Saturday, July 11News That Matters

Author: पूर्णपुष्टि खबर

देउराली फुटबल क्लब सिसुवारी दोर्पाली स्मृती फुटबल प्रतियोगिताको सेमिफाईनलमा

देउराली फुटबल क्लब सिसुवारी दोर्पाली स्मृती फुटबल प्रतियोगिताको सेमिफाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख २५ । देउराली फुटबल क्लब सिसुवारी प्रथम स्व. दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वाटरफाईनलमा सगरमाथा फुटबल क्लब राजावासलाई २–० गोल अन्तरले हराउँदै सिसुवारीले सेमिफाईनलमा स्थान बनाएको हो । देउराली फुटबल क्लबको लागी जर्सि नं ६ का पारस नेपालीले खेलको १८ औं मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो हाफको १६ औं मिनेटमा सुजिल खुलाल मगरले गोल गरे । उक्त प्रतियोगिताको म्यान अफ द म्याच देउरालीका जर्सि नं १० का खेलाडी विपिन मगर बनेका छन् । भोली बुधबार आयोजक साकेला युवा समुह बि र भचुवा फुटबल क्लब रामपुरबिच हुनेछ । त्यस्तै दोस्रो सेमिफाईनल खेल २७ गते देउराली फुटबल क्लब सिसुवारी र फ्युजन क्लब बोक्सेबिच हुनेछ । फाईनल खेल भने शनिबार हुनेछ ।...
पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष राई सहित ५ जनालाई प्रादेशिक पत्रकारिता पुरस्कार

पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष राई सहित ५ जनालाई प्रादेशिक पत्रकारिता पुरस्कार

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २५ । पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चाम्लिङ राई सहित ५ जना प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सोमबार समृद्ध नेपालको आधार, सुचना प्रविधि र सञ्चार भन्ने मुल नाराका साथ प्रदेश सरकार मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको पत्रकारीता दिवस तथा पत्रकार सम्मान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्व अध्यक्ष राई सहित ५ जनालाई पुरस्कार र नगद १ लाख सहित सम्मान गरेका हुन् । उदयपुरका पूर्व अध्यक्ष राई सहित धनकुटका रमेशचन्द्र अधिकारी, बिराटनगरका अनन्तराज न्यौपाने , विर्तामोडका भिमलाल नेम्वाङ र सुनसरीका पिवि दियालीलाई प्रादेशिक पत्रकारिता पुरस्कारले सम्मान गरिएको हो ।...
प्रविन राईको दुई गोलमा आयोजक समुह ‘बि’ विजयी, आयोजक ‘ए’ माथि राजावासको ५ गोल

प्रविन राईको दुई गोलमा आयोजक समुह ‘बि’ विजयी, आयोजक ‘ए’ माथि राजावासको ५ गोल

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २४ । शनिवारबाट जारी प्रथम स्वर्गिय दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिताको तेस्रो दिनको खेलमा आयोजक साकेला समुह ‘बि’ र सगरमाथा बुटबल क्लब राजावास बिजयी बनेको छ । सोमवार इलाभेन स्टार फुटबल क्लब बरघट्टालाई २–० गोल अन्तरले हराउँदै आयोजक समूह ‘बि’ बिजयी बनेको हो । आयोजकको तर्फबाट जर्सी नं ६ का प्रविन राईले दुई गोल गरे । उनले खेलको दोस्रो हाफमा २ गोल गरेका हुन् ।यस्तै पहिलो चरणमा भएको सगरमाथा फुटबल क्लब राजावास र आयोजक साकेला समुह ‘ए’ बिचको खेलमा भने राजावासले ५ गोल गरेको छ । सगरमाथा फुटबल क्लब राजावासको तर्फबाट जर्सि नं. ७ का अविशेक अधिकारीले ह्याट्रीक गरे । उनि सँगै जर्सि नं १० का सनम राई र जर्सि नं ११ का दिपेश श्रेष्ठले १–१ गोल गरे । खेलमा पहिलो प्रतियोगताको म्यान अफ दी म्याच सगरमाथा फुटबल क्लब राजावासका अविशेक अधिकारी भए भने दोस्रोमा आयोजक साकेला समुह बि का प्रव...
किशोरकिशोरीको समग्र विकास रुपान्तरण अभियान सम्बन्धी ८ दिने तालिम सम्पन्न

