Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

एकै घरका आठ परिवारको हत्या

एकै घरका आठ परिवारको हत्या

Breaking News 3, समाचार
काठमाडौं, चैत २९ गते । मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ ।अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ । गोली लागेर सात जनाको घरैमा निधन भएको छ भने एक जनाको भने अस्पतालमा निधन भएको थियो । रासस...
लिम्चुङबुङमा भलिवल र ट्रेल रेस प्रतियोगिता सम्पन्न, भलिवल पुरुष तर्फ झापा र महिलातर्फ ओखलढुंगा प्रथम

लिम्चुङबुङमा भलिवल र ट्रेल रेस प्रतियोगिता सम्पन्न, भलिवल पुरुष तर्फ झापा र महिलातर्फ ओखलढुंगा प्रथम

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २९ २५ गते बाट लिम्चुङबङमा जारी भलिवल प्रतियोगिता र ट्रेल रेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा भलिवलको पुरुष तर्फ झापाको दमक नगरपालिका प्रथम भएको छ भने महिला तर्फ ओखलढुंगाको माने भञ्ज्याङ गाउँपालिका प्रथम भएको छ । प्रथम महिला पुरुष दुवै टिमले नगद रु १/१ लाख प्राप्त गर्नुका साथै ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरे । यता भलिवल प्रतियोगिताकै दोस्रो पुरुष तर्फ ताप्ली गाउँपालिका र महिला तर्फ दोस्रो लिम्चुङबुङ गाउँपालिका भएको छ । दोस्रो हुने यी दुवै टिमले नगद रु ५०/५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरे । त्यसैगरी भलिवल तर्फकै तेस्रो हुने टिमहरु पुरुष तर्फ लिम्चुङबुङ गाउँपालिका र महिला तर्फ दमक नगरपालिका रहेको छ । यस टिमले पनि नगद रु २५/२५ हजार प्राप्त गर्नुका साथै मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गरे । ट्रेल रेस तर्फ भोजपुरकी छ्याङजी माया राई ...
चार व्यक्ति अवैध काठसहित पक्राउ

चार व्यक्ति अवैध काठसहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २९ गते । सालको काठसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले सो काठ बरामद गरेको हो । काठसँगै चार जना व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । उनले पञ्चपुरी नगरपालिका–८ सुर्खेत का २० वर्षीय चालक तोरण विक, २१ वर्षीय प्रेम विक, भेरीगङ्गा नगरपालिका–९ सुर्खेत का ३९ वर्षीय रामजी गुप्ता र सोही नगरपालिाका–६ का ३५ वर्षीय कुलवीर विक पक्राउ परेको घर्तीले बताए । उनका अनुसार गुप्ताले व्यक्तिगत प्रयोजनका लागि भे १ ख १२४२ नं...
टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध

टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २९ रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली आज पठाउने काम सुरु गरेको जनाएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रही मर्कामा परेका छन् । जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालमा रहँदा पनि राम्रोसँग काम नगर्ने, आवाज नबुझिने र बीच–बीचमै कट्ने समस्या रहेको नलगाड नगर प्रमुख टेकबहादुर रावलले बताउनुभयो । (रासस)...
मोटरसाइकल दुर्घटनामा ४ महिने शिशुको मृत्यु, २ जना घाइते

मोटरसाइकल दुर्घटनामा ४ महिने शिशुको मृत्यु, २ जना घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २९ गते । मोटरसाइकल दुर्घटनामा परी चार महिने शिशुको मृत्यु भएको छ, भने दुई जना घाईते भएका छन् । भक्तपुरको नलिञ्चोकमा साँगाबाट जगातीतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ का बुद्ध तामाङ र सुस्मिता तामाङकी चार महिलाकी छारी लोसाङ डोल्लमाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएको शिशुलाई सिद्धि स्मृति अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा तीनै जना घाइते भएको बुद्ध र सुस्मिता उपचार पछि डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ ।...
बाघको आक्रमणमा परी एक जनाको मृत्यु

