Friday, July 10News That Matters

Author: पूर्णपुष्टि खबर

लिम्चुबुङको गाउँसभा सम्पन्न

लिम्चुबुङको गाउँसभा सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० असार । लिम्चुङबुङ गाउँपालिकाले दोस्रो सभाको पन्द्रो अधिवेशन सम्पन्न गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ को लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँसभा सम्पन्न गरेको हो । पालिकाले समृद्ध लिम्चुङबुङ गाउँपालिकालाई एकै पुस्तामा समेट्न पर्यटन पक्की सडकलाई मुख्य ऐजेण्डा बनाएको छ । पालिका अध्यक्ष मेजर कुमार राईले लिम्चुङबुङको विबास, सुधार र समृद्धका लागि पर्यटन पक्कीसडकको अत्यावश्यक रहेको जनाए । राईले संघिय र प्रदेशले बजेट पठाएको भएपनि पालिकालाई समेट्न सक्ने खाले बजेट नरहेको जनाए । पालिकाको निति तथा कार्यक्रम जनमुखी रहेको अध्यक्ष राईले जनाए । कृषि पर्यटन, भौतिक पूर्वधार शिक्षा, स्वास्थ्य, विकास, रोजगार उद्यमशिलता, सामाजिक विकास, युवा तथा खेलकुद, खानेपानी सरसफाई, बिपद व्यवस्थापन जस्ता महत्वपूर्ण कुराहरुलाई निति तथा कार्यक्रममा समेटिएको छ ।...
गाईघाट ट्राफिकद्धारा ७० जना सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

गाईघाट ट्राफिकद्धारा ७० जना सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० असार । जिल्ला ट्राफिक कार्यालय उदयपुरले ७० जना सवारी चालकहरुको निशुल्क स्वास्थ्य जाँच गरेको छ । त्रियुगा नगरपालिका १३ बरुवा बसपार्कमा सोमावार लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई स्वास्थ्य परिक्षण गराईएको हो । कर्यालयका ट्राफिक इन्चार्ज श्याम सुन्दर पोखरेलले दुर्घटना न्युनिकरणका लागि चालकहरुको अनिवार्य स्वास्थ्य जाँचको आवश्यक रहने जनाए । चालक सबैभन्दा बढी स्वास्थ्य रहनु पर्ने हुँदा उनिहरुलाई सँधै चेकजाँचको आवश्यक रहने पोखरेलले जनाए । पोखरेलका अनुसार ७० जना चालकहरुले आँखा र प्रेसरको जाँच गरेका छन् । उनिहरुको बिषेशगरी प्रेसर र आँखा दन्दुरुष्त हुनु पर्ने इन्चार्ज पोखरेलको भनाई छ । चालकको स्वास्थ्य अवस्था राम्रो भए दुर्घटनाहरु कम हुँदै जाने भन्दै सके सम्म चालकहरुका लागि महिनामा एक पटक सम्म चेक जाँचको वातावरण मिलाउने पोखरेलले बनाए । चेक गरिएका मध्ये दुई जना चालकहरुमा...
गाईघाटमा सम्पन्न भयो यस बर्षको साकेला उभौली, तस्विर सहित

गाईघाटमा सम्पन्न भयो यस बर्षको साकेला उभौली, तस्विर सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ असार । करिब एक महिना सम्म संञ्चालन भैएको किराती समुदायहरुको संस्कार संस्कृतिमा आधारित साकेला उभौली सम्पन्न भएको छ । शनिवार गाईघाट स्थिति साकेला थानमा साकेला नाच तथा साकेला शिल्ली प्रतियोगिता गरेरे साकेला सम्पन्न गरिएको हो । किरात राई यायोख्खा त्रियुगा नगरपालिका ११, १२ र १३ को संयुक्त आयोजनामा साकेला समापन गरिएको हो । साकेला उदयपुरमा गत जेष्ठ १० गते सिकारी भुमि पुजाआजा सहित सुरु गरिएको थियो । १६ ओटा प्राकाशा रहेकाउ गाईघाटमा सबै स्थानमा साकेला उभौलीको आयोजना गरिएको थियो । उक्त साकेलाको एकमुष्ट रुपमा समापन गाईघाटमा गरिएको हो । गाईघाटमा ७ र ८ गते गरी दुई दिन साकेला मनाईएको थियो । पहिलो दिन साकेला नाचगान र पुजाअजा दोस्रो दिन भने प्रतियोगिता गरी साकेला नाचका समापन गरिएको आयोजक समितिका अध्यक्ष सर्वधन राईले जनाए । उनले यो बर्षको लागि साकेला उभोली सम्पन्न भएको समेत जानकारी गराए । ...
स्व. गिता स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिताको उपाधी इटहरीले जित्यो

