Thursday, July 2News That Matters

Author: पूर्णपुष्टि

एकाविहानै उदयपुरमा कारको ठक्करबाट महिलाको मृत्यु

एकाविहानै उदयपुरमा कारको ठक्करबाट महिलाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १० मंसिर । उदयपुरमा कारको ठक्करबाट महिलाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग स्थित चौदण्डीगढी नगरपालिका ६ भिमा मिहोरिया चोकमा प्र.१–०४–००१ च १३८६ नम्वरको कारले सोहि ठाउँ वस्ने ३५ बर्षिया कमला देवी चौधरीलाई ठक्कर दिएका थिए । ट्राफिक प्रहरी उदयपुरका अनुसार उक्त कार पहिले रुखमा ठोकिएर अन्यन्त्रित हुँदा नजिकै फलैँचामा बसिरहेको मान्छेलाई हान्न पुगेका थिए । फँलैचामै बसिरहेकी चौदण्डीगढी नगरपालिका ९ की पनावती चौधरी भने सामान्य घाईते छिन् । उनको दाहिने खुट्टामा चोट लागेको छ । गाईघाट साईड बाट बेल्टार तर्फ जाँदै गरेको उक्त कार असोकको रुखमा ठोक्किएर अन्यन्त्रित भएको हो । कारमा सवार चालक सप्तरी जिल्ला फत्तेपुर नगरपालिका १ बस्ने अन्दाजी ३२ बर्षिय अम्बर दियालीको अनुहारमा चोट लागेको छ भने सोही बाउँका २७ बर्षिय सावन खातीको अनुहारमा चोट लागेको छ । उनिहरुको चौदण्डीगढी नगर अस्पतालमा उप...
एमालेद्वारा महानगरको एक लाख जरिवाना पत्र अस्वीकार

एमालेद्वारा महानगरको एक लाख जरिवाना पत्र अस्वीकार

Breaking News 1, समाचार
काठमाडौं, मंसिर ९ । प्रमुख सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले तोकेको एक लाख रुपैयाँको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ । जरिवाना पत्र हस्तान्तरण गर्न आइतबार एमाले पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई पार्टीले आफूहरू कार्यक्रमको आयोजक नभएको जिकिर गर्दै पत्र बुझ्न अस्वीकार गरेको हो । महानगरपालिकाले गत शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभाको क्रममा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको आरोपमा जरिवाना तोकेको थियो । महानगरपालिकाका अनुसार यो जरिवाना फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ को प्रावधान अनुसार तोकिएको हो । एमालेको अस्वीकारपछि महानगरको टोली पार्टी कार्यालय परिसरमै बसिरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार कानूनी प्रक्रिया अनुसार अगाडि बढ्ने र आवश्यक कारबाही गरिने बताएका छन् । यस विषयमा एमाले पार्टीका तर्फबाट थप प्रतिक्रिय...
दिप प्रज्वलन गरी गाईघाटमा २४ औँ जनमुक्ति सेना स्थापना दिवस मनाईयो

दिप प्रज्वलन गरी गाईघाटमा २४ औँ जनमुक्ति सेना स्थापना दिवस मनाईयो

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ९ मंसिर । जनमुक्ति सेना स्थापनाको २४ औँ बर्ष पुरा भएको छ । जनआन्दोलमा माओवादीले आफ्नै सेना खडा गरेर शसस्त्र जनयुद्ध लडेका थिए । सोही अवसरमा जनमुक्ति सेना खडा गरेको २४ औँ बर्ष पुगेको भन्दै देशैभरी जनमुक्ति सेना नेपालले दिप प्रज्वलन गरेको हो । सोही अवसरमा शनिवार साँझ गाईघाट स्थिति पिपलचोकमा जनमुक्ति सेनाहरुले दिप प्रज्वलन गरेको हो । कार्यक्रममा माओवादी नेताहरुको उपस्थित थियो । माओवादी नेता ता कोशी प्रदेश सांसद समेत रहेकी सम्झना तामाङले जनयुक्त सफल बनाउन ठुलो शक्तिको रुपमा रहेको जनमुक्ति सेनाको लोकतन्त्र निर्माणमा ठुलो योगदान र सहयोग रहेको जनाईन् । आज देशमा लोकतन्त्र सँगै स्वतन्त्र दुवै जनताले प्रयोग गर्न पाएको भन्दै यो दिवस निकै खुसीको दिवस रहेको तामाङले जनाईन् । यसैगरी अर्का माओवादी नेता तथा सांसद नारायण बुर्जा मगरले जनमुक्ति सेना स्थापना दिवसलाई शुभकामना व्यक्त गर्दै अ...
९ दिन देखी चौदण्डीबाट आमा सहित दुई छोरा बेपत्ता, खोजीका लागि अपिल

