Monday, July 6News That Matters

Month: १ वर्ष अगाडि

साकेला सिली प्रतियोगिताका कलकारहरुलाई बधाई तथा प्रमाण पत्र

साकेला सिली प्रतियोगिताका कलकारहरुलाई बधाई तथा प्रमाण पत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ असार । स्व. गिता राई स्मृति रनिङ सिल्ड साकेला सिली प्रतियोगितामा सहभागी भई शान्त्वना स्थान हासिल गरेका बोक्से बाबरीका कलकारहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । जेष्ठ ३१ गते सम्पन्न प्रतियोगिताको शान्त्वना मध्येका एक टिम बोक्से बावरी रहेका थिए । उक्त टिमलाई किरात राई यायोख्खा बाबरी साकेला सिली नाच संरक्षण समिति बोक्सेले बधाई तथा सम्मान गरेको हो । समितिको आयोजना तथा चाम्लिङ् खाम्वात्तिमको सहजीकरणमा बधाई तथा प्रमाण पत्र वितरण गरिएको हो । साकेला प्रतियोगितामा सहभागी कलकारहरु सहित प्रतियोगिताको लागि आर्थिक, भौतिक र बिभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगीदाताहरुलाई पनि प्रमाण पत्र सहित सम्मान गरिएको छ । प्रतियोगितामा धरान १५ प्रथम बनेका थिए भने धरान १८ र १९ दोस्रो, तरहरा तेस्रो बनेका थिए । बोक्से बावरी सहित अन्य ३ ओटा टिमले शान्त्वना पुरस्कार पाएका थिए । साही अनुसार साकेला सिल...
दुर्घटनाको केन्द्र उदयपुरमा कसरी संञ्चालन भैरहेको छ ट्राफिक सप्ताह ?

दुर्घटनाको केन्द्र उदयपुरमा कसरी संञ्चालन भैरहेको छ ट्राफिक सप्ताह ?

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ असार । उदयपुरमा शुक्रबारदेखी प्रारम्भ भएको ट्राफिक सप्ताहको आज दोस्रो दिन सवारी अनुगमन, प्रतिस्पर्धा रहित यात्रा, मोवाईल फोन प्रयोगबारे सचेत र सायरी मुक्त सवारी मुख्य रहेको छ । यस अन्तर्गत सवारी साधनमा लेखिएको सायरी हटाउने अभियान संञ्चालन गरिएको छ । यता सवारीहरुको अवस्थाको अनुगमन गरिनुका साथै यात्रा अबधिभर मोवाईल फोनको प्रयोग नगर्न पनि यात्रुहरुलाई सचेत गराईएको छ भने सवारी चलाउँदा प्रतिस्पर्धाको रुपमा चलाउनु नहुने भन्नेबारे पनि सचेत गराईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरबाट खटिएको ट्राफिक प्रहरी टोलीहरुले बिहानै बाट सडकमा दोस्रो दिनको कामलाई तिव्रता दिएको छ । एक हप्ता सम्म संञ्चालन हुने उक्त कार्यक्रम हरेक दिन फरक फरक हुनेछ । सप्ताहको तेस्रो दिन भने तिन पाङ्ग्रे सवारी साधन इ रिक्सा र अटोहरुको अनुगमन तथा प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । यस अन्तर्गत तीन प...
१६ नं वडामा पन्च बर्षिय आवधिक योजना निर्माण बारे दुई दिने बृहत कार्यशाला

१६ नं वडामा पन्च बर्षिय आवधिक योजना निर्माण बारे दुई दिने बृहत कार्यशाला

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ असार । त्रियुगा नगरपालिका वडा नं १६ ले आगामी वडा विकासका लागि छलफल अघि बढाएको छ । वडामा विकासको फड्को मार्न पन्च बर्षिय आवधिक योजना निर्माणको लागि दुई दिने बृहत कार्यशाला तथा छलफल चलाएको हो । जनप्रतिनिधि, कर्मचारी, स्थानीय तथा बुद्धिजिवी, शिक्षक, राजनितिक दल, टोल विकास संस्था, विद्यार्थी, स्वास्थ्यकर्मी, गैरसरकारी संस्था, सामुदायिक संस्था, बाल क्लव लगायत वडाको विकास सँग सम्बन्धित प्रतिनिधिहरुको उपस्थितिमा बुधबार र बिहिबार  वडा कार्यालय स्थित जाल्पा चिलाउनेमा दुई दिने बृहत आवधिक कार्याशाला आयोजना भएको हो । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वडागत स्वीकृत वडागत बजेट तथा कार्यक्रम अनुसार कार्यशाला गरिएको हो । कार्यशालामा वडाको भौतिक, आर्थिक ,सामाजिक ,विपद तथा वातावरण, सुशासन सेवा प्रवाह तथा संस्थागत क्षमता विकास सम्बन्धी वडाको वर्तमान अवस्थाको वस्तुस्थिति र आगामी पाँच वर्ष...
पत्रकार अजय शाहको पिताको स्मृतिमा अक्षयकोष खडा गर्ने परिवारको घोषणा

