Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि खबर

अमेरिकामा नेपाली युवकको गोली हानी हत्या

अमेरिकामा नेपाली युवकको गोली हानी हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १४ । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा एक नेपाली युवाको गोली हानी हत्या भएको छ। रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको गोली हानी हत्या भएको मृतकका मृतकका काका देउभान वलीले जानकारी दिए । काका वलीका अनुसार स्थानीय समयानुसार आइतबार बिहान करिब ५ बजे एक ग्यास स्टेशनमा काम गरिरहेका ओलीमाथि लुटेराको समूहले गोली प्रहार गरी हत्या गरेको हो। ओली ७ महिना अघि मात्र अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए। देउभान ओली रुकुम पश्चिमको जिल्ला समन्वय समितिका सदस्य समेत हुन्। मृतक ओलीको श्रीमती र एक छोरी नेपालमै रहेका छन्। स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।...
उदयपुरमा चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

उदयपुरमा चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १४ । उदयपुरमा चोरी मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–४ बगाहा बस्ने ३५ बर्षीय कपिल भन्ने कपिलेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जिल्ला अदालतको फैसलाले चोरी मुद्दामा ५ महिना ३ दिन कैद र ४५ हजार रुपैँया जरिबाना भई फरार रहेका चौधरीलाई शनिबार जिप्रका बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।...
डेडी फुटसलको पोष्टमा ब्रोदर्स फुटवल क्लवको ८ गोल

डेडी फुटसलको पोष्टमा ब्रोदर्स फुटवल क्लवको ८ गोल

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १३ साउन । बोक्सेमा जारी सेभेन ए साईड फुटवल प्रतियोगिताको तेस्रो दिन ब्रोदर्स फुटवल क्लव बिजयी बनेको छ । डेडी फुटसललाई ८÷० ले हराउँदै ब्रोदर्स बिजयी बनेको हो । ब्रोदर्सको तर्फबाट दिवस श्रेष्ठले ५ गोल, सुदिप श्रेष्ठले २ गोल र युवराज थापाले १ गोल गरी जम्मा ८ गोल हानेका थिए । यता डेडी फुटसल भने गोलबाट बन्चित बने । खेलमा दिवस श्रेष्ठ म्यान अफ म्याच घोषित बने । उनले नगद रु १ हजार प्राप्त गरे । श्रेष्ठलाई नेशनल लाईफ इन्सोरेन्स गाईघाट शाखा प्रमुख प्रेम कुमार राईले पुरस्कार नगद प्रदान गरेका थिए ।...
दोस्रो सेभेन (ए साईड) फुटवललाई टाईगर बोसको दोस्रो पुरस्कार सहयोग

दोस्रो सेभेन (ए साईड) फुटवललाई टाईगर बोसको दोस्रो पुरस्कार सहयोग

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १३ साउन । ओखलढुँगा निवासी हाल मकाउमा रहेका टाईगर बोसले बोक्सेमा जारी दोस्रो सेभेन ए साईड फुटवल प्रतियोगितालाई दोस्रो पुरस्कार राशी सहयोग गरेको छ । फुटवल प्रेमी समेत रहेका टाईगर बोसले दोस्रो पुरस्कार रकम सयोग गर्ने घोषणा गरेको हो । उनले प्रतियोगिताका लागि रु २० हजार सहयोग गर्ने भएको आयोजक समितिले जाकारी दिएको छ । आयोजक टिमले उनलाई धन्यवाद प्रकट गरेको छ । खेल यहि साउन १० देखी बोक्से खसी बजारमा जारी छ । उक्त प्रतियोगिताका बिजेताले नगद राशी रु ४० हजार ट्रफि र उपबिजेताले रु २० हजार नगद र ट्रफि पाउने छ ।...
पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्धामा दोषी ठहर, कैद र जरिवाना घट्यो

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्धामा दोषी ठहर, कैद र जरिवाना घट्यो

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १३ । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। यसअघि विशेष अदालतले जोशीलाई डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सर्वोच्च अदालतले भने यस फैसलालाई संशोधन गर्दै कैद र जरिवाना दुवै घटाएको छ। सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार ताराराज पाण्डे र बासुदेव पन्तले भने सफाइ पाएका छन्।...
त्रिशुली बस दुर्घटना:भारतीय टोली आज फर्किँदै, बस र यात्रु अझै बेपत्ता

त्रिशुली बस दुर्घटना:भारतीय टोली आज फर्किँदै, बस र यात्रु अझै बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १३ । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको खोजी कार्यमा सहयोग गर्न आएको भारतीय प्राविधिक टोली आज स्वदेश फर्कने भएको छ। एक हप्ता लामो खोजी अभियानमा संलग्न भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) का १२ सदस्यीय टोलीलाई आज बिदाइ गरिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। गत असार २८ गते सिमलतालमा लेदो पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बस र त्यसमा सवार ६५ यात्रुको खोजी कार्य अझै निष्कर्षमा पुग्न सकेको छैन। भारतीय टोलीले अत्याधुनिक सोनार उपकरण र गोताखोरहरू प्रयोग गरेर खोजी गरे पनि बस र बेपत्ता यात्रुहरूको पत्तो लाग्न सकेको छैन। प्रमुख जिल्ला अधिकारी यादवका अनुसार नेपाली सुरक्षा निकायले दोस्रो चरणको खोजी कार्य जारी राख्नेछन्, तर यो पहिलेको जस्तो सघन नहुने बताए। उनले भने, ‘भारतीय र हाम्रो संयुक्त टोलीले हालसम्म गरेको कामको समीक्षा गरेर धन्यवाद ज्ञ...
एसईई नतिजामा व्यापक त्रुटि : ९१ अंक प्राप्त गर्नेलाई १९ मात्र दिइयो