किशोरकिशोरीको समग्र विकास रुपान्तरण अभियान सम्बन्धी ८ दिने तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ बैशाख । उदयपुरमा किशोरकिशोरीको समग्र विकासका लागि रुपान्तरण अभियान सम्बन्धि ८ दिने प्रशिक्षक प्रशिक्षण तालिम सोमबार गाईघामा सम्पन्न भएको छ । बैशाख १६ देखी २३ गते सम्म संञ्चालन भएको तालिममा लैँङ्गीक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत प्रशिक्षण गराईएको आयोजक संस्था कोकनका फिल्ड संयोजक उत्तिम चन्द्र चौधरीले जनाए । समाजमा हुने हिंसा, दुव्र्यवहार र विभेद अन्त्य गर्न किशोरकिशोरीको सहभागी अनिवार्य रहेको भन्दै रुपान्तरण अभियान तथा प्रशिक्षण तालिम संञ्चालन गरिएको चौधरीको भनाई छ । कार्यक्रममा सहभागि मनिका विश्वकर्माले उक्त तालिमबाट हिंसा र बिभेदबारे महत्वपूर्ण जानकारी पाएको जनाईन् । उनले कतिपय कुराहरुमा आफु पनि हिंसा र बिभेदमा पुरेको कुरा यस तालिमले प्रष्ट पारेको जनाईन् । समाजका कतिपय कुराहरु हिंसा र बिभेद हुँदो रहेछ त्यो जान्न तालिमले अवसर गर्यो उनले...
१ सयको नोटमा चुचे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि

१ सयको नोटमा चुचे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २४ । नेपाल सरकारले १ सयको नोटमा चुचे नक्सा राख्ने निर्णय गरेको प्रति भारतले असन्तुष्टि जनाएको छ । बैशाख २० गते (बिहिबार) बसेको मन्त्रिपरिषदको बैठकले १ सयको नोटमा चुचे नक्सा समावेश गर्ने निर्णय गरेको थियो । नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेकोमा भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालको एकपक्षीय निर्णयले ‘अवस्था नबदलिने’ बताएका छन् । ओडिशाको भुवनेश्वरमा शनिबार आयोजित एक पत्रकार सम्मेलनमा उनले स्थापित संयन्त्र हुँदाहुँदै पनि नेपालले एकतर्फी निर्णय गरेको बताए । नेपालसँग सीमा मुद्दाबारे स्थापित संयन्त्रमार्फत छलफल गर्दै आएको बताए । यहीबीचमा नेपालले एकपक्षीय ढंगबाट निर्णय गरेको बताए । एकपक्षीय निर्णयले दुई देशबीचको अवस्था र स्थलको यथार्थ परिवर्तन नहुने समेत उनले बताए। भारतले स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएको दाबी गरे पनि नेपालले भारतलाई पटक–पटक सीमा सम...
साकेलाबाट साङलोमा बाँधिएको युवाको उद्धार

साकेलाबाट साङलोमा बाँधिएको युवाको उद्धार

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ बैशाख । त्रियुगा नगरपालिका ११ का एक युवालाई मानव आश्रम सेवा जनकपुरले उद्धार गरेको छ । त्रियुगा नगरपालिका तथा एमाले नेता भागवत राउतको सहयोगमा अन्दाजी ३१ बर्षिय युवराज राईको उद्धार गरिएको हो । लामो समयदेखी मानसिक अवस्था बिग्रिएका राईको अवस्था पछिल्लो समय नाजुक बन्दै गएको थियो । पहिले पनि उनलाई उद्धार गरेर उपचारका लागि लगिएको भएपनि घर फर्किएपछि फेरी पुरानै अवस्थामा पुगेका थिए । उनलाई स्थानीय र परिवारको रोहबरमा मानव आश्रम केन्द्र जनकपुर लगिएको छ ।उनको उद्धारमा मेयर वसन्त बस्नेत, उपमेयर महेश्वरी राई र एमाले नेता भागवत राउत उपस्थित थिए । मानव आश्रमले पहिले आश्रममा राखेर ठिक बनाएर पठाईएको भएपनि फेरी उस्तै अवस्थामा पुगेको जनाए । उनको औषाधी खाने समयको हेलचेक्राई र पारिवारिक रेखदेख समस्याको कारण फुरी पुरानै अवस्थामा पुगेको आश्रमले जनाए । मानव आश्रमले अब फेरी सामान्य अवस्थामै फर्काउन...
दिवस श्रेष्ठको दुई गोलमा आयोजक बिजयी, श्रीपुर माथी फ्युजनको ६ गोल

दिवस श्रेष्ठको दुई गोलमा आयोजक बिजयी, श्रीपुर माथी फ्युजनको ६ गोल

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ बैशाख । शनिवारबाट जारी प्रथम स्वर्गिय दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा आयोजक साकेला समुह र फ्युजन क्लव बोक्से बिजयी बनेको छ । आईतबार स्वर्णिम युवा क्लव जलजलेलाई २÷१ को अन्तरले हराउँदै आयोजक समूह बिजयी बनेको हो । आयोजक समूहको तर्फबाट जर्सि नं १० का दिवस श्रेष्ठले दुई गोल गरे । उनले खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा अर्को १ गोल थपे ।उता स्वर्णीम फुटवल क्लवले भने आयोजक माथी १ गोल मात्रै फर्काउन सफल भएको खेलको पहिलो हाफमा जर्सि नं १४ का सन्जिव राईले एक गोल गरेका थिए । यस्तै पहिलो चरणमा भएको फुयुजन क्लव बोक्से र श्रिपुर फुटवल क्लव श्रीपुरबीचको खेलमा भने फ्युजनले आदा दर्जन गोल हानेको छ । फ्युजनको तर्फबाट जर्सि नं १२ का लक्कि राईले ह्याट्रीक गरे । उनि सँगै जर्सि नं १३ का दिपक खपाङ्गीले २ गोल गरे भने जर्सि नं १४ का सनम राईले पनि फ्युजनको ला...
प्रथम स्व. दिपक राई (स्मृति) फुटवल प्रतियोगिता सुरु, भचुवा क्लब बेलकाको बिजयी सुरुवात

