Monday, July 6News That Matters

Month: ६ महिना अगाडि

उदयपुरका दुई पहिलाे प्याराग्लाइडिङ पाईलट र एक पत्रकार सम्मानित

उदयपुरका दुई पहिलाे प्याराग्लाइडिङ पाईलट र एक पत्रकार सम्मानित

Breaking News 2, पर्यटन, समाचार
उदयपुर, माघ ७ । पूर्वीकाे पर्यटन प्रबर्धनमा याेगदान गरेकाे भन्दै उदयपुर कान्तिपुर सम्बाददाता तथा पूर्णपुष्टि मिडिया सञ्चालक/सम्पादक भाेटराज राईसहित तीनजनालाई बेलका हाेटल ब्यवसायी संघले आज सम्मान गरेकाे छ । संघले पत्रकार राई र सरकार मार्फत मान्यता प्राप्त उदयपुरकाे पहिलाे दुई ब्यवसायिक (टेन्डम) प्याराग्लाईडिङ पाईलटहरु धनकुमार राई, नवराज राईलाई सम्मान गरेकाे हाे । दुबै प्याराग्लाईडिङ पाईलटहरु बेलका नगरपालिका -८ निवासी युवाहरु हुन् । संघका अध्यक्ष रमन भट्टराईले दाेसल्ला, कदरपत्रले सम्मान गरे । उनीहरुले बेलकाकाे बाेप्ताङमै सिकेर त्यहिबाट उडानसम्मकाे ब्यवसायिक अनुमती प्राप्त गरेका हुन् । उनीहरुले पाेखराका ब्यवसायिक प्याराग्लाईडिङ प्रशिक्षक सुरेन गुरुङले बेलकामा सञ्चालन गरेकाे फ्लाईङ वन्डर्स प्याराग्लाइडिङ स्कुलबाट प्रशिक्षण पाएका हुन् । कार्यक्रममा प्रशिक्षक गुरुङकाे याेगदानकाेसमेत प्रशंसा ग...
उच्च शिक्षामा सामुदायिक क्याम्पसको भुमिका उच्चस्थानमा : प्रा.डा. संग्रौला

उच्च शिक्षामा सामुदायिक क्याम्पसको भुमिका उच्चस्थानमा : प्रा.डा. संग्रौला

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टी/उदयपुर, माघ ५ गते । नेपालको उच्च शिक्षामा सामुदायिक क्याम्पसको भुमिका उच्चस्थानमा रहेको भएपनि राज्यले सो अनुसारको मुल्याङ्कन र सहयोग नगरेको प्राध्यपक डाक्टर युवराज संग्रौलाले बताएका छन् । उदयपुरको नारदआदर्श क्याम्पस, बसाहामा आज आयोजित अन्तरक्रिया कार्यक्रममा प्रा.डा. संग्रौलाले गाउँगाउँमा शिक्षाको ज्योती छरेर सामुदायिक क्याम्पसले उच्च शिक्षामा उच्चस्थानको भुमिका गरेको बताए । “हुनेखानेहरु शहर गएर उच्च शिक्षा हाँसिल गर्छन्, शहर जान नसक्नेहरुलाई सामुदायिक क्याम्पसले गाउँमै उच्च शिक्षा दिइरहेको छ ।” उनले भने । त्यसमा पनि छोरी बुहारीहरुलाई विशेष अवसर दिइरहेको उनले बताए । उनले सरकारले शिक्षामा लगानीको नाममा हुनेखाने, धनी सम्पन्नलाई नै पोसिरहेको आरोप उनको छ । अव त्यस्ता कुरा सहेर बस्न नहुने प्रतिवाद र विरोध गरेर अहिलेको ब्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने धारणा राखे । शिक्षाको नाम...
टिकट नपाए पनि गाउँपालिका अध्यक्षबाट राजीनामा दिए लिम्चुङबुङ गापा अध्यक्ष मेजर राईले

टिकट नपाए पनि गाउँपालिका अध्यक्षबाट राजीनामा दिए लिम्चुङबुङ गापा अध्यक्ष मेजर राईले

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ५ । संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उदयपुर निर्वाचन क्षेत्र नं. २ का लागि सशक्त टिकट दावी गरेका उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पार्टीबाट टिकट प्राप्न नगरे पनि राजिनामा दिएका छन् । आउ दिउसो ४ बजे सामाजिक सञ्जालमा आएर अध्यक्ष राईले राजिनामा घोषणा गरेका हुन् । उनले दोस्रो पटक पनि स्थानीय तहको चुनाव जितेर अध्यक्ष दोहोर्याएका थिए । उनले पार्टीबाट टिकट नपाए पनि स्वतन्त्ररुपले भएपनि निर्वाचनमा उम्मेदवारको रुपमा उभिने संकेत गरेका छन् । उनले पदको लोभ भन्दा पनि जनता र ठाउँको विकासका लागि यो साहस गरेको बताएका छन् । “पालिका अध्यक्षको बाँकी कार्यकालका लागि लोभिने भन्दा भावि दिनमा जनताको विकास र समृद्धिको हुटहुटीले जनतामाझ चुनावमा जान राजिनामा दिएको हुँ ।” उनले भनेका छन् । राजिनामा पछि उनले दुईदुई पटक निर्वाचनमा जिताउने जनतालाई धन्यवाद ज्ञापन ग...
दोस्रो उदयपुर महोत्सव माघ २३ देखि हुने

