Monday, April 20News That Matters

Month: ४ वर्ष अगाडि

मन्त्री रामकुमार राईले गरे उदयपुरका दुई ठुला सिँचाई योजनाको उद्घाटन

मन्त्री रामकुमार राईले गरे उदयपुरका दुई ठुला सिँचाई योजनाको उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १३ उदयपुरमा कार्य सम्पन्न दुई ठुलो सिँचाई योजनाको शुक्रबार उदुघाटन भएको छ । उक्त योजनाको उद्घाटन प्रदेश नं १ का खानेपानी सिँचाई तथा उर्जा मन्त्री राम कुमार राई (पासाङ) ले गर्नुभयो । मन्त्री राईले जिल्लाका बेलका नगरपालिका र कटारी नगरपालिकामा रहेको दुई योजनालाई एकै दिन उद्घाटन गर्नुभएको हो । राईले कटारी ५ का उत्राई तावा सिँचाई योजना र बेलकाका मुर्तिखोला सिँचाई उपयोजनाको उद्घाटन गर्नुभएको हो । बेलकामा रहेको मुर्तिखोला सिंचाई उपयोजनाले ३,६ र ९ नं वडाका किसानहरुलाई सुविधा दिएको छ । उत्राई तावा सिँचाई योजनाले भने ५ नं वडाका किसानहरुलाई सुविधा दिएको छ । बेलका मुर्तिखोलाको ठेक्का रौता कन्ट्रक्सनले २०७६ सालमै लिएका थिए । संघिय सरकार र जनश्रमदान गरी ४ करोड बढीमा योजना तयार भएको यस सिँचाई योजना अन्तरर्गत २ वटा मुख्य कुलो र ८ वटा शाखा कुलोहरु निर्माण भएको जलस्रोत तथा सिँचाई डिभिज...
त्रियुगामा अल्पसङ्ख्यक बोटेको पहिचान लोप हुन लागेकामा चिन्ता

त्रियुगामा अल्पसङ्ख्यक बोटेको पहिचान लोप हुन लागेकामा चिन्ता

Breaking News 2, समाचार
काठमाण्डौँ, साउन १३ जिल्लामा बसोबास गर्दै आएका विभिन्न जनजाति र आदिवासीमध्येका बोटे समुदायको पहिचान लोप हुने अवस्थामा पुगेको छ । जिल्लामा अल्पसङ्ख्याकको रुपमा रहेको बोटे राज्यमा मात्र नभइ जिल्लाभित्र पनि पिछडिएका कारण उक्त जातिको पहिचान लोप अवस्थामा पुगेपछि चिन्ता व्यक्त गर्न थालिएको हो । जिल्लामा बसोबास गर्दै आएका झण्डै १७ जनजाति तथा आदिबासीमध्ये अहिले हायु र बोटेजस्ता जनजाति जिल्लामा अल्पसङ्ख्यकको रुपमा रहँदै आएका छन् । हाल जिल्लाको त्रियुगा नगरपालिका–१२ को पुरानो गाईघाट र नगरकै वडा नं २ को मोथ्याई क्षेत्रमा मात्र बसोबास गर्दै आएका बोटेको अहिले उदयपुरमा झण्डै तीस घरपरिवार मात्र रहेकोे बोटे समाजका जिल्ला अध्यक्ष नन्दमान बोटे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“आफूहरुको पुर्खा चितवन र बाग्मती किनार क्षेत्रमा पनि अल्पसङ्ख्यकका रुपमा रहँदै आएको र अन्दाजी दुईसय वर्षअघि केही पुर्खा उदयपुर क्षे...
उदयपुरको सुरक्षावासमा पर्याप्त कोठा नहुँदा सेवा प्रभावित

