Monday, April 20News That Matters

Month: ४ वर्ष अगाडि

नगरप्रमुख साम्पाङको श्रमदान अभियान

नगरप्रमुख साम्पाङको श्रमदान अभियान

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १३ सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई ९साम्पाङ० यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिनुभएको छ । धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना खोलाको पानी सङ्कलन गर्न उहाँले अभियान नै सुरु गर्नुभएको छ । उहाँको अभियानमा धराने अधिकांश जनता सहभागी भएका छन् । धरानको नेतृत्वमा नआउँदासम्म उहाँ हप्ताको सातै दिन जनताको कामका लागि सडकमा देखिनुहुन्थ्यो । त्यसबेला उहाँले गरेको काम र अभियानको चर्चा खासै थिएन । कतिपय उहाँले चलाएको अभियानमा असफल पनि हुनुभयो साम्पाङ । तर उहाँ सफलता नै सफलताको कडी हो भन्ने बुझेर उहाँले आफ्नो अभियान निरन्तर जारी राख्नुभयो । दक्षिण एशियाको उत्कृष्ट अस्पताल तथा शिक्षण संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको बेथिति र जनताले स्वास्थ्य उपचार सेवामा भोग्नुपरेको स...
सम्पत्तिको लोभमा दाजुबाटै भाईबुहारीको हत्या गर्न ‘सुपारी’

सम्पत्तिको लोभमा दाजुबाटै भाईबुहारीको हत्या गर्न ‘सुपारी’

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १३ बाँकेको कोहलपुर–१४ ओढरपुरका कृष्णकुमार गडरिया दम्पतीको घरमै सुतेको अवस्थामा सोमबार राति हत्या भएपछि बस्ती नै शोकमा छ । घरमै सुतिरहेका व्यक्तिको योजनाबद्ध तरिकाले हत्या भएको खबरले सबैमा डर र त्रास उत्पन्न भएको स्थानीयवासी रामसोहन खटिकले बताउनुभयो । पच्चिस वर्षीय कृष्ण र उहाँकी २३ वर्षीया पत्नी अञ्जलीको मङ्गलबार बिहान आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । “आफ्नै घरमा सुतेको व्यक्तिमाथि भएको यो घटनापछि बस्ती पूरै त्रासमा छ”, उहाँले भन्नुभयो, “यस घटनापछि गाउँका धेरै व्यक्ति चिन्तित छन् ।” कृष्णका सहोदर दाजु विजयकुमार र पत्नी रेखाको योजनामा घटना भएको तथ्य प्रहरीले पत्ता लगाएपछि स्थानीयवासी आक्रोशित भएका छन् । मृतक दम्पतीको बिहीबार दाहसंस्कार भएको छ । आफ्नै दाजुबाट धन र अन्य सम्पत्तिको लोभमा यस्तो अपराध हुनाले समाजमा डर र त्रासमात्रै नभई एउटा नकारात्मक सन्...
हजार रुपैयाँको निहुमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

हजार रुपैयाँको निहुमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १३ गते । एक हजार रुपैयाँको निहुमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरका ३३ वर्षका यमबहादु थापा आफ्नै ३१ वर्षीया श्रीमती सावित्री थापा क्षेत्रीको हत्या आरोपमा पक्राउ परेको हो । यमबहादुरले एक हजार रुपैयाँ चोरेको रिसमा कुपिट गर्दा सावित्रीको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सावित्रीले साउन १० गते साँझ दराजमा श्रीमानले राखेको एक हजार रुपैयाँ झिकेकी थिइन् । राति २ बजे यमबहादुरले पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई किन नसोधी पैसा झिकेको भनी कुटपिट गर्दा मृत्यु भएको खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए । श्रीमतीले साउनको खर्चका लागि पैसा चलाएको बताएको श्रीमानले प्रहरीलाई बयान दिएका छन् ।...
माछा मार्ने क्रममा करेन्ट लाग्दा एक पुरुषको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लाग्दा एक पुरुषको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १३ झापाको भद्रपुर नगरपालिका ७ का ४० बर्षीय भोटलाल गणेश राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका राजबंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा हिजो बेलुका साढे ५ बजे मृत्यु भएको हो । झापा मेचीनगर नगरपालिका ४ स्थित आमडागीमा रहेको ईलाम टि प्रोडुसर प्रा.लि. को भबन बनाउने मजदुर रहेका राजबंशी सोही निर्माधिन भवन नजिकै रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा हिजो पुर्वान्ह साढे ४ बजे करेन्ट लागी घाईते भएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...
बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान फरार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान फरार

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १३ अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन् । गए राति घरायसी विवाद हुँदा ४८ वर्षीय श्रीमान् पैलुले बन्चरो प्रहार गर्दा ४० वर्षीषा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ । (रासस)...
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १३ उदयपुरको बेलका नगरपालिका १ आम्बासि स्थितबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका ७ मदन चौक बेल्टार बस्ने ३४ बर्षीय निर्मल घिसिङ रहेका छन् । हिजो अपरान्ह साढे ४ बजे अस्थाई प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले पैदल आउदै गरेका घिसिङको साथबाट प्रतिबन्धित लागुऔषध फेनारगन २८ एम्पुल, डाईजोपाम २८ एम्पुल, लुपिजेसिक २८ एम्पुल बरामद गरेको हो । पक्राउ परेका घिसिङको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट थप अनुसन्धान भईरहेको छ ।...
हरिणको दुईथान सिङ सहित एक जना पक्राउ

हरिणको दुईथान सिङ सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १३ प्रहरीले हरिणको सिङ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बुढिगंगा गाँउपालिका १ गोकुवा बस्ने ४६ बर्षीय संखर ऋषिदेव रहेका छन् । बिशेष सुचनाको आधारमा हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट हरिणको २ थान सिङ बरामद गरेको हो । अबैध हरिणको सिङ बरामद भए पश्चात ऋषिदेवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भईरहेको छ ।...
ब्राउन सुगर सहित दाजुभाई पक्राउ

ब्राउन सुगर सहित दाजुभाई पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १३ झापाको मेचीनगर नगरपालिका ६ काँकडभिट्टा स्थित पुरानो मेचीपुलबाट ब्राउन सुगर सहित २ जना भारतिय नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत Sikkim 737134 बस्ने ३० बर्षीय मेगबिर लिम्बू र उनकै भाई २३ बर्षीय बुद्धबिर लिम्बू रहेका छन् । हिजो पुर्वान्ह साढे ४ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध ब्राउन सुगर ७ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।...
बञ्चरो प्रहारबाट बुबाको हत्या

बञ्चरो प्रहारबाट बुबाको हत्या

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १३ बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो । जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन् । टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ ।” बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको छ । (रासस)...
एक हजार चोरेको आरोपमा पत्नीको हत्या

एक हजार चोरेको आरोपमा पत्नीको हत्या

Breaking News 2, समाचार
काठमाण्डौँ, साउन १३ रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् । उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रु एक हजारका विषयमा विवाद हुँदा पतिले घरको भित्तामा टाउको ठोक्काएर पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिनुुभयो । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले यमबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार बिहान सावित्री आफ्नै कोठामा टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा र कोठामा रगत बगेको र छिटा देखिएको तथा शरीरका विभिन्न भागमा नी...