Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

अभिनेत्री दीपाश्री निरौलाको सिउँदो सिन्दुर देखिएपछि

Uncategorized
पूर्णपुष्टि, पुष २१ । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा हाँस्यकलाकार साथै चलचित्र निर्देशक दीपाश्री निरौला यती वेला भरिएको सिउँदो देखिएपछि निकै चर्चामा आईकि छिन् । नायक दिपकराज गिरीसँग चन्द्रगिरि पुगेकी दीपासँगको भिडियोलाई भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले टिकटकममा साभार गरेका थिए । टिकटक भिडियो भाइरल मात्र होइन गसिपको स्रोत समेत बन्न पुगेको छ । उक्त टिकटकमा दीपाश्रीले सिउँदोमा सिन्दुर लगाएर रातो साडिमा सजिएको देखिन्छ । कतिपयले दीपाले किन सिन्दूर लगाएर मन्दिरमा पुगिन् भनेर गसिप लेखिरहेका छन् । कतिपयले यो कुनै फिल्मको छायांकन हुन सक्ने अड्कल काटेका छन् । दीपकले फिल्मको पात्र राजाकै लवजमा बोलेका छन् भने दीपाश्रीको त्यो क्यारेक्टर लुक्स हो । दीपक(दीपासहितको टोली भालेश्वर पुगेर फिल्म सुटिङ गरिसकेको छ । निर्माता निर्मल शर्मा पनि दीपक(दीपासँगै भालेश्वर पुगेका थिए । खासमा दीपक...

महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरको नेतृत्वमा निरविरोध ज्योति दनुवार चयन

Uncategorized
पूर्णपुष्टि, पुष २१ । महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुको १४ औँ वार्षिक साधारण सभाले ज्योति दनुवार सहित ८ सदस्य चयन गरेको छ । सस्थाको १४ औँ बार्षिक साधारण सभा र छैठो अधिवेशनले दनुवारलाई नयाँ कार्यसमितीको अध्यक्षमा निरविरोध सर्वसहमतिले चयन गरेको निर्वाचन मण्डलका संयोजक सविता पोखरेलले बताउनुभयो । यता उपाअध्यक्षमा सुस्मा कुमारी सार्की,सचिवमा जानुका कार्की,कोषाअध्यक्षमा उषा चौधरी,सदस्यमा क्रमशःरन्जना मगर,मन्जु दनुवार र सुस्मिता दनुवारलाई चयन गरेको छ । बुधवार बार्षिक साधारण सभा र छैठौ अधिवेशन त्रियुगा नगरपालिका वडा नं. ९मा अवस्थित ओरेक आधारमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । साथै भौगलिक अवस्था र समावेशितालाई आधार मानेर थप २ जना पछी मनोनित हुने पनी संयोजक पोखरेलले बताउनु भयो ।...

विद्युत प्राधिकरण गाईघाटमा स्रोत साधन प्रभावकारी नहुँदा बिल तिर्न लामो पखाई

Uncategorized
पूर्णपुष्टि, पुष २१ नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटमा चुस्त दुरुस्त स्रोत साधनको अभावमा सेवा दिन असर परेको छ । मुख्यतया बिल काट्ने काउन्टरमा तिन ओटा कम्युटर राखिएको छ । तर एउटा सँधै बिग्रको अवस्थामा रहन्छ । तिन जना कर्मचारीले बिल काट्नु पर्नेमा कम्प्युटर अभावले गर्दा एक जना कर्मचारीले बिल काट्नै पाउँदैन । यता जति धेरै कर्मचारीले बिल काट्यो उतिलनै छिटो हुने सेवाग्राहीहरु बताउँछन् । सेवा लिन आएका ग्राहकहरुले बिल तिर्न लामो समय पर्खिनु पर्ने गुनासो गरे । याहाँको स्रोतसाधन राम्रो भएर बिल काट्न खटिएका सबै कर्मचारीहरुले बिल काटिदिए यदि धेरै समय लगाएर विल तिर्नु पर्ने अवस्था नआउने जनाए । अत्यादिक भिँडभाँडको कारण बिल तिर्न सेवाग्राहीहरु पहिलो चरणमा आउने गरेको बताउँछ । छिटो आयो भने भिँडभाँड नहुने हुँदा उनिहरु अन्य काम थाति राखेर पनि सेवा लिन आउने गरेको बताउँछ । ढिलो समय भयो की ...

