Sunday, July 5News That Matters

Author: पूर्णपुष्टि

त्रियुगाको १६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको समिक्षा

त्रियुगाको १६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको समिक्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको वडा स्तरीय अन्तरक्रिया तथा समिक्षा गरिएको छ । बिहिबार प्रधानमन्त्री कार्यक्रम त्रियुगा नगरपालिकाका संयोजक निशा घले, वडा अध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधिको टोली, वडा सचिव महेश खनाल नेतृत्वको कर्मचारी टोली सँगै स्थानीय र रोजगार कार्यक्रममा सहभागी मजदुरहरु सहितको उपस्थितिमा समिक्षा गरिएको हो । वडामा आर्थिक बर्ष २०८१/०८२ मा भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बिषयमा समिक्षा गरिएको अध्यक्ष मान वहादुर राईले जनाए । यस बर्ष उक्त वडामा ४ ओटा प्रधानमन्त्री कार्यक्रम सम्पन्न भएको छ । वडा सचिव महेश खनालका अनुसार अम्वोके डिहिटार कृषि सडक, बरुवा अक्तर सिम्ले कृषि सडक, धौरी कृषि सडक र काभ्रै सिरुवानी सडक सहित ४ ओटा सडकहरुको स्तरउन्नती र नयाँ ट्«याक खोल्ने काम भएको सचिव खनालले जनाए । कामहरु सबै सकरा...
उदयपुरको कटारीमा खयर तस्करी, पक्राउ पूर्जी जारी भएपछि तस्करहरू फरार

उदयपुरको कटारीमा खयर तस्करी, पक्राउ पूर्जी जारी भएपछि तस्करहरू फरार

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ३० । उदयपुरको कटारी नगरपालिका–१० स्थित पाल्सीङ्ग क्षेत्रमा खयरका रुखहरू अवैध रूपमा काटेर व्यापक तस्करी भएको खुलासा भएको छ । घना वन रहेको उक्त क्षेत्रमा अहिले खयरका ठुट्टाहरू मात्र देखिने गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार तस्करीमा स्थानीयसहित २४ जनाभन्दा बढी व्यक्ति संलग्न रहेको अनुमान गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीमा स्थानीय गणेशबहादुर राउतले तीन जनाविरुद्ध उजुरी दर्ता गराएका छन् । उजुरीमा निरज थापा, काजीबहादुर राउत र रामकृष्ण राउतको नाम उल्लेख छ । तस्करीका मुख्य व्यक्ति भीम मगर भएको उजुरीकर्ता गणेशबहादुर राउतले दाबी गरेका छन्। खयर ढुवानीमा बा२०च ७२६१ नम्बरको गाडी प्रयोग भएको भनिएको छ । उजुरीमा कुनै पनि निकायबाट स्वीकृत नलिई अबैधानिक तथा गैह्र कानुनी किसिमले खयरका रुख काटेर तस्करी गरिएको बताइएको छ । त्यस्तै के कति खयर त्यसरी काटिएको हो, स्थलगत हेरी तस्कर...
कफि खेतीका लागि कृषकलाई हिलटेक, जाली र टनेल

कफि खेतीका लागि कृषकलाई हिलटेक, जाली र टनेल

Breaking News 1, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १६ ले कफि खेती कृषकलाई हिलटेक वितरण गरेको छ । कफि खेती प्रवद्र्धनको लागि आर्थिक बर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम अन्तर्गत कृषकलाई ३ थान हिलटेक वितरण गरिएको वडा सचिव महेश खनालले जनाए । खनालका अनुसार २ हजार लिटर बरावरको ३ हिलटेक, ३ थान टनेल र ३ थान नेट जाली प्रदान गरिएको हो ।  ...
चौदण्डीगढीमा संञ्चालित दुईदिने विकास पत्रकारिता तलिमको समापन

