Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि खबर

वार्षिक २२ लाख किसानले अनुदानमा रासायनिक मल पाउँछन् : कृषिमन्त्री अधिकारी

वार्षिक २२ लाख किसानले अनुदानमा रासायनिक मल पाउँछन् : कृषिमन्त्री अधिकारी

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १४ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक करिब २२ लाख कृषक परिवारले अनुदानमा रासायनिक मल प्राप्त गर्ने गरेको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन्। मन्त्री अधिकारीका अनुसार नेपालमा कुल ४१ लाख ३० हजार कृषक परिवार रहेका छन्। उनले करिब १ लाख ५० हजार परिवारले बीमाको प्रिमियममा अनुदान प्राप्त गर्ने पनि बताए। नेपाल सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय तहबाट किसानहरूलाई विभिन्न सहुलियत, सुविधा र अनुदान प्रदान गर्दै आएको मन्त्री अधिकारीले उल्लेख गरे। यी सहुलियतहरूमा रासायनिक मलको मूल्य, सिंचाईको लागि विद्युत महशुल, कृषि तथा पशुपंक्षी बीमा प्रिमियम, उखु किसानलाई उत्पादनमा अनुदान, कृषि यान्त्रिकीकरण, कृषि कर्जाको ब्याज, बीउको मूल्य, फलफूल बिरुवा र माछा पोखरी निर्माण जस...
हाइकिङ स्पटहरूमा लुटपाट गर्ने गिरोहका मुख्य नाइके पक्राउ

हाइकिङ स्पटहरूमा लुटपाट गर्ने गिरोहका मुख्य नाइके पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १४ । काठमाडौँ उपत्यकाका हाइकिङ स्पटहरूमा शृङ्खलाबद्ध लुटपाट गर्ने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुरको गढी गाउँपालिका–१ फुलबारी निवासी धनबहादुर स्याङतान उर्फ (माइला) लाई शनिबार नागार्जुनको बिन्ध्यवासिनी जङ्गलमा लुटपाट गरेर भाग्दै गरेको अवस्थामा स्युचाटारबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार स्याङतानको समूहले २०८० चैत २९ यता शिवपुरी, चम्पादेवी र नागार्जुन क्षेत्रमा हाइकिङ गर्नेहरूलाई पटक–पटक लुटपाट गरेको थियो। प्रहरीले उनको साथबाट ७ तोला ६४ लाल सुनका गहना, ४ तोलाको चाँदीको ब्रासलेट, १३ हजार नगद र लुटपाटमा प्रयोग गरिएका दुई थान खुकुरी बरामद गरेको छ। स्याङतानको समूहले बुढानीलकण्ठ, चम्पादेवी र चाखेल क्षेत्रमा पनि लुटपाट गरेको प्रहरी अनुसन्धानले देखाएको छ। एक घटनामा किशोरीमाथि बलात्कार प्रयास गरेको आरोप पनि...
गोरखा पहिरो अपडेट : ४ को शव फेला, १ जनाको खोजी जारी

गोरखा पहिरो अपडेट : ४ को शव फेला, १ जनाको खोजी जारी

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १४ । गोरखाको धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसेफाँटमा गएको पहिरोमा परेका पाँच जनामध्ये चार जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार सुलाल कान्छा गुरुङ, उनका छोरा जित बहादुर गुरुङ, बुहारी कान्छी गुरुङ र रमेश गुरुङको शव भेटिएको हो। कान्छी गुरुङको शव गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित त्रिशूली नदी किनारमा आइतबार फेला परेको थियो। प्रारम्भिक अनुसन्धानपछि शव गोरखा अस्पताल लगिएको र पहिचान गरिएको डीएसपी श्रेष्ठले बताए। सुलाल कान्छा गुरुङ र जितबहादुर गुरुङको शव पहिरोले पुरेको घरभन्दा २० मिटर तल फेला परेको डिएसपी श्रेष्ठले बताए। त्यस्तै, रमेश गुरुङको शव पहिरोले घर बगाएको ठाउँभन्दा ३० मिटर तल भेटिएको छ। पहिरोमा परेका पाँच जनामध्ये एक जनाको अझै खोजी भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए।...
देशभर ९२.४ प्रतिशत धान रोपाईं सम्पन्न, गत वर्षको तुलनामा उल्लेख्य वृद्धि

