१७ दल दर्ताको पर्खाइमा
पूर्णपुष्टि, कार्तिक १६ । निर्वाचन आयोगमा हाल १७ वटा राजनीतिक दलको दर्ता निवेदन अध्ययनको चरणमा रहेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले एक दलले दर्ताको निवेदन फिर्ता लिएको जानकारी दिएका छन् ।
आयोगले निवेदनहरूको अध्ययन गरी दलहरूले पेश गरेको विवरण पर्याप्त छ कि छैन भनी जाँच गरिरहेको छ । विवरण अपूर्ण भएमा थप कागजात माग गरिनेछ भने पूर्ण भएमा आधिकारिताको प्रमाणपत्र जारी गरिने आयोगले जनाएको छ ।
आयोगबाट स्वीकृत कार्यतालिका अनुसार चुनावमा सहभागी हुन चाहने दलहरूले कार्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसक्नुपर्ने व्यवस्था छ । त्यसपछि मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यक्रम तय भएको छ ।
प्रथम भूत निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसार हुने र त्यसपछि प्रच...