चौदण्डीगढीमा संञ्चालित दुईदिने विकास पत्रकारिता तलिमको समापन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २९ जेष्ठ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा संञ्चालित दुई दिने विकास पत्रकारिता एंव अभिमुखीकरण तालिमको समापन भएको छ । चौदण्डीगढीको सभाहलमा बिहिबारबाट सुरु भएको तालिमको समापन शुक्रबार गरिएको हो । तालिममा चौदण्डीगढीका नव पत्रकारहरु सहभागी थिए । पत्रकारिताको फिल्डमा उदाउँदै गरेका र पत्रकारितामा भविष्य खोज्नेहरुले तालिममा सहभागी जनाएका थिए । इन्द्रवती संञ्चार प्रा.लि को आयोजना तथा चौदण्डीगढी नगरपालिकाको सहयोगमा तालिम संञ्चालन भएको थियो । तालिमको उद्घाटन नगर प्रमुख कालुमान लामाले गरेका थिए भने समापन पनि लामाकै उपस्थितिमा गरिएको थियो । तालिमको अन्तिम दिनको आधा घण्टाको समय पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सहभागी गराईएको थियो । मिडिया र सोसल मिडियाकोमा फरक रहेको भन्दै यस विषयमा कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत सचेत गराईएको थियो । पछिल्लो समय मिडिया तथा पत्रकारहरु भन्दा...
गाईघाटका सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा

गाईघाटका सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २९ । उदयपुरको सदरमुकाम गाईघाटका सम्पूर्ण सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर शन्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् । सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी तथा हिराका गरगहनाको ब्याबसायमा लगाएको बिलासीता करको बिरुद्धमा सुनब्याबसायीहरु बिहिबार देखी आन्दोलनमा उत्रिएका हुन् । सुनमा लगाईएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारीको लागी प्रष्ट निति नियमावली निर्माण गर्नुपर्ने माग सहित व्यवसायीहरुले आन्दोलन गरेका हुन् । उदयपुर सुनचाँदी व्यवसायी संघको नेतृत्वमा गाईघाटस्थित पिपल चोकबाट नारा सहित निस्किएको व्यवसायीहरुको र्याली बि.पि. चोक, मेनचोक, जिल्ला अस्पताल हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल मार्फत प्रधानमन्त्री...
गाईघाटमा ४५ दिने गार्मेन्ट तालिम समापन

गाईघाटमा ४५ दिने गार्मेन्ट तालिम समापन

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ । उदयपुरमा संञ्चालन भैरहेको ४५ दिने गार्मेन्ट तालिमको बुधबार समापन भएको छ । गाईघाट स्थित ४५ दिने गार्मेन्टमा आधारित सिलाई कटाई तालिम सम्पन्न भएको हो । घरेलु तथा साना उद्योग कार्यालय कोशी प्रदेशको आयोजना, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुर र नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको समन्वयमा बैशाख १५ गतेबाट संचालित गार्मेन्टामा आधारित सिलाई कटाई तालिम बुधबार सम्पन्न भएको हो । उद्यमशील संस्कृति राष्ट्रको समृद्धि भन्ने मुल नाराका साथ संचालित ४५ दिने तालिममा सहभागी १० महिलाहरुलाई प्रशिक्षक शेर बहादुर शिवाकोटीले गार्मेन्टमा आधारित सिलाई कटाई सम्बन्धि तालिम प्रशिक्षण दिएका थिए । बुधबार सम्पन्न तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गिता देवी रेग्मीले प्रमाण पत्र हस्ताण्तरण गरेका हुन् । समापन समारोहमा घरेलु तथा साना उद्योग...
बेलकामा साकेला उभौलीको भव्य समापन

