पूर्णपुष्टि, माघ २५ । उदयपुर
बिना पैसा नेपालको ७७ जिल्ला भ्रमण गरेकी नेपाली साहसी चेलीलाई उदयपुरको उदयपुरगढी गाउँपालिकाले आज सम्मान गरेको छ । सात महिना १३ दिनमै पुरै नेपाल भ्रमण गरेकी सीता राईलाई उनको आफ्नै गृह गाउँपालिका उदयपुरगढीले सम्मान गरेको हो । उदयपुरगढीको वडा नम्बर ८ मा घर भएकी साहसी नेपाली चेली सीताले गाउँपालिकाका साथै जिल्ला र सिङ्गो देशकै नाम उच्च बनाएकोमा सम्मान गरेको हो ।
उनी नारी साहस र नारी सशक्तताको प्रतीक बनेकी छिन् । गृह जिल्ला उदयपुरबाट झापा पुगेर सुरु गरेकी बिना पैसा नेपाल भ्रमण, पहाडी र हिमाली क्षेत्रका जिल्लाहरू पुग्दै तराईको सप्तरीमा आएर यात्रा पूरा गरेकी थिइन् । यसै सालको असार ९ गतेबाट सुरु गरेको भ्रमण गत माघ २१ गते पुरा गरेर गृह जिल्लाआइपुगेकी छिन् । .यसै अवसरमा गढी गाउँपालिकाले उनलाई आज सम्मान गरेको हो। उनलाई गाउँपालिका उपाध्यक्ष जितबहादुर खड्का र प्रमुख प्र...
पूर्णपुष्टि, माघ २५ । उदयपुरको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागी स्वतन्त्र उम्मेदवारी दिएका डा. कल्याण रोका (देवराज) लाई जय मातृभुमी पार्टीले समर्थन गरेको छ । सुरेश कुमार कार्कीको नेतृत्वमा निर्माण भएको जय मातृभुमी पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रोक्कालाई सघाउने निर्णय गरेको हो ।
पार्टीका अध्यक्ष कार्कीले आफ्नो पार्टीको तर्फबाट कुनै पनि उम्मेदवार नउठाएको हुँदा प्रत्यक्ष तर्फको स्वतन्त्र उम्मेदवार रोकालाई समर्थन गर्ने जनाएका हुन् । अध्यक्ष कार्कीले आफ्नो पार्टीमा आवद्ध रहेको सम्पूर्णले समानुपातिक निर्वाचन प्रणालीमा ‘आमा ’ चुनाव चिन्हमा मतदान गर्न र प्रत्यक्ष तर्फ मुढा चिन्हमा मतदान गर्न अपिल गरेका हुन् ।...
पूर्णपुष्टि, माघ २३ । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा नदि किनारमा आजदेखी दोस्रो उदयपुुर एक्स्पो महोत्सव सुरु भएको छ । जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आजदेखी सुरु भएको महोत्सवको उदु्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिमप्रसाद पराजुलीले गरेका छन् ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री पराजुलीले ब्यापार ब्याबसायको प्रबर्द्धनमा मेला महोत्सवको भुमिका निकै अहम रहने हुदा ब्यापारीक प्रतिस्ठानबाट यस्ता कार्यक्रम निरन्तर रूपमा भैरहनु पर्ने बताएका छन् । ब्यापार, ब्याबसाय जति धेरै चलायमान हुन सक्यो त्यति धेरै आर्थिक समृद्धि हुदै जाने हुँदा यस्ता कार्यक्रमलाई निरंतरता दिन सकेमा ब्यापारीक प्रतिस्ठानले सरकारको मुख ताकि राख्नु नपर्ने र प्रदेश भरी नै सरकारले बार्षिक कार्यक्रम बनाएर आर्थिक बिकासमा सहयोग पुग्योस भन्ने उदेश्यले मेला महोत्सवमा आर्थिक सहयोग गर्दै आएको बताए ।
क...
पूर्णपुष्टि, माघ २३ । उदयपुरमा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस पटक जिल्लाभरका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने जानकारी दिएको छ ।
यसैगरी गत वर्ष छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिर रहेका किशोरीलाई पनि सोही कार्यक्रम अन्तर्गत खोप लगाइने कार्यालयले जनाएको छ । खोप सुपरभाइजर चिरञ्जीवी निरौलाका अनुसार जिल्लाभरि गत वर्ष छुटेका २९३ सहित तीन हजार ८४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइनेछ ।
जिल्लाका आठ स्थानीय तहमा रहेका २०४ सामुदायिक र ८२ संस्थागत गरी जम्मा २८७ विद्यालयका किशोरीलाई खोप दिइने उनले बताए । यसका लागि ३४...
