Saturday, July 11News That Matters

Author: पूर्णपुष्टि खबर

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको ८ औँ बार्षिक साधारण सभा सम्पन्न

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको ८ औँ बार्षिक साधारण सभा सम्पन्न

Breaking News 1
पूर्णपुष्टि, २९ बैशाख । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार संघको भवनमा ब्यपारी तथा सम्बन्धित क्षेत्रहरुको उपस्थितिमा संघले ८ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो । त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेतको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ । सभाले संघको प्रगति प्रदिवेदन र आर्थिक प्रतिवेदन पेश गरेको छ । प्रमुख अतिथि मेयर वस्नेतले संघलाई बिभिन्न तत्वहरुले खराब बनाउने प्रयत्न गरिरहेको जनाए । पुराना र आधिकारिक संस्थाको रुपमा रहेको उक्त संघलाई असफल बनाउन सचेत व्यक्ति र ठुला शक्तिहरु लागि परेको मेयर वस्नेतको भनाई छ । संघको लामो यात्रामा यस्ता प्रवृतिहरुले बिफल बनाउन खोजिरहेको बेला रमेश रसाईलीको नेतृत्वले संघलाई सुरक्षित र निरन्तर चलायमानको लागि अग्रसर भएको बस्नेतको भनाई छ । मुद्धा मामिलाको बावजुद संघ अझै पनि व्यपारीहरुको हक हितमै रहेर अघ...
लुङ्गी कपको उपाधि जुम्बा फिटनेस महिला समुह गाईघाटलाई

लुङ्गी कपको उपाधि जुम्बा फिटनेस महिला समुह गाईघाटलाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २८ । उदयपुरको गाईघाट स्थित स्व. दिपक राई दोर्पाली फुटबल प्रतियोगितामा खेलाईएको लुङ्गी कप जुम्बा फिटनेस महिला समुह गाईघाटले जितेको छ । शुक्रबार भएको खेलमा आयोजक साकेला टोल विकास संस्थाका महिला समुहलाई फिटनेस महिला समुह गाईघाटले ४–१ गोलले हराउँदै उपाधि जितेको हो । जुम्बा फिटनेल क्लबका लागी केन्द्रिका चौधरीले ह्याट्रिक गरे भने मन्दिरा घिमिरेले १ गोल गरे । त्यस्तै साकेला टोल विकास संस्थाका लागी सविता रोक्काले सान्त्वना गोल गरिन् । लुङ्गी कप विजेता टोलीलाई भोली स्व. दिपक राई दोर्पाली फुटबल प्रतियोगिताको फाईनल खेल पश्चात ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।...
प्रहरी महानिरिक्षक कुँवरद्धारा जिल्ला प्रहरी कार्यालय परिशरमको तिन भौतिक संरचनाको उद्घाटन

प्रहरी महानिरिक्षक कुँवरद्धारा जिल्ला प्रहरी कार्यालय परिशरमको तिन भौतिक संरचनाको उद्घाटन

Breaking News 2, समाचार
पूर्णपुष्टि, २८ बैशाख । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय उदयपुरमा नव निर्मित तिन संरचनाको उद्घाटन गरेको छ । शैलेश्वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मारक उद्यान र लाईबेरी क्याफेको उद्घाटन गरेका छन् । शुक्रबार महानिरिक्षक कुँवरले जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा निर्माण गरिएको शैलेश्वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मारक उद्यान र लाईबेरी क्याफेको उद्घाटन गर्नु भएको हो । उद्घाटन गर्दै महानिरिक्षक कुँवरले विश्व परिवेशमा बढ्दो अवश्थामा रहेको लागुऔषध दुव्र्यसनी विरुद्ध जिल्ला प्रहरी कायालय उदयपुरले सञ्चालन गरेको ‘आई डियर नो ड्रग’ क्याम्पियन अभियान प्रभावकारी देखिएको बताउनुभयो । महानिरिक्षक कुँवरले जिल्ला प्रहरी कार्यालय उदयपुरले सडक दुर्घटना न्युनिकरण तथा रोकथाम आत्महत्याका घटना न्युनिकरण र बालबिबाह लगायत सामाजिक अपराध विरुद्ध...
भोली त्रियुगा उद्योग बाणिज्य संघको साधाराण सभा हुने

