उदयपुरमा भिरबाट बोलेरो खस्दा चालकको मृत्यु
पूर्णपुष्टि, मंसिर १६ । उदयपुरको कटारी नगरपालिका–१४ पाखिमारे त्रिचालिस किन्दु भिरबाट बोलेरो गाडी खस्दा सोमबार चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको महालक्ष्मी न.पा. ९ लिबु बस्ने ३४ बर्षीय दिपेन्द्र के.सी. रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार साझँ अन्दाजी साढेँ ५ बजेको समयमा काठमाडौंबाट उदयपुरको ताप्ली गा.पा. ५ रुपाटार जादैँ गरेको गाडी पाखिमारे त्रिचालिस किन्दु भिर स्थित सिद्धिचरण लोकमार्गमा सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो । लाशको सनाखत गर्ने क्रममा के.सी. गत शनिबार सुमो गाडी चलाई काठमाडौंबाट रुपाटार हिडेका उनको अन्तिम पटक परिवारसँग सोही दिन बेलुकाको ८ बजेर ४४ मिनेटमा फोन सम्पर्क भएको प्रहरी स्रोतले जनाएको छ ।
उक्त लाश कानूनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि आज बिहान ३ बजेको समयमा प्रादेशिक अस्पताल कटारी उदयपुरमा ल्याई राखिएको छ...









