Monday, August 10News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा डान्स च्याम्पियन प्रतिभाको खोजी हुँदै

उदयपुरमा डान्स च्याम्पियन प्रतिभाको खोजी हुँदै

समाचार
पूर्णपुष्टि,माघ २१ । उदयपुरका बिभिन्न ठाउँमा आगामी फागुन १ गते सोमबारदेखि डान्स च्याम्पियन प्रतिभाको खोजीको आयोजना हुने भएको छ । डान्स स्टुडियो बेल्टारको आयोजनामा जिल्लाका छ ठाउँमा फरक–फरक मितिमा उक्त प्रतियोगित हुने भएको हो । आफ्नो कलाको माध्यमबाट भविश्यलाई उज्वल बनाउनका लागि नृत्य क्षेत्रमा रुचि भएकाहरुलाई प्रोत्साहन साथै उत्प्रेरणा जगाउने उद्देश्यले उक्त च्याम्पियनको आयोजना सुरु गरेको डान्स स्टुडियोका कोरियोग्राफर प्रमेजंग किरातीले बताए । उनका अनुसार प्रतिभाले सम्पन्न युवा पुस्ताहरु जसले आफ्नो कलालाई विश्व सामु प्रदर्शण गर्ने अवसरको खोजीमा छन् त्यस्ता कलाहरुलाई सम्मेट्ने प्रयास गरेको उनी बताउछन् । च्याम्यिनका विजेताले नगद पुरस्कारका साथमा,मेडल,ट्रफी,प्रमाण पत्र, म्युजिक भिडियोमा खेल्ने अवसरका साथै छात्रवृत्तीमा मेकअप कक्षा र थप निशुल्क नृत्य कक्षा तथा आकर्षक गिफ्टह्याम्पर लगायतका पु...
आज विश्व क्यान्सर दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व क्यान्सर दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि,माघ २१ । आज विश्व क्यान्सर दिवस (अबुर्द रोग), संसारभरिका सबै जना एक्यवद्धरुपमा क्यान्सरसँग लडनका लागि चेतना स्वर भर्ने दिन Uniting our voices and taking action भन्ने नाराका साथ मनाइदैछ । अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको सङ्ख्या बढिरहेका बेला वर्सेनि चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको हो । क्यन्सर रोग निबारणका लागि आज पनि सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरुको आयोजना गरेका छन् । खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका हुन् । त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ । नेपालमा वर्सेनि १५ हजारको क्यान्सर रोग...
एलिना राईको ‘कल्कते काइयो’ सार्वजनिक

एलिना राईको ‘कल्कते काइयो’ सार्वजनिक

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,माघ २० । नव गायिका एलिना राई र अनिश राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार महेश खड्काको अफिसियल युट्युब च्यानलबाट ‘कलकते काइयोे’बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा संगीत संयोजन महेश खड्काले गरेका छन् भने सब्द प्रकाश सापकोटाको रहेको छ । गीतको एरेन्ज पुरुशोत्तम सुबेदीले गरेका छन् । साथै एम.टि स्टुडियोमा गितको रेकर्डिङ उत्तम लामाले गरेका हुन् । नव गायिका एलिना राईको स्थायी घर उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १४,साउने स्थित माझगाउँमा छ । उनी हाल काठमाण्डौमै परिवार संग बसेर आफ्नो पढाईलाई निरन्तरता दिँदै संगित क्षेत्रमा नव गायिकाको रुपमा परिचित हुदै आएकि छिन् । यस अघि एलिना र प्रविन बेड्वालले गाएको ‘मायाँ देउता सरी’ बोलको गितले निकै चर्चा पाएको थियो । हाल सम्म एलिनाले तीन वटा गित नेपाली बजारमा ल्याईसकेकी छिन् । https://www.youtube.com/watch?v=4bGOh4oshlI...
कलेज प्रमुखलाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता पक्राउ

कलेज प्रमुखलाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २० गते । लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल) का क्याम्पस प्रमुख लोकबहादुर बराललाई अपहरण गर्न खोजेको आरोपमा एक विद्यार्थी नेता पक्राउ परेको छ । पक्राउ पर्नेमा नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य कमल जोशी रहेका छन् । क्याम्पस प्रमुख बरालको राजीनामाको पत्र बनाई जबरर्जस्ती हस्ताक्षर गर्न लगाई ट्याक्सीमा हाली कीर्तिपुरतर्फ लैजाँदै गर्दा जोशी पक्राउ परेका हुन् । उनलाई कालीमाटी प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका जोशीको थप अनुसन्धानको लागी सोह्रखुट्टै वृत्तलाई बुझाएको छ । राजिनामा दिनको लागी धम्क्याएर बन्दक बनाउन कोसिस गरेको भन्ने क्याम्पस प्रमुखको उजुरी पछि अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । उहाँका अनुसार राजीनमा दिन धम्क्याएको र बन्दक बनाउन खाजेको भनेर उहाँले मौखिक जानकारी गराउनु भए...
बाल यौन दुरुपयोग तथा यौनजन्य अपराध सम्बन्धी जनचेतानामुलक कार्यक्रम

