Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १० यहाँ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् । सोमबार दिउँसो २ बजे जीवनको घरमा जडान गरिएको मिलमा अन्न पिस्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा अस्पताल पु¥याउनासाथ जीवनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करेन्ट लागेर घाइते भएका पूर्णकुमारको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक जीवनले हालैमात्र घरमा उक्त मिल जडान गरेको स्थानीयवासीले बताएका छन्...
मोटरसाइकल चोरी गर्ने पक्राउ

मोटरसाइकल चोरी गर्ने पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १० नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हराएको मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाउने सिन्धुपाल्चोक पाँचपोखरीका २६ वर्षीय सन्तोष बन्जारालाई सोमबार पक्राउ गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले वास्तविक नम्बर बा८३प ९२८१ नंको मोटरसाइकल चोरेर नम्बर परिवर्तन गरी बा८४प ६९०७ बनाएर चलाएकाले बन्जारालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उक्त मोटरसाइकल काठमाडौँको रामहिटीस्थित एक घरबाट हराएको अनुसन्धानमा खुल्न आएको छ । पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दा अनुसन्धान तथा कारबाहीका लागी प्रहरी बृत्त बौद्ध पठाइएको प्रवक्ता भट्टले बताउनुभयो । (रासस)...
गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकको मनमौजी : सञ्चारकर्मीमाथि दुव्र्यवहार

गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकको मनमौजी : सञ्चारकर्मीमाथि दुव्र्यवहार

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ९ गते । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कार्यरत चिकित्सकहरुले ओपिडीमा चेकजाँच गराएका बिरामीलाई बिहान १० बजेदेखि कुर्न लगाएका छन् । अस्पतालमा उपचार गराउन आएका बिरामीलाई २ बजे ल्याब रिपोर्ट आउने भन्दै अस्पतालका कर्मचारीहरुले घण्टौ कुर्न लगाएका हुन् । २ बजेपछि अस्पतालका कर्मचारीलाई चिकित्सक बारे सोध्दा खाना खान गएको र साढे २ आउने भनि बिरामीलाई आस्वासन दिलाईयो । ठिक सोही समयमा अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट दिलिप कुमार साहको छिन्नमस्ता अस्पताल अगाडिमा रहेको निजि क्लिनिकमा जाँदा बिरामीको चाप नै थेग्न नकिने भिड थियो । डाक्टर साह क्लिनिकमा बिरामीको चेकजाँच गरिरहेको देखियो । अस्पतालले गरेको यस्तो कार्य प्रति आपत्ती जनाउदैं सो घटनालाई बाहिर ल्याउने खोज्ने एक सञ्चारकर्मीमाथि हातपात भएको हो । अस्पतालमा कार्यरत चिकित्सकले यसरीनै बिरामीलाई निजि क्लिनिकमा आउन...
दिउँसै २ लाख लुटियो

दिउँसै २ लाख लुटियो

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ९ गते । सोमवार दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको दुई लाख रुपैयाँ जनकपुधाममा लुटिएको छ । जनकपुरधाम–१ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट दुई लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका छन् । साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुई जनाले रकम भएको भोला नै हातबाट लिएर भागेको शर्मिलाले बताएकी छन् । शर्मिलाका अनुसार झोलामा रु. दुई लाख, नागरिकता, बैंक सम्बन्धी कागजात र थप पाँच सय रुपैयाँ थियो । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले रकम लुटेराहरुको खोजी भइरहेको बताए ।...
सिसौको रुखले किचेर स्कुटी चालकको मृत्यु, पछाडी सवार घाईते

सिसौको रुखले किचेर स्कुटी चालकको मृत्यु, पछाडी सवार घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ९ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ कोशी टप्पु बन्य जन्तु आरक्षणमा सिसौको रुखले किची स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–११ का २८ वर्षीय धिरज तामाङ रहेका छन् । हिजो दिनको साढे ३ बजे कोशी टप्पु बन्य जन्तु आरक्षण स्थित घुम्ने क्रममा प्र. १. ०२– ०४४ प ६६८१ न. को स्कुटी चालक रहेका तामाङको सुकेको सिसौको रुख अचानक ढलि किचेर घटनास्थालमानै मृत्यु भएको थियो । त्यस्तै, पछाडी सवार धरानकै २८ वर्षीय संगेन्द्र बिष्ट घाईते भएका थिए । घाईतेको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरमा गुडिरहेको म्याजिकमा आग्लागी