भोली त्रियुगा उद्योग बाणिज्य संघको साधाराण सभा हुने

Breaking News 1
पूर्णपुष्टि, २८ बैशाख । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको साधारण सभा भोली हुने भएको छ । शनिवार संघकै भवनमा ११ बजदेखी ८ औँ साधारण सभा भव्यताका साथ हुने संघका अध्यक्ष रमेश रसाईलीले जनाएको छ । संघको ८ औँ साधारण सभामा संस्थाका गतिविधिहरुबारे प्रतिवेदन प्रस्तुत लगायतका आर्थिक प्रतिवेदनहरु पेश हुने छ ।
फ्युजन क्लब बोक्से स्व. दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिताको फाईनलमा

फ्युजन क्लब बोक्से स्व. दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिताको फाईनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २७ । स्व. दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिताको फाईनलमा फ्युजन क्लब बोक्से पुगेको छ । बिहिबार भएको दोस्रो सेमिफाईनल खेलमा फ्युजन क्लब बोक्सेले देउराली फुटबल क्लब सिसुवारीलाई १–० गोलले हराउँदै फाईनलमा प्रवेश गरेको हो । फ्युजन क्लब बोक्सेका जर्सि नं ११ का दिपक खपाङ्गी मगरले खेलको ३ औं मिनेटमा गरेको गोल नै जितका लागी निर्णायक गोल बन्यो । यस प्रतियोगिताको म्यान अफ द म्याच फ्युजनका जर्सि नं १४ का सनम राई बने । फाईनल खेल शनिबार फ्युजन क्लब बोक्से र आयोजक साकेला युवा समुह ‘बि’ बिच हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु. २५ हजार ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु. १५ हजार ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गर्नेछ ।भोली (शुक्रबार) महिला समुहबिच लुङ्गी कप हुने आयोजकले जनाएको छ । लुङ्गी कपका लागी साकेला टोल विकास संस्था र जुम्बा फिटनेस महिल...
विश्व बैंकको सहयोगमा त्रियुगामा १४ किलो मिटर पक्की सडक निर्माण हुने

विश्व बैंकको सहयोगमा त्रियुगामा १४ किलो मिटर पक्की सडक निर्माण हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २७ । उदयपुरको सदरमुकाम गाईघाटमा विश्व बैंकको सहयोगमा १४ किलो मिटर सडक कालोपत्रे बन्ने भएको छ । नेपाल शहरी शासकिय पूर्वाधार आयोजना अन्तर्गत सडक पक्की सडकको निर्माण हुने भएको हो । बिहिबार त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले उक्त सडक निर्माणका लागि सिल्यान्यास गरेको छ । गाईघाटस्थित मेन चोकमा वडा नं १०, ११, १२ र १३ मा निर्माण हुने शहरी सडक आयोजनाको शिलान्यास मेयर बस्नेतले गरेका हुन् । उनले विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको साढे १४ किलो मिटरको सुव्यवस्थित सडकको शिलान्यास गर्न सफल भएको बताएका छन् । आफु निर्वाचित हुन अघि जंगलको सडकमा प्रस्तावित गरिएको यो आयोजना विश्व बैंकले उक्त सडकमा लगानि गर्न नसिकने भन्दै रेजेक्ट गरिदिएको मेयर बस्नेतले बताए । त्यसपछि आफु निर्वाचित भएर आए पश्चात नयाँ प्रोजेक्ट र ठाउँ छान्ने जिम्मेवारी प्राप्त भएको उनले बताए । कार्यप...
कोशी सहित ४ प्रदेशमा बर्षा हुने