प्रथम स्व. दिपक राई (स्मृति) फुटवल प्रतियोगिता सुरु, भचुवा क्लब बेलकाको बिजयी सुरुवात

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ फागुन । गाईघाट साकेला खेल मैदानमा आजबाट सुरु भएको प्रथम स्व. दिपक राई दोर्पाली स्मृति फुटबल प्रतियोगितामा भचुवा फुटवल क्लव रामपुरले बिजयी सुरुवात गरेको छ । साउने फुटवल क्लवलाई ४ / २ ले हराउँदै भचुवाले बिजयी सुरुवात गरेको हो । पहिलो हाफमा भचुवाका जर्सि नं २२ का गोल किपर जन्जीव राईले १८ औँ मिनेटमा साउनेलाई १ गोल गर्दै खाता खोलेका थिए । यस्तै खेलको २५ औँ मिनेटमा साउनेको तर्फबाट जर्सि नं ९ का म्याक्स मगरले गोल फर्काएका थिए भने दोस्रो हाफको ८ औँ मिनेटमा इश्वर माझीले भचुवाको तर्फबाट फेरी गोल गरेका थिए । र १४ औँ मिनेटमा पनि भचुवाको तर्फबाट जर्सि नं ७ का दिवस तेस्रो गोल गरे । त्यस्तै खेलको २५ औँ मिनेटमा फेरी भचुवाक तर्फबाट अन्तिम गोल गरेका थिए । यता साउनेको तर्फबाट दोस्रो हाफको १८ औँ मिनेटमा जर्सि नं १० का आशिष राईले १ गोल फर्काएका थिए । भोलीको खेल श्रीपुर फुटवल क्लव र फ्युजन फु...
न्यायमा पर्याप्त पहुँच नपुग्दा पिडकहरुले खुलेआम बिभेद गरिरहेको छ : अध्यक्ष विश्वकर्मा

न्यायमा पर्याप्त पहुँच नपुग्दा पिडकहरुले खुलेआम बिभेद गरिरहेको छ : अध्यक्ष विश्वकर्मा

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ बैशाख । दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायका लागि अझै पनि न्याय र अधिकार पर्याप्त नरहेको जनाए । नेपाली समाजमा दलित भन्दै गरिने बिभेद अन्त्यका लागि आयोग गठन भएको अवस्थामा केहि कामहरु भएपनि अन्य थुप्रै मुद्धाहरु पुरा हुन बाँकी रहेको जनाए । समुदायलाई न्यायमा पहुँच पुराउन जिम्मेवार निकायहरु अझै गम्भीर नभएको पनि उनले जनाएको छ । उनले सम्बन्धीत निकायहरुलाई गम्भीर बनाउन दलित समुदायमा सचेत र जागरुपताको आवश्यक रहेको सुझाए । आफुलाई पर्ने अन्याय र अत्याचारविरुद्ध लड्न बैचारिक चेतनाका आवश्यक रहेको विश्वकर्माको भनाई छ । दलित महिला संञ्जाल उदयपुरको भेलाका लागि उदयपुर आएका अध्यक्ष विश्वकर्माले पत्रकार सम्मेलनमा आयोगले विभेदको मुद्धाहरुलाई बिषेश ध्यानमा राखेर काम गरिरहेको भएपनि जिम्मेवार पक्षहरु खेलाचीको रुपमा प्रस्तुत भैरहेको संकेत गरे । उनले सरकारको सिमित स्रोत साध...
आजदेखी प्रथम स्व. दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिता

आजदेखी प्रथम स्व. दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिता

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २२ । उदयपुरको सदरमुकाम गाईघाटस्थित साकेला टोलमा आजदेखी प्रथम स्व. दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिता सुरु हुदैँछ । साकेला युवा समूहद्धारा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन खेल दिउँसो २ बजे साउने फुटबल क्लब साउने र भचुवा फुटबल क्लब रामपुरबिच हुनेछ । पहिलो पटक हुन लागेको प्रतियोगितामा आयोजक ए र बि सहित १० ओटा टिम सहभागी रहेको छ । आजदेखी संञ्चालन भएको प्रतियोगिताको फाईनल खेल बैशाख २९ गते हुनेछ । प्रतियोगिताको बिजेता टिमले रु २५ हजार नगद ट्रफि र प्रमाण पत्र पाउने छ भने उपबिजेताले नगद रु १५ हजार ट्रफि र प्रमाण पत्र पाउने आयोजक साकेला युवा समूहले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक स्वर्गिय दिपक राईको श्रीमती गिता राई रहेकी छिन् । खेलको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार वस्नेतले गर्ने भएको छ ।...