Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि खबर

सौर्य विमान दुर्घटना : क्षतिपूर्तिको आश्वासनपछि शव बुझ्दै परिवार

सौर्य विमान दुर्घटना : क्षतिपूर्तिको आश्वासनपछि शव बुझ्दै परिवार

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूका शव परिवारजनले बुझ्न थालेका छन्। बुधबार पोखराका लागि उडेको विमान विमानस्थलमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। शुरुमा बिमा र क्षतिपूर्ति रकम निर्धारण नभएसम्म शव नबुझ्ने अडान राखेका परिवारजन सौर्य एयरलाइन्सले उचित क्षतिपूर्ति र सहयोगको आश्वासन दिएपछि शव बुझ्न सहमत भएका हुन्। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका छन्। तर विदेशी नागरिकको शव बुझाउन प्रक्रियागत कारणले केही दिन लाग्ने बताइएको छ। केही परिवारजन विदेशबाट आउनुपर्ने भएकोले पनि शव बुझाउन ढिलाइ भएको अस्पताल प्रशासनले जनाएको छ। सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले मृतकका परिवारजनलाई समवेदना व्यक्त गर्दै कम्पनीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि...
सौर्य एयर दुर्घटना : ५ वटा शव परिवारले बुझे, क्षतिपूर्तिको अन्योलमा १३ शव अझै अस्पतालमा

सौर्य एयर दुर्घटना : ५ वटा शव परिवारले बुझे, क्षतिपूर्तिको अन्योलमा १३ शव अझै अस्पतालमा

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ११ । बुधबार काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनामध्ये १३ जनाको शव अझै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको छ। सरकार र एयरलाइन्स कम्पनीले क्षतिपूर्ति र बीमा सम्बन्धी विषयमा स्पष्ट निर्णय नगरेकाले मृतकका अधिकांश परिवारहरूले शव बुझ्न अस्वीकार गरेका छन्। महाराजगंज प्रहरी वृत्तका डीएसपी अमर थापाका अनुसार शुक्रबारसम्म पाँच वटा शव मात्र परिवारले बुझेका छन्। उद्धव पुरी, अस्मिन निरौला, श्याम विन्दुकार, सुशान्त कटुवाल र राजाराम आचार्यको शव आफन्तले बुझेर अन्त्येष्टिका लागि लगेको डिएसपी थापाले बताए। केही मृतकका परिवारले आरोप लगाएका छन् कि उनीहरूलाई जबरजस्ती शव बुझेको कागजमा हस्ताक्षर गर्न लगाइएको छ। बुधबार बिहान ११स्११ बजे त्रिभुवन विमानस्थलमा भएको यस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो। मृतकका परिवारहरूले क्षतिपूर्ति र बीमा सम्बन्ध...
कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ११ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट औपचारिक रूपमा बाहिरिएको छ। शुक्रबार पार्टीका तीन मन्त्री र एक राज्यमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएपछि माओवादी केन्द्र बाहिरिएको हो । माओवादी केन्द्रका तर्फबाट गणेश उप्रेती (भौतिक पूर्वाधार), राजेन्द्र कार्की (स्वास्थ्य), नारायण बुर्जामगर (पर्यटन, वन तथा वातावरण) मन्त्री र बन्दना झागड (वन, पर्यटन तथा वातावरण राज्यमन्त्री) ले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपनि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाहेसम्म सरकारमा बसेका बताएका छन्। तर मुख्यमन्त्रीले सहमतिको सरकार बनाउन नसक्ने बताएपछि सरकार छाड्ने निर्णय गरिएको उनले जानकारी दिए। आङ्बोले सरकार छाडेपनि प्रतिपक्षमा बसेर जनताको आवाज उठाउने प्रतिबद्धता जनाए। उनले समर्थन फिर्ताको विषयमा भने संसद स...
सौर्य विमान दुर्घटना : मृतकका आफन्तद्वारा क्षतिपूर्ति स्पष्ट नभएसम्म शव बुझ्न अस्वीकार

सौर्य विमान दुर्घटना : मृतकका आफन्तद्वारा क्षतिपूर्ति स्पष्ट नभएसम्म शव बुझ्न अस्वीकार

