Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

बसाई–सराईले रित्तिएको गाउँको बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

बसाई–सराईले रित्तिएको गाउँको बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत ३० बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच÷सात घरमा मात्रै बसोबास छ । उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लाग्नुभएको छ । श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तिर्ण गर्नुभएका थापाले विदेशमा अध्यययन गर्ने सपना पूरा नभएपछि काठमाडौँस्थित टोखामा दुई वर्ष कुखुरापालन गर्नुभयो । विसं २०७२ को भूकम्पपछि काठमाडौँको कुखुरापालन छोडेर उहाँ बाख्रापालन गर्न गाउँ फर्किनुभएको हो । अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहनुभएको छ । अब उहाँको कुखुरापालन गर्ने योजना छ । “गाउँको बाँझो जग्गा देखेर बाख्रा पाल्ने सोच बनाए”, थापाले भन्नुभयो, “गाउँमै केही गर्ने सोच पलायो...
जहाँ एक मानवीय क्षतीसहित आठ घर खरानी भयो : स्थलगत भिडियो

जहाँ एक मानवीय क्षतीसहित आठ घर खरानी भयो : स्थलगत भिडियो

Breaking News 1, Purnapusti TV, समाचार
https://youtu.be/ZvaGnbidzsg जिल्लाको उदयपुरगढी गाउँपालिका १ शिखरपुरमा एकजना बृद्धाको मानवीय क्षतीसहित आठ घरमा आगजनी भएको दुई हप्ता वितिसक्दा पनि घर उभ्याउन नसक्दा उनीहरुको जीवन कष्टकर बनेको छ । पूर्णपुष्टिको स्थलगत रिपोर्टिङ पछि तयार पारिएको भिडियो ।
पानीमा डुबी १ वर्षीया बालकको मृत्यु

पानीमा डुबी १ वर्षीया बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत २९ गते । पानीमा डुबेर एक वर्षीया बालकको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–५ मा सोमबार दिउँसो १२ बजे पेमा आङ्दि शेर्पाको छोरा निमा साङ्गे शेर्पाको मृत्यु भएको हो । जुठेल्नोमा पकाउन राखिएका फोसी भाडामा रहेको पानीमा डुबी ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिगएको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा मानवीय क्षतीसहित आठघर आगजनी : घर उभ्याउन नसक्दा कष्टपूर्ण बसाई

उदयपुरमा मानवीय क्षतीसहित आठघर आगजनी : घर उभ्याउन नसक्दा कष्टपूर्ण बसाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २९ गते । जिल्लाको उदयपुरगढी गाउँपालिका १ शिखरपुरका आठ घर अग्नी पिडितहरुले आगलागीपछि नयाँ घर बनाउन सकेका छैनन् । नयाँ घर बनाउन नसक्दा उनीहरुको जीवन कष्टकर बनेको छ । गत चैत १३ गते । एकजना बृद्धाको मानवीय क्षतीसहित आठ घरमा आगजनी भएको थियो । उनीहरुको डेडकरोड बढी क्षती भएको थियो । घटना भएको दुईहप्ता वितिसक्दा पनि कसैले एउटासम्म घर उभ्याउन सकेका छैनन् । आगजनीबाट विचिल्नी परेका आठ घर परिवारलाई खानका लागि राहत मिलेपनि बस्ने राम्रो ब्यवस्था छैन । बालबालिका र महिलाहरु त्रिपालमुनी बस्नुपर्दा दिनचर्या कष्टकर बनेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलका अनुसार दुईहप्ता अघि एकैबस्तीको आठघरमा आगजनी हुँदा अन्दाजी ७५ वर्षिया बृद्धा शिवमाया मगरको जलेर मृत्यु भएको थियो । आगजनीबाट ओम मगर, गम्बर मगर, शेरबहादुर मगर, भैरव बहादुर मगर, पदमबहादुर मगर, धनम...
कटारी नगर प्रमुखमा माओवादी केन्द्रको दावी : गठबन्धन गर्ने निर्णय

कटारी नगर प्रमुखमा माओवादी केन्द्रको दावी : गठबन्धन गर्ने निर्णय

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत २९ गते । नेकपा माओवादी केन्द्र नगर कमिटी कटारीले कटारी नगरपालिकाको नगर प्रमुखको दावी गर्दै गठबन्धनमा तालमेल गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा कमिटीको वैठकको निर्णयहरु सार्वजनिक गर्दै पार्टीले गठबन्धन दलवीच उचित सन्तुलन गर्दै आत्मसम्मानका साथ तालमेल गर्ने निर्णय भएको जनाएको हो । पत्रकार सम्मेलनमा वोल्दै नगर कमिटीका अध्यक्ष मणिराज दाहालले देशैभरीको गठबन्धनको मापदण्ड आईसकेपछी स्वाभाविक रुपमा हिजोको जनमतलाई सम्मान गर्दै नगर प्रमुख सहितको दावी रहेको बताउनुभयो ।‘आत्मसम्मानका साथ सत्ता गठबन्धनकावीचमा गठबन्धन हुन्छ ।’उहाँले भन्नुभयो —‘गठबन्धनको साझा निर्णयबाट अघि बढ्छौं ’ कार्यदल सत्तागठबन्धन बनेपछी मात्रै टुंगो लाग्ने दाहालले बताउनुभयो । उहाँले पार्टी प्रणालीबाट नगर प्रमुख उमेद्वार बन्ने बताउँदै यसको टुंगो पार्टीले लगाउने बताउनुभयो । आकांक्षी धेरै रहेको पनि उहाँको भन...
चैते दसैँ सकियो, बिकेनन् ठेकाठेकी

