Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरको सुनिल भारतको टेङ्गा युनाईटेडमा अनुवन्धित

उदयपुरको सुनिल भारतको टेङ्गा युनाईटेडमा अनुवन्धित

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ११ उदयपुरका सुनिल खड्का भारतको एक क्लवमा अनुवन्धित भएको छ । उनलाई भारतको अरुन्चल स्टेटडको टेङ्गा युनाईटेड नामक क्लवले १ महिनाको लागि अनुवन्धित गरेको हो । नेपालको बिभिन्न क्लवहरुमा ए डिभिजन बाट खेलीरहेको सुनिललाई भारतले १ महिनाको लागि खेल्ने अवसर दिलाएको छ । उनले गत सिजनको (ए) डिभिजन लिग जाउलाखेल युथ क्लबबाट खेलि सक्नुका साथै विराटनगर फुटवल क्लव बाट नेपाल सुपर लिग समेत खेलिसकेका छन् । गाईघाटका सुनिलले लामो समय देखि विभिन्न क्लवहरुमा आफ्नो राम्रो प्रदर्शन देखाईरहेको छ ।...
स्टार बढी फिटनेश क्लवकाे दशाै‌‌ वर्ष, स्वास्थ्य समाजका लागि याेगदान

स्टार बढी फिटनेश क्लवकाे दशाै‌‌ वर्ष, स्वास्थ्य समाजका लागि याेगदान

Breaking News 1, समाचार, स्वास्थ्य
विक्रम राई/गाईघाट पूर्णपुष्टि, साउन ८ । १० वर्षअघि गाईघाटमा स्थापना भएको स्टार बढी फिटनेश क्लव (जिमहल) युवाहरुको आकर्षणको केन्द्र बन्न सफल भएको छ । असार ३ गते १० औं बार्षिकोत्सव मनाउदासम्ममा क्लवले हजारौं युवालाई बढि फिटनेशको अवसर दिएको छ । क्लवमा शारीरिक अभ्यासका अत्याधुनिक मेशिन तथा सामग्री छन् । सञ्चालक हरि राई आफै पनि बडिबिल्टर हुन् । लामो अध्ययन, तालिम र अनुभवका साथ यस क्षेत्रमा पाइला टेकेका राईले अहिले आप्mनो जीवनको खास लगानी र समय यसैमा लगाएका छन् । “यसले स्वास्थ्य समाज निर्माणमा टेवा पुर्याउदछ ।” राईले भने “यसैबाट देशमा केही गर्न चाहन्छु ।” काठमाठौंमा तालिम लिई राईले आप्mनै ठाउँमा सुरुवात गरेका हुन् । गाईघाटमा  २०६९ सालमा पहिलो पटक स्टार वडी फिटनेस क्लव स्थापना भएको थियो । जिल्लाकै पुरानो र पहिलो फिटनेस क्लवको इतिहास बनाएको छ । यस अवधीमा क्लवले दुई पटक शारीरिक सुगठन प्रतिय...
काङ्ग्रेसका पार्टी अध्यक्ष गान्धी पक्राउ

काङ्ग्रेसका पार्टी अध्यक्ष गान्धी पक्राउ

Breaking News 3, राजनीति, समाचार, संसार
काठमाण्डौँ, साउन १० नेशनल हेराल्ड मुद्दामा पार्टी अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण,विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी) ले सोधपुछ गरेको विरोधमा धर्ना बसेका काङ्ग्रेस नेता राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । धर्नास्थल विजयचोकबाट पार्टीका सांसद, नेता तथा कार्यकर्ता राष्ट्रपति भवनतर्फ प्रस्थान गर्ने तयारी गरिरहेका बेला उनलाई हिरासतमा लिइएको हो । नेता गान्धीसहित अन्यलाई पनि नियन्त्रणमा लिएर पार्लियामेन्ट स्ट्रिटस्थित प्रहरी कार्यालयमा राखिएको छ । इडीले शक्तिको दुरूपयोग गरी विपक्षी दलकी नेत्री गान्धीलाई दुःख दिएकामा काङ्ग्रेसका कार्यकर्ताले देशव्यापीरूपमा विरोध प्रदर्शन गरिरहेका छन् । “बढ्दो महँगो र बेरोजगारीका बारेमा संसद्मा बोल्न पाइदैन, सडकमा धर्ना बस्दा प्रहरीले गिरफ्तार गर्छ,” प्रहरी हिरासतमा परेपछि राहु...
बलात्कारको आरोप लागेका वडाध्यक्ष कारागार चलान

बलात्कारको आरोप लागेका वडाध्यक्ष कारागार चलान

Breaking News 2, समाचार
काठमाण्डौँ, साउन १० बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । एक २८ वर्षीया महिलालाई गत २०७८ साल चैत १५ गते बलात्कार गरेको आरोपमा वडाध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि असार १४ गते पक्राउ गरिएको थियो । दुबैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । उनीहरुविरुद्ध जबर्वस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरेको थियो । पीडित महिला परिवारकै संरक्षण रहेकी छन् । नेगी वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका–१ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । (रासस)...
बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा

बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा

Breaking News 1, समाचार
गलेश्वर साउन १० दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए । नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्य साबित गरिदिनुभएको छ । मानिसले भौतिक क्षेत्रमा जति नै ठूलो उन्नति गरेको भए पनि मानसिक शान्ति र शारीरिक स्फुर्तिलाई भने गुमाउँदै गएको वर्तमान समयमा कुनै रोग नलागी ६० वर्ष पार गर्न सक्यो भने ‘धन्य’ मान्नुपर्ने अवस्था छ । तर बगरा गाउँमा धवलागिरि हिमालको जस्तै आभा लिएर बिहान ५ बजे नै घरको आँगनमा निस्केर हिमाल हेर्दै मुसुक्क मुस्कुराउनुहुन्छ पनाजु । शौचादी नित्यकर्मपछि घर नजिकै छङ्छङ् गर्दै बगेको अर्जे खोलामा गएर चिसो पानीले मुख धोई घरमा आएर बुहारीले दिएको तातोपानी र चिया पिएपछि एउटा हँसिया खुर्पेटोमा भिरेर जङ्गलतर्फ लाग्नुहुन्छ उहाँ । ...
धरानका प्रमुखसहितले गाएको गीत सार्वजनिक

धरानका प्रमुखसहितले गाएको गीत सार्वजनिक

Breaking News 2, मनोरञ्जन, समाचार
काठमाण्डौँ, साउन १० धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको स्वरमा बनाइएको हाइकिङ गीत धरानमा सार्वजनिक गरिएको छ । सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको गीत सार्वजनिक गरिएको हो । गीतको रचना पदयात्राका अभियन्ता राजीव हलुवाइले गर्नुभएको छ । उक्त गीतमा चर्चित गायक तथा गायिकाहरु राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारसँगै धरानका प्रमुख हर्क साम्पाङले पनि स्वर दिनुभएको छ । गीतमा मनोज मोतेले सङ्गीत भर्नुभएको छ । धरानका पाखापखेरीमा घुम्न प्रोत्साहन गर्न र पदयात्राको सम्भावना भएको क्षेत्रलाई समेटेर भिडियो बनाइएको हो । कार्यक्रममा धरान–८ स्थित अनुपमा प्याकेजिङ उद्योगले उत्पादन गरेको प्रिमियम सिटिसी चिया धरान पनि नगर प्रमुख र उपप्रमुखलाई हस्तान्तरण गरिएको थियो । हलुवाइले धरानमा प...
ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै

ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १० घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र रु त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि, सहनुको विकल्प पनि हुँदैन । त्यही असह्य पीडा छेडागाड नगरपालिकाको साल्मामा स्थायी घर भई हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित नेवारेमा अस्थायी रुपमा बस्दै आएकी पद्मा रावतको जीवनमा प¥यो । विश्वव्यापी महाव्याधिका रुपमा फैलिएको कोरोना रोगका कारण पद्माले २०७८ वैशाख १७ गते पति बीरबहादुर बुढा गुमाउनु प¥यो । विसं २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फर्म स्थापना गरी ड्रागन फ्रुट खेतीबाट कर्णालीको नमूना व्यवसायी बन्ने सपना बुनेर बुढा ड्रागनको बेर्ना लिन २०७७ चैतको अन्त्यतिर भारतको गुजरात पुग्नुभयो । त्यतिबेला भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमणको निकै ...
देशभर आङ्शिकदेखि सामान्य बदली हुने

देशभर आङ्शिकदेखि सामान्य बदली हुने

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १० देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ । बिहीबारदेखि मनसुन थप सक्रिय हुने बताइएको छ । विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना तथा उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदीनाला तथा खहरेख...
बाँकेमा एक दम्पत्ती मृतावस्थामा भेटिए

बाँकेमा एक दम्पत्ती मृतावस्थामा भेटिए

Breaking News 2, समाचार
काठमाण्डौँ, साउन १० नेपालगञ्जको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । सो दम्पतीको विवाह भएको एक वर्ष भएको बताइएको छ । “घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ”, प्रनाउ न्यौपानेले भन्नुभयो । उहाँले घटना शङ्कास्पद भएको उल्लेख गर्दै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताउनुभयो । घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । (रासस)...
चितवनमा यौनजन्य हिंसाका घटना बढ्दै

चितवनमा यौनजन्य हिंसाका घटना बढ्दै

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १० चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । माइती नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका लागि सरोकारवालासँगको अन्तक्र्रियामा प्रहरी उपरीक्षक अधिकारीले पछिल्ला वर्षहरूमा यौनजन्य घटनामा वृद्धि हुँदै गएको जानकारी दिनुभयो । उहाँले जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा जबर्जस्ती करणीका ५१ घटना दर्ता भएकामा आव २०७७÷७८ मा ६० तथा आव २०७८÷७९ मा ६३ पुगेका जानकारी दिनुभयो । त्यस्तै बाल यौन दुरुपयोगका घटनामासमेत उल्लेख्य वृद्धि भएको उहाँको भनाइ छ । प्रहरी उपरीक्षक अधिकारीले आव २०७६÷७७ मा पाँच बाल यौन दुरुपयोगको घटना भएको जनाउँदै आव २०७७÷७८ ...