Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि खबर

प्रचण्डद्वारा देशव्यापी जनसम्पर्क अभियानको घोषणा

प्रचण्डद्वारा देशव्यापी जनसम्पर्क अभियानको घोषणा

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २५ ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशव्यापी जनसम्पर्क अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। मंगलबार सम्पन्न पदाधिकारी बैठकको समापन समारोहमा बोल्दै प्रचण्डले यो अभियानको उद्देश्य जनताको सुख-दुःख बुझ्न र उनीहरूको आवाज सुन्न रहेको बताए। प्रचण्डले जनतासँगको सम्बन्ध कडी टुटेको स्वीकार गर्दै, यस अभियानले पार्टी र जनताबीचको सम्बन्धलाई पुनः सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले भने, "म एकपटक देशैभरी जनतासँग एकाकार हुन, उनीहरूको सुखदुःख बुझ्न र कुरा सुन्न जाने इच्छा छ।" पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार प्रचण्डले यस अभियानबाट फर्किएपछि नयाँ विचारको संश्लेषण ल्याउने आशा व्यक्त गरेका छन्। सापकोटाले प्रचण्डको भनाइलाई उद्धृत गर्दै भने, "जनताको कुरा सुनेपछि अर्को तहको विचारको संश्लेषण आउँछ।"...
नेकपा माओवादी केन्द्र २०८४ को चुनाव एक्लै लड्ने

नेकपा माओवादी केन्द्र २०८४ को चुनाव एक्लै लड्ने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी २०८४ सालको चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। शुक्रबारदेखि पाँच दिनसम्म पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो। पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार यो निर्णयले पार्टीको विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरू प्रत्यक्ष रूपमा जनतासम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। उनले अघिल्ला चुनावी गठबन्धनहरूमा पार्टीको सिद्धान्त र विचार प्रचार गर्न कठिनाई भएको बताए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारबाट बाहिरिनु परेको परिस्थितिलाई एक्लै चुनाव लड्ने तयारीको अवसरको रूपमा लिएको जनाए। यद्यपि, माओवादी केन्द्रले वामपन्थी सहकार्य र एकताको प्रयास जारी राख्ने बताएको छ। प्रवक्ता सापकोटाले देशभक्त र अग्रगामी शक्तिहरूको संयुक्त मोर्चा निर्माण गर्नुका साथ...
सर्जक देविन बाबु राईको “लिङ्दुङ्मा साईली” सार्वजानिक, भिडियो लिंक सहित

सर्जक देविन बाबु राईको “लिङ्दुङ्मा साईली” सार्वजानिक, भिडियो लिंक सहित

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १५ साउन । गित सर्जक देविन बाबु (देविन्द्र राई) को लिङ्दुङ्मा साईली बोलको गित सार्वजानिक भएको छ । चौदण्डीगढी नगरपालिका ४ बसाहाका राईले चाम्लीङ राई समुदायहरुmलाई चित्रण गर्दै लिङ्दुङ्मा साईली सार्वजानिक गरेको हो । गायक परेश राई र गायीका इन्द्रकला राईको स्वरमा सजिएको गितमा मोडल विपना राई सँगै गायक स्वयम परेश राईले समेत अभिनय गरेको छ । उनिहरु सँगै तिमाल राईलाई पनि अभिनयमा देख्न सकिन्छ । देबिन बाबू राईको शब्द ,सङ्गीत रहेको गितमा सागर संसार राईको सङ्गित संयोजन तथा मास्टरिङ रहेको छ। गितलाई विशाल लिम्बूको रेकर्डिङ माहौल स्टुडियोमा रेकर्ड गरिएको छ । गितको शव्द संगित, कलकारको अभिनय र मुन्धुम पदमार्गले परिचित टेम्के मैयुङ क्षेत्रमा गरिएको छायांकनले दर्शकहरुलाई आकर्षित गर्छ । लेकमा बस्ने गोठाले र जिम्वालको छोरी सँग माया बसेको कथा यस गितको अभिनयमा देख्न सकिन्छ । https://youtu.be/hm6...
७ महिनाको गर्भवती अवस्थामा पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरेको इजिप्टियन फेन्सरको खुलासा

