Monday, August 24News That Matters

Author: पूर्णपुष्टि खबर

शनिवारदेखी उदयपुरगढीमा “घरघरमा माओवादी जनजनमा माओवादी” अभियान

शनिवारदेखी उदयपुरगढीमा “घरघरमा माओवादी जनजनमा माओवादी” अभियान

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ भदौ । माओवादी केन्द्रले संञ्चालनमा ल्याएको “घरघरमा माओवादी जनजनमा माओवादी” उदयपुरको बिभिन्न पालिकामा संञ्चालन भैरहेको छ । उदयपुरमा गाईघाटबाट सुरु भएको उक्त अभियान आठओटै पालिकामा संञ्चालन हुने भएको छ । यसै सन्दर्भमा भोल (शनिवार) देखी भने उदयपुरगढीमा उक्त कार्यक्रम संञ्चालन हुने भएको छ । ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन कार्यक्रम अन्तर्गत घरघरमा माओवादी जनजनमा माओवादी अभियान पार्टीले संञ्चालन गरेको हो । पार्टी केन्द्रीय सदस्य तथा अभियानका उदयपुरगढी इन्चार्ज युक्सामहाङ मेन्याङबोका अनुसार अभियान शनिवार उद्घाटन गर्ने जनाए । अभियानको क्रममा भोली देशैभर एकै साथ प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले आम जनता र कार्यकर्ताहरुलाई सम्बोधन गर्ने समेत जनाए । इन्चार्ज मेन्याङबोका अनुसार गढीमा चरणबद्ध रुपमा कार्यक्रमहरु गर्ने योजनाहरु त्यार ...
उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १५ । उदयपुरमा जवरजस्ती करणी मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–३ किराँतचोक बस्ने १८ बर्षीय परिवर्तित नाम १४–४–१७ च रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जवरजस्ती करणी मुद्धामा फरार रहेको प्रतिवादीलाई गोप्य सुचनाको आधारमा बुधबार साझँ ५:५० बजे ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी नायव निरिक्षकको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिन्नदन चौधरीले जानकारी दिए । जिल्ला अदालतले २०७८।१०।११ गते १२ बर्ष ५ महिना १० दिन कैद सजाय फैसला गरेतापनि फरार रहेका प्रतिवादीलाई गाउँ घरमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरमा ल्याई फैसला कार्यन्वयनको लागि जिल्ला अदालतब...
प्रथम एलेभेन स्टार च्यालेन्ज कपको उपाधी साउनेलाई (फोटि सहित)

प्रथम एलेभेन स्टार च्यालेन्ज कपको उपाधी साउनेलाई (फोटि सहित)

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,भद्र १४ । उदयपुरको गाईघाटमा आयोजित प्रथम एलेभेन स्टार च्यालेन्ज कप “9A” साइज खुल्ला फुटबल प्रतियोगिताको उपाधी साउने फुटबल क्लवले हात पारेको छ । एलेभेन फुटबल कप बोक्सेको आयोजनामा बोक्से पानिटेन्की स्थित बरघाट्टा खेल मैदानमा भएको अन्तिम फाईनल खेलमा आयोजक टिमलाई १ को विरुद्ध २ गोल अन्तरले पराजित गर्दै साउने फुटबल क्लवले उपाधी हात पारेको हो । उपाधी सँगै साउनेले नगद रु ३० हजार सहित ट्रफि प्रमाण पत्र हात पारेका छन् । फाईनल खेलमा सम्मानजनक हार व्यहोरेका आयोजक उपबिजेतामा सिमित रहँदै नदर १५ हजार र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएका हुन् । प्रतियोगिताको फाईन खेलमा बर्षाका कारण प्रतियोगिता सञ्चान हुन नसक्दा सेहि समय चिन्ता जनक स्थिति भए संगै केहि समय खेल स्थगित गरिएको थियो । हावा हुरीसँगै आएको वर्षाले गर्दा खेल अवरुद्ध गर्दा फाइनले खेल हेर्ने दर्शकहरुको भने निक्कै बाक्लो उपस्थिति ...
कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयमा न्युन शुल्कमै ईन्जिनीयरिङ पठनपाठन

कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयमा न्युन शुल्कमै ईन्जिनीयरिङ पठनपाठन

