प्रहरीद्वारा किशोरीहरुलाई आत्मरक्षा तालिम
पुर्णपुष्टि, फागुन ३ । बिराटनगर महानगरपालिका–७ स्थित श्री सत्यनारायण माध्यमिक बिद्यालयको सभाहलमा आयोजित महिला आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी अनुशिक्षण तालिम सम्पन्न भएको छ ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको संयोजनमा फागुन १ गतेदेखि संचालित यस तालिममा १३ वटा विद्यालयका १०२ जना किशोरीहरुले सहभागिता जनाएका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रशिक्षक प्रहरी निरीक्षक तोरण परियारले सहभागीहरुलाई आत्मरक्षाको लागि प्रतिकार गर्ने विभिन्न तरिकाहरु र सम्बन्धित कानूनी व्यवस्थाबारे सैद्धान्तिक प्रशिक्षण प्रदान गरेका थिए । साथै, प्रहरी सहायक हवल्दार पविता शर्माले किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास गराएकी थिइन् ।
तीन दिनसम्म चलेको यस अनुशिक्षण तालिममा समृद्ध समाज नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता कला डाँगी लगायत अन्य प्रशिक्षकह...








