Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

‘जब आकाश गर्जिन्छ, अनि मन तर्सिन्छ’

‘जब आकाश गर्जिन्छ, अनि मन तर्सिन्छ’

Breaking News 3, समाचार
काठमाडौं, साउन ११ गते । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी विनबहादुर बिटालु राम्रोसँग ननिदाएको धरै दिन भयो । पहिराका कारण श्रवनडाँडाको माथिल्लो भू–भाग नै बगेर सिधै बुटवल बजारतर्फ सोझिएपछि पहिराले च्याप्ने डरले उहाँ निदाउन सक्नुहुन्न । पानी पर्ने बित्तिकै घर छोडेर हिँड्ने बिटालु दम्पती बेलवास आफन्तको घरमा बास बस्नुहुन्छ । गत वर्ष चार कोठा पहिराले पुरिएकोे उहाँको घरमा अहिले पनि असारको पहिलो हप्ता पहिरो पसेको छ । घरको पछाडिबाट ढुङ्गा माटोसहितको पहिरोभित्र पसेपछि उहाँहरुले एउटा कोठामा खाने बस्ने गर्दै आउनुभएको छ । “आकाश गर्जिन थाल्यो कि मन तर्सिन्छ दिउँसोमा त बरु देखिन्छ तर रातिमा आयो भने गुहार नपाई मरिन्छ कि भन्ने डर लाग्छ”, आँखाभरि आँशु पार्दै बिटालु दुःखेसो पोख्नुहुन्छ । तेह्र जनाको विटालुको परिवारमा छोरा बुहारीहरु अलग्गै बस्छन् । घरअगाडि सानो टङ्की पसल गरेर गुजारा गर्दै आएका ...
प्रदेश १ का उदयपुरसहित ६ जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अपील

प्रदेश १ का उदयपुरसहित ६ जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अपील

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ११ गते । जल तथजा मौसम विज्ञान विभागका अनुसार प्रदेश नम्बर १ का ६ जिल्लामा भारी वर्षाको सम्भावना रहेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर लगाएका जिल्लामा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । माहाशाखाले होचो स्थान र साना नदीटटीय क्षेत्रमा सतर्कता अपनाउन समेत अपिल गरेको छ ।...
टिकटक बनाउने क्रममा चिप्लिएर दहमा लड्दा एक युवक बेपत्ता

टिकटक बनाउने क्रममा चिप्लिएर दहमा लड्दा एक युवक बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ११ गते । टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे दहमा लड्दा एक जना युवक बेपत्ता भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६, दाङका अन्दाजी ३७ वर्षीय बेदबहादुर बस्नेत बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सल्यानको कपुरकोट घर भएका उनी हाल दाङ बस्दै अएका थिए । प्रदेश प्रहरीका अनुसार मंगलबार दिउँसो उनी साथीहरुसँग कुपिण्डे दहको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए । खोजी कार्य जारी भईरहेको र अहिलेसम्म कुनै अत्तोपत्तो नलागेको प्रहरीले जनाएको छ । प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।...
पौडी खेल्ने क्रममा डुवी बालकको मृत्यु

पौडी खेल्ने क्रममा डुवी बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ११ झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थितमा पौडी खेल्ने क्रममा एक बालकको डुवी मृत्यु भएको छ । हिजो दिउँसो बुद्धशान्ति–४ का चन्द्र मावोको १२ बर्षीय छोरा इचिहाङ मावो कुलोको पानीमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुवी मृत्यु भएको हो । मृतक बालकको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाएको प्रहरीले जनाएको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।...
यात्रुबाहक बसमा आगलागी हुँदा ३३ जना घाइते

यात्रुबाहक बसमा आगलागी हुँदा ३३ जना घाइते

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन ११ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नंको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किँएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो । आगलागीबाट यात्रु घाइते भएका हुन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताउनुभयो । घाइते आठ यात्रुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्यको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)...
जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल

जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल

Breaking News 3, पर्यटन, रोचक, समाचार
काठमाण्डौँ, साउन ११ प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर हुन सकेको छैन । कर्णालीको जुम्ला प्राकृतिकरूपले पर्यटनको अत्यन्तै सम्भावनायुक्त ठाउँ मानिन्छ । जुम्लाको पातारासी हिमाल, संसारको उच्च स्थानमा धान फल्ने ठाउँ छुमचौर ज्यूला, जुम्ला तातोपानी गाउँपालिकास्थित पहाड फोडेर निस्केको तातोपानी धारा, लक्षालकृति पैकला ९वीरयोद्धा०, मार्सी धान सुरुआत गरिएको गुरुफोक्टो, चन्दननाथ भैरवनाथ मन्दिर, मष्टो प्रथा, गुठीचौर भेडा अनुसन्धान केन्द्र, तिला त्रिवेणीलगायतका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र अध्ययन, अनुसन्धान र पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिन्छन् । जुम्लाको गु...
खोलाले बगाएर वडा सदस्यको मृत्यु

खोलाले बगाएर वडा सदस्यको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन ११ नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ । बेलकोटगढीको वडा नं १० र १२ हँुदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उहाँलाई बगाएको हो । तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताउनुभयो । उहाँ गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले०बाट महिला सदस्यमा निर्वाचित हुनुभएको थियो । (रासस)...
एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै

एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै

Breaking News 3, शिक्षा, समाचार
काठमाण्डौँ, साउन ११ राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । “विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको हो”, उहाँले भन्नुभयो । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको रायमाझीको भनाइ छ । शिक्षाका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक– शिक्षिका निर्वाचनमा खटिएकाले परीक्षणमा केही ढिला भएकाले नतिजा सार्वजनिक गर्न समय लागेको उहाँले बताउनुभयो । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक म...
द्धन्द्ध पीडितलाई सामाजिकरुपमा स्थापित गर्न कार्यक्रमनै संञ्चालन गरिने

द्धन्द्ध पीडितलाई सामाजिकरुपमा स्थापित गर्न कार्यक्रमनै संञ्चालन गरिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ११ द्धन्द्ध पीडित परिवारलाई सामाजिकरुपमा स्थापित गर्न उदयपुरमा एक कार्यक्रम सञ्चालन गरिने भएको छ । दश बर्षे सशस्त्र जनयुद्धकाक्रममा परिवार गुमाएका, अङ्गभङ्ग, विस्थापित र वेपत्ता भएकाहरुलाई सामाजिकरुपमा स्थापित गर्दै न्यायमा पहुँच पुर्याउन द्धन्द्ध पीडित महिला राष्ट्रिय संजालले कार्यक्रमको तय गरेको हो । गत पुस महिनादेखि सदरमुकाम गाईघाटमा कार्यलय सञ्चालन गरी न्यायमा पहुँच सवलीकरण परियोजना सञ्चालन गर्दै आएको संजालले मंगलबार जिल्लाका सरोकारवाला निकायलाई परियोजना बारे जानकारी दिएको हो । कार्यक्रममा द्धन्द्धपीडितका समस्यामा केन्द्रित रही परियोजना जिल्लाभरी संचालन गरिने कार्यक्रम संयोजक दुर्गा कार्कीले बताईन् । द्धन्द्ध पीडितलाई मनोपरामर्श सेवासमेत सञ्चालन गर्दै आएको संजालले द्धन्द्धपीडितको तथ्यांक संकलन, समाजमा स्थापित गर्ने गरी मेलमिलाप कार्यक्रम, वहस, पैरवी, कानुनी सहायता ...
आजको मौसम मध्यम वर्षाको सम्भावना

आजको मौसम मध्यम वर्षाको सम्भावना

Breaking News 2, समाचार
काठमाण्डौँ, साउन ११ देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ भने पूर्वमा सरदर स्थानको आसपासमा छ । हाल देशभर आङ्शिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर आङ्शिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव एक डिग्री ...