दुर्घटनामा मृत्यु चौधरीलाई एसियन लाईफ गाईघाटले दियो बिमा भुक्तानी
पूर्णपुष्टि, साउन १२ गते ।
मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएका मृतक परिवारलाई एसियान लाईफ कम्पनी गाईघाट शाखाले बिमा वापतको भुक्तानी प्रदान गरेको छ । बुधवार एक कार्यक्रम गरी लाहान नगरपालिका–१५ घर भएका भोजनी थरुनीकी २५ बर्षिय मृतक छोरा सजन कुमार चौधरीको परिवारलाई शाखाले बीमा भुक्तानी गरको हो ।
कम्पनीले मृतकको आमा भोजनी थरुनीलाई घरमै गएर रकम प्रदान गरेको शाखा प्रबन्धन बालकुमार राईले बताउनुभयो । चौधरीले २०७७ साउन ३२ गते सुखि जीवन सावधिक र आजिवन बिमाको योजना अन्तर्गत जीवन बिमा गरेको थियो । बिमा वापत इन्स्योरेन्स कम्पनीले पाँच लाख २५ हजार १ सय ६४ रुपैयाँ प्रादान गरेको प्रबन्धक राईले बताउनुभयो । १५ वर्षे अवधिको जीवन बिमा गरिएकोमा चौधरीले पहिलो किस्ता मात्र बुझाएको थियो । उनले पहिलो एक किस्तामा ३१ हजार ५ सय ६ रुपैयाँ मात्रै बुझाएको थियो । बाँकी किस्ता बुझाउन नपाई चौधरीको दुर्घटनामा ज्यान गएको...








