कोशी प्रदेशमा काग्रेस र एममालेबिच ४–४ वटा मन्त्रालय लिने सहमती
पूर्णपुष्टि, साउन १२ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एमाले बिच मन्त्रालय बाँडफाडमा सहमती भएको छ । शनिबार काठमाडौंमा भएको बैठकमा दुई दलबीच ८ वटा मन्त्रालयमध्ये ४–४ वटा मन्त्रालय लिने निर्णय भएको हो।
नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमालेका मुख्यमन्त्रीसहित पाँच र कांग्रेसका चार जना मन्त्री रहने गरी सोमबार सरकार विस्तार गरिने जानकारी दिए। कांग्रेसले सरकारको नेतृत्व आलोपालो गर्ने प्रस्ताव गरे पनि त्यसमा सहमति हुन नसकेको सचेतक भण्डारीले बताए। ‘आलोपालोको विषयमा केन्द्रीय नेतृत्वको निर्णय अनुसार अघि बढ्ने सहमति छ’, भण्डारीले भने, ‘बाँकी विषय विराटनगरमा छलफलपछि टुङ्गो लाग्छ ।’
कोशी प्रदेश सरकारमा माओवादी केन्द्रले सरकार छाडेपछि मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण मन्त्रालय कांग्रेसलाई दिने तयारी गरेका छन् । त्यस्तै उद्योग, कृषि तथ...








