पूर्णपुष्टि, असार १५ । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका–६ स्थितबाट सिराहा लहानका २७ बर्षीय राज कुमार यादव शुक्रबार लागुऔषध सहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जिप्रका र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले यादवलाई डाइजेपाम, फेनारगन र आइपियल समेत गरी ४५ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका यादवको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
पूर्णपुष्टि, १४ असार ।
डिभिजन वन कार्यालय गाईघाटको अगुवामाई दुई जना वन सम्बन्धि अध्यापन गर्दै आएका विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । त्रियुगा नगरपालिका १४ का शिवसक्ति सामुदायी वन साउनेको सहयोगमा डिभिजन वन कार्यालयले सोही ठाउँका मित्र तामाङ र जिसन तामाङलाई आर्थिक सहयोग गरेको हो । उनिहरु बन सम्बन्धी खोटाङ स्थित माहुरेगढी बहु पाविधि शिक्षालयमा वन सम्बन्धि अध्यानरत छन् । बनको क्षेत्रमा पढ्ने विद्यार्थीहरुको संख्या बढाउन र यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी वनलाई संरक्षण गर्न प्रोत्सान स्वरुप उनिहरुलाई रु २५ हजारको दरले आर्थिक सहयोग गरेको हो । उनिहरुलाई कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले आर्थिक सहयोग प्रदान गरेको हो ।...
पूर्णपुष्टि, १४ असार ।
डिभिजन बन कार्यालय गाईघाटले कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरलाई कार्यालयको अवस्थाबारे ब्रिफ्रिङ गरेको छ । शुक्रबार कार्यालयमा वन कार्यालयको निति ऐन कार्यालयको कार्य अवस्था र कर्मचारीहरुको अवस्थाबारे जानकारी गराएका थिए । कार्यालयले कतिपय ऐनहरु बाँििझँदा वन सम्बन्धी काम गर्न असहज भएको जनाए । त्यसका लागि समन्वय र निति ऐन निर्माणमा भुमिका खेल्न कार्यालयले अनुरोध गरे ।
दर्वनन्दी अनुसारको दक्ष जनशक्तिको अभावमै कार्यालयले उल्लेखिय काम गरेको पनि मन्त्रीलाई जानकारी गराएको छ । सिमित स्रोत साधनमै कार्यालयले गर्नु पर्ने कामहरु अधिक मात्रामा भएको कार्यालयले जनाए । हाल वनको समस्याको सिमित कर्मचारी, नियम कानुनमा समस्या, अतिक्रमण र जोखिमयुक्त रुख हटाउन समस्या जस्ता कुराहरु असहज भएको कार्यालयले जानकारी गराएको छ । मन्त्री बुर्जाले कार्यालको अवस्थाबारे ...
पूर्णपुष्टि, १४ असार ।
नेपाल नेत्र ज्योति संघ उदयपुरले जिल्ला कारागार उदयपुरका कैदिवन्दीहरुलाई निशुल्क चस्मा बितरण गरेको छ । जननेता मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसमा कारागारका ५९ जना कैदीहरुलाई चस्मा वितरण गरिएको संघका अध्यक्ष भागवत राउतले जनाए । नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यालय काठमाण्डौँको समन्वय तथा जिल्ला शाखा उदयपुरको आयोजना र आई कियरको सहयोगमा चस्मा वितरण गरिएको हो । अध्यक्ष राउतले नेत्र ज्योति संघ रहे सम्म कोही पनि आँखा रोगी भएर बस्नु नपर्ने जनाए । उनले पैसाको अभावमा आँखाको समस्या लिएर हिड्नु पर्ने अवस्थाको समधान भएको जनाए । चस्मा वितरण प्रदेशका उपसभामुख सिर्जना दनुवारले गरेका थिईन् ।...
पूर्णपुष्टि, १४ असार ।
बर्षायामका कारण अचानक बढेको त्रियुगा नदीले क्षती पुराउन सक्ने भन्दै सहज रहन अनुरोध गरेको छ । जल तथा मौसम बिज्ञान बिभागले नदी क्षेत्र आसपास बस्ने वस्तीहरुमा सतर्क रहन अनुरोध गरेको हो । असार १४ गते आएको बर्षाले नदीको सतह बढेको छ । त्रियुगा नदीले बिहानी पख सतर्कता तह पार गरेका थिए । बढ्दो बर्षाले सतह पार गरेपछि नदीको होचो भुभागका वस्तीहरुले सतर्कता अपनाउनु पर्ने देखिएको भिगाले जनाएको । नदीको तटीय क्षेत्रहरुमा अहिले पानीको बहाव बढेको छ ।...
पूर्णपुष्टि, असार १३ । उदयपुरको सदरमुकाम गाईघाटमा मुस्लिम समुदायको सशत्तिकरण तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । बिहिबार त्रियुगा नगरपालिका–१२ स्थित होटल टाउन हलमा मुस्लिम समुदायको सशत्तिकरण तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको हो ।
मुस्लिम आयोग जावलाखेल, ललितपुरको आयोजनामा मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांकृतिक लगायत विविध विषयक सशत्तिकरण तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको हो । समुदायको स्वास्थ्य, शिक्षा, सांकृतिक लगायतको विकास गर्ने उदेश्य सहित कार्यक्रम गरिएको आवास राष्ट्रिय अभियान केन्द्रिय संयोजक तथा मुलधार महिला सेवा केन्द्रका अध्यक्ष नजवुल खानले बताईन । राज्यले दिएको सेवा सुविधा सम्पूर्ण समुदाय स्तरसम्म पुर्याउन कार्यक्रम गरिएको उनले बताईन् ।
समुदायको समस्याबारे जानकारी गराई स्थानिय सरकारबाट सम्बोधन गराउने तर्फ मुस्लिम आयोगले भुमिका खेलिरहेको मुस्लिम समुदाय...
पूर्णपुष्टि, असार १३ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
१ सय ८६ परिक्षार्थीले ल्याए ४ जिपिए् ल्याएका छन् । प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा सार्वजनिक गरिएको हो । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्...
पूर्णपुष्टि, असार १३ । जारी टि–२० विश्वकप क्रिकेट २०२४ मा दक्षिण अफ्रिका फाईनल पुगेको छ । बिहिबार बायन लारा क्रिकेट स्टेडियममा भएको पहिलो सेमिफाईनल खेलमा अफगानस्थानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाईनलमा प्रवेश गरेको हो । यसअघि एकदिवसीयमा ५ र टी–२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो ।
अफगानस्थानले दिएको ५७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पुरा गरेको हो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे भने एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भयो । अफगानिस्तानका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक ...