Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

प्रिमियर लिग : तिन खेल अघि नै च्याम्यिन बन्यो सिटी

प्रिमियर लिग : तिन खेल अघि नै च्याम्यिन बन्यो सिटी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ७ । लिग तालिकाको शिर्ष स्थानमा रहेको इग्लिस क्लब म्यान्चेष्टर सिटीले तिन खेल अघि नै प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो स्थानको आर्सनललाई नटिङहम फरेस्टले शनिबार रातिको खेलमा हराएपछि सिटी च्याम्पियन बनेको हो । घरेलु मैदानमा भएको खेलमा नटिङहमले आर्सनलाई १–० गोलले पराजित गरेको हो । खेलको १९ औं मिनेटमा ताइवो अवोनियीले गरेको गोल नै नटिङहमको लागी निर्णयक गोल बनेको थियो । यस हारसँगै आर्सनलमाथि सिटीले चार अंकको आग्रता लिएको छ । आर्सनलको ३७ खेलबाट ८१ अंक छ भने शिर्ष स्थानको सिटीको ३५ खेलबाट ८५ अंक छ । आर्सनलले अब एक खेल मात्र खेल्न बाकीँ छ भने सिटीले बाकीँको चारै खेल हार्दा समेत आर्सनलले भेट्याउँने छैन् । सिटीले आइतबार घरेलु मैदानमा चेल्सीसँग खेल्दैछ । यस सिजन आर्सनलले सानदार सुरुवात गर्दै लामो समयसम्म शिर्ष स्थानमा रहेको थियो । २००४ पछि पहिलो पटक लिग जित्ने लक्ष्य ब...
कोलकातालाई १ रनले हराउँदै लखनउ प्लेअफमा

कोलकातालाई १ रनले हराउँदै लखनउ प्लेअफमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ७ । इन्डियन प्रिमियल लिग (आईपिएल) मा कोलकाता नाईट राईडर्सलाई हराउँदै लखनउ सुपर जाईन्ट प्लेअफमा प्रवेश गरेको छ । शनिबार राती भएको खेलमा कोलकातामाथि १ रनको सानदार जित निकाल्दै लखनउले प्लेअफमा स्थान बनाएको हो । १७७ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ७ विकेतको क्षतिमा १७५ रन जोडेको थियो । कोलकाताको लागी रिंकु शिंहले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले ३३ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै सार्वाधिक ६७ रन बनाए । ओपनर वेनकाटेश अयेर र जेसन रोयले ६९ रनको साझेदारी गरेका थिए । वेनकाटेशले १५ बलमा १ छक्का र ३ चौका प्रहार गर्दै २४ रन बनाएर आउट भए भने रोयले २८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाएर आउट भए । त्यस्तै नितेश रानाले ८ रन बनाए भने रहमुल्लाह गुरवाज १० रन बनाउँदै आउट भए । अन्द्र रसलले ७ रन बनाए भने सुनिल नारायणले १ रन बनाए । लखनोउको लागी रवि बिश्नोइ र ...
कटारीमा ३८ वर्षपछि कृषि उपज केन्द्र प्रयोगमा आउँने

कटारीमा ३८ वर्षपछि कृषि उपज केन्द्र प्रयोगमा आउँने

समाचार
पूर्णपुष्टि,जेष्ठ ७ । उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ४ मा ३८ वर्षअघि कृषि बजारलाई व्यवस्थित गर्न निमार्ण गरिएको कृषि उपज केन्द्र अन्तत प्रयोगमा आउँने भएको छ । सगरमाथा ग्रामीण एकिकृत आयोजनाले २०४२ सालमा कृषि बजारलाई थव व्यवस्थित गर्न १० वटा टहरा, ४ वटा गोदाम, सिटी हल १ वटा निर्माण हुँदा पनि सम्बन्धित निकायहरुको त्यस ठाउँमा नजर नपुगेपछि केन्द्र प्रयोग विहिन अवस्थामा गरहेको थियो । उक्त केन्द्रलाई पछिल्लो स्थानीय निर्वाचनपछी पुनः मर्मतगरी प्रयोगमा ल्याउने अवस्थामा पुराएको २ वर्षपछी प्रयोगमा ल्याउन सुरु गरिएको हो । “हाटबजारको प्रारम्भिक सुरुवात भएको छ । ”कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले भन्नुभयो “अव यसलाई थप व्यवस्थित गरेर प्रयोगमा ल्याउने हो ।” केन्द्रमा हाटबजार लगाउन नगरपालिकाले मोहन कार्कीको अध्यक्षतामा कटारी हाटबजार समिति गठन गरेको छ । “अहिले पूर्ण रुपमा सरसफाई ...
पूर्वीरुकुमको हुकामगाउँ केन्द्रविन्दु भएर ४.१ रेक्टरको भूकम्प