बाघको आक्रमणमा परी एक जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २९ गते । बाघले आक्रमण गर्दा बारामा एक जनाको ज्यान गएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरको ज्यान गएको हो । सोमबार बिहान ९ बजे उनीसहित ४ जना कोल्हबी नगरपालिका–२ स्थित तामागढी साझेदारी वन व्यवस्थापन समूहमा घाँस काट्न गएका थिए । बाघले उनलाई एक्कासी आक्रमण गरेको थियो । बाँकी तीन जना साथीहरूले हो–हल्ला गरी बाघलाई भगाएका थिए । बाघको आक्रमणबाट घाइते मगरलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनाका थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
इन्धन आयातमा वृद्धि

इन्धन आयातमा वृद्धि

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत २९ वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रु १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो । आव २०७७÷७८ को साउनदेखि फागुनसम्ममा रु ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयातको तुलनामा चालु आवको सोही अवधिमा रु एक खर्ब १३ अर्ब १४ करोड ८७ लाख मूल्यको २० लाख ३८ हजार ८५३ किलोलिटर इन्धन र एक लाख ८७ हजार ४५६ मेट्रिक टन ग्यास आयात भएको सो कार्यालयले जनाएको छ । यो समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा १००.४६ प्रतिशत बढी मूल्यको ११६।५४ प्रतिशत इन्धन बढी आयात भएको हो । को...
मोटरसाइकलमा सवार दुई युवक अटोमेटिक पेस्तोलसहित पक्राउ

मोटरसाइकलमा सवार दुई युवक अटोमेटिक पेस्तोलसहित पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २९ अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० बर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेककुमार सिंह रहेको प्रहरीले जनाएको छ । हातहतियार बोकी ज७प ७९३२ नंको पल्सर मोटरसाइकलमा रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शरीर खानतलासी गर्दा सिंहको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाइएको छ भने आवश्यक थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनु...
जापान जान लागेकी एक युवती गोलीसहित त्रिभूवन विमानस्थलबाट पक्राउ

जापान जान लागेकी एक युवती गोलीसहित त्रिभूवन विमानस्थलबाट पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २८ गते । जापान जान लागेकी एक जना युवतीलाई प्रहरीले त्रिभूवन विमानस्थलबाट गोलीसतिह पक्राउ गरेको छ । तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपालीलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ । नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसियाँ हुँदै जापान जान लागेकी सोविताको साथबाट सुरक्षा जाँचका क्रममा गोली बरामद भएको प्रहरीले जनाएको छ । ‘एक्सरे ए’मा जाँच गर्ने क्रममा उनको सानो पर्समा एक राउण्ड गोली फेला परेको थियो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ ।...
गठबन्धनको संयुक्त अपील जारी ः सहकार्य, सहयोगको प्रणसहित तालमेल गर्न निर्देशन

गठबन्धनको संयुक्त अपील जारी ः सहकार्य, सहयोगको प्रणसहित तालमेल गर्न निर्देशन

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २८ गते । स्थानिय निर्वाचनको दिन नजिकिँदै जाँदा दलहरु आफ्ना उम्मेदवार छनौटको प्रारम्भीक गृहकार्यमा व्यस्त देखिन्छन् । गठबन्धनले आपसि सहकार्य, सहयोग र स्थान अनुसार गठबन्धनभित्रै तालमेल गर्न निर्देशन दिँदै आज संयुक्त अपील जारी गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको शिर्ष बैठकमा तालमेलको मोडालिटिबारे छलफल गर्दै यस्तो अपील जारी गरिएको हो । सत्ता गठबन्धनका पाँच दलका तर्फबाट जारी सामूहिक अपीलमा आपसी सहयोग गर्ने प्रण गरिएको छ । तालमेलका विषयमा स्थानीय स्तरमा देखिएका केही असहजतालाई सम्बोधन गर्दै गठबन्धनले यस्तो प्रणसहितको निर्देशन जारी गरेको हो । साथै गठबन्धनले अहिलेपनि संविधानविरोधी र लोकतन्त्र विरोधीहरु सलबलाईरहेको भन्दै प्रतिगामी शक्तिलाई परास्त गर्न झन एकतावद्ध हुनुको विकल्प नभएको स्पष्ट पारेको छ । अपिलमा भनिएको छ, लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जन...