स्व. गिता स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिताको उपाधी इटहरीले जित्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ असार । स्वर्गिय गिता स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिताको उपाधी इटहरीले पच गरेको छ । २ पटक बिजेता ईटहरी उपमहानगरपालिका सुनसरीले यो पटक पनि जित हात पार्दै शिल्ड पच गरेको हो । प्रतियोगिताको बिजेता सँगै उक्त टिमले नगद रु ३० हजार सहित ट्रफि जितेको छ । यस्तै प्रतियोगितामा त्रियुगा नगरपालिका कमिटी दोस्रो, धरान १५ साकेला समूह तेस्रो भएको छ । दोस्रो हुने टिम त्रियुगाले नगद रु २० हजार र तेस्रो हुने धरानले नगद रु १५ हजार प्राप्त गरे । त्यस्तै ११ औँ गिता स्मृति रनिङ साकेला संघ लेटाङ मोरङ, कोवाई बुङ साकेला समूह त्रिनपा ३ चाप, चौनपा साकेला संघ, किरात राई चाम्लीङ खाम्वात्तिम, त्रिनपा नगर कमिटीले पनि सान्त्वना पुरस्कार पाएको छ । उनिहरु क्रमश चौथो, पाँचौ, छैँठौ र सार्तौबन्न सफल भएको हो । प्रथम पुरस्कारलाई नरध्वज राई, दोस्रो पुरस्कारलाई प्रेम कुमार राई, तोस्रो पुरस्कार भुपजित पुमा राई...
शिक्षामा त्रियुगा नगरपालिकाको मनपरी भएकाे भन्दै दलहरुकाे विरोध

शिक्षामा त्रियुगा नगरपालिकाको मनपरी भएकाे भन्दै दलहरुकाे विरोध

Breaking News 1, शिक्षा, समाचार
सुनिल राई (उदयपुर) पूर्णपुष्टि, ८ असार उदयपुरका राजनितिक दलहरुले त्रियुगा नगरपालिकाले शिक्षा क्षेत्रमा लापर्वाही र विद्यार्थीहरुको पठनपाठनमा प्रभावित बनाएर बेतिथी निम्ताएको भन्दै बिरोध गरेका छन् । जिल्लाको ६ ओटा राजनितिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकमा माओवादी, राप्रपा, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीले संयुक्त बिज्ञाप्ती जारी गर्दै त्रियुगा नगरपालिकामा ठाडो निर्देशनबाट मापदण्ड विपिरिद पूर्वाग्राहि हिसावले विद्यालयको घटुवा र जथाभावी शिक्षक सरुवा गरेको भन्दै बिरोध गरेको हो । हालै त्रियुगा नगरपालिकाले नगरभित्रका बिभिन्न सामुदायिक विद्यालयहरुलाई शैक्षिकसत्र सुरुवात भई तिन महिना व्यतित भैसकेको अवस्थामा बालवालिकाहरुले आफ्नो घर पायक पर्ने ठाउँमा अध्यान गरिरहेको अवस्थामा मापदण्ड निर्माण नगरी हचुवा तथा पूर्वाग्राहि ढंगले विद्यालयहरुको तह घटुवा र दरबन्दी मिलानको ना...
उदयपुरगढीमा पान दर्ता र सामुदायिक वनको बिषयमा १ दिने अन्तरक्रिया

उदयपुरगढीमा पान दर्ता र सामुदायिक वनको बिषयमा १ दिने अन्तरक्रिया

Breaking News 1
पूर्णपुष्टि, ८ असार । उदयपुरगढी गाउँपालिकामा पान दर्ता तथा सामुदायिक वनको सामसामयिक बिषयमा ए दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । स्थानीय वन महासंघ उदयपुरगढी तथा जिल्ला महासंघ उदयपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । पछिल्लो समय सामुदायिक वनले अनिवार्य रुपमै समुहले पान लिन पर्ने जनाईएको छ । सोही बिषयमा सामुदायिक वन तथा कार्यरत पदाधिकारी तथा उपभोक्ताहरुलाई सचेत गराउन बृहत अन्तरक्रिया तथा छलफल गरिएको सामुदायिक वन महासंघ उदयपुरका अध्यक्ष कुशलवावु वस्नेतले जनाए ।...
गाईघाटमा साकेलाको रौनक, तस्विरमा हेनुृहोस् ।