एसईई नतिजामा व्यापक त्रुटि : ९१ अंक प्राप्त गर्नेलाई १९ मात्र दिइयो

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजामा गम्भीर लापरबाही गरेको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका ५ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा फरक परेको छ। केही विद्यार्थीको हकमा त ९१ अंक प्राप्त गरेकोमा १९ मात्र दिइएको जस्ता चरम त्रुटिहरू फेला परेका छन्। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार गत असारमा प्रकाशित नतिजामा चित्त नबुझेर १८,६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये साढे ११ हजार विद्यार्थीको पुनर्योग गर्दा ६२१ जनाको नतिजा परिवर्तन भएको छ। परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘प्राप्तांक कम्प्युटरमा चढाउँदा ७१ ल्याएका विद्यार्थीलाई १७, ६९ ल्याएकालाई ०९ दिएको जस्ता त्रुटि देखिएका छन्।’ उनका अनुसार यस्ता त्रुटिहरू उत्तरपुस्तिका परीक्षणपछि नम्बर जोड्दा उत्तरपुस्तिकाभित्रबाट बाहिर कभरमा नम्बर लेख्दा, मार्कस्लिप र कम्प्युटरमा चढा...
गोरखामा पहिरोले एकै परिवारका तीनसहित पाँच जना बेपत्ता

गोरखामा पहिरोले एकै परिवारका तीनसहित पाँच जना बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १३ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा आइतबार बिहान गएको पहिरोले एकै परिवारका तीन जनासहित पाँच जनालाई बगाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार बिहान करिब तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोमा परेका हुन्। पहिरोमा परेर बेपत्ता हुनेमा जीतबहादुर गुरुङ, उनकी ३५ वर्षीया श्रीमती कान्छी माया, ६० वर्षीय बुबा सुलाल कान्छा, सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार रहेका छन्। एकै घरपरिवारका तीन जना र बाँकी दुई जना फर्ममा काम गर्ने कामदार रहेको श्रेष्ठले बताए । पहिरोमा पुरिएर घाईते भएका २ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको छ। दिलीपको अवस्था गम्भीर रहेको र थप उपचारका लागि नेपाली...
त्रिशूली बस दुर्घटना : १६ दिनपछि पनि अनिश्चित खोजी

त्रिशूली बस दुर्घटना : १६ दिनपछि पनि अनिश्चित खोजी

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १३ । नारायणगढ–मुग्लिन सडकखण्डमा दुई बस त्रिशूली नदीमा खसेको १६ दिन बितिसक्दा पनि बस र बेपत्ता यात्रुहरूको खोजी कार्य अनिश्चित बनेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बस भेटिने सम्भावना निकै कम रहेको र खोजी कार्यमा समस्या आएको रिपोर्ट माथिल्लो निकायमा पठाइएको छ। ‘भोलिबाट थप खोज्ने वा रोक्ने भन्ने निर्णय आउँछ भन्ने विश्वास छ,’ प्रजिअ यादवले भने। घटनामा ६५ यात्रुमध्ये २० जनाको शव भेटिएको छ भने बाँकी अझै बेपत्ता छन्। खोजी कार्यमा संलग्न एक सुरक्षा अधिकृतले भने, ‘हामीलाई यी बस भेटिदैन भन्ने थाहा छ। परिवारले पनि आश मारे। तर हामी निरन्तर यसमा लागिरहेका छौं।’ भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोली आइतबार फर्किने तयारीमा छ। प्रजिअ यादवका अनुसार भारतीय टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरे पनि बस नभेटिएको प्रतिवेदन दिएर फिर्ता हुनेछ। ...
दार्चुलामा एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता

दार्चुलामा एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १३ । दार्चुलाकी एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्। शनिबार साझँ दुहु गाउँपालिका–४ थारा निवासी १७ वर्षीया धनिसा कुँवर महाकाली नगरपालिका–४ स्थित रिङ्नेताल भन्ने ठाउँबाट नदिमा हाम्फेलको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर एवम् प्रवक्ता ज्ञानेन्द्र सिंहले जानकारी दिए । प्रवक्त्ता सिंहका अनुसार स्थानीयले किशोरी नदीको डिलमा पुगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो। घटनास्थलमा पुगेका प्रहरी र स्थानीयले किशोरीलाई सम्झाइबुझाइ गरेका थिए। तर, उनले नमानेपछि एक प्रहरी उनलाई समात्न नजिक गएका थिए। त्यही बेला कुँवरले अचानक नदीमा हाम फालेकी थिइन्। प्रहरीले तत्काल खोजी कार्य सुरु गरे पनि अहिलेसम्म उनी फेला परेकी छैनन्। किशोरीको परिवारसँग बुझ्दा पनि उनले आत्महत्या प्रयास गर्नुको कारण खुल्न सकेको छैन। प्र...