Saturday, July 11News That Matters

Author: पूर्णपुष्टि खबर

एमाले त्रियुगा नगरको नेतृत्व चयनमा सकस, सहमतिको हदैसम्म प्रयास

एमाले त्रियुगा नगरको नेतृत्व चयनमा सकस, सहमतिको हदैसम्म प्रयास

Breaking News 1
पूर्णपुष्टि, २७ जेष्ठ । एमाले त्रियुगा नगरपालिकाको नेतृत्व चयनमा सकस परेको छ । शुक्रबारदेखी सुरु अधिवेशन आईतबार दिउँसो सम्म पनि निश्किर्ष बिहिन भएको छ । अध्यक्ष, सचिव र उपसचिवको लागि आकांक्षीहरु धेरै देखिएको छ । अध्यक्षको लागि ५ जनाले दावी गरेको छ भने सचिवमा २ जना र उपसचिवमा १० जनाले दावी गरेको छ । अध्यक्ष ५ जनाको दावी मध्ये २ जनाले भने दावी छाडेको छ । बिमल श्रेष्ठ र जनार्दन रेग्मीले दावी छाडेको हो । बाँकी गोविन्द राउत, विश्वराज भट्राई, गोविन्द खड्काले भने दावी कायम राखेको छ । यता सचिवमा भने दुवै जनाले दावी छाडेको छैन । नवि वस्नेत र भुवन दाहालले सविचका लागि दावी गरेको छ । यस्तै उपसचिवको लागि भने बढी आकांक्षीहरु देखिएको छ । महिलाले मात्रै ५ जनाले उपसचिवका लागि दावी राखेको छ । उपसचिवका लागि महिलाहरुमा विष्णु ओली, शोभा दाहाल, रेनुका श्रेष्ठ, शुसिला बिक र भावना राउतको दावी छ । अन्य ५ जना भने ...
मलेसियामा ट्रकको ठक्करबाट एक नेपाली युवकको मृत्यु

मलेसियामा ट्रकको ठक्करबाट एक नेपाली युवकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २७ । मेलेसियामा ट्रकको ठक्करबाट एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका २६ वर्षीय राकेश कुमार सोनार रहेका छन् । गत जेठ १६ गते कम्पनीबाट काम सकेर कोठामा फर्किने क्रममा ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ। मृतकको को शव १० दिनपछि शनिबार साँझ नेपाल ल्याइ अन्त्येष्टि गरिएको छ। कटहरिया ३ का वडाअध्यक्ष श्यामान्त यादवले हिन्दु परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको दाहसंस्कार गरिएको बताएका छन् । मलेसिया स्थित नेपाली राजदूतावासले उनी काम गर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ। वैदेशिक रोजगारको शिलसिलामा पछिल्लो एकवर्ष देखि उनी मलेसियामा कार्यरत थिए।...
हुरेण्डेक उदयपुरले आयोजना गरेको ३९० घण्टे सिप मुलक तालिम  सुरु

हुरेण्डेक उदयपुरले आयोजना गरेको ३९० घण्टे सिप मुलक तालिम सुरु

Breaking News 1
पूर्णपुष्टि, २६ जेष्ठ । वल्र्ड भिजन ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा हुरेण्डेक उदयपुरले आयोजना गरेको ३९० घण्टे सिप मुलक तालिमको शनिवार राजाबास स्थित ओरेक नेपालको हलमा उद्घाटन भएको छ । तालिम हुरेन्डेक नेपालमा कार्यरत जिबिकोपार्जन अधिकृत आशिष खत्रिको उद्घोषणमा हुरेण्डेक नेपाल उदयपुरका अध्यक्ष शंकर बहादुर थापाले अध्यक्षता ग्रहण गदै मैन बत्ति बालेर उद्धघाटन गर्नुभएको थियो । हुरेण्डेक नेपाल उदयपरका कार्यक्रम व्यबस्थापक बिकल सुवेदीका अनुसार मोवाईल मर्मत, बिउटी पार्लर र कम्युटर गरी तिन प्रकारको सिपमुलक तालिम दिईने भएको छ । उत्त तालिममा रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका, उदयपुरगढि गाउँपालिका , लिम्चुङबुङ गाउँपालिका , त्रियुगा नगरपालिका र कटारी नगरपालिकाका करिब ६ हजार आरसी ९च्भनष्कतभचभम ऋजष्मि० बाललालिकाहरुबाट छानिका ३२ जना सहभागीहरुलाई तालिम प्रदान गरिने व्यबस्थापक सुवेदीले बताए । त...
उदयपुरका उद्यमीहरुलाई एक दिने लेखा तालिम