बेलकामा साकेला उभौलीको भव्य समापन

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २८ जेष्ठ । उदयपुरको बेलका नगरपालिकामा साकेला उभौलीको भव्य समापन गरिएको छ । बुधबार बेलका नगरपालिका वडा नं ६ को किरात चोक साकेला पार्क स्थित साकेला नाचगान र औपचारिक कार्यक्रमका बिच साकेला उभौली समापन भएको हो । किरात समुदायहरुको महान चाँड साकेला यो बर्षको लागि धमाधम समापन हुँदैछ । प्रज्ञा प्रतिष्ठानको कुलपति भुपाल राईको प्रमुख आथित्यतामा साकेला समापन गरिएको छ । किरात राई यायोख्खा बेलका नगर समितिको आयोजना तथा वडा कार्यसमिति ३ र ६ को सह आयोजनामा साकेला सिल्ली नाचगान सँगै यलेदोङ ५०८५ को शुभकामना आदान प्रदान सहित कार्यक्रम समापन गरिएको हो । साकेलामा पालिका भरी रहेका सबै वडामा वसोवास गर्ने किरात समुदायहरुले सहभागी जनाएका थिए ।...
गर्मीका कारण त्रियुगाका विद्यालयहरु २ दिन बन्द गरिने

गर्मीका कारण त्रियुगाका विद्यालयहरु २ दिन बन्द गरिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ । उदयपुरको त्रियुगा नगरपालिका भित्रका सबै विद्यालयहरु गर्मीका कारण २ दिन बन्द गरिने भएको छ । त्रियुगा नगरपालिकाले बुधबार एक सुचना जारी गर्दै बिहिबार र शुक्रबार सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो । सुचनामा भनिएको छ ‘गर्मीको कारण बिध्यार्थिहरुको पठनपाठन लगायत गतिविधिमा कठिनाइ भएको तथा उनिहरुको स्वास्थ जोखिमलाई मध्य नजर गर्दै नगरपालिका क्षेत्रका सबै बिध्यालयको पठनपाठन दुई दिनकोलागि बन्द गर्न÷गराउन जानकारी गराईन्छ । गर्मीका कारण दिईएको बिदा पछी बिध्यालयको बर्खे बिदाबाट कट्टा गरिने सुचनामा उल्लेख छ ।...
उदयपुरमा गर्मीका कारण एकको मृत्यु

उदयपुरमा गर्मीका कारण एकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरमा अत्याधिक गर्मीका कारण बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिदिको घरमा बस्दै आएका खोटाङका ४५ बर्षीय बिर्ख बहादुर सार्की रहेको वडा अध्यक्ष घमान सिंह खत्रीले जानकारी दिए । वडा अध्यक्ष खत्रीका अनुसार बुधबार खैजनपुरको भित्री सडकमा हिड्दा हिड्दै गर्मीले लडेका सार्कीको तत्काल लै मृत्यु भएको हो । धेरै बर्ष देखी दिदिको घरमा बस्दै आएको सार्कीलाई कुनै रोग नरहेको र घटना स्थलमा खटिएको प्रहरी टोलीले शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याउने तयारी गरिरहेको अध्यक्ष खत्रीले जनाए । केही दिन देखि गर्मी बढे संगै अहिले देशैभर जनजीवन प्रभावित बनेको छ । मंगलबार तापक्रम ४० डिग्री रहेकोमा आज ३८ डिग्री तापक्रम रहेको छ ।...
उदयपुरमा गर्मीका कारण एकको मृत्यु

उदयपुरमा गर्मीका कारण एकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरमा अत्याधिक गर्मीका कारण बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिदिको घरमा बस्दै आएका खोटाङका ४५ बर्षीय बिर्ख बहादुर सार्की रहेको वडा अध्यक्ष घमान सिंह खत्रीले जानकारी दिए । वडा अध्यक्ष खत्रीका अनुसार बुधबार खैजनपुरको भित्री सडकमा हिड्दा हिड्दै गर्मीले लडेका सार्कीको तत्काल लै मृत्यु भएको हो । धेरै बर्ष देखी दिदिको घरमा बस्दै आएको सार्कीलाई कुनै रोग नरहेको र घटना स्थलमा खटिएको प्रहरी टोलीले शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याउने तयारी गरिरहेको अध्यक्ष खत्रीले जनाए । केही दिन देखि गर्मी बढे संगै अहिले देशैभर जनजीवन प्रभावित बनेको छ । मंगलबार तापक्रम ४० डिग्री रहेकोमा आज ३८ डिग्री तापक्रम रहेको छ ।...