‘महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएका छन्’
काठमाडौं, चैत २८ गते ।
राजनीतिज्ञ, अधिकारका क्षेत्रमा कार्यरत, व्यवसायी, शिक्षाका क्षेत्रमा कार्यरतलगायतले महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएको बताएका छन् ।
नारी म्यागजिनले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँहरुले सबै क्षेत्रमा महिलाको नेतृत्व स्थापित गर्न आवश्यक भएको बताउनुभयो । प्रथम महिला आरजु राणा देउवाले आफूले मिडिया, सेना, प्रहरी, इञ्जिनीयरिङलगायत सबै क्षेत्रमा महिलाको नेतृत्व हेर्न चाहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रपति, सभामुखलगायतका विभिन्न क्षेत्रमा महिला पुग्नुभएको छ, अरु क्षेत्रमा पनि महिला पुग्न आवश्यक छ ।” महिलाले राजनीतिमा गएपछि आफूले चाहेको परिवर्तन सम्भव हुने संविधानसभा सदस्य देउवाले बताउनुभयो । राजनीतिमा प्रत्यक्षरुपमा संलग्न हुँदा नै राज्यको कार्यक्रम र नीति बनाउन सकिने उहाँले बताउनुभयो । राजनीतिमा लाग्दा कतिपय कठिनाइ भए पनि परिवर्तन ...









