उदयपुरका उत्तमको म्युजिक भिडियोमा डेब्यु
पूर्णपुष्टि, असोज २१ । उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाटका उत्तम राईले एक म्युजिक भिडियोको मुख्य भुमिकामा डेब्यु गरेका छन् । अहिलेका ब्यस्त मोडल नग्मा श्रेष्ठको साथमा राईले “गामकी सानी” म्युजिक भिडियोमा डेब्यु गरेका हुन् ।सानैदेखि कला÷संगीत क्षेत्रमा रुची राख्ने राईको नृत्य तथा अभिनयमा विशेष लगाव छ । कलाकारिताको मोह र भविष्यको खोजीमा राजधानी प्रवेश गरेका उनको लामो समय संघर्षमा वित्यो । समाजसेवा र ब्यवसाय संगसंगै उनले आफुभित्रको कलाकारिता मर्न दिएनन् । यसै सिलसिलामा उनले म्युजिक भिडियोमा अवसर पाएका हुन् । यो अवसरलाई उनले सफलताको पहिलो खुड्किलो ठानेका छन् । उनले खुलेर अभिनय गरेका छन् । “मैले मेरो बेस्ट दिने कोशिस गरेको छु” उनले भने ।
समाजसेवासंगै साहित्य र गीत÷संगीत क्षेत्रमा समिर्पित ब्यक्तित्व प्रेम राई (रिबुशाल) को प्रस्तुतीमा हिजोमात्र बजारमा आएको म्युजिक भिडियो “गामकी सानी” मा उत्त...








