Wednesday, August 26News That Matters

Author: पूर्णपुष्टि खबर

कप्तान रोहितको अर्धशतक, भारत ‘ए’ टिमलाई १६८ रनको लक्ष्य

कप्तान रोहितको अर्धशतक, भारत ‘ए’ टिमलाई १६८ रनको लक्ष्य

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’ लाई १६८ रनको लक्ष्य दिएको छ । कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको हो । कमजोर ब्याटिङ गरेको नेपालका लागी कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । १० ओभरमा ३७ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि रोहितले सोमपाल कामीसँग छैटौं विकेटका लागि ५३ रन र गुल्सन झासँग सातौं विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । चौथो नम्बरमा ब्याटिङ गरेका कप्तान रोहितले सार्वाधिक ६५ रनको योगदान गरे । गुल्सन झाले ३८ रन बनाए भने सोमपालले १४ रन बनाए । देव खनालले १५ रन बनाए । त्यस्तै नेपालका ओपनर कुशल भुर्तेल दोस्रो बलमै रन बिहिन हुँदै आउट भएका थिए भने आसिफले ७ रन बनाए । पवन सर्राफले ६ रन बनाए भने भीम सार्कीले ४ रन बनाए । कुशल मल्ल पनि रन बिहिन आउट भए...
उदयपुर अदालतमा जरिवाना रकम झण्डै २२ करोड

उदयपुर अदालतमा जरिवाना रकम झण्डै २२ करोड

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १ । जिल्ला अदालत उदयपुरले एक आर्थिक वर्षमा १ हजार २२६ मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक वर्ष ०७९÷०८० मा जम्मा २ हजार ३४ मुद्दा मध्ये ६० दशमलब २७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो । तीनजना न्यायाधीससहित ५० जना कर्मचारीको कार्यसम्पादनबाट उक्त संख्याको मुद्दा फछ्र्यौट भएको हो ।८०८ मुद्दा पछ्र्यौट बाँकी रहेको अदालतले जनाएको छ । मुद्दाको प्रकृति हेर्दा देवानीतर्फ १ हजार ३०१ मध्ये १३ वटा फछ्र्यौट भएका छन् । दोस्रोमा सरकारवादी फौजदारी ४१९ मध्ये २५६ वटा मुद्दा मछ्यौट भएका छन् । दुनियावादी फौजदारी २७० मध्ये १२ मुद्दा फछ्यौट भएका छन् । २१ वटा रिट मध्ये १० वटा र पुनरावेदन २३ मध्ये १९ वटा फछ्र्यौट भएका छन् । उक्त आर्थिक वर्षमा विषयगत विवरण हेर्दा सम्बन्ध विच्छेद सबैबन्दा बढि छ । ४५५ मुद्दा मध्ये ३३६ वटा फछ्र्यौट भई ११९ वटा बाँकी रहेका छन् । जबरजस्ती करणी र लागुऔषध बराबरी ६० वटा रहेक...
प्रअलाई भ्रष्टाचारको आरोप

प्रअलाई भ्रष्टाचारको आरोप

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन १ । उदयपुरकाे ताप्ली गाउँपालिका –४ स्थित आधारभुत विद्यालय थुम्की पिपलबजारका प्रधानाध्यापक एकराज पोखरेलले शैक्षिक सामग्रीमा भ्रष्टाचार गरेको आरोप लागेको छ । कम मूल्यका सामानलाई बढि बील देखाई उनले दुईलाख बढि भ्रष्टाचार गरेको आरोप छ । उनले विद्यालयका लागि खरिद गरिएका शैक्षिक सामग्री तथा फर्निचर लगायतमा भ्रष्टाचार गरेको अभिभावकहरुको आरोप छ । प्रअ पोखरेलले आफुखुसी गाउँपालिकाबाट विनियोजित पाँच लाख बजेटको सामान खरिद गरेका थिए । प्रअ पोखरेलका अनुसार दमक पुगेर सामान गरिद गरिएको थियो । उनले खरिद गरेका सामान कम मुल्यको भएपनि बील उच्च मूल्याको ल्याएको जनाइएको छ । अधिकांश सामानमा हिन्दी भाषा लेखिएका छन् । भारतका लागि बनाइएका सामान कम मुल्यमा खरिद गरि ल्याएको प्रष्ट छ । प्रअ पोखरेलले यस विषयलाई आफ्नाे कमजोरीको रुपमा स्विकारेका छन् । केही सामान फिर्ता गरेको र तिरिएको बढि पैसा फिर्ता...
१५६ जना श्रमिकलाई विना कारण अध्यागमनले फर्काएको भन्दै वैदेशिक रोजगार विभाग असन्तुष्ट

१५६ जना श्रमिकलाई विना कारण अध्यागमनले फर्काएको भन्दै वैदेशिक रोजगार विभाग असन्तुष्ट