दोस्रो उदयपुर महोत्सव माघ २३ देखि हुने

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि उदयपुर, माघ ५ । दोस्रो उदयपुर महोत्सव २०८२ माघ २३ गतेदेखि फागुन ८ गतेसम्म त्रियुगा नगरपालिका–३ त्रियुगा नदी किनारमा आयोजना हुने भएको छ । उदयपुर जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित महोत्सव हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरी आज जानकारी दिएको हो । जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको आयोजनामा सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको जानकारी आयोजकले दिएको छ । “कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापार उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मूल नारासहित आयोजना गरिने महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई उदयपुर जिल्लासहित कोशी प्रदेशका किसान, उद्योगी, व्यवसायी, सहकारी, महिला तथा युवा उद्यमीका उत्पादनलाई एउटै थलोमा प्रदर्शन, प्रवर्द्धन र बजारीकरण गर्ने साझा मञ्च हुने बताइएको छ । १५ दिनसम्म चल्ने महोत्सवमा ...
टिकट पाएनन् तर सामाजिक सञ्जालमै आएर यसरी राजिनामा दिए लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले

टिकट पाएनन् तर सामाजिक सञ्जालमै आएर यसरी राजिनामा दिए लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले

Breaking News Video, भिडियो, राजनीति, समाचार
https://youtube.com/shorts/-riUwSlI3Ys पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
काङ्ग्रेसले उदयपुर १ मा बिदुर बस्नेत र २ मा रामकुमार राई उठायाे

काङ्ग्रेसले उदयपुर १ मा बिदुर बस्नेत र २ मा रामकुमार राई उठायाे

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ५ । नेपाली काङ्ग्रेसले प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा उदयपुर क्षेत्र नम्बर १ बाट बिदुर बस्नेत र २ नम्बर क्षेत्रबाट रामकुमार राई उठाएकाे छ । बस्नेत पार्टीका पूर्वजिल्ला सभापति हुन भने राई गत प्रतिनिधिसभाकाे चुनावमा स्वतन्त्र उठेका उम्मेद्वार हुन् । क्षेत्रिय सभापति रहेका राई काङ्ग्रेसबाट बाघि उठेकाेमा उनलाई कारवाही पछि फुकुवा गरि टिकट दिईएकाे हाे ।...
नेपाली कम्युनिस्ट पार्टीकाे उम्मेद्वार टुङ्गियाे

नेपाली कम्युनिस्ट पार्टीकाे उम्मेद्वार टुङ्गियाे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ५ । नेपाली कम्युनिस्ट पार्टीले उदयपुर निर्वाचन क्षेत्र नं. १ मा बलदेव चौधरी र क्षेत्र नं २ बाट सुरे कुमार राई (हिमाल) लाई उम्मेदवार बनाएकाे छ । पार्टीले त्रियुगा नगरपालिकाका निबर्तमान मेयर चाैधरी र पूर्वप्रतिनिधिसभा सदस्य राईलाई उम्मेद्वार बनाएकाे हाे । पार्टीलाई उदयपुरकाे उम्मेद्वार टुङ्ग्याउन लामाे अभ्यास परेकाे हाे । उम्मेद्वार टुङ्गाे लागेसंगै भाेली मनाेनयन दर्ताकाे तयारीमा पार्टी जुटेकाे जनाएकाे छ ।...
एमाले उदयपुरले गर्यो उम्मेदवारहरुलाई स्वागत

एमाले उदयपुरले गर्यो उम्मेदवारहरुलाई स्वागत

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ५ । नेकपा एमाले उदयपुरले आज दुई निर्वाचन क्षेत्रका प्रतिनिधीसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार र एक समानुपातिकको बन्दसुचीमा नाम परेका उम्मेदवारलाई पार्टी कार्यालयमा स्वागत गरेको छ । निर्वाचन क्षेत्र १ का उम्मेदवार दुर्गाकुमार थापा (स्वस्ती) र निर्वाचन क्षेत्र २ का उम्मेदवार अम्बर रायमाझीलाई स्वागत गरेको हो । समानुपातिकतर्फकी कान्ता राईलाई पनि स्वागत गरेको हो । पार्टीका जिल्ला अध्यक्ष भागवत राउत र जिल्लास्थित सबै पार्टी तहका नेता कार्यकर्ताहरुले उम्मेदवारहरुलाई स्वागत गर्दै जीतको शुभकामना दिए । “पार्टीको तर्फबाट उम्मेदवारहरुलाई स्वागत र शुभकामना दियौं ।” अध्यक्ष राउतले भने । अध्यक्ष राउतका अनुसार उम्मेदवारहरुको स्वागतसंगै भोली हुने मनोनयनका लागि पार्टी तयार भएको छ । भोली दिउसो १ बजेपछिको समय मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसंग लिइएको जनाइएको ...