९ दिन देखी चौदण्डीबाट आमा सहित दुई छोरा बेपत्ता, खोजीका लागि अपिल

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ मंसिर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ बाट आमा र दुई छोरा बेपत्ता भएको छ । गत शनिवार अन्दाजी ११ बजेको समयमा आफ्नै घरबाट चन्दा चौधरीकी २७ बर्षिय बुहारी मुना दाहाल चौधरी, जेठो नाती ७ बर्षिय अनुग्रह चौधरी र कान्छो नाती ५ बर्षिय अनुभव चौधरी बेपत्ता भएको हो । उनिहरुको ९ दिन देखी लगतार खोजी भैरहे पनि फेला नपरेको परिवारले जनाएको छ । आफ्नो आफन्त, छरछिमेकी र सम्बन्धित सबै ठाउँहरुमा खोजी कार्य गर्दा फेला नपरेपछि चन्दाले खोजी कार्यमा सहयोग गरिदिन भन्दै प्रहरीमा निवेदन दिएकी छिन् । उनले तिनै जनाको हुलिया र तस्विर सहित प्रहरीमा निवेदन दिएकी हुन् । बेपत्ता तिनै जना गहुँगोरो रहेको निवेदनमा उल्लेख गरिएको छ ।...
त्रिनपा १५ हुवासमा खुल्ला वडा स्तरीय फुटवल प्रतियोगिता हुने

त्रिनपा १५ हुवासमा खुल्ला वडा स्तरीय फुटवल प्रतियोगिता हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, ८ मंसिर । त्रियुगा नगरपालिका १५ नं वडामा खुल्ला वडा स्तरीय फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । यहि मंसिर १३ गते देखी १५ गते सम्म वडाको हुवास स्यालगैरी मैदानमा प्रतियोगिता हुने भएको हो । आयोजक त्रियुगा नगरपालिका वडा नं १५ खेलकुद विकास समितिले प्रतियोगिता गराउन लागेको हो । प्रतियोगिताको बिजेतालाई पुरस्कार राशि २५ हजार नगद, ट्रफि र प्रमाण पत्र रहेको छ भने उपबिजेतालाई १५ हजार नगद, ट्रफि र प्रमाण पत्र रहेको छ । यस्तै उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । वडा खेलकुद विकास समितिका अध्यक्ष प्रयास राईका अनुसार खेलकुद मैदानको व्यवस्थापन सँगै प्रतियोगितालाई अघि बढाईएको हो । केहि समय अघि मात्रै खेल मैदानको स्तरोन्नती तथा व्यवस्थापन सँगै वडामा फुटवल प्रतियोगितालाई प्राथामिकता दिईएको राईले जनाए । वडाकै पुरानो र ऐतिहाँसि खेल मैदान पछिल्लो समय बज...
मुर्कुची नमुनाव माविका विपन्न विद्यार्थीहरुलाई शैक्षिक पोसाक

मुर्कुची नमुनाव माविका विपन्न विद्यार्थीहरुलाई शैक्षिक पोसाक

Breaking News 1, Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, ८ मंसिर । मुर्कुची नमुना माविका बिपन्न विद्यार्थीहरुलाई शैक्षिक पोसाक वितरण गरिएको छ । उदयपुरको रौतामाई गाउँपालिका ७ स्थित नमुना माध्यमिक विद्यालय मुर्कुचीमा अध्ययनरत बिपन्न ३६ विद्यार्थीलाई शैक्षिक पोसाक बितरण गरिएको हो । उक्त पोसाक पूर्व विद्यार्थी समाज उदयपुरको समन्वयमा शुक्रबार ‘प्रकृति प्रेमी समाज उदयपुर’ले १२ छात्रा र २४ छात्रलाई प्रदान गरेका थिए । उनीहरुको आवश्यकता अनुसार पोसाक सर्ट, पाईन्ट, ट्रयाकसुट र जुत्ता बितरण गरिएको आयोजक प्रकृति प्रेमी समाजका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए । बालबालिकालाई पोसाक वितरण गर्दै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शसीकुमार यादवले शैक्षिक अवस्था सुधार गर्न आमनागरिकको समान दायित्व रहने बताए । उनले भने, ‘बिद्यालयबाट मात्र शैक्षिक सुधार सम्भव नभएकाले, नागरिक तवरबाट हुने यस्ता कार्यक्रमले बालबालिकाको शैक्षिक गुणस्तर...
त्रियुगा १२ को उपनिर्वाचनमा जसपा नेपाल र विप्लवले माओवादी केन्द्रलाई सघाउने

