Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि खबर

नेपालको रैथाने बाली कोदो : उत्पादन कम, आयात बढी

नेपालको रैथाने बाली कोदो : उत्पादन कम, आयात बढी

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १५ । नेपालको रैथाने खाद्य बाली मानिने कोदोको उत्पादन न्यून रहेको तर आयात बढ्दै गएको पाइएको छ। कृषि मन्त्रालयका अनुसार मुलुकका ७७ जिल्लामा कोदो खेती गरिए पनि उत्पादन अत्यन्तै कम छ। तर गत आर्थिक वर्षमा मात्रै नेपालले ७५ करोड ४१ लाख रुपैयाँ बराबरको कोदो आयात गरेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। कृषि अर्थशास्त्री अभिनाश सिलवालका अनुसार नेपालको रैथाने बालीलाई समयमै ब्रान्डिङ गर्न नसक्दा यस्तो अवस्था आएको हो। उनले भने, ‘हाम्रो सरकार र किसान दुवैको फोकस नगदे बाली र तरकारीमा मात्रै भयो, तर संसारभरि नै हुने कुरामा फोकस गरिएन, कोदो–फापरमा ध्यान दिइएन। कोदो पौष्टिक खाद्यान्न मानिन्छ र यसमा चामल र मकैभन्दा ३५ गुणा बढी क्याल्सियम पाइन्छ। नेपालमा परम्परागत रूपमा कोदो मुख्यतः ढिँडो, रोटी, रक्सी र पशु आहारामा प्रयोग हुने गरेको छ।...
सहकारी बचत अपचलन प्रकरण : रवि लामिछानेलाई छानबिन समितिले बोलाउने तयारी

सहकारी बचत अपचलन प्रकरण : रवि लामिछानेलाई छानबिन समितिले बोलाउने तयारी

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १४ । सहकारी बचत अपचलन प्रकरणमा पूर्व उपप्रधानमन्त्री रवि लामिछाने पनि मुछिएको संसदीय छानबिन समितिले जनाएको छ। समितिका सदस्यहरूका अनुसार लामिछानेलाई केही दिनभित्रै सोधपुछका लागि बोलाउने तयारी भइरहेको छ। समितिले गोरखा मिडिया नेटवर्कबाट केही कागजातहरू मागेको र ती प्राप्त हुनासाथ लामिछानेलाई बोलाइने जनाइएको छ। लामिछानेलाई गोरखा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बोलाइने समितिका सदस्यले बताए। यसअघि नै सार्वजनिक भएका तथ्यहरू अनुसार लामिछाने प्रबन्ध निर्देशक रहँदा गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीहरूको करिब ८० करोड रुपैयाँ अपचलन भएको देखिएको छ। समितिका सभापति सूर्य थापाका अनुसार अहिलेसम्म धेरै व्यक्तिहरूसँग सोधपुछ गरिसकिएको र अझै करिब दुई दर्जन व्यक्तिहरूसँग सोधपुछ गर्ने योजना रहेको छ। गृहमन्त्री रमेश लेखकले समितिको सुझावलाई सरकारले कार्यान्वयन गर्ने...
सरकारद्वारा तीन प्रदेश प्रमुख परिवर्तन

सरकारद्वारा तीन प्रदेश प्रमुख परिवर्तन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १४ । सरकारले तीन प्रदेशका प्रमुखहरूमा परिवर्तन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूलाई हटाएर नयाँ प्रमुखहरू नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन्। नयाँ नियुक्तिअनुसार बागमती प्रदेशमा दीपकप्रकाश देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ। यी नियुक्तिहरूले क्रमशः यादव शर्मा, अमिक शेरचन र तिलक परियारलाई प्रतिस्थापन गरेका हुन्। पूर्व प्रदेश प्रमुखहरू मध्ये शर्मा एकीकृत समाजवादी पार्टीसँग सम्बद्ध थिए भने शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट मानिन्थे। उनीहरूलाई पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेको थियो।...
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या जग्गा विवादका कारण भएको खुलासा

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या जग्गा विवादका कारण भएको खुलासा

