साझा सेवा घरका चेस राई प्रदेशस्तरीय बक्तृत्वकलामा द्वितीय हुन सफल
पूर्णपुष्टि/उदयपुर, मङ्सिर ४ ।
साझा सेवा घर उदयपुर बालगृहका चेस राईले प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा दाेस्राे स्थान हाँसिल गरेका छन् ।
अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा लागु पदार्थको सेवनबाट बालबालिकामा पर्ने असर र निराकरणका उपायहरु विषयक बक्तृत्वकलामा दाेस्राे भएका हुन् । दाेस्राे स्थान हाँसिलसंगै प्रमाणपत्रसहित पाँचहजार नगद पुरस्कार प्राप्त गरेका छन् । उनी कक्षा ६ मा अध्ययनरत छात्र हुन् ।
काेशी प्रदेश सरकार, सामाजिक विकास मञ्त्रालय र सिविन नेपालकाे संयुक्त आयाेजनामा बालकल्याण गृहहरुकाबिच आज प्रतियाेगितामा भएकाे हाे ।
काेशी प्रदेश सामाजिक विकास मन्त्रि पाँचकर्ण राई, प्रदेश सचिव उद्धवप्रसाद रिजाल र सहायक सचिव दुर्गा भण्डारी बरालले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका हुन् ।
उनी पुरस्कृत हुनुलाई राम्राे उपलब्धिकाेरुपमा लिईएकाे सेवा घर सञ्चालक समितिकी प्रमुख गिता खड्का का...