बाल यौन दुरुपयोग तथा यौनजन्य अपराध सम्बन्धी जनचेतानामुलक कार्यक्रम

समाचार
पूर्णपुष्टि,माघ २० । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी उदयपुरगढीले उदयपुरगढी गाउँपालिका वडा नं। ५ स्थित कुसुमबोटेमा बालयौन दुरुपायोग तथा यौनजन्य अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पहिला तथा बालबालिका लक्षित कार्यक्रममा करिव ३० जना स्थानिय अभिभावकहरुको उपस्थिति रहेको थियो । मुलुकमा पछिल्लो समय महिला तथा बालबालिकाहरु यौनजनय क्रियाकलाप संग लड्दै बस्न बाध्य अवस्था छ । जिल्लाकै हकमा पनि बिगतलाई फर्केर हेर्दा एक पछि अर्को जनन्य अपराधहरु बढिरहेको तत्याङकमा उल्लेख छ । यस्ता गतिविधिहरुलाई न्युनिकरण गर्न स्थानीय,प्रदेश र केन्द्रिय सरकार तीनै तहका सरकारहरुको ध्यान जान जरुरी देखिन्छ ।...
किशोरीलाई बली चढाउन भारत लगेको आशंकामा ६ जना पक्राउ

किशोरीलाई बली चढाउन भारत लगेको आशंकामा ६ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २० गते । भारतमा नेपालकी किशोरीहरुलाई बली चढाउने लैजादैँ गरेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतीय संस्था किन इण्डियाको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले १६ वर्षीया नेपाली किशोरीको उद्दार गरेको हो । ति किशोरीलाई बली चढाउन भन्दै भारत लगिएको आशंका गरिएको छ । उनीलाई प्रहरीले सकुसल उद्दार गरेको छ । प्रहरीका अुनसार पीडित किशोरीलाई १७ मंसिरमा मामा घरबाट काठमाडौं ल्याएर राखिएको थियो । त्यसक्रममा पीडितलाई आफन्तसँग समेत सम्पर्क गर्न नदिइ बन्धक बनाएको पाइएको एसएसपी श्रेष्ठले बताए । ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जीवन श्रेष्ठका अनुसार उनलाई भारतको रन्होला थापाको वडा एरिया अन्तरगत मंगलबजार गल्ली नम्बर २, बापरुल्लाबाट उद्दार गरिएको छ । उनलाई बिहीबार उद्दार गरेर नेपाल ल्याइएको श्रेष्ठको भनाइ...
ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्दै

ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्दै

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ २० । ग्लोबल आइएमई बैंकले आगामी माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । वार्षिक ११.२५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४र८५ निष्कासन गर्न लागेको हो। कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने बैंकले बताएको छ । सर्वसाधारणलाई छुट्याएको मध्येबाट ३० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरी बाँकी १९ लाख ३० हजार कित्ता भने सार्वजनिक निष्कासनमार्फत बिक्री गर्न लागेको बैंकको भनाइ छ। बैंकले प्रति ऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । उक्त ऋणपत्र खरिदका न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ। ऋणपत्रमा छिटोमा फागुन ३ ...
मेरुदण्डका बिरामीहरुलाई व्यक्तिगत सहयोगमा ह्विलचियर प्रदान

मेरुदण्डका बिरामीहरुलाई व्यक्तिगत सहयोगमा ह्विलचियर प्रदान

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २० गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ का चन्द्रमान दनुवार लामो समयदेखी मेरुदण्डको समस्याले थला परेको अवस्था थियो । उनि रुखबाट लडेर मेरुदण्ड भाँचिएको अवस्थामा कस्टकर जिवन यापन गर्न बाध्य थिए । यस्तै त्रियुगा नगरपालिका वडा नं ५ का संगिता राई र पूर्ण बहादुर थापा पनि शारिरीक रुपले अशक्त जिवन यापन गर्दै आएका थिए । उनिहरुलाई जिवन यापन गर्न करिब अरुको साहाराको खाँचो छ । यसै मर्मलाई बुझ्दै सुवास राउत र छविन मगरले उनिहरुलाई व्यक्तिगत लगानीमा ३ ओटा ह्विलचियर सहयोग गरेको छ । शुक्रबार बिभिन्न राजनितिक दलको व्यक्तित्व, आफन्त र समाजसेवीहरुको हुलमा उक्त चियर प्रदान गरेको हो । किसानी जिवन दैनिकिको क्रममा उनिहरुले आफ्नो सपाङ्गता शरिर गुमाउन पुगेको हो । उनिहरुलाई निवासमै पुगी तिनै जनाको दैनिक जिवनलाई सहज र सरल तुल्याउन चियर वितरण गरिएको छ । प्रदेश नं १ की उप–सभामुख शृजना दनु...
पक्राउ परेका सांसद चौधरी कारागार चलान

पक्राउ परेका सांसद चौधरी कारागार चलान

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २० गते । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागार चलान भएका छन् । उनि कैलाली क्षेत्र नं २ बाट निर्वाचित भएका सांसद हुन् । ट्र्याक्टर आगजनीको मुद्दामा १२ वर्षअगाडि नै दोषी ठहर भएका चौधरीलाई प्रहरीले बिहिबार बाँकेबाट पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई कैलाली प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले कारागार चलान गरेको हो । उनलाई सुरक्षा संवेदनशीलता भन्दै बाँकेबाट जहाजमा काठमाडौं ल्याएर जहाजमै धनगढी लगिएको थियो । फरार सुचिमा रहेको चौधरी चुनावमा उठेर विजयी भएका थिए । नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाई माग गर्दै बिहिबार नै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईँले अरुण चौधरीसहित पर्शराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाएर मुद...
मिस नेपाल २०२३ को आवेदन खुला, सातै प्रदेशमा अडिसन हुने

मिस नेपाल २०२३ को आवेदन खुला, सातै प्रदेशमा अडिसन हुने

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,माघ २० । मिस नेपाल २०२३ का लागि आवेदन खुला भएको छ। आयोजक द हिडन ट्रेजरले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो ।  प्रतियोगितामा सहभागी हुन योग्यता पुगेका इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्। यस वर्ष २०२३ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन विधामा मुख्य विजेता घोषणा गर्ने आयोजकले जनाएको छ। नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ। प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसनगर्ने र स्थानीय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरेको द हिडेन ट्रे...