Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

जीवन लघुवित्त झडप : धाईते भएका तीन प्रदर्शनकारीको पहिचान खुल्यो

जीवन लघुवित्त झडप : धाईते भएका तीन प्रदर्शनकारीको पहिचान खुल्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ७ । गाईघाटमा अवस्थित जीवन लघुवित्त संस्थामा भएको प्रदर्शनकारी र प्रहरी बिच भएको झडपमा परी घाईते भएका ३ प्रदर्शनकारीको पहिचान खुलेको छ । आईतबार लघुवित्त बिरुद्ध संघर्ष समिति र प्रहरीबीच झडप हुँदा त्रियुगा नगरपालिका वडा नं. ६ जलजलेका २७ वर्षीय देबिका राईलाई सामान्य पेटमा चोट लागेको छ । यता मोरङ जिल्ला बेल्वारी–४,मा बस्ने ४४ वर्षीय ललिता देवी खवासको हातमा सामान्य चोटपक लागेको छ । साथै त्रिनपा ७ का ३६ वर्षीय धन कुमार मोतेको झडपको क्रममा टाउँको सामान्य चोट लागेको जनाएको छ । संघर्ष समिति त्रियुगा नगर अध्यक्ष तविता राईका अनुसार केहि समय अघिबाट केन्द्रको निर्देशन अनुसार लघुवित्तहरुलाई दिनु पर्ने पत्र लघुवित्तहरुले नबुझीरहेको अवस्था थियो । बिहिबार सोही पत्र बुझाउन जाँदा गाईघाटमा रहेको जिवन लघुवित संस्थका प्रमुख विकाश साहाले पत्र लिनुका सट्टा उल्टै कागज च्यातेर डस्विनमा फालेको ...
त्रिनपा १६ सुकौरामा बालबिवाह  न्युनिकरण सम्बन्धी ३ दिने तालिमको समापन

त्रिनपा १६ सुकौरामा बालबिवाह न्युनिकरण सम्बन्धी ३ दिने तालिमको समापन

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १६ सुकौरामा बालबिवाह न्युनिकरण सम्बन्धी ३ दिने तालिम आईतबार सम्पन्न भएको छ । बिहानी महिला सामुदायीक संस्था सुकौराको आयोजना तथा १६ नं वडाको आर्थिक सहयोग र ओरेक नेपालको सहकार्यमा तालिम सम्पन्न भएको हो । आर्थिक बर्ष २०७९र०८० को स्वीकृत वडागत बजेट तथा कार्यक्रबाट तालिममको आयोजना गरिएको समूहकी कार्यवाहक अध्यक्ष गंगा वस्नेतले जनाईन् । अध्यक्ष बस्नेतका अनुसार तालिममा २४ जना किशोरी महिलाहरुले सहभागिता जनाएका थिए । वडामा बढ्दो बालविवाह न्युनिकरण गरी बाल विवाह मुक्त वडा बनाउने महान अभियानमा सबै जोडिन र जोड्न यस तालिमले महवपूर्ण भुमिका खेल्ने वडाअध्यक्ष मान वहादुर राईले जनाए । यस कार्यमा सवैको प्रतिबद्धता र ऐक्यवद्धता रहेको समेत अध्यक्ष राईको भनाई छ । उनले तालिममा सहभागीहरुलाई तालिमले सिकाएको र बुझाएको कुरालाई ब्यवाहारमा समेत कार्यन्वयन गर्न अन...
जिवन लघुवित्त झडप : तिन प्रदर्शनकारी र केहि प्रहरी घाईते

जिवन लघुवित्त झडप : तिन प्रदर्शनकारी र केहि प्रहरी घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ जेष्ठ । गाईघाटको जिवन लघुवित्त र प्रदर्शनकारीबीच भएको झडमा ३ प्रदर्शनकारी घाईते भएको छ । आईतबार लघुवित्त बिरुद्ध संघर्ष समिति र प्रहरीबीच झडप हुँदा प्रदर्शनकारीको तर्फबाट तिन जना घाईते भएको प्रहरीको भनाई छ । संघर्ष समिति त्रियुगा नगर अध्यक्ष तविता राईका अनुसार केहि समय अघिबाट केन्द्रको निर्देशन अनुसार लघुवित्तहरुलाई दिनु पर्ने पत्र लघुवित्तहरुले नबुझीरहेको अवस्था थियो । बिहिबार सोही पत्र बुझाउन जाँदा गाईघाटमा रहेको जिवन लघुवित संस्थका प्रमुख विकाश साहाले पत्र लिनुका सट्टा उल्टै कागज च्यातेर डस्विनमा फालेको र गाली गर्दै पठाएको जनाए । सोही विषयमा संघर्ष समितिले बिहान बाटै जिवन लघुवित्त संस्थामा बिरोध गर्दै आएका थिए । यसै बिच अचानक ढुँगा हानाहान हुँदा प्रदर्शनकारीहरु घाईते भएको अध्यक्ष राईले जनाए । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ज्ञानेन्द्र प्रसाद फुयाँलका अनुसार तीन प्...
गाईघाटको जीवन विकास लद्युवित्त संस्था प्रकरण : प्रहरीद्धारा लाठि चार्जबाट एक महिला घाईते