गाईघाटमा साकेलाको रौनक, तस्विरमा हेनुृहोस् ।

Breaking News 1
पूर्णपुष्टि, ७ असार । गाईाघाट स्थित साकेला थानमा किरात समुदायहरुले साकेला भव्य नाचेको छ ।
गाईघाट साकेला थानको पारुहाङ सुम्निमाको प्रतिमा अनावरण

गाईघाट साकेला थानको पारुहाङ सुम्निमाको प्रतिमा अनावरण

Breaking News 1
पूर्णपुष्टि, ७ असार । गाईघाट स्थित साकेला थानमा रहेको पारुहाङ सुम्निमाको प्रतिमा अनावरण गरिएको छ । शुक्रबार साकेला उभौली सँगै प्रतिमाको पनि अनावरण गरिएको हो । किरात समुदायहरु भित्र रहेका बिभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा प्रतिमा निर्माण गरि साकेला थानलाई संस्कृतिमय बनाईएको छ । प्रतिमाको उद्घाटन किरात राई मुन्धुम धर्म संस्कार र संस्कृतिका संरक्षक जेष्ठ किरात नरध्वज राई र प्रेम चाम्लीङराईले गरेका हुन् । प्रतिमाको उद्घाटन गर्दै प्रेम चाम्लिङ राईले प्रकृतिमा रहेको सम्पूर्ण जिवजन्तुहरु सबै पारुहाङ सुम्निमको सन्तान रहेको जनाए । सृष्टि उत्पतिका मानव र जिव जन्तुहरु उनिहरुकै सन्तान रहेको उनले कथा सुनाए ।...
गाईघाटमा आज र भोली साकेला नाच तथा प्रतियोगिता

गाईघाटमा आज र भोली साकेला नाच तथा प्रतियोगिता

Breaking News 1
पूर्णपुष्टि, ७ असार । गाईघाटमा आज र भोली भव्य साकेला हुने भएको छ । आयोजक किरात राई यायोख्खा त्रियुगा नगपालिका वडा नं ११, १२ र १३ ले शुक्रबार साकेला नाच गर्ने र शनिवार साकेला प्रतियोगिता गराउने भएको हो । १२, १३ र ११ का संयुक्त प्रारम्भी वडा कमिटीका अध्यक्ष सर्वधन राईका अनुसार किरातीहरुको महान पर्वलाई गाईघाटमा भव्य मनाउने चलन रहेको छ । जेष्ठ १० गतेदेखी सुरु भएको साकेला गाईघाटमा भने बृहत रुपमा मनाईन्छ । यस बर्ष साकेला प्रतियोेगिता पनि गराउने भएको छ । लामो समय पछि गिता स्मृति साकेला प्रतियोगिता हुन लागेको हो । राईका अनुसार साकेला थानमा निर्माण भएको पारुहाङ सुम्निमाको प्रतिमा पनि अनावरण गरिने छ । साकेला प्रतियोगिता सँगै यस बर्षको साकेला उभौलीको पनि समापन गरिने छ ।...
बिषनपुर र त्रिवेणीको बिचमा थुपारिएको फोहोर बैशाख सम्म हटाउने  सहमती

बिषनपुर र त्रिवेणीको बिचमा थुपारिएको फोहोर बैशाख सम्म हटाउने सहमती

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ असार । त्रियुगा नगरपालिकाले १२ नं वडा स्थित बिसनपुर र त्रिवेणी असपास थुपार्दै आएको फोहोर अन्यत्र सार्न स्थानीयले माग गरेको छ । अव्यवस्थित रुपमा थुपारिएको फोहोरले त्यस आसपास बसोवास गर्ने स्थानीयहरुलाई दुर्गन्धित पारेको भन्दै त्यस ठाउँबाट अन्यत्र सार्न स्थानीयहरुले माग गरेको छ । नगरपालिकाभरीका फोहोरहरु एउटा टोलमा ल्याएर थुपार्दै त्यहाँको जनताहरुलाई असर पार्ने काम नगरले गरेको भन्दै स्थानीयहरुले फोहोर हटाउन बिरोध गर्दै आएका थिए । शुक्रबार त्रियुगा नगरपालिका र स्थानीयहरुबीच भएको छलफलमा फोहोरलाई व्यवस्थित गर्ने र गराउने निर्णय भएको छ । स्थानीयहरुले बिभिन्न १३ बुदामा फोहोर व्यवस्थापनको लागि माग राखेको छ । उनिहरुले यस ठाउँबाट फोहोर हटाउन पहिलो माग राखेको छ । यस मागहरुको सुनुवाई गर्दै नगरपालिकाले आउँदो बैशाख सम्ममा फोहोर अन्यत्र सार्ने जनाएको छ । त्यस समय सम्म स्थानीयहरुले माग...