उदयपुरका उद्यमीहरुलाई एक दिने लेखा तालिम

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २६ । उदयपुरमा उद्यमीहररुलाई एक दिने लेखा तालिम दिईएको छ । शनिबार घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजनामा उद्यमीहरुलाई लेखा तालिम दिईएको हो । घरेलु तथा साना उद्योग महासंघ उदयपुरका प्रमुख नरेन्द्र पराजुलीको सभापतित्वमा सम्पन्न तालिममा आम्दानी खर्च, कर प्रणाली, सम्पत्ती÷दायित्व र आर्थिक वर्ष २०८०÷०८१ को बजेट र संसोधित कर छुट बिषय सम्बन्धि उद्यमीहरुलाई तालिम दिइएको थियो । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख मधुकर थापाले उद्यमीहरुको आर्थिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उदेश्यका साथ एक दिने लेखा तालिम संञ्चालन गराईएको बताउनुभयो । घरेलु तथा साना उद्योग महासंघको समन्वयमा भएको उक्त तालिममा महिला उद्यमी समितिका अध्यक्ष बिना राई, नेपाल कपडा तथा सिलाई व्यवसाय संघका अध्यक्ष ज्ञानु प्रधान लगायतको उपस्थिति रहेको थियो । तालिममा ८० जना उद्यमीहरुको सहभागिता रहेको थिय...
एमाले त्रियुगा नगर अधिवेशनको समिति चयन प्रक्रिया सुरु, यस्तो छ निर्वाचन तालिका

एमाले त्रियुगा नगर अधिवेशनको समिति चयन प्रक्रिया सुरु, यस्तो छ निर्वाचन तालिका

Breaking News 1, समाचार
पूर्णपु्ष्टि, २६ जेष्ठ । एमाले त्रियुगा नगरपालिकाको अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । मोतिगडाको होटल इम पायर इनमा हिजोबाट सुरु भएको अधिवेशन शनिवारका दिन निर्वाचन प्रक्रिया सुरु गरिएको हो । शुक्रबार उद्घाटन सत्र सकेर सनिवारदेखी उम्मेदावर चयन प्रक्रिया सुरु गरिएको हो । आयोजक कमिटिका अनुसार अपरान्ह ३ देखि ५–३० सम्म मतदान हुने भएको छ । समिति चयनका लागि सर्वसहमतको प्रयास भैरहेको जनाईएको छ । यदि त्यो हुन नसके निर्वाचन प्रक्रियाबाट समिति चयन हुने जनाईएको छ । यस्तो छ निर्वाचन तालिका...
मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २५ । मधेस प्रदशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश कुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । सिंहले प्रदेश प्रमुख भण्डारी समक्ष जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री सिंहले केहीबेरमा शपथ लिनेछन् । यसअघिका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त हुँदा प्रदेश प्रमुखले त्यही दिन नयाँ सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्न आव्हान गरेकी थिईन् । उनले दाबी पेश गर्न आज (शुक्रबार) सम्मको समय दिएकी थिइन् ।...
उदयपुरको कटारीमा सेनाद्धारा विपदका नमुना उद्धार अभ्यास प्रदर्शनी

