Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि

बेलका डुवान क्षेत्रबाट १२८ काे उद्धार

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असाेज १९ । निरन्तर वर्षापछि डुवानमा परेकाे बेलका नगरपालिका वडा नं. २, ३ र ८ मा नेपाली सेना सहितको सुरक्षा टोलीले १२८ जनालाई उद्धार गरि  सुरक्षित स्थानमा राखिएकाे छ । विरामी, वालबालिका, बृद्धबृद्धाहरुलाई उदयपुरकाे बाेक्सेस्थित पशुपती प्रसाद गणकाे नेपाली सेनम उद्धार टाेलीले बाेकेर उद्धार गरेका हुन् । सप्तकाेशी कटानकाे उच्चजाेखिममा रहेकाे साे क्षेत्रमा काेशीकाे पानी नपसे पनि त्रियुगा र अन्य खाेला, खहरेकाे भेलबाढीले डुवानमा परेकाे छ । साे क्षेत्रमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलकाे नेतृत्वकाे जिल्ला विपद कमाण्ड पोष्टका पदाधिकारीहरुले स्थलगत अनुगमन गरेका छन् ।       ...
बेलकाको कोशी बाँध आसपासमा उच्च सतर्कता, सुरक्षा समितिको अनुगमन

बेलकाको कोशी बाँध आसपासमा उच्च सतर्कता, सुरक्षा समितिको अनुगमन

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज १९ । उदयपुरको बेलका नगरपालिकाको कोशी बाँध आँसपासको क्षेत्रलाई प्रशासनले जिल्लाको सबैभन्दा उच्च जोखिम क्षेत्रको रुपमा लिएको छ । सप्तकोशीको पानीको वहाव बढ्दै जाँदा भेल पसेर डुवान हुने र धनजनको क्षती हुने भएकाले सबैभन्दा उच्च जोखिम क्षेत्रको रुपमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले बताउनुभयो । एसपी चागाईका अनुसार अहिले बेलकाको भागलपुर, एविसि कोशी टप्प क्षेत्रमा स्थानीय प्रशासन, स्थानीय सरकार, सुरक्षा निकायका प्रमुखहरुसहित सुरक्षा समितिको टोलीले अनुगमन गरिरहेको छ । हालसम्म सो क्षेत्रमा सप्तकोशीको बाढी पसेको नभए पनि स्थानीय खोला खहरेको भेलका कारण केही क्षेत्र डुवानमा परेका छन् । सो क्षेत्रका ५० घर भन्दा बढि मानिस सुरक्षित स्थानमा बसेका छन् । सो क्षेत्रमा हरेक वर्षामा सप्तकोशीको भेल पसेर डुबान हुने गरेको छ । गतवर्ष पनि डुवान परेको थियो । सो क्षेत्रमा हिजै...
बगाएकाे हायसबाट बेपत्ता महिला मृत फेला

बगाएकाे हायसबाट बेपत्ता महिला मृत फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असाेज १९ । उदयपुरकाे बेलका नगरपालिका ४ लालबजार नजिकै स्थानीय खाेला (कज-वे)काे बाढीले गएकाे मध्येराती बगाएकाे बा ४ ख १६२८ नम्बरकाे हायसबाट बेपत्ता महिला विहान मृत अबस्थामा फेला परेकी छिन् । माेरङकाे सुन्दर हरैचा नगरपालिकाकी अन्दाजी ३८ वर्षिया मञ्जु अधिकारी बेपत्ता रहेकाेमा मृत फेला परेकाे बेलका नगरपालिका-९ का वडाध्यक्ष भरत घिमिरेले जानकारी दिएका छन् । वगाएकाे ठाउँबाट करिव डेडकिलाेमिटर तल भेलले खेतमा पुर्याएकाे अबस्थामा फेला परेकाे हाे । विहानदेखि नै प्रहरी र स्थानीयले खाेजी कार्य गरेकाे थियाे । माेरङबाट काठमाडाैका लागि हिडेकाे साे हायस सिन्धुलीकाे भिमानबाट फर्किने क्रममा त्यहा बगाएकाे हाे । राती 12 बजेभन्दा पछाडिकाे समयमा हायस बगाएकाे खबर लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी सहायक निरिक्षक टीका निराैलाकाे नेतृत्वकाे प्रहरी टाेली खटेर यात्रुहरुकाे उद्धार गरेक...
भिमानबाट फर्काेकाे हायस बेलकामा बगायाे, १ बेपत्ता, २१ जनाकाे उद्धार