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १ । कुवेत र जोर्डन जान लागेका १५६ जना श्रमिकलाई विना कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमनले फर्काएको भन्दै वैदेशिक रोजगार विभागले असन्तुष्टि जनाएको छ । बैदेशिक रोजगार विभागले आईतबार निकालेको प्रेस विज्ञप्तीमा श्रम स्वीकृती लिई कामको लागी जोर्डन र कुवेत जान लागेका श्रमिकहरुले पेश गरेको कागजात शंकास्पद भनी प्रस्थान अनुमती नदिएको सम्बन्धमा वैदेशिक रोजगार विभागको गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । विभागका निर्देशक गुरुदत्त सुवेदीले जारी गरेको विज्ञप्तीमा विभागबाट एकै प्रकृतीका कागजातका आधारमा एउटै लटमा श्रम स्विकृती लिई प्रस्थानको लागी एयरपोर्ट पुगेका व्यक्तिहरु मध्ये कसैलाई प्रस्थानको लागी अनुमति दिएको र कसैलाई नदिएको तथ्य देखिएको भन्दै विना आधार श्रमिकलाई अध्यागमनले फिर्ता पठाउनु मानसिव रहेको बताईएको छ । संस्थागत श्रम स्विकृत लिई श्रमिकहरुलाई गलत स्था...
बैकिङ कसुरमा पूर्व भूमिव्यवस्था मन्त्री विजयबहादुर यादव पक्राउ

बैकिङ कसुरमा पूर्व भूमिव्यवस्था मन्त्री विजयबहादुर यादव पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १ । लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । नेकपा एमालेका नेता यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनिमाथि रकम नभएको खाताको १२ लाख २८ हजार रुपैँयाको चेक काटेर दिएको आरोप छ । यादवले गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई बैंक अफ काठमाडौंको उक्त चेक दिएका थिए । सो चेक भजाउन जाँदा खातामा रकम नभएको पाईएपछि यादवविरुद्ध बैंकिङ कसुर मुद्धा परेको थियो । जसपाबाट २०७४ सालमा बाँकेको क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा निर्वाचनमा निर्वाचित भएका यादव पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएर भूमि व्यवस्था तथा सहकारीमन्त्री बनेका थिए । पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएका यादवलाई जसपाले कारर्बाही गरे...
दर्शक कुट्ने आर्मीका खेलाडी भट्टलाई कार्वाही

दर्शक कुट्ने आर्मीका खेलाडी भट्टलाई कार्वाही

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ साउन । दर्शक कुट्ने भलिवल खेलाडी धनबहादुर भट्टलाई भलिबल संघले कार्वाही गरेको छ । नेपाली सेनामा कार्यरत भट्ट आठ वर्षयता राष्ट्रिय टिमका ओपन स्पाइकर समेत हुन् । राष्ट्रिय टिमका सम्भावित कप्तानका रूपमा हेरिएका खेलाडीले दर्शकलाई प्यारापिटमै उक्लिएर मुक्का हानेको भिडियो सामाजिक सन्जालमा आएको छ, खेलवृत्तमै बहसको विषय बनेको छ । कभर्डहलमा गत सोमबार गण्डकीविरुद्ध ३–० को जित हात पारेको थियो । त्यसको तेस्रो सेटमा आर्मी २३–२४ को स्थितिमा चेकआउट हुँदा आर्मीलाई अंक दिएको भन्दै गण्डकीका खेलाडीहरू अम्पायरसँग गुनासो गर्न पुगेका थिए । दर्शकले पनि आर्मीविरुद्ध आक्रोश पोख्न थाले । आर्मी टिम भएको कोर्टतिर पानीको बोतल हाने । आर्मीका खेलाडीहरू भीआईपी प्यारापिट नजिकै रहेका गण्डकीका समर्थकतिर खनिए । औंला तेर्स्याउँदै गालीगलौज गर्दै झम्टिन थाले । धनबहादुरले बार नाघ्दै प्यारापिटको माथिल्लो क्षेत...
आजदेखि आयकरसहितका नयाँ कर कार्यान्वयन

आजदेखि आयकरसहितका नयाँ कर कार्यान्वयन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ साउन । आर्थिक वर्ष २०८०८१ आजबाट सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । यसअघि वाषिर्क २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो । सरकारले पहिलोपटक सुरु गरेको विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ । सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लगाएको छ । साथै सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ । सरकारले आयातित मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गह...
आज साउने संक्रान्ति

आज साउने संक्रान्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ साउन । आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपालीहरु असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअन...
राष्ट्रिय भलिबल टिमका कप्तान थापा निलम्बित

राष्ट्रिय भलिबल टिमका कप्तान थापा निलम्बित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ३१ । नेपाली राष्ट्रिय भलिबल टिमको कप्तान हरिहजुर थापा निलम्बनमा परेका छन् । गत सोमबार सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगको खेलमा आर्मीबाट खेलेका थापाले कप्तानको भुमिका राम्रोसँग पुरा नगरको र कर्तव्यबाट विमुख भएको भन्दै नेपाल भलिबल संघले निलम्बन गरेको हो । दशरथ रंगशालास्थित कभर्ड हलमा आर्मी र गण्डकीबिच भएको उक्त खेलमा आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात संघका महासचिव तथा प्रतियोगिता संयोजक समेत रहेका रोशन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले दिएको सिफारिसको आधारमा संघले उनलाई कप्तानबाट हटाएको हो । छानविन समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए । थापामा राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न सक्ने क्षमता नपाएको कारण पदबाट निलम्बन गरिएको मह...
सोमवारदेखी अत्याधिक बर्षाको सम्भावना

सोमवारदेखी अत्याधिक बर्षाको सम्भावना

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३१ असार । हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक९दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मकरूपमा आगामी सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि आजबाट केही मात्रामा कम वर्षा भएको छ । आज राति पनि भारी वर्षाको सम्भावना छैन । “मनसुन आज र भोलिलाई सामान्य छ । शनिबार र आइतबारको तुलनामा सोमबार र मङ्गलबार बढी वर्षा हुने सम्भावना छ । भोलि दिउँसोका लागि विगतको तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ”, उनले भने । उनको भनाइमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा ...