Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

स्कुटर चोरी गरेको आरोपमा एक पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष २२ गते । सुनसरीको इटहरी उप–महानगरपलिका–१३ स्थितबाट स्कुटर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्दिवास नगरपालिका(२ महोत्तरीका ३० बर्षीय राम दुलार महतो रहेका छन् । बुधबार बेलुका इटहरी–१३ का रोशन चौधरीको घर अगाडी पार्कीङ गरी राखेको को ३३ प ८५५३ नम्बरको स्कुटर चोरी गरी लादै गरेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका महतोको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।...

प्रधानमन्त्री प्रचण्डद्धारा पाल्पा बस दुर्घटनामा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली

Uncategorized
पूर्णपुष्टि, पुष २२ । पाल्पामा बिहिवार राति बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएकाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । बिहान सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिँदै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । यस्तै, उहाँले सार्वजनिक यातायात सुरक्षित र मर्यादित बनाउन सबैमा अपिल पनि गर्नुभएको छ । गएराति रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा एकै गाउँ ९खुसार्ने० का ६ जनाको ज्यान गएको थियो । १८ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।...

पाल्पामा बस दुर्घटना हँदा ६ जनाको मृत्यु

Uncategorized
पूर्णपुष्टि,पुष २२ । पाल्पामा वाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । बिहिवार राति रैनादेवी छहरा गाउँपालिका–८, सालझण्डी ढोरपाटन सडकको सत्यवती, खुर्सानेको मधुवनमा दुर्घट्ना भएको हो । बस दुर्घटनामा परी एकै गाउँका ६ जना महिलाको मृत्यु भएको हो। रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ जाँदै गरेको गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको पाल्पा प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा ४५ वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वरेन्द्र थापाले बताए । घटनामा घाइते भएका १८ जनाको बुटवलको लुम्विनी प्रादेशिक अस्पताल र जितगढीको एडमन सिटी हस्पिटलमा उपचार भइरहेको छ ।...

गृहमन्त्री लामिछाने विरुद्धको रिटमा कसले के जवाफ दिए ?

Uncategorized
पूर्णपुष्टि, पुष २२ । गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धि मुद्दाको सुनुवाइ आज हुँदैछ। संवैधानिक इजलासको आदेशअनुसार प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमाथि सुनुवाइ गर्दै पुस ६ मा कारण देखाऊ आदेश जारी गरेको थियो। लामिछानेलाई सांसद्का रूपमा कामकाजमा रोक लगाउन माग गरिएको विषयमा छलफल गर्न दुवै पक्षलाई आज बोलाएको छ । नागरिकतासम्बन्धी विवादमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज गर्न प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले माग गरेका छन्। तीनै निकायले गृहमन्त्री लामिछानेविरुद्धको रिट खारेजीको माग गर्दै सर्वोच्चलाई छुट्टाछुट्टै लिखित जवाफ पठाएका हुन्। लामिछाने सांसद हुन अयोग्य रहेको भन्द...

शैक्षिक गुणस्तर सुधारका लागि कटारी २मा वडाको सकृय भुमिका

Uncategorized
पूर्णपुष्टि,पुष २२ । पछिल्लो समय सामुदायिक विद्यालयहरुमा शैक्षिक शिक्षाको गुणस्तर खस्किंदै गएपछि उदयपुरको कटारी नगरपालिकाले शिक्षालाई सुधार गर्न लागि परेको छ । चालु शैक्षिक सत्रमा विद्यालयको शैक्षिक गुणस्तर उकास्न पहिलो चरणमा कटारी नगरपालिका वडा नं. २ले वर्तमान अवस्थाको शिक्षा मूल्याकंन गर्न आफैले परीक्षा समेत गर्न सुरु गरेको हो । वडा भित्र रहेको २ मावि र २ आधाभूत विद्यालय गरी सबै विद्यालयहरुमा वडा शिक्षा समितिले आन्तरिक मूल्याकंनका लागि परीक्षा लिएको वडाध्यक्ष प्रेम थापाले बताउनुभयो । सामुदायिक विद्यालयहरुमा शैक्षिक अवस्था कमजोर भएपछि वडाले शैक्षिक सुधारको लागि पहिलो प्रयास सुरु गरेको वडाध्यक्षथापाले बताउनुभयो । उनका अनुसार शैक्षिक सुधारमा उपचारात्मक पद्धतिको लागि मूल्याकंन गर्न र विद्यालयको तल्लो कक्षा देखि नै समस्या पहिचान गरी उक्त समस्याको समाधान गर्नका लागि कार्यक्रमको निर्माण गरे...

आजबाट श्री स्वस्थानी ब्रत कथा प्रारम्भ

Uncategorized
पूर्णपुष्टि, पुष २२ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुक्रबारदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ आफूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्य दिइन...