पूर्वीरुकुमको हुकामगाउँ केन्द्रविन्दु भएर ४.१ रेक्टरको भूकम्प

समाचार
पूर्णपुष्टि,जेष्ठ ७ । शनिवार विहान करिव २ः५९ बजेको समयमा पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुममा शनिवार बिहान ४.१ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।...
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा प्रथम उभौली साकेला सिली नाच प्रतियोगिता सम्पन्न

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा प्रथम उभौली साकेला सिली नाच प्रतियोगिता सम्पन्न

Breaking News 3, समाचार
पूर्णपुष्टि,जेष्ठ ७ । खोटाङको किरात राई यायोक्खा दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटिद्धारा आयोजित प्रथम उभौली साकेल सिली नाच २०८० प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगिता ‘ईतिहास भूगोल सस्कृती सभ्यताको सम्मान, १ नम्बर प्रदेश किरात पहिचान’ भन्ने मुल नाराको साथ शनिवार गाउँपालिकाको प्राङ्गण याङ्सोलाटारमा सम्पन्न भएको हो । गाउँपालिकाद्धारा प्रायोजित साकेला सिली नाच प्रतियोगितामा जिल्लाका बिभिन्न ११ टिमहरुले सहभागिता जनाका थिए । सहभागी मध्य प्रथम हुनेमा साकेला गाउँपालिका–२, रतन्छा रहेको छ । यस्तै द्धितिय स्थान दिप्रुङ चुईचुम्मा गाउँपालिका–१, याम्खाले हात पारेको छ, भने जनकल्याण युवा क्लव बतासे–४, नाप्तिकुले भने तृतिय स्थान हासिल गरेका छ । साथै दि.रु.म.न–७, दोर्पाले भने सान्त्वनामै चित्त बुझाएका छन् । प्रतियोगिताको बिजेता साथै उप-बिजेता टिमहरुलाई क्रमस ३० हजार प्रमाण पत्र, २० हजार ...
वडा कार्यलयले सिफारिस नदिँदा रौतामाई ३ का एक सहकारीले पाएनन पशु बिमाको भुक्तानी

वडा कार्यलयले सिफारिस नदिँदा रौतामाई ३ का एक सहकारीले पाएनन पशु बिमाको भुक्तानी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ जेष्ठ । रौतामाई गाउँपालिका ३ लाफागाउका एक महिला कृषि सहकारी संस्था पशु विमा भुक्तानीबाट बन्चित भएको छ । श्री पंञ्च कोशिका महिला कृषि सहकारी संस्थाकीले पालेको बोयार बोका बिरामीका कारण मरेपछि पशु विमा दावी भुक्तानीका लागि वडामा सिफारिसको माग गरिएका थिए । सहकारीका अध्यक्ष प्रेमकला राईले रौतामाई गाउँपालिका ३ लाफागाउँले पशु बिमा बापत बुक्तानीका लागि सिफारिसको ताकेता गर्दा पनि वडाले सिफारिस अड्काएको जनाईन् । राईका अनुसार सहकारीले आर्थिक बर्ष ७७÷७८ मा २ लाख ७७ हजार लगाएर खरिद गरेका बोयार बोका बैशाख २६ गते बिरामी भएर मरेको जनाईन् । बोका मर्दा अध्यक्ष राई आफु गाउँमा नभएको जनाईन् । राईले आफु लडेर खुट्टा भाँचिएका कारण ५ गतेबाट उपचारको क्रममा गाईघाटमा रहेको बताएकी छिन् । म ५ गतेबाट उपचारको क्रममा गाईघाटमा नै छु, उपचार नसकिएका कारण म गाउँ जान सकेको अवस्था छैन्” अध्यक्ष राईले भनिन्”, ...
अरुको तुलनामा माओवादी मन्त्रीहरु त्यति धेरै बदनाम छैनन् : मन्त्री शर्मा