Breaking News 1, शिक्षा
पूर्णपुष्टि, १४ भदौ । कोशी प्रदेशमा रहेको मनमोहन प्राविधिक विश्वविद्यँलयको बारेमा धेरै विद्यार्थीहरु बेखबर हुन सक्छ । देशैकै पहिलो प्राविधिक विश्वविद्यालयको रुपमा स्थानपना भएको यस विद्यालय प्रचारप्रसारको कमी हुँदा पनि बेखबर भएको अनुमान लगाउन सकिन्छ । २०७६ सालदेखी पठनपाठन सुरु भएको यस विश्वविद्यालयलाई कोशी प्रदेश सरकारले लगानी गरेको छ । झण्डै ३ अर्ब लगानी रहेको उक्त विद्यालय प्रदेशको मात्र नभई देशकै उत्कृष्ट प्राविधिक विश्वविद्यालयको रुपमा व्यवस्थापन गरिएका छ । विद्यालयका डिन प्रा.डा प्रचण्ड मान प्रधानका अनुसार काठमाण्डौँ पोखरा लगायतका विद्यार्थीहरु मनमोहन विश्वविद्यालयमा अध्यान गर्न आईरहँदा प्रदेशवासीहरु भने बेखवर रहेको जनाए । स्नातक तहको विद्यार्थी अभियानको अन्तरक्रिया तथा प्रचारप्रसारको क्रममा उदयपुर आएका प्रधानले प्रदेशवासीहरुको लागि यो निकै उत्कष्ट र सुविधामुलक विद्यालयको रुपमा रह...
उदयपुरमा एक युवक मृत फेला

उदयपुरमा एक युवक मृत फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १४ । उदयपुरमा एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा कटारी नगरपालिका–८ ढापडाँडाका १८ बर्षीय प्रदिप वलाम्पाकी मगर रहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कटारी नगरपालिका–४ जहडीमा रहेको मनकामना होटलमा ८ महिनादेखी काम गर्दै आएको मगर बुधबार दिउँसो होटलको भान्सा कोठामा मृत भेटिएको कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन कार्कीले जानकारी दिए । होटलका संचालक अम्बरबहादुर श्रेष्ठले दिउँसो भान्सामा एक्कासी ढलेको पाईएको भन्दै मगरलाई कटारी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषीत गरेको डिएसपी कार्कीले बताए । अनुसन्धाको क्रममा करेन्ट लागेर मृत्यु भएको जस्तो आशंका गर्न सकिने भएपनि पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धान नगरी भन्न सक्ने अवस्था नरहेको डिएसपी कार्कीले बताए । घटनास्थलमा विजुलीको तारहरु जोड्दा करेन्ट लागेको जस्तो देखिएपनि थप अनुसन्धानपछी मात्र कारण पत...
उदयपुर प्रबासी सेवा समाज कतारको सातौ साधारण सभा हुँदै

उदयपुर प्रबासी सेवा समाज कतारको सातौ साधारण सभा हुँदै

समाचार
उदयपुर पूर्णपुष्टि,भाद्र १४ । उदयपुर प्रवासी सेवा समाज दोहा कतारको सातौ साधारण सभा आगामी सेप्टेम्बर ८ तारिख शुक्रबार गरिने भएको छ । प्रवासी सेवा समाजको समितिले गत जुलाइ १४ तारिखमा वैठक राखी उक्त निर्णय गरेको हो । “एतिहासिक सम्पदा शान्त सुन्दर,हामि सबै मिलि अनाओं उदयपुर” भन्ने मुल नाराका साथ यस उदयपुर प्रवासी सेवा समाज दोहा कतारले बिगतको वर्षहरुमा बिभिन्न सामाजिक कार्यहरुमा सामाजिक दायित्व निभाउँदै आएको छ । मुलुकका श्रमको मुल्य मान्यता नभएकाले रोजीरोटीका लागि कतार आएका उदयपुर जिल्ला निवासी नेपालीहरुलाई भैपरी आएको खण्डमा आर्थिक,भौतिक र सामाजिक कार्यमा उक्त समाजले अब्वल भुमिका खेल्दै आएको छ । उदयपुर प्रवासी सेवा समाज, कतारका सचिब संजीप कटुवालले यक सामाजिक कार्यलाई निरन्तरता दिलाउँनको लागि ७औँ साधारण सभा गर्न लागेको बताए । उनका अनुसार सेप्टेम्बर ८ तारिख शुक्रबार ग्रीन रेष्टुरेन्ट (सफ...
गाईघाटमा माईतीहरुलाई राखी किन्न व्यस्त चेलीहरु (फोटोफिचर)