पत्रकार अजय शाहको पिताको स्मृतिमा अक्षयकोष खडा गर्ने परिवारको घोषणा

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, ७ असार । पत्रकार अजय शाहको पिताको स्मृतिमा परिवारले अक्षय कोष खडा गर्ने भएको छ । ३० बर्ष पुरानो भाडा व्यपारी शाहको पिता जिबछ शाहका ७४ बर्षको उमेरमा असार १ गते आईतबारका दिन निधन भएको थियो । शाहको परिवारले पिताको स्मृतिमा बालवालिकाको शिक्षाको लागि १ लाख ११ हजार १०१ रुपयाँ अक्ष्या कोष खडा नर्गे घोषणा गरेको हो । उक्त रकमले विपन्न वालवालिकाहरुलाई शिक्षामा सहयोग पुराउने बताईएको छ । शनिवार पत्रकार महासंघ उदयपुरको पत्रकारहरु श्रदान्जली व्यक्त गर्न शाहको घर पुगेका थिए । महासंघले आफ्नो सदस्यको परिवारमा कुनै पनि व्यक्तिको मृत्यु भएमा १० हजार आर्थिक सहयोग गर्ने नियम र निर्णय गरेको छ । सोही अनुसार साहको परिवारलाई पनि १० हजार आर्थिक सयोग गरेको छ । उक्त सहयोग रकम पनि सोही अक्षय कोष निर्माणमा लगाउने परिवारले जनाएको छ ।...
उदयपुरमा लागूऔषध विरुद्ध सप्ताहव्यापी कार्यक्रम प्रारम्भ

उदयपुरमा लागूऔषध विरुद्ध सप्ताहव्यापी कार्यक्रम प्रारम्भ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ६ । उदयपुरमा लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । यो दिवस जुन २० देखि २६ अर्थात् असार ६ गतेदेखि १२ गतेसम्म मनाइनेछ । उदयपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेम प्रसाद लुइटेलले जिल्लामा लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने बताउनुभयो । अधिकारी लुइटेलका अनुसार पहिलो दिन शुक्रबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा दिवसको शुभारम्भ गरी लागूऔषध नियन्त्रण सम्बन्धमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको छ । असार ७ गते त्रियुगा, बेलका र कटारी नगरपालिका क्षेत्रका स्कूल तथा कलेजमा लागूऔषध विरुद्ध सचेतना कक्षा सञ्चालन गरिनेछ । असार ८ देखि ११ गतेसम्म जिल्लाको त्रियुगा र बेलका नगरपालिकामा रहेका २ वटा लागूऔषध उपचार तथा पुनर्स्था...
जिल्ला अस्पताल उदयपुरलाई सचेत नागरिकको ध्यानाकर्षण

जिल्ला अस्पताल उदयपुरलाई सचेत नागरिकको ध्यानाकर्षण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ असार । जिल्ला अस्पताल उदयपुरमा सेवाग्राहीहरुको असन्तुष्टीलाई मध्यनजर गर्दै सचेत नागरिकले ध्यानाकर्षण गराएको छ । बिहिबार जिल्ला अस्पताल व्यवस्थापन समितिलाई २३ बुद्धे माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गौर बहादुर बिश्वकर्मालाई ध्यानाकर्षण बुभाएको हो । अस्पतालले सेवामा लापर्वाही गरेको भन्दै यसलाई तत्काल सुधार गर्नु पर्ने मुख्य माग राखेको छ । केहि दिन अघि मात्रै दुर्घटनाको मृतकलाई हस्पिटलमा पोष्टमार्टमका लागि लाने क्रममा डाक्टर अभाव भएको र त्यसै सम्बन्धि कुराकानी गर्ने क्रममा सेवाग्राहीहरुले हस्पिटलको ब्यवहार प्रति आक्रोस पोखेका थिए । उनिहरुले हस्पिटलमा राजनितिक चलखेल हुने गरेको समेत आरोप लगाएको छ । राम्रो डाक्टरहरुको सरुवा र राजीनामा गर्ने हस्पिटलको प्रवित्ति रहेको उनिहरुको गुणासो छ । डाक्टर ...
ग्वार्को ओभरपास उद्घाटन

ग्वार्को ओभरपास उद्घाटन

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ६ । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उद्घाटन समारोहपछि ओभरपासलाई सवारी साधनहरूको आवागमनका लागि खुला गरिनेछ । यसले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यो परियोजनाको निर्माण कार्य २०७८ साल फागुन १२ गते सुरु भएको थियो । तर निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा परियोजना पूरा हुन ४ वर्षभन्दा बढी समय लागेको छ । सुरुमा २०८० साल फागुन ११ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको यो परियोजना पटक–पटक म्याद थप गर्नुपर्यो । पहिलो पटक २०८१ असारसम्म म्याद थप भएको यो परियोजना दोस्रो पटक २०८१ प...
एसईई विद्यार्थीहरूको जैविक तरकारी खेतीले फल्यो आम्दानी