अरुको तुलनामा माओवादी मन्त्रीहरु त्यति धेरै बदनाम छैनन् : मन्त्री शर्मा

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अरुको तुलनामा माओवादी मन्त्रीहरु त्यति धेरै बदनाम नरहेको बताएकी छन् । शनिबार काठमाडौंमा प्रेस सेन्टरको प्रतिष्ठान प्रदेश समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले अरुको तुलनामा माओवादी मन्त्रीहरुकै कारण बढी काम भएको बताईन् । उनले अगाडी भनेका छन् ‘हिजो केपि ओलीले नेतृत्व गर्दा होस्, शेरबहादुर देउवाले वा जो सुकैले नेतृत्व गर्दा होस् बदमाशी गरे है भन्ने त्यस्तो कुरामा अरुको तुलनमा छैन् । उनले भनिन् प्रधानमन्त्रीले दुई कार्यकालबाट सिकेर परिपक्वता र सुझबुझका साथ स्टेप लिएर पछि नहट्ने गरी अघि बढाउनु भएको काम धेरै सकारात्मक छ । बिचको कार्याकाल त्यस्तै त्यस्तै भयो पहिलो कार्यकाल हामी भर्खर आन्दोलन बाट आएका थियौ, अलिबढी सिक्ने क्रममा नै थियौँ । तर तेस्रो कार्यकाल परिपक्वताका साथ अलि एकदमै बढी सुझबुझका साथ र स्टेप लिसक...
धनगढीमा डाक्टर मृत फेला परेको घटनामा एक युवक प्रहरी नियन्त्रणमा

धनगढीमा डाक्टर मृत फेला परेको घटनामा एक युवक प्रहरी नियन्त्रणमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ६ । धनगढीको मायामेट्रो अस्पतालका चिकित्सक प्रसन्ना शाह मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । बिहिबार बिहान आफ्नै कोठामा २६ वर्षीया शाह मृत भेटिएपछि प्रहरीले अनुसन्धानको लागी धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएको हो । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) ले शाहका परिवार किटानी जाहेरी लिएर प्रहरीमा पुगेपछि शनिबार बिहान केसी प्रहरी कार्यालयमा आएको बताए । मृतकका आफन्तले पेश गरेको किटानी जाहेरीमा सोही अस्पतालमा कार्यरत डा. सन्दिप भट्टराई र विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ । सो जाहेरी दर्ताको प्रक्रियामा रहेको डीएसपी चन्दले जनाए । घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले बताए ।...
एभरेष्ट बैँक इटहरी शाखाबाट डेढ करोड बढी रकम चोरी, गाइघाट शाखाका अपरेशन इञ्चार्ज चोरीको मुख्य नाईके

एभरेष्ट बैँक इटहरी शाखाबाट डेढ करोड बढी रकम चोरी, गाइघाट शाखाका अपरेशन इञ्चार्ज चोरीको मुख्य नाईके

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ जेष्ठ । एभेरेष्ट बैँक इटहरी शाखाबाट बचतकर्ताहरुको डेढकरोड बढी रकम चोरी भएको छ । ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सात जना बैंकका कर्मचारी हुन् । चोरीमा संलग्न भएको आरोपमा प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे(८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर( ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको हो । त्यस्तै धनुसाको मिथिला नगरपालिका( ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका( २ का २७ वर्षीय अजय खिउ...
चन्द्रागिरीमा महिलाले शरिरमा आगो लगाएर गरिन आत्महत्या

चन्द्रागिरीमा महिलाले शरिरमा आगो लगाएर गरिन आत्महत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ६ । काठमाण्डौँको चन्दागिरी नगरपालिकामा एक महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई चन्द्रागिरीको मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले शुक्रबार दिउँसो शरीरमा पेट्रोल छर्की आगो लगाएर आत्महत्या गरेको जिल्ला परिसर काठमाण्डौँले जनाएको छ । पौने ३ बजेको समयमा शरिरमा आगो लगाएर छटपटिंदै अचेत अवस्थामा कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीद्धार उनको उद्धार गरिएको थियो । श्रेष्ठलाई उद्धार गरी कीर्तिपुर अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा आज बिहान करिब पौने तिन बजेको समयमा मृत्यु भएको र घटानबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...