७ महिनाको गर्भवती अवस्थामा पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरेको इजिप्टियन फेन्सरको खुलासा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १५ । इजिप्टियन फेन्सर नाडा हाफिजले पेरिस ओलम्पिकमा ७ महिनाको गर्भवती अवस्थामा प्रतिस्पर्धा गरेको खुलासा गरेकी छन्। २६ वर्षीया हाफिजले महिला इन्डिभिडुअल साब्रेतर्फ पहिलो खेल जितेकी थिइन्, तर अन्तिम १६ मा पराजित भइन्। इन्स्टाग्राममा एक पोष्टमार्फत उनले आफ्नो गर्भावस्थाको बारेमा खुलासा गर्दै लेखिन्, ‘पोडियममा तपाईंका दुई जना खेलाडी देखिन सक्छन्, वास्तवमा त्यहाँ तीन जना थिए। म, मेरो प्रतिस्पर्धी र मेरो यो संसारमा आउन बाँकी रहेको सानो बच्चा।’ कायरोकी हाफिजले यो उनको लगातार तेस्रो ओलम्पिक सहभागिता भएको जानकारी दिइन्। उनले पहिलो खेलमा अमेरिकाकी एलिजाबेच तार्तताकोभ्स्कीलाई १५–१३ ले हराएकी थिइन्, तर अर्को खेलमा दक्षिण कोरियाकी जिओन ह्योङसँग १५–७ ले पराजित भइन्। हाफिजले यस पटकको ओलम्पिक अनुभव फरक रहेको बताउँदै भनिन्, ‘३ पटकको ओलम्पियन। तर यस पटक सानो ‘लिटिल ओलम्पियन’लाई बोकेर...
सरकार ढल्ने त के, ढलपल पनि हुँदैन : प्रधानमन्त्री ओली

सरकार ढल्ने त के, ढलपल पनि हुँदैन : प्रधानमन्त्री ओली

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर रहने र यसको स्थायित्वबारे चिन्ता नगर्न आग्रह गरेका छन्। मंगलबार सचिवहरुलाई निर्देशन दिने क्रममा उनले भने, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन।’ प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमालेले कर्तव्यबोध गरेर यो सरकार बनाएको बताए। उनले आफ्नो नेतृत्वमा सरकार २ वर्ष चल्ने र त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा जाने स्पष्ट पारे। ‘यो सरकार मेरो नेतृत्वमा २ वर्ष चल्ने हो। २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु। गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुन्न,’ उनले भने। ‘यसपछि शेरबहादुरजीको नेतृत्वमा जाने हो।’  ...
तीन वर्षदेखि बेपत्ता सैनिक कलेजका विद्यार्थीको रहस्य कायमै

तीन वर्षदेखि बेपत्ता सैनिक कलेजका विद्यार्थीको रहस्य कायमै

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १५ । नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानको होस्टलबाट करिब तीन वर्षअघि बेपत्ता भएका विद्यार्थी राजेश शाही अहिलेसम्म फेला परेका छैनन्। सानोभर्याङस्थित संस्थानको होस्टलमा बसेर एमबीबीएस चौथो वर्षमा अध्ययनरत २३ वर्षीय शाही १७ भदौ २०७८ मा बेपत्ता भएका थिए। राजेशका बुबा दानबहादुर शाहीले छोराको खोजीका लागि जंगीअड्डा, नेपाल प्रहरीदेखि केन्द्रीय अनुसन्धान ब्यूरोसम्म गुहारेका छन्। उनले प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं, राष्ट्रिय मानवअधिकार आयोगदेखि प्रधानमन्त्री, सभामुख र चारवटै दलका सचेतकसम्मलाई पटकपटक गुहार लगाएका छन्। तर अहिलेसम्म कुनै सफलता हात लागेको छैन। शाहीले आफूले १६ वर्ष जागिर खाएको नेपाली सेनामा कार्यरत उच्च अधिकृतहरुसँग छोराको खोजी गरिपाउँ भन्दा पाएको रुखो व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले पेन्सन र बैंकमा सुरक्षागार्डको काम गरेर आएको पैसा ज...
पूर्वाधार अभावमा घाँसे मैदानमा परिणत पोखरा लेखनाथ रंगशाला

पूर्वाधार अभावमा घाँसे मैदानमा परिणत पोखरा लेखनाथ रंगशाला

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १५ । पोखरा लेखनाथ रंगशाला निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि पर्याप्त पूर्वाधारको अभावमा घाँसे मैदानमा परिणत भएको छ। फुटबल, भलिबल, करातेलगायत विभिन्न खेलका खेलाडीहरू अभ्यासका लागि त्यहाँ पुग्ने गरे पनि उचित सुविधाको अभावमा समस्या भोग्न बाध्य छन्। बहुउद्देशीय कभर्ड हल अलपत्र परेको कारण इन्डोर खेलहरू पनि खुला मैदानमै गर्नुपर्ने बाध्यता रहेको छ। वर्षायाममा रंगशालाको ट्र्याक हिलाम्मे हुने हुँदा खेलाडीहरूले दौडन समेत पाउँदैनन्। आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङका अनुसार रंगशालामा बनेका संरचनाहरू अलपत्र परेका छन् र ट्र्याक मापदण्ड अनुसारको छैन। हाल ठूला खेल प्रतियोगिताहरू सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए। पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारीहरूले बजेट अभावले रंगशाला पूर्ण रूपमा बन्न नसकेको जनाएका छन्। आठ वर्षअघि सुरु गरिएको बहुउद्देश्यीय कभर्ड हल...
केरलको वायनाडमा बाढीपहिरो : १ नेपाली बालकसहित ५० जनाको मृत्यु