त्रियुगा १२ को उपनिर्वाचनमा जसपा नेपाल र विप्लवले माओवादी केन्द्रलाई सघाउने

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ७ मंसिर । यहि मंसिर १६ गते त्रियुगा नगरपालिका १२ नं वडामा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले नेकपा माओवादी केन्द्रलाई सघाउने भएको छ । शुक्रबार सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलन गर्दै दुई पार्टीले माओवादी केन्द्रका उम्मेदवार नविन वान्तावा राईलाई सघाउने निर्णय गरेको जनाए । जसपा पार्टीका नेताहरु सिद्धान्त राई, घनश्याम कटुवाल, छिवाहाङ राई, हस्त शोभा र जिल्ला अध्यक्ष ओसन घिमिरे र विप्लव बाट नगर सेक्रेटरी बिमल सी लगायतको उपस्थितिमा माओवादी केन्द्रलाई सघाउने जानकारी गराएको हो । माओवादी केन्द्रका नगर अध्यक्ष मानवाहदुर राई, जसपा अध्यक्ष ओसन घिमिरे र विप्लका नगर सेक्रेटरी बिमल सी को संयुुक्त हस्ताक्षर बिज्ञाप्तीमा यी तिनै पार्टीहरु उपनिर्वाचनमा एक भएर उम्मेदवारलाई बिजयी गराउन लागि पर्ने भनिएको छ । त्रियुगा १२ मा एक स्वतन्त...
ओलीको व्यंग्य : अमेरिकी बैंकको आधा सम्पत्ति मेरै भनिदिए पनि हुन्छ

ओलीको व्यंग्य : अमेरिकी बैंकको आधा सम्पत्ति मेरै भनिदिए पनि हुन्छ

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर ७ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी बैंकमा आफ्नो सम्पत्ति रहेको आरोप लगाउनेलाई प्रमाणसहित बहस गर्न चुनौती दिएका छन् । शुक्रबार राजधानीको दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आरोपका लागि मात्र आरोप लगाउने प्रवृत्ति रहेको बताए । उनले व्यंग्यात्मक शैलीमा भने, ‘कम्बोडियामा ३२ हजार करोड, स्विस बैंकमा यति हजार रुपैयाँ छ भन्दिए भयो, अमेरिकी बैंकको आधा सम्पत्ति मेरै हो भनिदिए पनि हुन्छ।’ ओलीले अन्य दलका केही नेताहरू भने सामान्य अवस्थाबाट एकाएक अर्बौंको मालिक बनेको भन्दै यसबारे प्रश्न उठाए ।...
कोशी प्रदेश सरकारको जिन्सी सम्पत्ति ५ अर्ब नाघ्यो

कोशी प्रदेश सरकारको जिन्सी सम्पत्ति ५ अर्ब नाघ्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ७ ।  कोशी प्रदेश सरकारले विगत ७ आर्थिक वर्षमा ५ अर्ब १६ करोड रुपैयाँ बराबरको जिन्सी सम्पत्ति जोडेको छ । प्रदेश कोष तथा महालेखा नियन्त्रकको कार्यालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रदेश सरकारको कुल जिन्सी सम्पत्ति ५ अर्ब १६ करोड ४१ लाख २ हजार ६१५ रुपैयाँ पुगेको हो । सात वर्षको अवधिमा प्रदेश सरकारले ३२१ वटा कार-जिप, १,८७७ वटा मोटरसाइकल र ८,५७१ वटा कम्प्युटर खरिद गरेको देखिन्छ । साथै प्रदेश सरकार मातहतमा ५७४ स्थानमा घरजग्गा रहेको विवरणमा उल्लेख छ । मन्त्रालयगत विवरण हेर्दा भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयको सम्पत्ति सबैभन्दा बढी छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा १ अर्ब १७ करोड र सामाजिक विकास मन्त्रालयमा १ अर्ब २२ करोड बराबरको जिन्सी सम्पत्ति रहेको छ । प्रदेश लेखा नियन्त्रक दामोदर खत्रीका अनुसार साविक नेपाल ...
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालविकास सम्मेलन हुँदै

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालविकास सम्मेलन हुँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर ७ । पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायले नेपालमा पहिलो पटक बालविकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ । विराटनगरमा मंसिर २१ र २२ गते आयोजना हुने उक्त सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम रहेको छ । शिक्षाशास्त्र संकायका डिन अनिल पोखरेलका अनुसार सम्मेलनमा नेपाल, अमेरिका, बेलायत, मलेसिया, बंगलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीहरूको सहभागिता रहनेछ । सम्मेलनमा बालविकासका विविध पक्षमा प्राज्ञिक बहस र विमर्श गरिने छ । कार्यक्रममा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बालविकास क्षेत्रको जनशक्ति विकास, जलवायु परिवर्तनको प्रभाव र प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन लगायतका विषयमा ४० भन्दा बढी सहभागीले आफ्ना अनुसन्धान प्रस्तुत...