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

Uncategorized
पूर्णपुष्टि, पुष २१ गते । झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानहरुमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । मत्यु हुनेमा मिक्कलाजुङ–७ मोरङका ३८ बर्षीय नरेन्द्र सेलिङ र ६५ बर्षीय खड्का बहादुर लिम्बु रहेका छन् । बुधबार बिहान ७ बजे झापाको कमल गाउपालिका–५ लवडाँडा स्थित राजमार्गमा प्रदेश १–०१–०१६ प २०९४ नम्बरको स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको मे २ प २१५७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा प्रदेश १–०१–०१५ प ७४८७ नम्बरको स्कुटर समेतलाई ठक्कर दिई मोटरसाईकल चालक सेलिङ घाईते भएका थिए । घाईते चालकलाई उपचारको लागि लाईफलाईन अस्पताल दमक तर्फ लाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । मोटरसाईकलमा सवार शिवसताक्षी–९ का २४ बर्षीय मनोज लिम्बुको सोहि अस्पतालमा उपचार भईरहेको छ । त्यसै गरि मोरङको उर्लाबारी नगरपालिका–७ स्थित इटहरी सडक खण्डमा प्रदेश १–०२–०४२ प ८४०४ नम्बरको स्कुटरले ठक्कर दिदा ...

ब्राउन सुगर सहित २ जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष २१ गते । झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाकफोकथुम गाँउपालिका–४ ईलाम घर भई हाल दमक–१ कुमाल चोक बस्ने ३९ बर्षीय धनराज आले र दमक – ९ की २३ बर्षीया अनिशा कार्की रहेका छन् । बुधबार साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ५१०७ नम्बरको मोटरसाईकल चालक आलेलाई चेकजाँच गर्दा निजको साथबाट ८ सय मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । सोही दिन दमक– ९ स्थित रहेको चिया दोकानमा बसिहेको अवस्थामा २६ बर्षीय कार्कीलाई चेकजाँच गर्दा कार्कीको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ गरेका दुबै जनाको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।...

गाईघाटको दुवै सडक पेटिकामा फोहोर फाल्ने डस्पिन राखियो

Uncategorized
पूर्णपुष्टि, पुष २१ । गाईघाट बजारलाई स्वच्छ र सफा राख्नका लागि त्रियुगा नगरपालिका, त्रियुगा उद्योग बाणिज्य संघ र स्थानीय व्यवसायी लागि परेको छ । अहिले बजारको मुख्य सडकहरुलाई सफा राख्न सडकको दुर्वै तर्फका पेटीकाहरुमा फोहर फाल्ने व्यवस्थीत डस्विन राख्ने काम भैरहेको छ । उक्त डस्वीन मानवीय छहल पहल र भिँडभाँडको दुष्टीले बजारको मुख्य सडक सेतो पुल देखी पुरानो गाईघाटको पिजी चोक सम्म राखिने त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले जनाए । बिहिबार नगर प्रमुख वसन्त बस्नेत र उपप्रमुख मशेश्वरी राई सहितको उपस्थितिमा डस्विन राख्ने काम सुभारम्व गरिएको थियो । उक्त डस्विन पहिलो पटक ७० ओटा निर्माण गरि राख्ने काम भएको र आवश्यक डस्विन निर्माण गर्दै गरेको रसाईलीले जनाए । रसाईलीको अनुसार सडकको दुवै पेटीकाहरुमा तल देखी माथी सम्म राख्न करिब २ सय भन्दा बढी डस्विन आवश्यक पर्न सक्ने जनाए । &n...

