सम्पन्न भयो कर सप्ताह, उत्कृष्ट कर्मचारी पुरस्कृत, व्यवसायी सम्मानित
पूर्णपुष्टि, ६ मंसिर ।
उदयपुरमा मंसिर १ गतेबाट सुरु भएको देशव्यापी कर सप्ताह गाईघाटमा सम्पन्न भएको छ । करदता सेवा कार्यालय गाईघाटले १३ औँ राष्ट्रिय कर दिवसको अवसरमा गाईघाट लगायत उदयपुरको बिभिन्न शहरमा एक हप्ते कर सप्ताह कार्यक्रम संञ्चालन गरिएको थियो । करदाता सेवा कार्यालय गाईघाटका सूचना अधिकारी रेख मगरका अनुसार विविध कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया सँगै १३ औँ कर दिवस बिहिबार भव्य रुपमा सम्पन्न गरिएको हो । कर सम्बन्धी अन्तरक्रिया, विद्यार्थीहरुलाई कर शिक्षा, प्रभातफेरी र्याली, व्यवसायी जनप्रतिनिधि तथा सुरक्षा निकायहरु सित कर सम्बन्धित अन्तरक्रिया र खेलकुद लगायत महत्वपूर्ण कार्यक्रमहरु सप्ताहमा गरिएका थिए ।
सोहि दिवसको अवसर पारी नियमित र इमान्दारी कर तिर्ने व्यवसायीलाई उत्कृष्ट व्यवसायीलाई सम्मान पनि गरिएको छ । कटारीका व्यवसायी नेपाल माईनिङ एण्ड कन्ट्रकसनका संञ्चालक समेत रहेका प्रया...