भिमानबाट फर्काेकाे हायस बेलकामा बगायाे, १ बेपत्ता, २१ जनाकाे उद्धार

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असाेज १९ । उदयपुरकाे बेलका नगरपालिका ४ लालबजार नजिकै स्थानीय खाेला (कज-वे)मा आएकाे बाढीले गएराती बा ४ ख १६२८ नम्बरकाे हायस हायस बगाएकाे छ । जसमा सवार १ जना बेपत्ता छन् भने २१ जनाकाे उद्धार भएकाे छ । माेरङकाे सुन्दर हरैचा नगरपालिकाकी अन्दाजी ३८ वर्षिया मञ्जु अधिकारी बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ ।  माेरङबाट काठमाडाैका लागि हिडेकाे साे हायस सिन्धुलीकाे भिमानबाट फर्किने क्रममा त्यहा बगाएकाे हाे । राती 12 बजेभन्दा पछाडिकाे समयमा हायस बगाएकाे खबर लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी सहायक निरिक्षक टीका निराैलाकाे नेतृत्वकाे प्रहरी टाेली खटेर यात्रुहरुकाे उद्धार गरेकाे थियाे । बाढीकाे अनुमान गर्न नसक्दा हायस बगाएकाे थियाे । प्रहरी पुग्दा एकजनालाई हायस भित्र बाटै सिसा फुटाएर उद्धार गरेकाे थियाे भने तीनजना महिलालाई बगाउदै गरेकाे अबस्थामा उद्धार गरेकाे थियाे ।अन्...

दशैमा सुरक्षा ब्यवस्था

Breaking News 2, भिडियो, समाचार
https://youtube.com/shorts/zuTQvLvGhB0?si=u6j8q6Acr4eREVp0 पूर्णपुष्टि/उदयपुर, असाेज १७ । दशैंमा स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था उदयपुरमा अन्य बेला भन्दा कडा पारेकाे छ । चाँडबाड विशेष सुरक्षा याेजना अन्तर्गत सुरक्षा ब्यवस्था गरिएकाे प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले जानकारी दिनुभयाे । (भिडियाे)
खु*कुरी नचाउदै  आ*त‌क (भिडियाेसहित)

खु*कुरी नचाउदै आ*त‌क (भिडियाेसहित)

Breaking News 2, भिडियो, समाचार
https://youtu.be/p0ngqfdehv0 पूर्णपुिष्टि/उदयपुर, असाेज १५ । एक युवाले खुकु*री हातमा नचाउदै गाइघाट बजारमा आज मानिसहरुलाइ त्र*सित पारेका छन् । पुरानाे गाइघाटचाैकबाट विपीचाैक हुँदै विधुत कार्यालयतर्फ र त्यहाँबाट पिपलबाेट हुदै स‌गमटाेलसम्म त्रास फैलाउने युवा त्रियुगा नगरपालिका ४ बगाहाका गणेश तामाङ रहेकाे प्रहरीले जनाएकाे छ । बजारभर त्रास फैलाउदै स‌गमटाेल पुगेकाे अवस्थामा प्रहरीले उनलाइ घेराउ गरी पक्राउ गरेर नियन्त्रणमा लिएकाे छ । प्रहरी देखेपछि भाग्दै लुक्दै गरेका उनलाइ गाउँलेसमेतकाे सहयाेगमा बल्लतल्ल फेला पारेकाे थियाे । उनले बजारमा टहराकाे खम्बातिर खुकुरी हान्दै नचाउदै हिडेका थिए । पिपलचाैकनजिकै एक पसलबाट सावेलसमेत उठाएर खुकुरी र सावेल नचाउदै त्रास फैलाएका थिए । स‌गमटाेल पसेपछि केरा, बाेटविरुवाहरु छ*प्काउदै हिडेका थिए । उनले स‌गमटाेलमा मानिसलाइ समेत आ*क्रमणकाे प्रयास गरेका थिए । तर बजा...