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १४ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या जग्गा विवादका कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। गत साउन ६ गते राति सर्लाहीको चन्द्रपुर नगरपालिका–१ रत्नपुरस्थित आफ्नै घरमा रायको हत्या भएको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार हत्याको योजनाकार पूर्वमन्त्री रायका छिमेकी ४६ वर्षीय वीरेन्द्र राय यादव रहेको पुष्टि भएको छ। उनकै योजना र प्रलोभनमा रायको घरमा काम गर्ने २५ वर्षीय रामउजैन रायले हत्या गरेको खुलेको छ। अनुसन्धानका क्रममा वीरेन्द्रले पूर्वमन्त्री रायको पक्की घर आफ्नो जग्गा मिचेर बनाएको आरोप लगाउँदै आएको खुलासा भएको छ । उनले रामउजैनलाई दुई लाख रुपैयाँ र व्यवसायको लागि एउटा फर्म खोलिदिने प्रलोभन दिएर हत्या गर्न लगाएको बताइएको छ। प्रहरीले घटनास्थल नजिकैबाट रगत लागेको धारिलो फर्सा र रगत लागेको तन्ना लगायतका प्रमाणहरू संकलन गरे...
बाढी र पहिरोमा १४३ जनाको मृत्यु, ४७ बेपत्ता

बाढी र पहिरोमा १४३ जनाको मृत्यु, ४७ बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १४ । देशैभर बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको छ। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परी १४३ जनाको मृत्यु भएको छ। यसैगरी ४७ जना बेपत्ता रहेका छन् र १६१ जना घाइते भएका छन्। विपद्को असर सबै प्रदेशमा परेको छ। सबैभन्दा बढी गण्डकी प्रदेशमा ४२ जनाको मृत्यु भएको छ भने बागमती प्रदेशमा २९ जना र लुम्बिनी प्रदेशमा २४ जनाको मृत्यु भएको छ। अन्य प्रदेशहरूमा पनि उल्लेख्य संख्यामा मानवीय क्षति भएको छ। प्राकृतिक विपद्ले भौतिक संरचनामा पनि ठूलो क्षति पुर्याएको छ। १८४ घर डुबानमा परेका छन् भने २४१ घर, ८८ गोठ, ४३ पुल, २ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुगेको छ। यसका साथै ६०८ वटा पशुचौपायाको मृत्यु भएको र ४,०४२ घरपरिवार विस्थापित भएको प्रहरी प्रवक्ता कार्कीले जान...
शिशवारी सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा

शिशवारी सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १४ । बोक्सेमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा शिशवारी फुटबल क्लबले स्थान बनाएको छ। सोमबार गंगा खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा शिशावारीले डिडि वाईसि बेल्टारलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। खेलको निर्धारित समयमा शिशवारीका लागि जर्सी नम्बर १ का अर्जुन रानाले गोल गरेका थिए भने डिडि वाईसिका लागि जर्सी नम्बर १० का सचिन खड्काले गोल गरेका थिए। यस खेलको म्यान अफ द म्याच शिशवारी फुटबल क्लबका अर्जुन राना घोषित भए। उनले नगद रु. १ हजार सहित मेडल प्राप्त गरे।...
स्थानीय सरकार सञ्चालन ऐन संशोधन विधेयक अर्थ मन्त्रालयमा अड्कियो

स्थानीय सरकार सञ्चालन ऐन संशोधन विधेयक अर्थ मन्त्रालयमा अड्कियो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १४ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को संशोधन विधेयक अर्थ मन्त्रालयमा अड्किएर रहेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैत दोस्रो हप्तामा राय सुझावका लागि पठाएको विधेयकको मस्यौदा अर्थ मन्त्रालयले झण्डै चार महिना बित्दा पनि फिर्ता नपठाएको हो। प्रस्तावित संशोधन विधेयकमा स्थानीय तहलाई सबल बनाउने, समस्या समाधान गर्ने र विकृति हटाउने विभिन्न प्रावधानहरू समावेश गरिएका छन्। यसमा स्थानीय तहको कार्यपालिकालाई संघीय सरकारले निलम्बन गर्न सक्ने, वडाको सीमाना र संख्या परिवर्तन गर्ने प्रक्रिया कडा बनाउने, नदीजन्य पदार्थको राजस्व बाँडफाँटमा परिवर्तन गर्ने लगायतका महत्वपूर्ण प्रस्तावहरू रहेका छन्। संघीय मामिला मन्त्रालयका सहसचिव सुमन दाहालका अनुसार विधेयकमा विभिन्न आर्थिक तथा राजस्वसम्बन्धी विषयहरू रहेकाले अर्थ मन्त्रालयको राय आवश्यक छ। अर्थको राय प्राप्त भएपछि मात्र विध...
थापाथली पुलमुनि मृत फेला परेका गोविन्द बोहराको हत्या भएको खुलासा, चार जना पक्राउ

थापाथली पुलमुनि मृत फेला परेका गोविन्द बोहराको हत्या भएको खुलासा, चार जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १४ । थापाथलीको पुलमुनि १७ असारमा मृत फेला परेका कञ्चनपुरका गोविन्द बोहराको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार यस घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा दार्चुलाका जगदिश बोहरा र सुरजकुमार विष्ट, कञ्चनपुरका नरेश सिंह महरा र मोतीलाल बोहरा रहेका छन्। उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। प्रहरी अनुसन्धानका अनुसार १५ असारको दिन आरोपीहरू र मृतक गोविन्द सँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा गएका थिए, जहाँ उनीहरूले गाँजा सेवन गरेको पाइएको छ। त्यसपछि गोविन्द बेपत्ता भएका थिए र दुई दिनपछि उनको शव थापाथली पुलमुनि फेला परेको थियो। आरोपीहरूले हत्याको आरोप अस्वीकार गरेका छन् र गोविन्द गाँजा सेवनपछि एक जनाको मोबाइल लिएर निस्केको बताएका छन्। तर, प्रहरीले ...
उदयपुरमा मोटरसाईकल चोरी गरेको आरोपमा युवक पक्राउ

उदयपुरमा मोटरसाईकल चोरी गरेको आरोपमा युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १४ । उदयपुरमा मोटरसाईल चारी गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका–६ का २३ वर्षीय सुनिल चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार चौडण्डीगढी–९ ज्यामिरेबाट जितेन्द्र देव पाण्डवको बा ७६ प ८५८९ नं.को होण्डा मोटरसाइकल चोरी गरेको आरोपमा चौधरीलाई पक्राउ गरिएको हो । मोटरसाइकल चोरी भएको सूचना प्राप्त भए लगत्तै चौधरीलाई भागी रहेको अवस्थामा पक्राउ गरिएको इप्रका बेल्टारका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए । पक्राउ परेका चौधरीलाई इप्रका बेल्टारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ...
स्कुल बस दुर्घटना : प्रतिनिधिसभामा गति नियमनको माग

स्कुल बस दुर्घटना : प्रतिनिधिसभामा गति नियमनको माग

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १४ । कास्कीमा भएको स्कुल बस दुर्घटनाको विषय आज प्रतिनिधिसभाको बैठकमा उठेको छ। सांसद शिव नेपालीले स्कुल बसको गति सीमित गर्ने नीति बनाउन र कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए। उनले सडक र हवाई दुर्घटना बढेको चिन्ता व्यक्त गर्दै दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जानुपर्ने बताए। कास्कीको पोखरा महानगरपालिका–२१ मा आज बिहान भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। प्रहरीको प्रारम्भिक निष्कर्षमा तीव्र गतिका कारण दुर्घटना भएको उल्लेख छ। सांसद नेपालीले गण्डकी प्रदेश सरकारले ल्याएको यातायातसम्बन्धी ऐन यातायात व्यवसायी विरुद्ध भएको आरोप लगाए। अर्का सांसद रोशन कार्कीले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानमाथि लागेको महिला हिंसाको आरोपबारे छानबिन गर्नुपर्ने माग गरे।...