गाईघाट मेनचोकमा निर्माण गाईको मुर्तिको कुल बजेट १९ लाख, घडी र सिसि क्यामेरामा खर्च

Uncategorized
पूर्णपुष्टि, पुष २१ । उदयपुरको सदरमुकाम गाईघाटको मेनचोकमा आकर्षक गाईको मुर्ति खडा गरिएको छ । गाईघाटको पहिचानलाई झल्काउनेगरी निर्माण गरिएको उक्त मुर्ति बजारको मुख्य चोकमा अवस्थित छ । त्रियुगा नगरपालिकाको लगानीमा निर्माण गरिएको मुर्तिको लागि १९ लाख रहेको पिके जभी कन्ट्रक्सनले जनाएको छ । त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतका अनुसार उक्त मुर्तिका लागि ३० लाखको टेन्डर आह्वान गरिएको थियो । टेन्डर खुलाईपछि ग्लान पिके जेभी कन्ट्रक्सनको पिके निर्मानले उक्त मुर्तिको काम १९ लाखमा गर्ने गरी ठेक्का लिएको जनाए। गाईको मुर्तिले गाईघाटको पहिचानलाई झल्काएको जनाईएको छ । पहिले यस ठाउँमा गाईहरुले पानीखाने घाट रहेको र उक्त भनाई अनुसारनै यस ठाउँलाई गाईघाट नामकरण गरिएको पुर्खा र अग्रजहरुको भनाई छ । धेरै समयदेखी गाईघाटको पहिचान झल्कीने गरी मुर्तिहरु खडा गर्न खोजिएपनि सफल भएका थिएन् । गाईको मुर्ति स्थापनाक...

चौदण्डीगढीमा आत्महत्या न्युनीकरण सम्बन्धी जनचेतना मूलक कार्यक्रम

Uncategorized
पूर्णपुष्टि, पुष २१ । आत्महत्या न्यूनीकरण सम्बन्धी प्रहरीले जनचेतना मूलक कार्यक्रम गरेको छ । बुधवार चौदण्डीगढी नगरपालिका वडा नं। ९ स्थित ढुङ्गा मुसहरी टोलमा आत्म हत्या न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको हो । ईलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी हडियाको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले आत्म हत्या न्युनिकरण सम्बन्धी जनचेता मुलक कार्यक्रम सुरु गरेको प्रहरी सहायक निरीक्षक मधुकान्त खड्काले जानकारी दिए । खड्काले आत्महत्या न्युनीकरण र नियन्त्रणको लागि प्रहरी मार्फत स्थानीय तहहरुमा यो अभियान पुग्ने विश्वास व्यक्त गरेका छन् । पछिल्लो समय हाम्रो समाजमा बढ्दै गएको आत्महत्या सबैको साथ सहयोग र सचेतनाको कारणले मात्र न्यूनिकरण गर्न सकिने खड्काले बताए । कार्यक्रममा बिभिन्न स्थानीय बुद्धिजीवी,समाजसेवी र बिभिन्न संघ संस्थाहरुमा आवद्ध संस्थापकहरुको उपस्थित...

गाईघाटबाट यौनधन्दा आशंकामा पक्राउ परेको ७ जनालाई मुद्धा चलाईने

Uncategorized
पूर्णपुष्टि, पुष २१ । जिल्ला प्रहरी कार्यालय उदयपुरले यौनधन्दा आशंकामा पक्राउ गरेको माथी मुद्धा चलाईने जनाएको छ । हाल पक्राउ उप्पर आवश्य अनुसन्धान भैरहेको जनाएको छ । प्रहरीले पक्राउ पर्नेहरुको नाम भने उल्लखे गरेको छैन् । पक्राउ परेको जनाईको ७ जना माथी म्याद थपेर मुद्धा चलाउने प्रहरीको भनाई छ । गाईघाटबाट बुधबार दिउँसो नाम नखुलेको एक होटलबाट होटल संञ्चालक सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्रियुगा नगरपालिका १२ सुनगाभा टोलबाट उनिहरुलाई पक्राउ गरिएको थियो । उक्त होटलको संञ्चालकबारे प्रहरीले उल्लेख गरेको छैन । प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता राकेश कुमार पोदारले जानकारी दिए । पोदारका अनुसार तिव्र अनुसन्धान भैरहेका कारण नाम पूर्ण प्रक्रिया पुराएर मात्रै खुलाईने जनाए । उनिहरुलाई मुद्धाका लागि म्याद थप गरेर प्रक्रिया पुराएर आवश्यक अनुसार सर्वाजानिक गर्ने तथा नाम खुलाईने जनाएको छ । अनु...

त्रियुगा माविमा कराते तर्फको प्रतियोगिताा सम्पन्न

Uncategorized
पूर्णपुष्टि, पुष २१ गते । गाईघाटमा जारी प्रथम त्रियुगा नगर अन्तर मावि रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कराते तर्फको खेल सकिएको छ । उदयपुर जिल्ला खेलकुद विकास समितिका कराते प्रशिक्षक तथा जिल्ला कराते संघका अध्यक्ष समेत रहेका प्रकाशराम राईले बुधबार कराते तर्फका खेलहरु सम्पन्न भएको जनाए । राईका अनुसार करातेका लागि १९ ओटा विद्यालयहरुले सहभागी जनाएका थिए । प्रतियोगितामा तौल अनुसारको खेलाडी बिच प्रतिष्पर्धा गराएको थियो भने एकल काता समेत गराएको राईले जनाए । पूरुष खेलाडी लाई पूरुष सँगै र महिला खेलाडी लाई महिला सँगै प्रतिस्पर्धा गराएको राईले बताए । पूरुष कराते प्रतियोगितामा ४२ के.जी.को प्रतिस्पर्धामा बालमन्दिर मा.वि.का हिराज मगर प्रथम भएको छ भने सोहि विद्यालयका एबिक मगर दोस्रो भएका छन् । तेस्रो स्थान हासिल गर्नेमा प्याराडाईजका जोनसोन किरात र उदयपुर बोर्डीङका दियोग शाह रहेका छन् । यता ४७ के.जी...