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ११ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाका आफन्तहरूले शव बुझ्न अस्वीकार गरेका छन्। बुधबार भएको यस दुर्घटनापछि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले सबै मृतकहरूको शव पहिचान र पोष्टमार्टम गरिसकेको छ। मृतकका आफन्तहरूले बीमा रकम, क्षतिपूर्ति, मृतकका सन्तानको शिक्षा र आश्रित परिवारको रोजगारी लगायतका विषयमा सरकार र विमान कम्पनीले स्पष्ट जानकारी नदिएसम्म शव नबुझ्ने अडान लिएका छन्। मृतक एक यात्रुका आफन्त राजकुमार पञ्जियारले भने, ‘अस्पतालले हामीलाई शव हेर्न र लैजान दिने बताएको छ, तर हामी बीमा रकम र क्षतिपूर्तिका विषयमा स्पष्ट जानकारी चाहन्छौं।’ अर्का एक आफन्तले सरकार र विमान कम्पनीका प्रतिनिधिहरू अहिलेसम्म नआएको गुनासो गरे। उनले भने, ‘अस्पतालले आफ्नो काम गरेको छ, तर सरकार र विमान कम्पनीको कोही पनि आएका छैनन्।’ यस घटनाले विमान दुर्घटनापछिको व्यवस्थापन र...
कक्षा १२ को नतिजा साउन तेस्रो हप्ताभित्र सार्वजनिक हुने

कक्षा १२ को नतिजा साउन तेस्रो हप्ताभित्र सार्वजनिक हुने

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन ११ । कक्षा १२ को नतिजा साउन तेस्रो हप्ताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको जनाएको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजाको म्याचिङ र प्रोसेसिङको काम भइरहेको र तोकिएको समयमै नतिजा सार्वजनिक गरिने बताएका छन्। गत वैशाखमा सम्पन्न भएको यस परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए। यसमध्ये नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन्। परीक्षा देशभरका एक हजार ५२५ केन्द्रहरूमा सञ्चालन भएको थियो भने जापानमा समेत एक परीक्षा केन्द्र रहेको थियो। कोभिड–१९ महामारीपछि पहिलो पटक नियमित समयमा सम्पन्न भएको यस परीक्षाको नतिजा लाखौं विद्यार्थीहरूको भविष्यसँग जोडिएको छ। नतिजा प्रकाशनसँगै उच्च शिक्षाका लागि भर्ना प्रक्रिया सुरु हुने भएकोले विद्यार्थी, अभिभावक र शैक्षिक...
सन्दिप लामिछाने मुद्दा : पीडित भनिएकी किशोरीद्वारा पुनरावेदन नगर्न आग्रह

सन्दिप लामिछाने मुद्दा : पीडित भनिएकी किशोरीद्वारा पुनरावेदन नगर्न आग्रह

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ११ । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अप्रत्याशित मोड आएको छ। पीडित भनिएकी गौशाला–२६ की एक किशोरीले उच्च सरकारी वकिलको कार्यालय पाटनमा सर्वोच्च अदालतमा पुनरावेदन नगर्न आग्रह गर्दै निवेदन दिएकी छिन्। उच्च सरकारी वकिलको कार्यालय स्रोतका अनुसार किशोरीले आफ्नो निवेदनमा यस मुद्दाका कारण आफूलाई अत्यधिक मानसिक तनाव भएको र यसलाई थप अगाडि बढाउन नचाहेको उल्लेख गरेकी छिन्। उनले उच्च अदालत पाटनको फैसला स्वीकार गरेको र सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन विशेष आग्रह गरेकी छिन्। यो घटनाक्रम उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको केही दिनपछि आएको हो। उच्च अदालतले बलात्कारको वस्तुनिष्ट प्रमाणको अभाव रहेको र पीडित नाबालिग नदेखिएको भन्दै लामिछानेलाई सफाइ दिएको थियो। यद्यपि, कानुनी रूपमा सरकारी वकिल र पीडित पक्षले सर्वोच्च अदालतमा प...
राष्ट्र बैंकद्वारा वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने घोषणा