केरलको वायनाडमा बाढीपहिरो : १ नेपाली बालकसहित ५० जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १५ । भारतको केरल राज्यको वायनाड जिल्लामा आएको बाढी र पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ। मृतकहरूमा एक नेपाली बालक पनि रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मंगलबार बिहान वायनाडको मेप्पाडी क्षेत्रमा भारी वर्षापछि आएको बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको हो। टाइम्स अफ इन्डिया र एनडीटीभीका अनुसार थोन्डरनाड क्षेत्रमा एक नेपाली परिवारका १ वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय समाचार संस्था मनोरमाका अनुसार ७० भन्दा बढी व्यक्तिलाई अस्पताल लगिएको छ र ४ सयभन्दा बढी परिवार विस्थापित भएका छन्। बाढीपहिरोमा फसेका २५० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको छ। केरलका मुख्यमन्त्री पिनराई विजयनले उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै प्रतिपरिवार २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध ग...
गुटगत विवादले कोशी प्रदेश सरकारमा कांग्रेसको सहभागिता अन्योलमा

गुटगत विवादले कोशी प्रदेश सरकारमा कांग्रेसको सहभागिता अन्योलमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १५ । कोशी प्रदेश सरकारमा सहभागिताको लागि तयार रहेको नेपाली कांग्रेसले आफ्नै गुटगत विवादका कारण मन्त्रीको नाम छनोट गर्न सकेको छैन। एमाले–कांग्रेसबीच चार–चार वटा मन्त्रालय भागबण्डा गर्ने सहमति भइसकेको भए पनि कांग्रेसले अझै मन्त्री पठाउन सकेको छैन। कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने र समावेशी सिद्धान्त अपनाउने निर्णय गरेको छ। कांग्रेसका २९ सांसदमध्ये २७ जनाले मन्त्री बन्न दाबी गरेका छन्, जसमध्ये ४ देखि ६ जनासम्म मन्त्री र राज्यमन्त्री बन्न सक्ने सम्भावना रहेको छ। पार्टीभित्र शेरबहादुर देउवा, शेखर कोइराला र कृष्णप्रसाद सिटौला गुटबाट मन्त्री बनाउने गरी छलफल भइरहेको छ। लैंगिक र समावेशीतालाई ध्यान दिने निर्णय गरिए पनि हाल चर्चामा रहेका नाममा महिलाको प्रतिनिधित्व कम देखिन्छ। केन्द्रमा जस्तै प्रदेशमा पनि एमालेकांग्रेस गठबन्धन बनाउने सहमति भए...
दक्षिण एसियामा बाढी–पहिरोबाट ६० लाख बालबालिका प्रभावित : युनिसेफ

दक्षिण एसियामा बाढी–पहिरोबाट ६० लाख बालबालिका प्रभावित : युनिसेफ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १५ । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले नेपालसहित दक्षिण एसियाली मुलुकहरुमा भारी वर्षासँगै आएको बाढी–पहिरोले बालबालिका र किशोरकिशोरीहरु गम्भीर रूपमा प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेको छ। युनिसेफका अनुसार यस्ता प्राकृतिक प्रकोपबाट करिब ६० लाख बालबालिका प्रभावित भएको अनुमान गरिएको छ। मनसुन सुरु भएसँगै नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा वर्षा, बाढी र पहिरोले ठूलो विपत्ति निम्त्याएको छ। युनिसेफले जारी गरेको विज्ञप्तिमा बाढी र डुबानका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना भएको उल्लेख छ। स्वच्छ खानेपानीको आपूर्ति प्रभावित भएकोले दूषित पानीका कारण झाडापखाला लगायत विभिन्न रोगहरू फैलिने खतरा बढेको छ। युनिसेफले जलवायु परिवर्तनका कारण यस्ता गम्भीर मौसमी घटनाहरु बढ्दै गएको र यसले बालबालिकाको जीवनमा नकारात्मक असर पारेको जनाएको छ।...