चैते दसैँ सकियो, बिकेनन् ठेकाठेकी

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २९ चैत शुक्ल पक्षमा मनाइने चैत्राष्टमी अर्थात् चैते दसैँ पर्व । बागलुङ कालिका मन्दिर परिसरमा यो पर्वमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो । बागलुङ कालिका नामक पुस्तकमा उल्लेख भएअनुसार यो पर्व बागलुङको पहिचान र ठूलो चाड हो । चैत शुक्ल पक्षको नवदुर्गामा बागलुङ कालिकाको पूजाआजा र मन्दिर परिसरमा लाग्ने मेला एकअर्काका पर्याय हुन् । परापूर्वकाल अहिलेको जस्तो सुविधा सम्पन्न पकै थिएन होला । गाउँघरमा अत्यावश्यक भाँडावर्तन, ठेकी, मदानी, डालो, नाग्लो, दाम्लो आदिको जोहो गर्ने पर्वका रुपमा चैते दसैँ मेलालाई लिइन्थ्यो । जसको घरमा जे तयार भएको छ त्यही बोकेर बागलुङ बजारमा आउने र मेलामा बिक्री भएपछि आफूलाई चाहिने अर्को बस्तुको खरिद गर्ने प्रचलन रहेको इतिहासका जानकार बताउँछन् । मेला भर्नकै लागि दुईतीन दिनको यात्रा गरेको अनुभव सुनाउनुहुन्छ बूढापाकाहरु । घरायसी सामग्रीको पनि अहिले जस्...
समन्वयात्मक विकास गर्न युटिलिटी करिडोर आवश्यक छ ः प्रधानमन्त्री देउवा

समन्वयात्मक विकास गर्न युटिलिटी करिडोर आवश्यक छ ः प्रधानमन्त्री देउवा

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत २९ प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक तर्जुमा गर्न आवश्यक रहेको बताउनुभएको छ । सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा उहाँले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न केही ठूला नगरहरुमा आगामी आर्थिक वर्षदेखि पाइलट प्रोजेक्ट सुरु गरिने उहाँले बताउनुभयो । तराई मधेस केन्द्रित सघन सहरी विकास कार्यक्रममार्फत जनसाङ्ख्यिक सन्तुलन कायम गर्न आबश्यक रहेको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले भन्नुभयो, “पहाडी जिल्लाबाट तराई मधेसमा हुने बसाइँसराइलाई निरुत्साहित गर्न हिमाली तथा पहाडी नगरपालिकाहरुमा विस्तार गरिनेछ ।” सहरी विकाससम्बन्धी कानु...
बिस्का जात्राभित्रका जात्रा

बिस्का जात्राभित्रका जात्रा

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २९ नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसीँख्यःमा ५५ हात लामो यसीँद्योः (लिङ्गो) उठाउनु हो । भैरवनाथको रथ तान्ने प्रचलन शुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन् । सुरुमा यो जात्रा दुई दिनमात्र मनाइन्थ्यो तर विभिन्न कालखण्डमा यो जात्राले नौ दिन आठ रातको रुप लिन पुगेको इतिहासकार एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । कुनै समय बिस्का जात्रामा भैरवनाथको मात्र रथ तान्ने परम्परा भएको उहाँको भनाइ छ । उहाँका अनुसार एक समय यहाँ ठूलो अनिकाल परेको थियो । त्यसबेलाको भद्रकालीको जात्रामा सहभागी सबैभन्दा अग्लो एक व्यक्ति भद्रकालीको रथको अघिपछि हिँड्दै गरेको देखेर एक सिद्ध आचाजुले ध्यानदृष्टिले हे...
मोटरसाईकल दुर्घटनामा बालिकाको मृत्यु, बुबाआमा घाइते

मोटरसाईकल दुर्घटनामा बालिकाको मृत्यु, बुबाआमा घाइते

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २९ भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ भने दुर्घटनामा बालिकाका बुबाआमा घाइते भएका छन् । काभ्रेपलाञ्चोकको साँगाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ६७६२ नंको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ की चार महिनाकी लोसाङ तामाङको मृत्यु भएको हो । दुर्घटनामा बालिकाका बुबा २२ वर्षीय बुद्ध तामाङ र आमा २१ वर्षीया सुस्मिता तामाङ घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । घाइते बालिकाको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते तामाङ दम्पती उपचारपछि घर फर्केका छन् । (रासस)...
मेलम्ची नदीको पानी पुन ः पथान्तरण

मेलम्ची नदीको पानी पुन ः पथान्तरण

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २९ मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभयो । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पु¥याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पान...