देशभर ९२.४ प्रतिशत धान रोपाईं सम्पन्न, गत वर्षको तुलनामा उल्लेख्य वृद्धि

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १४ । नेपालमा यस वर्षको धान रोपाईं उल्लेख्य रूपमा बढेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार साउन १३ गतेसम्म देशभर ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा ७८१ प्रतिशत मात्र रोपाईं भएको थियो। कुल १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टरमा रोपाईं भइसकेको छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९।६ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ९०।७ प्रतिशत रोपाईं भएको छ। विशेषगरी मधेस प्रदेशमा उल्लेख्य प्रगति देखिएको छ। गत वर्ष ५८.८ प्रतिशत मात्र रोपाईं भएकोमा यस वर्ष ९२ प्रतिशत पुगेको छ। अन्य प्रदेशहरूमा पनि ९० प्रतिशत भन्दा बढी रोपाईं सम्पन्न भएको छ। कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले समयमा मनसुन सुरु भई नियमित पानी परेका कारण रोपाईं समयमै सम्पन्न भएको बताए। उनले साउनको अन्तिमसम्म शतप्रतिशत रोपा...
पूर्वमन्त्री झपटबहादुर साउदले ठगी गरेको भन्दै एक व्यवसायीद्धारा मुद्धा दर्ता

पूर्वमन्त्री झपटबहादुर साउदले ठगी गरेको भन्दै एक व्यवसायीद्धारा मुद्धा दर्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १४ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका पूर्व सामाजिक विकासमन्त्री झपटबहादुर साउदमाथि ठगीको आरोप लागेको छ। व्यवसायी धनबहादुर बोहराले साउदले विभिन्न योजना र ठेक्कापट्टा मिलाइदिने आश्वासन दिएर एक करोड ५० लाख रुपैयाँ लिएको तर काम नगरेको आरोप लगाएका छन्। बोहराका अनुसार साउदले हालसम्म २२ लाख रुपैयाँ मात्र फिर्ता गरेका छन्। बाँकी रकम फिर्ता माग्दा साउदले प्रहरी लगाएर हैरानी दिएको बोहराको आरोप छ। यस सम्बन्धमा बोहराले काठमाडौं जिल्ला अदालतमा साउदविरुद्ध ठगी तथा अपराधिक बल प्रयोगको मुद्दा दायर गरेका छन्। यसअघि पनि बोहराले साउदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए, जुन पछि फिर्ता लिइएको थियो। तर अहिले उनी अदालतको शरणमा पुगेका छन्। अर्कोतर्फ, साउदले आफूले बोहरासँग १० लाख रुपैयाँ मात्र लिएको र त्यो रकम चुक्ता गरिसकेको दाबी गरेका छन्। उनका अनुस...
साउने सोमबारमा महादेव गुफामा भक्तजनको घुइँचो

साउने सोमबारमा महादेव गुफामा भक्तजनको घुइँचो

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १४ । उदयपुरको कटारी नगरपालिकामा अवस्थित ताराघारी स्थित महादेव गुफामा आज साउनको दोस्रो सोमबार विशेष धार्मिक महत्वका साथ मनाइँदैछ। बिहानैदेखि स्थानीय तथा छिमेकी जिल्लाका भक्तजनहरू पूजा–आराधनाका लागि गुफामा पुगिरहेका छन्। गुफा व्यवस्थापन समितिका अनुसार प्रत्येक साउने सोमबार यहाँ दर्शनार्थीहरूको विशेष भीड लाग्ने गर्दछ। शिवपुराणमा उल्लेख भए अनुसार यस दिनको पूजा र व्रतले सबै प्रकारका समस्याहरू हट्ने र परिवारमा सुख–शान्ति छाउने विश्वास गरिन्छ। गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवारका अनुसार साउन महिनामा शिव पृथ्वीमा आउने पौराणिक मान्यताका कारण यस समयमा विशेष पूजा गरिन्छ। यहाँ पूजा गर्नाले मनोकामना पूरा हुने र दुर्घटना तथा अकाल मृत्युबाट बच्न सकिने जनविश्वास रहेको छ। कटारी र आसपासका क्षेत्रबाट विभिन्न सवारी साधनमार्फत भक्तजनहरू गुफामा पुगिरहेका छन्। यसका साथै, ग...
वैदेशिक रोजगार विभागद्वारा ४६ अभिमुखीकरण तालिम प्रदायक संस्थामाथि कारबाही