उदयपुरको सुरक्षावासमा पर्याप्त कोठा नहुँदा सेवा प्रभावित

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन १३ गते । उदयपुरको त्रियुगा नगरपालिका–१० बासबारीमा रहेको महिला सुरक्षावासमा पर्याप्त कोठा नहुँदा हिंसा प्रभावित महिला तथा किशोरीलाई प्रादान गरिने सेवा प्रभावित भएको छ । कोठाको क्षमता भन्दा बढी हिंसा प्रभावित सेवाग्राही आउने भएकोले सेवा प्रदान गर्न समस्या भएको हो । ओरेक उदयपुर र त्रियुगा नगरपालिकाको साझेदारिमा सञ्चालित सुरक्षावासमा जम्मा १२ वटा मात्रै कोठा भएकाले सेवा प्रभावित भएको ओरेक उदयपुरका जिल्ला इन्चार्ज पम्फा पुरीले बताउनुभयो । वर्षेनी पिडित महिलाहरुको संख्या घट्ने भन्दा पनि बढ्दो क्रममा रहेकोले सेवाग्राहिको संख्यामा वृद्धि भएको छ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा जिल्ला स्तरीय रुपमा सञ्चालन भएको सुरक्षावास सेवा केन्द्रमा जिल्लाको मात्र नभएर छिमेकी जिल्लाबाट पनि पिडित महिला तथा किशोरी सेवा लिन आउने गरेको अझ समस्या भएको इन्चार्ज पुरीले बताउनुभयो । उहाँका अनुसार ...
बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ

बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १३ बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उप महानगरपालिका वडा नं. १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ बर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् । विश्वकर्मालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) बाट खटीएको प्रहरी टोलिले हिजो खोजतलास गर्दै जाँदा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको छ । विश्वकर्माको बालयौन दुरुपयोग मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरीवाना भई लगत नं. १२१२ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।...
वन त्रियुगाको प्रमुख प्रशासकीय अधिकृत

वन त्रियुगाको प्रमुख प्रशासकीय अधिकृत

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १३ गते । त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मानबहादुर वन पदस्थापन भएका छन् । आजै उनलाई नगरप्रमुख तथा उप–प्रमु्ख लगाएत कमर्चारीले नगरपालिकामा स्वागत गरेका छन् । वन यसअघी खोटाङ्गको बराहापोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत थिए । त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पुरषोत्तम ढकाल भने मुख्य मन्त्रीको कार्यालय पुगेका छन् ।...
प्रदेश नं १ मा दुध उत्पादनमा वृद्धि

प्रदेश नं १ मा दुध उत्पादनमा वृद्धि

Breaking News 3, आर्थिक, समाचार
काठमाडौँ, साउन १३ गते ।  प्रदेश नं १ मा आर्थिक वर्ष २०७८/७९ मा कूल पाँच लाख २५ हजार एक सय ५५ मेट्रिक टन दुग्ध उत्पादन भएको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार सो अवधिमा मासु आठ लाख ६६ हजार १९ मेट्रिकटन, अण्डा १४ करोड १९ लाख ९३ हजार र ऊन ४० हजार ८७९ किलो उत्पादन भएको हो । अघिल्लो वर्षको तुलनामा गएको वर्षमा दुग्ध ११ हजार छ सय २३ मेट्रिकटन, मासु एक हजार छ सय ४२ मेट्रिक टन, अण्डा ४९ लाख नौ हजार र ऊन चार सय सात किलो बढी उत्पादन भएको हो । प्रदेशभरिमा गाईगोरुको सङ्ख्या २० लाख ९९ हजार चार सय ९७, भैँसी–राँगो आठ लाख ८५ हजार आठ सय ३९, बाख्रा २८ लाख सात हजार पाँच सय ८८, बङ्गुर छ लाख ९४ हजार आठ सय ४५, कुखुरा ८९ लाख ४१ हजार छ सय ७७, भेडा ५९ हजार दुई सय ३१ र याक–नाक १८ हजार १० रहेको बताइएको छ । प्रदेशमा हालसम्ममा १० हजार सात सय ७५ पोखरीअन्तर्गत एक हजार नौ सय ६२ दशमलव ३६ हेक्टर जलाशय...
लिङ्देनद्धारा निर्वाचनको मिति घोषणा गर्न माग