दशैंमा चाेरी राेक्न सुरक्षा कडा

Breaking News 2, Breaking News Video, भिडियो, समाचार
https://youtube.com/shorts/GkbIVVQ0gIc?si=DYOkpyKWnjzXs4p8 पूर्णपुष्टि/उदयपुर, असाेज १२ । दशैंकाे बेला चाेरी बढ्दाे छ । चाेरी राेक्न प्रशासनले सुरक्षा कडा पारेकाे छ । (भिडियाे )

उदयपुरमा दशैंमा मेला/महाेत्सव भएन

Breaking News 2, भिडियो, समाचार
https://youtube.com/shorts/8nxXTtppYX0?si=qxjb2VfO-QdcGAXu पूर्णपुष्टि/उदयपुर, असाेज १२ ।  यस सालकाे दशैंमा उदयपुरमा मेला/महाेत्सव भएन । दशैं रमाईलाेमा विभिन्न संघ/संस्था, समुहहरुले मेला/महाेत्सव आयाेजना गर्ने गरेकाेमा उदयपुरमा नभएकाे हाे । (भिडियाे समाचार)
सार्वजनिक ऋण २७ खर्ब नाघ्यो, प्रतिव्यक्ति ९४ हजार

सार्वजनिक ऋण २७ खर्ब नाघ्यो, प्रतिव्यक्ति ९४ हजार

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज १४ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिव्यक्ति ऋणको भार ९४ हजार ६५ रुपैयाँ पुगेको छ । विगत ३५ वर्षमा सार्वजनिक ऋणमा उल्लेख्य वृद्धि भएको देखिन्छ । २०४७ सालमा प्रतिव्यक्ति सार्वजनिक ऋण मात्र २ हजार ८ सय ४२ रुपैयाँ थियो । त्यसबेला कुल सार्वजनिक ऋण ५१ अर्ब ४७ करोड ४० लाख मात्र थियो । २०८१ चैत मसान्तसम्ममा तिर्नुपर्ने कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड पुगेको थियो । यसमा आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड र बाह्य ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रहेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा हेर्दा भने सार्वजनिक ऋण ४३ दशमलव ९ प्रतिशत रहेको छ । यो २०४७ सालमा ४९ दशमलव ८ प्रतिशत थियो । यसरी ३५ वर्षको अवधिमा जीडीपीको अनुपातमा सार्वजनिक ऋण ६ दशम...
कार्की परिवारद्धारा वडा भरिका बिपन्न घर परिवारलाई रकम सहित खाधान्न सहयोग

कार्की परिवारद्धारा वडा भरिका बिपन्न घर परिवारलाई रकम सहित खाधान्न सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज १४ । नेपालीहरुको माहान चाड वडा दशैंको रौनक यतिबेला घर दलौमा छाएको छ । नयाँ लुगा किन्ने, घरमा सर समान जोड्ने, दशैंकै लागि भनेर खसि बोका किनेर ल्याउने एक किसिमको होड बाजीनै चलेको छ भन्दा फरक नपर्ला तर घरको आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारलाई यो चाडबाड नआइदिए नि हुने भन्ने लाग्छ । ऋणको जोहो गरेर चाडपर्व मनाउने बाध्यता छ । बिहान बेलुकाको एक छाक जोहो गर्न नै गाह्रो छ । यस्तै बेला यस्तो एउटा परिवार छ जसले आफनो वडा भरिका अति विपन्न, अशक्त र आर्थिक अवस्था कमजोर भएका ५२ जना घर परिवारलाई नेपालीहरुको महान चाड बडा दशैको अवसरमा दशैं मनाउन केहि सहयोग पुगोस भन्ने उद्धेश्यले केहि रकम सहित खाधान्न सहयोग गरेका छन् । त्रियुगा नगरपालिका वडा नम्वर ८ साहिखोला निवासी रत्न बहादुर कार्कीको परिवारले सोमवार साहिखोला आधारभुत बिधालयमा एक कार्यक्रमको आयोजना गरि वडा भरिका ५२ जना घर प...