वैदेशिक रोजगार विभागद्वारा ४६ अभिमुखीकरण तालिम प्रदायक संस्थामाथि कारबाही

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १४ । वैदेशिक रोजगार विभागले एकै पटक ४६ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई कारबाही गरेको छ। वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई अनिवार्य तीन दिने अभिमुखीकरण तालिम दिने यी संस्थाहरूले तालिम नै नदिई हाजिरी मात्र गराउने गरेको पाइएपछि विभागले कारबाही गरेको हो। विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार अनुगमनको क्रममा तालिम लिएको भनेर हाजिरी गरिएको तर वास्तवमा कोही पनि तालिममा उपस्थित नभएको पाइएपछि यी संस्थाहरूमाथि कारबाही गरिएको हो। कारबाहीस्वरूप यी संस्थाहरूको कारोबार रोक्का गरिएको छ। कारबाहीमा परेका अधिकांश संस्थाहरू काठमाडौं उपत्यकाका छन् भने केही धनुषा, बाँके, कास्की र गोर्खा जिल्लाका पनि रहेका छन्। उल्लेखनीय रूपमा, वैदेशिक रोजगार बोर्डका सदस्यहरूले सञ्चालन गरेका केही तालिम केन्द्रहरू पनि कारबाहीमा परेका छन्। यसमा नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी ...
पोखरमा स्कुल बस दुर्घटना हुँदा आमा छोराको मृत्यु, २८ जना घाइते

पोखरमा स्कुल बस दुर्घटना हुँदा आमा छोराको मृत्यु, २८ जना घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १४ । पोखरामा एक स्कुल बस दुर्घटना हुँदा आमा र छोराको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन्। एलपी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ बर्षीया आरती विक र अन्दाजी ५ बर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार दुर्घटनामा परी गम्भिर घाईते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। पोखरा–२१ कृस्तीमा आज बिहान ग १ क ६२१९ नं. को स्कुल बस सडकबाट अन्दाजी ५० मिटर तल खसेर विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । दुर्घटनामा परेका घाइतेहरूको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रवक्ता शर्माले जानकारी दिए । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण ...
सहकारी रकम अपचलनका आरोपी १८ जनालाई स्वदेश फर्काउन निर्देशन

सहकारी रकम अपचलनका आरोपी १८ जनालाई स्वदेश फर्काउन निर्देशन

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १४ । सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी विदेश भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ। समितिको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो। समिति सभापति सूर्य थापाका अनुसार यी व्यक्तिहरू विभिन्न देशहरूमा फरार रहेका छन्। केही अमेरिका, बेलायत, मलेसिया र भारतमा रहेको अनुमान गरिएको छ, जबकि केहीको ठेगाना अज्ञात छ। समितिले गृहमन्त्रीलाई यी व्यक्तिहरूलाई खोज्न स्वदेश फर्काउन र छानबिनको दायरामा ल्याउन आग्रह गरेको छ। फरार सूचीमा सहारा, सूर्यदर्शन, सानोपाइला, सुप्रिम, सुमेरु, शिवशिखर, इमेज, कान्तिपुर सेभिङ र मेघाड्रिम जस्ता विभिन्न सहकारी संस्थाहरूसँग सम्बन्धित व्यक्तिहरू रहेका छन्। यसमा जीबी राई, ज्ञानबहादुर बम्जन, सुवास केसी, भरत महर्जन र उनका परिवारका सदस्यहरू, देवकुमार नेपाली लगायत प्रमुख रूपमा समावेश छन्। समितिले सहकारी मुद्दामा हाल ...
गोरखामा पहिरो अपडेट : तीन जनाको शव फेला, दुई अझै बेपत्ता

गोरखामा पहिरो अपडेट : तीन जनाको शव फेला, दुई अझै बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १४ । गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा गएको पहिरोमा बेपत्ता भएका पाँच जनामध्ये तीन जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार ६० वर्षीय सुलाल कान्छा गुरुङ, उनका ३७ वर्षीय छोरा जीतबहादुर गुरुङ र ३५ वर्षीया बुहारी कान्छीमाया गुरुङको शव भेटिएको हो । कान्छीमायाको शव शनिबार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा फेला परेको थियो। प्रहरीले शव पहिरोले बगाएर ल्याएको हुनसक्ने अनुमान गरेको छ। आइतबार बिहान करिब तीन बजे गएको पहिरोमा अझै दुई जना बेपत्ता छन्। उनीहरू सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय ट्याक्टर चालक रमेश परियार हुन्। प्रहरीले यी दुई व्यक्तिको खोजी कार्य जारी राखेको जनाएको छ।  ...