गाईघाटको जीवन विकास लद्युवित्त संस्था प्रकरण : प्रहरीद्धारा लाठि चार्जबाट एक महिला घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ७ । उदयपुरको गाईघाट बैंक लाईनमा अवस्थ्ति जीवन विकास लद्युवित्त संस्थाको अवस्था यतिवेला तनावग्रस्त देखिएको छ । उक्त क्षेत्रमा प्रहरीको लाठि चार्जबाट एक जना अन्दाजि २७ वर्षीय महिला घाईते अवस्थामा रहेको छ । यति वेला अवस्थ निकै गम्भिर भएपछि प्रहरीद्धारा असुर ग्योस प्रयोग गरेको छ । यस विषयमा थप जानकारी आउँन बाकी छ ।...
महत्वपुर्ण जिम्मेवारी बोकेका प्रहरीलाई न्युनतम पुर्वाधार दिन नसके ठुलो अपेक्षा राख्न नसकिने : मुख्यमन्त्री कार्की

महत्वपुर्ण जिम्मेवारी बोकेका प्रहरीलाई न्युनतम पुर्वाधार दिन नसके ठुलो अपेक्षा राख्न नसकिने : मुख्यमन्त्री कार्की

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ७ । नेपाल सरकारले, नेपाल प्रहरीलाई महत्वपुर्ण जिम्मेवारी सुम्पिएको हुँदा न्युनतम पुर्वाधारका आवश्यकता पनि पुरा गर्न नसकिए यसबाट ठुलो अपेक्षा राख्न नसकिने कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले बताउनु भएको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला र अन्य उच्च पदस्थ प्रहरीहरुको उपस्थितिमा वडा प्रहरी कार्यालय बिराटनगरको नव–निर्मित प्रहरी कार्यालय भवनको बिधिवत रुपमा उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उक्त कुरा बताएका हुन् । आवश्यक बजेट व्यवस्था गरेर प्रदेश प्रहरीलाई सुदृढ गर्ने, प्रविधी मैत्री बनाउने, बिपद व्यवस्थापनका आवश्यक सामाग्री उपलब्ध गराउने योजना रहेको उनले बताए । प्रहरीको माध्यमबाट शान्तिसुरक्षा र सु–शासनमा प्रभावकारी भुमिकाको लागी प्रहरीकालाई चाहिने भौतिक पुर्वाधार देखी विभिन्न प्रकारका सेवा सुबि...
शुभम फाउण्डेसनका संथापक र नेर्देशक प्रवन्धकमाथि लागेको यौनदुर्वयव्हार आरोपको छानविन गर्न समिति गठन

शुभम फाउण्डेसनका संथापक र नेर्देशक प्रवन्धकमाथि लागेको यौनदुर्वयव्हार आरोपको छानविन गर्न समिति गठन

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ७ । खोटाङको मझुवागढी नगरपालिकाले वडा नं २ सोल्मास्थितमा रहेको शुभद्रा मदन (शुभम) फाउण्डेसनका संस्थापक मदन राई र निर्देशक प्रवन्धक सुर्य बहादुर राईमाथि लागेको यौनदुर्वयव्हार आरोपको छानविन गर्न समिति गठन गरेको छ । नगरपालिकाले फाउण्डेसनका संस्थापक र निर्देशक प्रवन्धकले छात्रामाथि यौनदुव्यवहार गरेको भन्ने समाचार सञ्चार माध्यममा सार्वजनिक हुन थालेपछि सत्यतथ्य छानविन गर्न समिति गठन गरेको बताएको छ । सामाजिक विकास समितिका संयोजक दानबहादुर राईको संयोजत्वमा पाँच सदस्यीय समिति छानविन गठन गरिएको नगर प्रवक्ता दिनेश घिमिरेले जनाकारी दिए । उक्त गठन भएको समितिले केहि समय यता सञ्चार माध्यममा तथा सामाजिक संञ्जालमा संम्प्रेषण भईरहेको समाचारको सत्यतथ्य पत्ता लगाएर त्यसको प्रतिवेदन नगरपालिकालाई बुझाउनु पर्नेछ । प्रवक्ता घिमिरेद्धारा निकालिएको नगरपालिकाको विज्ञप्तीमा ‘उक्त विद्यालयको...
गाईघाटको जीवन विकास लद्युवित्त वित्तिय संस्थामा तनाव ग्रस्त, सञ्चालकले माफी माग्नु पर्ने

