर्मत गरेका थिए ।...
दिक्तेल – गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रको काम अन्यौलमा

दिक्तेल – गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रको काम अन्यौलमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार ९४९ किलोमिटर० सडक कालोपत्रको काम अलपत्र परेको छ । दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडक कालोपत्र ठेकेदार कम्पनीको लापर्बाहीले अलपत्र परेको हो । मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीको सिम्पानी ९२२ किलोमिटर० सडक कालोपत्रको काम भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार ९२७ किलोमिटर० सडकखण्डको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको थियो । कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने उक्त सडक अहिले हिलो र खाल्डाखुल्डीका कारण अवरुद्ध छ । भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्ने शर्तमा विसं २०७३ असार–३० गते उक्त सडक कालोपत्र गर्न सडक विभागसँग योजनाको सम्झौ...
सेल्फी खिच्ने क्रममा दुई युवकको मृत्यु

सेल्फी खिच्ने क्रममा दुई युवकको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौ, साउन ८ खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको छ । घुमफिरको क्रममा स्वातको अलिदाद जहाँगिर गाउँमा अवस्थित रमणीय झरनामा पुगेका तीन जना युवकमध्ये २७ वर्षीय सनाउल्लाह झरना नजिकैको भीरमा उभिएर सेल्फी खिचिरहेका बेला चिप्लिएर लडेका तथा उनका २२ वर्षीय साथी अदनानले उनलाई बचाउन खोज्दा अदनान पनि चिप्लिएर पोखरीमा बजारिँदा दुवैजनाको घटनास्थलमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै समाचारपत्र डनले जनाएको छ । उनीहरू दुई सय फिटको उचाइबाट खसेका थिए । दुर्घटनाका साक्षी उमरले नजिकैको गाउँमा पुगेर घटनाबारे स्थानीयलाई जानकारी दिएका थिए । (रासस)...
लागुऔषध ब्राउनसुगर सहित २ युवक पक्राउ

लागुऔषध ब्राउनसुगर सहित २ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ८ झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचिपुल छेउबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र सोही स्थान बस्ने २५ बर्षीय सन्दिप कुमाल रहेका छन् । शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका दुवै जनालाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । पक्राउ परेका दुवैको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।...
प्रदेश प्रज्ञाप्रतिष्ठानसम्बन्धी विधेयक प्रस्ताव पेश

प्रदेश प्रज्ञाप्रतिष्ठानसम्बन्धी विधेयक प्रस्ताव पेश

Breaking News 3, समाचार
काठमाडौं, साउन ८ गते । प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले सो विधेयक पेश गर्नुभयो । विधेयकले प्रदेशका सबै भाषा, लिपी, कला र संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानमा मद्दत पु¥याउने विश्वास लिइएको छ । ‘प्रदेश सञ्चार माध्यम व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे सञ्चार माध्यमलाई व्यवस्थित गर्न विधेयक उपयोगी हुने बताउनुभयो । गलत वा मिथ्या समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मीलाई विधेयकले दण्डनीय बनाउने भन्दै उहाँले पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने आदिवासी, जनजाति, महिला र दलितलाई विधेयकले प्रोत्साहन गर्न...