सेवा प्रवाह मुल्याङ्कनमा जिल्ला अस्पताल उदयपुरलाई ९० अंक
पूर्णपुष्टि, १३ माघ ।
सेवा प्रवाहको हकमा जिल्ला अस्पताल उदयपुर उत्कृष्ट सावित भएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले गरेको मूल्यांकनमा अस्पतालमा हुने सेवा प्रवाह, विभिन्न विभागको कार्य सम्पादन लगायतका पक्षहरूको आधारमा जिल्ला अस्पताल उदयपुरले ९० अंक पाएको अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार पहिले भन्दा थप ३ अंक थप्दै उत्कृष्ट हासिल गरेको हो । यसअघि अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गरेको थियो ।
यस्तो मुल्याँङकने अस्पतालको सेवा प्रवाहबारे थप हौसाला मिल्ने र सेवागाहीहरुलाई सहज सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । अस्पताल तथा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड कायम गर्ने सम्बन्धी २०७७ को कार्य अवधिअनुसार यस्तो मूल्यांकन प्रत्येक वर्ष गरिन्छ । जिल्ला अस्पताल उदयपुरका मेसु डा. बिरेन्द्र मण्डलले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान ग...