एसईई विद्यार्थीहरूको जैविक तरकारी खेतीले फल्यो आम्दानी

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, असार ६ ।  उदयपुरको कटारी नगरपालिका वडा नं. ४ स्थित त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो परीक्षाको तयारीसँगै जैविक तरकारी खेतीमा पनि सफलता हासिल गरेका छन् । प्राविधिक धारका एसईई परीक्षार्थी विद्यार्थी सिमाना खत्रीसहित ४० जना विद्यार्थीहरूले विद्यालयको १५ कट्ठा जग्गामा जैविक तरकारी खेती गरेर उत्साहजनक परिणाम पाएका छन् । विद्यार्थीहरूले पूर्णतः जैविक (अर्गानिक) विधिबाट तरकारी उत्पादन गरेका छन् । "हामीले कुनै पनि रासायनिक मल प्रयोग गरेनौं । कीराजन्तु नियन्त्रणका लागि पनि रसायनको सट्टा परम्परागत विधि प्रयोग गर्‍यौं," एसईई परीक्षार्थी सिमाना खत्रीले बताइन् । उनले थप्दै भनिन्, "हाम्रो तरकारी उत्पादन त राम्रो भएको छ तर बजार पाउन भने कठिनाइ भइरहेको छ ।" विद्यार्थीहरूले हाल मिलजुलेर आफ्नो उत्पादन स्थानीय बजारमा लगेर बिक्री गर्ने गरेका छन् । "थोकमा किन्ने व्यापारीहरूले धे...
राष्ट्रिय स्वतन्त्र पार्टीले त्रियुगा नगरपालिकामा २५ बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्र बुझायो

राष्ट्रिय स्वतन्त्र पार्टीले त्रियुगा नगरपालिकामा २५ बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्र बुझायो

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्वपा) उदयपुरले त्रियुगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति, कार्यक्रम तथा बजेटलाई लक्षित गर्दै २५ बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रबार त्रियुगा नगरपालिकामा राष्वपाका नेता कार्यकर्ताहरूले प्रमुख प्रशासकीय अधिकृत रामकुमार कोइरालालाई उक्त सुझावपत्र हस्तान्तरण गरेका हुन् । राष्वपाले आफ्नो सुझावपत्रमा अघिल्लो आर्थिक वर्षहरूको बेरुजु रकम तत्काल असुली गरी समग्र नगरको हितमा प्रयोग गर्न आग्रह गरेको छ । पार्टीले नगरपालिकाको अनावश्यक खर्च न्यूनीकरण गरी विकास खर्च बढाउनुपर्ने र वित्तीय अनुशासन कायम राख्नुपर्ने बताएको छ । बजेट कार्यक्रममुखी नभएर उत्पादन, रोजगारीमूलक र विकासमुखी बनाउन सुझाव दिएको छ । यसले स्थानीय जनताको जीवनस्तर सुधार गर्न र दिगो विकासमा योगदान पुर्‍याउने बताइएको छ । नगरको फोहोर व्यवस्थापनका लागि ...
प्रभातफेरी र्याली सहित उदयपुरमा ट्राफिक सप्ताह सुभारम्भ

प्रभातफेरी र्याली सहित उदयपुरमा ट्राफिक सप्ताह सुभारम्भ

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, ६ असार । उदयपुरमा ट्राफिक सप्ताह सुरु भएको छ । शुक्रबार गाईघाटको पिपलचोक देखी त्रियुगा बसपार्क सम्म प्रभातफेरी र्याली सहित सप्ताह सुरु गरिएको हो । सप्ताहको मुख्य उदेश्य भनेको दुर्घटना न्युनिकरणमा सचेतना कार्यक्रम रहेको छ । कार्यक्रमलाई प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको छ । स्थानीय सरकार प्रमुख वसन्त कुमार वस्नेत, जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेल लगायत शुरक्षा प्रमुख, यातायात व्यवसायी संस्थाहरु, विद्यार्थी, पत्रकार लगायत सम्बन्धित सबै क्षेत्रहरुको उपस्थितिमा सप्ताह सुरु गरिएको छ । एक हप्ता सम्म संञ्चालन हुने सप्ताह कार्यक्रमा दुर्घटना न्युनिकरण सम्बन्धि बिभिन्न सचेतना कार्यक्रमहरु गरिने आयोजकले जनाएको छ । दुर्घटना न्युनिकरण अन्तर्गत यात्रुहरुले तिव्र गति,...