उदयपुरको कटारीमा सेनाद्धारा विपदका नमुना उद्धार अभ्यास प्रदर्शनी

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २५ । उदयपुरको कटारी नगरपालिकामा नेपाली सेनाले विपदका नमुना उद्धार अभ्यास डेमोस्ट्रेसन प्रदशर्न गरेको छ । शुक्रबार श्री पशुपति गण पिपलटार व्यारेक उदयपुरको आयोजनामा कटारी–५ सिमसारमा बाढीबाट जोगिने उपायहरुको नमुना प्रदशर्नी गरिएको हो । बाढीमा फसेकाहरुलाई कसरी उद्धार गर्ने, घरेलु स्थानीय सामाग्रीबाट कसरी उद्धार सामाग्री निर्माण र प्रयोग गर्ने, बाढीबाट विस्थापितको कसरी उद्धार गर्ने, डुंगा पल्टिंदा कसरी बच्ने लगायतको नमुना प्रदर्शनी गरिएको थियो । त्यस्तै उद्धार गरेकाहरुलाई छिटो उपचारमा पुराउने, उपचार गर्ने तथा अन्य क्षतिहरुको बारेमा कसरी तथ्यांक संकलन गर्ने लगायतका विषयहरुमा प्रदशर्नी गरिएको थियो । ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख भीमप्रसाद भट्टराईले मनसुन सुरुहुन पूर्व गरिएको यो प्रदशर्नी महत्वपूर्ण रहेको बताएका छन् । विपदमा उद्धारका लागि सवैभन्दा पहिला छिटो सूचनाको ...
श्रीमतीको हत्या आरोपमा नेपाली सेनाका अमलदार पक्राउ

श्रीमतीको हत्या आरोपमा नेपाली सेनाका अमलदार पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २५ । नेपाली सेनाका अमलदारलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको कपुरकोट घर भई तुलसीपुर उपहानगरपालिका वडा ६ राप्ती टोलस्थित गोकर्ण चन्दको घरमा डेरा गरी बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर प्रसाद पोखरेलका अनुसार ज्वालादल गण बारामा कार्यरत बुढाथोकीले २७ वर्षीया श्रीमती टीकाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । शालिकरामलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ः५० बजेतिर शालिकरामले श्रीमतीको हत्या गरेका थिए । यस घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
जनमतका सतिश सिंहको मधेशको मुख्यमन्त्रीमा दाबी पेश

जनमतका सतिश सिंहको मधेशको मुख्यमन्त्रीमा दाबी पेश

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २५ । जनमत पार्टीका सतिश कुमार सिंहले मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । शुक्रबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सत्तारुढ दलसहितको ६ राजनितिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न दाबी पेश गरेका हुन् । सिंहलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद गरी ५५ जना सांसदको समर्थन रहेको छ । १०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ ।...
एमाले उदयपुर पालिका अधिवेशन : कुन नेताले काहाँ गर्दैछ उद्घाटन ?

एमाले उदयपुर पालिका अधिवेशन : कुन नेताले काहाँ गर्दैछ उद्घाटन ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ जेष्ठ । एमालेको नगर तथा गाउँपालिका अधिवेशन उदयपुरमा पनि आज बाट सुरु भएको छ । जिल्लाको आठ ओटै पालिकामा एकै साथ पालिका अधिवेशन हुने भएको छ । जेष्ठ २५ र २६ गते दुई सम्म चल्ने अधिवेशन त्रियुगा नगरपालिकामा ११ बजेदेखी सुरु हुने भएको छ । यहाँ पोलिट व्युरो सदस्य राजेन्द्र गौतमले उद्घाटन गर्ने भएको छ । यस्तै बेलका नगरपालिकामा भने स्थायी कमिटी सदस्य शेरधन राईले उद्घाटन गर्ने भएको छ भने चौदण्डीगढीमा भानुभक्त ढकाल, कटारी नगरपालिकामा स्थायी कमिटि सदस्य बिशाल भट्टराईले गर्ने भएको छ । यस्तैगरी लिम्चुङबुङ गाउँपालिकामा प्रदेश सदस्य देवराज राई, रौतामाईमा जिवन कार्की, ताप्लीमा बेनी बहादुर नेपाली, उदयपुरगढीमा डा. भेषराज थापाले अधिवेशनको औपचारिक उद्घाटन गर्ने भएको हो ।...