गाईघाटको जीवन विकास लद्युवित्त वित्तिय संस्थामा तनाव ग्रस्त, सञ्चालकले माफी माग्नु पर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि,जेष्ठ ७ । गाईघाटमा त्रियुगा नगरपालिका वडा नं.११, बैंक लाईमा अवस्थित जीवन विकास लद्युवित्त वित्तिय संस्था लिमेडेमा बैठक सम्बन्धि पठाएको पत्र संस्थाले नबुझेको भन्दै प्रदेश नं.१ संघर्ष समितिले चर्को विरोध गर्दै गरेको छ । विगत ३० वर्ष देखिको राजयसत्ता संचालकहरुले सामाजिक र आर्थिक उन्नतीको बाटो लिनुको सट्टा उल्टै लद्युवितिय संस्थाहरुलाई संचालकको अनुमति दिएको भन्दै संघर्ष समितिले गत फागुन ५ गते बिभिन्न ५ बुदे मागपत्र पेश गरेको थियो । आफ्नो माग नहुन्जेल सम्म संस्थाहरुद्धारा संचालित समूह वैठकहरु बहिष्कार गरी वैठकहरु नगर्न र नगराउँन भने पत्र पत्रमा उल्लेख थियो । उक्त पत्र जीवन विकास लद्युवित्त संस्थाले बुझ्न नमानेको भन्दै त्यसको स्पष्टिकरणको माग गर्दे चर्को विरोध जनाएको छ । प्रदेश नं.१ संघर्ष समितिका जिल्ला अध्यक्ष विना मगरको नेतृत्वमा बुझाएको बत्रलाई उक्त संस्थाले वेवास्ता गरी संचा...
भद्रपुर बिमानस्थलबाट ब्राउन सुगर सहित युवती पक्राउ

भद्रपुर बिमानस्थलबाट ब्राउन सुगर सहित युवती पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ७ । झापामा लागुऔषध ब्राउन सुगर सहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । कमल गाउँपालिका–७ झापा घर भई काठमाण्डौ बस्दै आएकी २६ बर्षीया एन्जल राईलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका–८ भद्रपुर बिमानस्थलमा यति एयरको जहाजद्धारा काठमाण्डौं जनालागेकी राईलाई चेकजाँच गर्ने क्रममा बिमान स्थलमा खटिएको प्रहरीले ब्राउन सुगर सहित पक्राउ गरेको हो । भित्रि बस्त्रमा लुकाई राखेको १५ ग्राम २ सय १० मिलिग्राम ब्राउन सुगर सहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ब्राउन सुगर सहित पक्राउ परेकी राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
सुकौरामा बालविवाह न्युनिकरणका लागि ३ दिने तालिम सम्पन्न

सुकौरामा बालविवाह न्युनिकरणका लागि ३ दिने तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपष्टि,जेष्ठ ७ । उदयपुरको त्रियुगा नगरपालिका १६, सुकौरामा बालविवाह न्यूनीकरण सम्बन्धि तीनदिने तालिम सम्पन्न भएको छ । विहानी महिला सामुदायिक संस्था जाल्पा चिलाउँनेद्धारा आयोजना गरएको ३ दिने तालिमा आईतवार सम्पन्न भएको हो । ‘नगरौँ कुरा, भएको छैन २० वर्ष पुरा’ भन्ने मुल नाराका साथ सस्थको आफ्नै कार्यक्रम सभाहलमा भएको थियो । उक्त तालिम ओरेक उदयपुरको सहकार्यमा संचालन गरिए हो । तालिममा विवाह र वालविवाहको परिभाषा, कारण,असर र वालविवाह न्यूनीकरणमा यूवाको भूमिकामा छलफलद्धारा धारणागत स्पष्टभई १३ जना पदाधिकारीहरुको रुपान्तरणका निम्ती युवा महिला समुह समिति समेत गठन गरिएको छ । समिति गठन पश्चात ३ दिने तालिमको समापन संगै मनोविमर्श केन्द्र समेत उद्धघाटन गरिएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष मान बहादुर राईले सचेतना मुलक कार्यक्रम नीरन्तर संचालन हुन जरुरी रहेको र समुह सञ्जाल स...
उदयपुरमा बालिकामाथि जबरजस्ती करणी गरी फरार रहेका युवक पक्राउ

उदयपुरमा बालिकामाथि जबरजस्ती करणी गरी फरार रहेका युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ७ । उदयपुरमा बालिकामाथि जबरजस्ती करणी गरी फरार रहेको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सुरुङगा नगरपालिका ३ चहका घरभएका ३० बर्षीय श्रवण श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार मिति २०८०।०१।१३ गते १४ बर्षीया नाबालिकामाथि जवरजस्ती करणी गरी फरार रहेको श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको हो । श्रेष्ठलाई त्रियुगा नगरपालिका ६ लालपत्ता स्थितबाट लुकिछिपि हिडिरहेको अबस्थामा उदयपुरबाट खटाईएको बिषेश प्रहरी टोलीले पक्राउ गरेको उनले बताए । जवरजस्ती करणी चालु मुद्धामा फरार रहेको श्रेष्ठलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।...