लिङ्देनद्धारा निर्वाचनको मिति घोषणा गर्न माग

Breaking News 3, समाचार
काठमाडौँ, साउन १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गर्नुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गर्नुभएको हो । अध्यक्ष लिङ्देनले एक प्रश्नको जवाफमा अध्यक्ष लिङ्देनले मुलुकको परराष्ट्र नीति सन्तुलनमा राख्न असंलग्न परराष्ट्र नीतिका आधारमा अघि बढ्न सुझाव दिनुभयो । वर्तमान गठनबन्धन सरकारले दलीय एवं व्यक्तिगत स्वार्थ त्यागी जनतालाई सर्वोपरि ठानेर महँगी नियन्त्रणलगायतका काम गर्न पनि सुझाव दिनुभयो । रासस...
अरिङ्गालको टोकाईबाट एकको मृत्यु

अरिङ्गालको टोकाईबाट एकको मृत्यु

Breaking News 2, समाचार
काठमाडौं, साउन १३ गते ।  अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका लागि धवलागिरि अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । परियार गए राति घर नजिककैको जङ्गलमा अरिङ्गाल पोल्न गएको र अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते हुनुभएको थियो । रासस...
मेजर राईद्धारा नगर विकास कोष खारेज गर्न माग

मेजर राईद्धारा नगर विकास कोष खारेज गर्न माग

Breaking News 1, राजनीति, रोचक, समाचार
पूर्णपुष्टि, साउन १३ गते । उदयपुर जिल्लाको बिकट पालिकाको रुपमा चिनिएको लिम्च्ुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले नगर विकास कोष खारेजीको माग गरेको छ । अध्यक्ष राइले नगरपालिकालाई मात्र समेट्ने नगर विकास कोष खारेजी गर्न माग गरेको हो । गाउँपालिकालाई पनि समेटिनु पर्ने छ , होइन भने नगरहरुलाई मात्र संबोधन हुने, कथित विभेदकारी कोष, नगर विकास कोष खारेज गर्नु पर्छ भन्ने राईको भनाई रहेको छ । राईले भने “मेरो विचारमा अहिलेको परिवर्तित समयमा नगर विकास कोषलाई “स्थानीय तह विकास कोष”को नाम दिएर उक्त कार्यक्रमलाई कार्यान्वयन गर्दा सबैलाई न्यायोचित र व्यवहारिक हुने तर्फ नेपाल सरकार र शहरि विकास मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छौ” भन्दै नगर विकास कोषको खारेजीको माग गरेका हुन् । नगर विकास कोष नेपालमा नगरहरुको निर्माण, विकास र विस्तार एवं नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमूलक आयोजना सञ्चालन गर...
धरानमा अवैध रुपमा बनेका ६ घर नगर प्रहरीद्धारा भत्काइयो

धरानमा अवैध रुपमा बनेका ६ घर नगर प्रहरीद्धारा भत्काइयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १३ गते । धरानमा अवैध रुपमा बनेका ६ वटा घर तथा टहरा नगर प्रहरीद्धारा भत्काईएको छ । धरान–५ सुन्दर बस्ती नजिकै सेउती खोला बगरमा सार्वजनिक तथा बनको जग्गामा बनेका ३ वटा अवैध घर टहरा बिहिवार सवडिभिजन बन कार्यालय तीनकुने र धरान उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले भत्काएको हो । भत्काइएका घरका जस्ता तथा टिन नगर प्रहरीले नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए । यस्तै, धरान–१७ को सतरंगी पार्क साकेला निरको पार्क र एन्फा एकेडेमीको पूर्व उत्तर साईडरा ३ वटा गरि आज जम्मा ६ वटा घर भत्काएको कोईरालाले जानकारी दिए । अवैध रूपमा घर टहरा बनाउनेहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने नगर प्रहरीले बताएको छ । उपमहानगरले अवैध तरिकाले बनाएका घर आफैले भत्काउन सूचना जारी समेत गरेको थियो । जारी भएको सूचनाको अवहेलना गरि उपमहानगरको सम्पर्कमा नआई घर निर्माणको कार्य झन थपेकाले बिष्णु...