कोशी सहित ४ प्रदेशमा बर्षा हुने

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २७ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आगामी २४ घण्टामा देशका कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत मुलुकका बाँकी पहाडी भागका केही स्थानका साथै बाँ...
आयोजक साकेला युवा समुह ‘बि’ स्व.दिपक राई दोर्पाली स्मृती फुटबल प्रतियोगिताको फाईनलमा

आयोजक साकेला युवा समुह ‘बि’ स्व.दिपक राई दोर्पाली स्मृती फुटबल प्रतियोगिताको फाईनलमा

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २६ । स्व. दिपक राई (दोर्पाली) फुटबल प्रतियोगिताको फाईनलमा आयोजक साकेला युवा समुह ‘बि’ पुगेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक समुह साकेला ‘बि’ ले भचुवा फुटबल क्लब रामपुरलाई ५–२ गोल अन्तरले हराएको हो । आयोजक समुहको लागी जर्सि नं १० का दिवस श्रेष्ठले २ गोल गरे भने जर्सि नं ५ का युवराज थापा, जर्सि नं ६ का प्रविन राई र जर्सि नं १२ का सन्जे गुरुङले समान १–१ गोल गरे । त्यस्तै भचुवा फुटबल क्लब रामपुरका लागी जर्सि नं १२ का इश्वर माझी र जर्सि नं ९ का सरोज श्रेष्ठले गोल गरे । यस प्रतियोगिताको म्यान अफ द म्याच आयोजक समुहका जर्सि नं ४ का अनुराग चौधरी बनेका छन् । भोली (बिहिबार) देउराली फुटबल क्लब सिसुवारी र फ्युजन क्लब बोक्सेबिच दोस्रो सेमिफाईनल खेल हुनेछ । यस प्रतियोगिताको फाईनल खेल दोस्रो सेमिफाईनल विजेता टोली र आयोजक समुह ‘बि’ बिच शनिबार हुनेछ ।...
त्रियुगाको ४ र ७ नं वडाका १०५ जना कृषकहरुले गराए माटो परिक्षण

त्रियुगाको ४ र ७ नं वडाका १०५ जना कृषकहरुले गराए माटो परिक्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि २६ बैशाख । पछिल्लो समय कृषकहरुको उत्पादन बिषयुक्त बन्दै गएको अवस्था छ । कृषकहरुले उत्पादन गरेको बालीहरुमा बिभिन्न किसिमको मल र माटोका कारण उत्पादन खराब हुँदै गएको अवस्था छ । कृषि बिज्ञहरुका अनुसार रसायीनक मलहरुका कारण किषानहरुको माटो बिग्रदो अवस्थामा गएको र उत्पादन पनि विष बन्दै गएको हो । बढी उत्पादन गर्न कडा किसिमको मल लगाउनाले बालि र माटोमा खराब आउँदो क्रम बढी छ । मातृमूमि कृषि सामाग्रि उद्योग चितवनका माटो बिषेश बिष्णु प्रसाद चापाईगाईले बाली र माटो सुधार गर्न स्थानीय रैथाने मलहरुको प्रयोग गर्नु पर्ने जनाए । उनले स्थानीय स्तरमै बनाईएको लोकल अर्गानिक मल प्रयोग गरे बाली सप्रिनुका साथै खान्की पनि स्वास्थ्य हुने चापागाईको भनाई छ । माटोको सुधार र बालीको सुधार गर्ने भन्दै हाम्रो कृषि अर्गानिक तथा कुषि सामाग्री उद्योग र नेचुरल बहुदेश्यीय संस्था लिको संयुक्र आयोजना साथै मातृभु...
आज आमाको मुख हेर्ने दिन मनाईदै

आज आमाको मुख हेर्ने दिन मनाईदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २६ । आज माताथिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन मनाइँदैछ । मातातिर्थ औंंसीको दिन जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आमाको मुख हेर्ने दिने मनाईने चलन छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ । आजको दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।...