गाईघाटमा माईतीहरुलाई राखी किन्न व्यस्त चेलीहरु (फोटोफिचर)

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ भदौ । भोली (बिहिवार) राखीबन्धन पर्व मनाईदैँछ । माईतीहरुलाई चेलीहरुले राखी बाँधेर मिठो मिठो खानेकुरा दिने र एकअर्काबीच आशिर्वाद प्रदान गर्ने चलन छ यो पर्वमा । बिषेशगरी मधेशी समुदायमा प्रचलित यो पर्व आजभोली भने सबै समुदायहरुले मनाउन थालेको छ । यसै पर्वका लागि बुधबार गाईघाट बजार भिँडभाँड देखिए । फलफुल र राखी डोरी किन्नेको बजारमा घुँईचो छ ।...
पूर्व वडाअध्यक्ष फत्तबहादुर ठकुरी पुरानै घर फर्किए

पूर्व वडाअध्यक्ष फत्तबहादुर ठकुरी पुरानै घर फर्किए

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ १३ । ताप्लीका स्थानीय नेता तथा पूर्व वडाअध्यक्ष फत्तबहादुर ठकुरी माओवादी केन्द्रमै फर्किएको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत ठकुरी माओवादीमै फर्किएको हो । घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका सहित सञ्चालनमा रहेको अभिमुखीकरण कार्यक्रममा ठकुरी माओवादीमै पुनर्मिलन भएको बताईएको छ । ठकुरी केही समय अघि समाजवादी पार्टीमा गएका थिए । पछिल्लो अभियानको क्रममा उनि माओवादीमै समाहित भएको पार्टीका जिल्ला संयोजक विनोदकुमार कटुवालले जानकारी दिए ।...
गाईघाटका नयाँ कर अधिकृत राम राईलाई त्रिउवा संघको भव्य स्वागत

गाईघाटका नयाँ कर अधिकृत राम राईलाई त्रिउवा संघको भव्य स्वागत

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ भदौ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले नयाँ कर अधिकृत राम राईलाई भव्य स्वागत गरेको छ । बुधबार संघको कार्यालयमा करदाता सेवा कार्यालय गाईघाट उदयपुरमा नियुक्त राईलाई खादा ओडाएर भव्य स्वागत गरेको हो । राई साउन ७ गतेबाट गाईघाट कर कार्यालयमा सेवा सुरु गरेका थिए । संघका अध्यक्ष रमेश रसाईलीले कर कार्यालयको तार्गेट पुराउन व्यवसायीहरुको ठुलो हात रहेको जनाए । रसाईलीले कर कार्यालय र व्यवसायीहरु एकआपसको परिपुरक रहेको जनाए । अझै पनि कतिपय व्यवसायीहरु करको दायरा बिनै व्यवसाय संञ्चालन गरिरहेको जनाए । त्यस्ता व्यवसायहरुलाई कर कार्यालयले करको दायरामा ल्याएर मर्यादित व्यवसाय बनाउन जनाए । यस्तै कर अधिकृत राम राईले व्यवसायीहरु सँग एक ढिक्का भएर काम गर्ने जनाए । राईले बेलाबेला व्यवसायहरु सँग कर शिक्षा सम्बन्धि कार्यक्रमहरु समेत संञ्चालन गर्ने प्रतिवद्ध जनाएको छ ।...
उदयपुरमा एक महिला बलत्कृत

उदयपुरमा एक महिला बलत्कृत

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १३ । उदयपुरमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा युवकलाई पहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरापलिका–१ बेलसोत बस्ने २५ बर्षीय जय बहादुर खपाङ्गी मगर रहेको प्रहरीले जनाएको छ । ५८ वर्षीया महिलामाथि आईतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा मगरलाई सोमबार दिउँसो पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । पक्राउ परेका युवकको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...