२३ माघ, २०८२ । उदयपुर
उदयपुरमा नेपालको इतिहासमै पहिलोपटक राष्ट्रियस्तरको एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा आगामी फागुन १ देखि ९ गतेसम्म थारुहट रंगशाला गाईघाटमा प्रतियोगिता हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईका अनुसार देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका लागि मुख्य आर्थिक सहयोग फिफाको रहनेछ ।
नेपालमा महिला फुटबलको प्रगतिले अग्रगति लिएको र सम्भावना बढेर गएको, यसै कुरालाई मध्येनजर गर्दै फिफाले यस प्रतियोगितामा आर्थिक लगानी गरेको महासचिव राईले बताए ।
उपाधी विजेता र उपविजेताले क्रमशः ७ लाख पाँचहजार र ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताको उद्घाटन खेल आयोजक गाईघाट फुटबल क्लब र न्युरोड टिमबी...
गाईघाट÷पूर्णपुष्टि, माघ २३ ।
उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित त्रिगा नदी किनारमा (भोलि) शुक्रबारदेखि दोस्रो उदयपुर एक्सपो महोत्सव २०८२ सञ्चालन हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि सुरु हुन गइरहेको महोत्सवको तयारी पूर्णरूपमा सम्पन्न भएको जिल्ला उद्योग वाणिज्य सङ्घ उदयपुरका महासचिव सुनिल शाहले जानकारी दिए । यस महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले गर्ने महासचिव शाहले जनाए ।
कृषि वन पर्यटन शिक्षा कला संस्कृति उद्योग र व्यापार उदयपुरको पहिचान समृद्धिको आधार भन्ने मूल नाराका साथ सञ्चालन हुन गइरहेको यस महोत्सव १६ दिनसम्म सञ्चालन हुनेछ ।
यस महोत्सवको मुख्य उद्देश्य उदयपुर जिल्लासहित कोशी प्रदेशको कृषि उद्योगी व्यवसायी तथा उद्यमीहरूका उत्पादनलाई एउटै थलोमा उद्यमीहरूका उत्पादनलाई एउटै थलोमा प्रदर्शन प्रवर्धन र बजारीकरण गर्नु रहेको महासचि...
२२ माघ, २०८२ । उदयपुर
एघारौँ नारदमुनि थुलुङ स्मृति गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन सहलेस क्लब सिराहाले नै हात पारेको छ।
द यङ ब्रदर्स क्लब सुनसरीलाई २ को विरुद्ध ५ गोल गर्दै सहलेस दोस्रो पटक पनि च्याम्पियन बनेको हो । द यङ ब्रदर उपविजेता बनेको छ।
जितसँगै सहलेसले नगद ५ लाख रुपैयाँ उपविजेता यङ ब्रदर सुनसरीले ३ लाख प्राप्त गरेको छ। विजेतालाई चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र नेपाल प्रहरीका पूर्व एआइजी टेक प्रसाद राईले पुरस्कार प्रदान गर्नुभयो । खेलको १ मिनेटभित्रमै सहलेसका जर्सी नम्बर ५ का विदेशी खेलाडी अब्दुलले पहिलो गोल गरेका थिए। उनले खेलको ६४ औँ मिनेटमा अर्को १ गोल थपेका थिए । सहलेसका लागि अर्को गोल २२ औँ मिनेटमा जर्सी नम्बर १० का विकी चाम्लिङ राईले गरेका थिए। उनैले ८२ औं मिनेटमा एकगोल थपे ।
खेलको ३८ औँ मिनेटमा जर्सी नम्बर १३ का अनिल पाँचे मगरले गोल गरे ।
खेलको तीसौँ...
पूर्णपुष्टि, माघ २३ । सुनिल राई÷गाईघाट ।
उदयपुरमा पहिलोपटक राष्ट्रियस्तरको एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । बिहिबार थारुहट रङ्गशालामा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले यही फागुन १ गतेदेखि हुने राष्ट्रिय स्तरको एन्फा वुमेन्स च्याम्पियनसिप प्रतियोगिता नेपालको इतिहासमै पहिलोपटक हुन गइरहेको जानकारी दिए ।
महासचिव राईले यस प्रतियोगितामा देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूको सहभागिता रहेको जनाएका छन् ।
यस प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एफसी रियल, एपीएफ फुटबल क्लब, आरयस रिसोर्ट युनाइटेड, छरी वाइसी र संकटा फुटबल क्लबको सहभागिता रहेको छ । यस प्रतियोगिताको उद्घाटन खेल गाईघाट फुटबल क्लब र न्युरोड टिम बीच हुनेछ ।
१ गतेबाट सञ्चालन भएको यस प्रतियोगिता फागुन ९ गते सम्म सञ्चालन हुनेछ । यस...