आज श्री गुरु गोविन्द सिंह जयन्ती

Uncategorized
पूर्णपुष्टि, पुष २१ । आज नेपाली पात्रो अनुसार आसिखहरुको दसौँ गुरु गुरु गोबिन्द सिंह को आज ५ जनवरीको दिन जन्म जयन्ति हो । एक महान योद्धा,कवि, भक्त र आध्यात्मिक नेता गुरु गोबिन्द सिंह, ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरुको दसौँ गुरु हुनुभयो । आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिनुभएको गुरु गोबिन्द सिंह निकै शान्त व्यक्तित्व हुनुहुन्थ्यो । आफ्नो अहिले सोच्चे दुश्मनहरुसंग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताको साथ सामना गर्नुहुन्थ्यो । गुरु गोबिन्द सिंहको मान्यता थियो कि मनुष्यले नकसैसंग डराउन हुन्छ न कसैलाई डराउनु हुन्छ । गुरु गोबिन्दलाई उनको बाल्यकालमा गोबिन्द राय भनिन्थ्यो । उनका पिता गुरु तेघबहादुर नवौँ सिख गुरु हुनुहुन्थ्यो । गुरु गोबिन्दको जन्म हुदा पिता गुरु तेघबहादुर असममा धर्मको शिक्षा बाट्न जानुभएको थियो । गोबिन्द सिंहको बाल्यकालक...

दुई युवालाई छुरा हान्ने उदयपुरका निश्चल सहित ५ पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष २१ काठमाण्डौँमा छुरा प्रहार गरेको आरोपमा उदयपुरका एक युवा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काटेश्वर महादेवस्थानस्थित बागमती करिडोर सडकमा २३ र १८ वर्षका दुई युवकलाई छुरी प्रहार गरेको आरोपमा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका १९ वर्षीय निश्चल राई, सिन्धुलीका अनिष मगर, कैलालीका १८ वर्षीय अनिष मगर, मनोज कुँवर, रौतहटका धिरेन्द्र यादव र ओखलढुंगाका अनिष खत्री रहेका छन् । उनीहरुमध्ये एक जनालाई काठमाडौं र चार जनालाई रौतहटबाट पक्राउ गरेर ल्याएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । मैनालीका अनुसार उनीहरुले पुस १६ गते बेलुका सवा ७ बजे दुइृ युवक माथि छुरा प्रहार गरेका थिए । पीडितलाई प्रहरी वृत्त, बानेश्वरले कान्तिपुर अस्पताल पुर्‍याएको थियो ।...

गाईघाटको एक होटलमा प्रहरीको छापा : साउनी सहित ७ जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष २० । गाईघाटमा प्रहरीले ५ महिला र २ पुरुष गरी ७ जनालाई होटलबाट पक्राउ गरेको छ । उनिहरुले त्यस होटलमा अनैतिक कार्य गरिरहेको भन्ने आरोपमा पक्राउ गरिएको जनाईएको छ । त्रियुगा नगरपालिका १२ सनि मन्दीर जानेबाटो सुनगाभा टोल जोगेन्द्र गुप्ताको घरमा भाडा गरी होटल संञ्चालन गर्दै आएका साउनी सहित अन्य व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले एक्कासी छापा मार्दा ७ जनालाई पक्राउ गरेको छ भने केहि व्यक्तिहरु फरार रहेको स्थानीयहरुले जनाईएका छ । स्थानीयहरुका अनुसार लामो समयदेखी त्यहाँ बाहिरका मान्छेहरु समेतको आउजाउ ब्यापक हुने र बिभिन्न क्रियाकलाप हुने जनाए । उनिहरुले यो कार्यप्रति आफुहरु निकै हैरान भएको समेत जनाए । कोको पक्राउ परे भन्ने बारे पुरा जानकारी आउन बाँकी रहेको छ । होटलको नाम नै नरहेको र पहिचान हुने कुनै पनि बोर्डहरु नराखिएको उक्त होटलमा स्थानीयहरुले पहिले बाटै अनैतिक क...

गाईघाटमा जारी प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ् शिल्ड प्रतियोगित (फोटो फिचर)

Uncategorized
पूर्णपुष्टि, पुष २० । गाईघाटको त्रियुगा नगरपालिका ११, स्थित त्रियुगा मावि गाईघाटको प्राङ्गनमामा जारी प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ् शिल्ड प्रतियोगिता अन्तरगत बुधवार सम्पन्न प्रतियोगिताहरुको केहि तस्विरहरु