उदयपुरमा गुडिरहेको म्याजिकमा आग्लागी

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ गते । उदयपुरको चौदण्डीगढीमा आज ११ः४५ को समयमा गुडिरहेको म्याजिक भ्यानमा अचानक आग्लागी भएको छ । जिल्लाको सदुमुकाम गाईघाटदेखि इटहरी हिँहेको म्याजिक भ्यानमा अचानक आगलागी हुँदा भ्यान पूर्णरुपमा जलेर नष्ट भएको हो । आग्लागी हुँदा अन्दाजी १३ लाख ५० हजार बराबरको ५० कार्टुन थुप्पा जलेर नष्ट भएको छ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक तथा डिएसपी मोहन थापाले बताए । भ्यान धनी तथा चालक समेत आफै रहेका मोतिराम खड्का सानो ब्यापार गँर्दै सुनसरीबाट उदयपुर आएका थिए । म्याजिक भ्यानमा चालक खडकासंगै एकजना प्यासिन्जर समेत रहेको प्रहरी जनाएको छ । चौदण्डीगढी नगरपालिका–६ को अधिकारी होटल संगैको उकालोमा अचानक आगो उठ्दा ५ मिनेटमै भ्यान जलेर नष्ट भएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरिक्षकको टोली खटी गई दमकल, नेपाल प्र...
लागुऔषध कारोबारमा दम्पतिसहित तीन पक्राउ

लागुऔषध कारोबारमा दम्पतिसहित तीन पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौ, साउन ९ भारतबाट लागुऔषध बोकी नेपाल आएका दम्पतिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका– १० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, निजकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । आइतबार भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका तीनै जनालाई महोत्तरीको औरही नगरपालिका–४ कठुधारस्थित प्रहरी चौकीका प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नाइट्राभेट–१० लेखिएको ९९ पिस लागुऔषध बरामद बरामद गरेको हो । तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएकोे छ । (रासस)...
पाल्पा बस दुर्घटना : मृतक छ जनाको सनाखत

पाल्पा बस दुर्घटना : मृतक छ जनाको सनाखत

Breaking News 3, समाचार
काठमाण्डौ, साउन ९ पाल्पामा भएको बस दुर्घटनामा मृतक छ जनाकै पहिचान खुलेको छ । बागलुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै छ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गुल्मी चन्द्रकोट गाउँपालिका–८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, वडा नं ७ बस्ने ४० वर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका– ७ बस्ने ८७ वर्षीय डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका–२ बस्ने ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका–५ बस्ने २४ वर्षीय पूर्णिमा कामी, बाग्लुङ बडिगार्ड गाउँपालिका–१० बस्ने ५५ वर्षीय यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा १६ घाइते भएका छन् । घाइतेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बसमा २२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । आइ...
पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

Breaking News 3, आर्थिक, समाचार
काठमाण्डौ, साउन ९ बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८÷७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले रु एक खर्ब ६८ अर्ब २३ करोड ३२ लाख बढीको डिजेल मात्रै आयात गरेको हो । रु ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार बराबरको डिजेल, रु ६५ अर्ब ५५ करोड नौ लाख बराबरको खाना पकाउने एलपी ग्यास र रु १५ अर्ब १५ करोड ४९ लाख बराबरको हवाई इन्धन आयात भएको छ । एक वर्षको अवधिमा रु एक खर्ब १३ अर्ब बराबरको भटमास, ...
गाडी बोक्नेहरुको कथा पुस्तकमा

गाडी बोक्नेहरुको कथा पुस्तकमा

Breaking News 3, समाचार
काठमाण्डौ, साउन ९ गाडी बोक्नेहरुको कथा पुस्तकमा –रिपेश दाहाल झण्डै ७१÷७२ वर्षअघि नेपालको भूगर्भीय अध्ययन गर्न भूगर्भशास्त्री टोनी हेगन चुरियामाई सुरुङ हुँदै भीमफेदीसम्म सानो गाडीमा आए । त्यहाँबाट आफू हिँडे । उनको गाडी भरियाहरुले बोके । गाडीका चारवटै पाङ्ग्रा खोलेर नोल लगाएर गाडी बोकेको देखेर उनी दङ्ग परे । उनी भीमफेदीबाट प्राकृतिक दृश्यहरुको अवलोकन गर्दै चित्लाङ चन्द्रगिरि हुँदै भोलिपल्ट काठमाडौँ पुगे । तर उनले भरियालाई बोक्न लगाएर छोडेको गाडी काठमाडौँ आइपुग्न १४ दिन लाग्यो । उनको मात्र हैन प्रायः भीमफेदीबाट बोकाएर गाडी काठमाडौँ पुर्‍याउन सात देखि १६ दिनसम्म लाग्थ्यो । मकवानपुरमा लामो समयदेखि पत्रकारिता गरेका वरिष्ठ पत्रकार प्रताप विष्टले आफ्नो पुस्तक ‘छेलिएका अनुहार’ मा उल्लेख भएको प्रसङ्ग हो यो । नेपालका हरेक भूभागलाई राम्रोसँग बुझेका स्वीटजरल्याण्डका नागरिक टोनी हेगनले सन् ...