राष्ट्र बैंकद्वारा वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने घोषणा

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन ११ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई बिनाधितो ऋण दिने नयाँ नीति घोषणा गरेको छ। शुक्रबार आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिनाधितो ऋण दिने योजनाको जानकारी दिए। नयाँ नीति अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका व्यक्तिहरूले आफ्नो बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण प्राप्त गर्न सक्नेछन्। यो कदम सरकारको चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित प्रावधान अनुरूप लिइएको हो।...
सौर्य विमान दुर्घटना : मृतकहरूको शव पहिचान अन्तिम चरणमा, आज परिवारलाई हस्तान्तरण गरिने

सौर्य विमान दुर्घटना : मृतकहरूको शव पहिचान अन्तिम चरणमा, आज परिवारलाई हस्तान्तरण गरिने

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ११ । बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव पहिचान कार्य अन्तिम चरणमा पुगेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले दिउँसो चार बजेसम्म शव बुझाउने तयारी भइरहेको जानकारी दिए। डा.चौधरीका अनुसार १४ वटा शवको पहिचान लगभग सकिएको छ भने बाँकी ४ वटा शवको डेन्टल परीक्षण भइरहेको छ। केही शव बढी जलेकाले डेन्टल परीक्षणबाट पहिचान गर्नुपरेको उनले बताए। पहिचान प्रक्रियामा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालका गरी २५ जना फोरेन्सिक विशेषज्ञहरू खटिएका छन्। आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा शवहरूको पहिचान गरिएको र वैज्ञानिक आधार स्पष्ट भएपछि मात्र आफन्तलाई शव जिम्मा लगाइने डा.चौधरीले बताए। नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन सुरु गरेको छ।...
जुवा खालबाट पक्राउ परेका गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दर्ता

जुवा खालबाट पक्राउ परेका गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दर्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ११ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घलेसहित १० जनाविरुद्ध जुवा खेलेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरी वृत्त बौद्धको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार मुद्दा दायर गरेको हो। गत साउन ५ गते अपराह्न ३ बजेतिर प्रहरीले घलेको घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीले १ लाख ३६ हजार ५ सय रुपैयाँ नगद, ३७ वटा क्वाइन र ६ बुक तास बरामद गरेको थियो। पक्राउ परेका अन्य व्यक्तिहरूमा बूढानीलकण्ठका रमेश लामा, काठमाडौंका चीनकुमार गोले, राजु तामाङ, दिनेश सुनार, प्रवीण लामा, विष्णुकुमार दोङ, सुमन गोले, सिन्धुपाल्चोकका सुक्र सुनार र ऋतिक राउत रहेका छन्। गाउँपालिका अध्यक्ष घलेले प्रहरीसँगको बयानमा मनोरञ्जनका लागि साथीभाइसँग म्यारिज खेलेको बताएका छन्। उनी यसअघि पनि मानव बेचबिखनको आरोपमा पक्राउ परेका थ...
राष्ट्र बैंकको नयाँ मौद्रिक नीति : निजी क्षेत्रमा कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य

राष्ट्र बैंकको नयाँ मौद्रिक नीति : निजी क्षेत्रमा कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ११ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। नयाँ नीतिमा निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशतले बढाउने महत्त्वाकांक्षी लक्ष्य राखिएको छ। गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नीतिगत दरहरू घटाउँदै निजी क्षेत्रतर्फको कर्जा विस्तारलाई १२ प्रतिशतमा कायम गरेको बताए । साथै, मुद्रास्फितिलाई ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिइएको छ। नयाँ मौद्रिक नीतिमा निक्षेप संकलन दर ३ प्रतिशतमा यथावत राखिएको छ भने विस्तृत मुद्राप्रदाय १२ प्रतिशत हासिल गर्ने लक्ष्य राखिएको छ। सीआरआर र एसएलआरमा कुनै परिवर्तन नगरी यथावत राखिएको छ। यी नीतिहरू गत आर्थिक वर्षको तुलनामा बढी लचिलो रहेको देखिन्छ। राष्ट्र बैंकले चालु आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै यस्तो नीति लिएको हो।...