Saturday, July 11News That Matters

Author: पूर्णपुष्टि खबर

प्रथम दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिता भोली देखी, सम्पूर्ण तयारी पुरा

प्रथम दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिता भोली देखी, सम्पूर्ण तयारी पुरा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, २१ बैशाख । गाईघाट स्थित साकेला टोलमा भोलीदेखी सुरु हुने प्रथम दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । खेलका लागि तयारी सामाग्री, फिल्ड, घेराबेरा, टिम, लगायतको सम्पूर्ण व्यवस्थाको व्यवस्थापन तयारी अवस्थामा रहेको आयोजकले जनाएको छ । उद्घाटन खेलमा औपचारिक कार्यक्रमको लागि स्टेज पनि तयारी अवस्थामा रहेको छ । खेलमा आयोजक ए र बि सहित १० ओटा टिम सहभागी हुने छ । प्रतियोगिताको बिजेता टिमले रु २५ हजार नगद ट्रफि र प्रमाण पत्र पाउनेछ भने उपबिजेताले नगद रु १५ हजार ट्रफि र प्रमाण पत्र पाउने आयोजक साकेला युवा समूहले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक स्वर्गिय दिपक राईको श्रीमती गिता राई रहेकी छिन् । खेलको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार वस्नेतले गर्ने भएको छ । प्रतियोगिता भोली २ बजेदेखी सुरु हुने भएको छ ।...
पहाडी पालिका रौताको वडा नं ४ मा विद्युत पुग्यो, स्थानीयमा छायो खुसी

पहाडी पालिका रौताको वडा नं ४ मा विद्युत पुग्यो, स्थानीयमा छायो खुसी

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २१ । उदयपुरको रौतामाई वडा नं ४ पोखरीमा विद्युत पुगेको छ । लामो समय पछि पुगेको बत्तिको स्थानीयहरुले भव्य स्वागत समेत गरेको छ । बत्ति पुगेपछि स्थानीयहरुले बिगतलाई सम्झेको छ । शहरमा मात्रै बल्ने बत्ति अहिले बिकट गाउँ सम्म आईपुग्दा बिगतको अध्यारो र पुरानो प्रयोगमा आउने बत्तिहरुलाई सम्झेर स्थानीयहरु हर्षित भएको छ । उक्त बत्तिको उद्घाटन शुक्रबार रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्र कुमार मगरले गरेको छ । पालिकाको ४ नं वडा बिद्युत पुगे सँगै उक्त वडा पूर्ण विद्युतीकरण भएको छ । पोखरी स्थित वडा कार्यालयमा बत्तिको उद्घाटन भएको हो । रौतामाई गाउँपालिका वडा नं। ४ द्धारा श्री सरस्वती मा।वि। मालबासेमा पूर्ण विद्युतिकरण वडा घोषणा कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष रबिन्द्र कुमार खत्रीले जानकारी दिए ।...
त्रियुगाको ४ र ७ नं वडामा गरिने माटो परिक्षणमा सहभागी  हुन कृषकहरुलाई आह्वान

त्रियुगाको ४ र ७ नं वडामा गरिने माटो परिक्षणमा सहभागी हुन कृषकहरुलाई आह्वान

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ बैशाख । त्रियुगा नगरपालिकामा कृषकहरुको खेतबारीको माटो परिक्षण गरिने भएको छ । यहि बैशाख २५ र २६ गते हाम्रो भुमि अर्गानिक मल तथा कृषि सामाग्री उद्योग र नेचुरल बहुदेश्यीय सहकारी संस्था लि को सयुक्त आयोजनामा त्रियुगा नगरपालिकाको ४ र ७ नं वडामा माटो परिक्षण गरिने भएको हो । पछिल्लो समय वातावरण र अनेकौँ बिषादी प्रयोगले माटोको अवस्था कम्जोर भई उत्पादनमा समस्या रहेको जनाईएको छ । माटो परिक्षण गरी माटो सुधारमा कृषकहरुलाई सचेत गराउने उदेश्यका साथ परिक्षण गर्न लागिएको हो । परिक्षणले माटोको सुधार गर्न सकिने र के कस्तो मल विषादी प्रयोग गर्न सकिने भनेर जानकारी पनि गराईने छ । पछिल्लो समय कृषकहरुले बिभिन्न प्रकारको मलहरु प्रयोगले माटो बिगारिरहेको अवस्था छ । उत्पादनको लागि पहिले माटोको परिक्षण गरी सोही अनुसारको बाली नाली लगाउन सकिने जनाईएको छ । माटोको अवस्था पत्ता नलगाई बाली लगाउँदा कृषकह...
प्रेस स्वतन्त्रता सेनानीको रुपमा उदयपुरका दुई पत्रकार सम्मानीत

प्रेस स्वतन्त्रता सेनानीको रुपमा उदयपुरका दुई पत्रकार सम्मानीत

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ बैशाख । उदयपुरका अग्रज पत्रकार हरि कुमार राई र कुशलबाबु बस्नेतलाई प्रेस स्वतन्त्रता सेनानी पुरस्कारले सम्मानीत गरिएको छ । पत्रकार महासंघ कोशी प्रदेशका पूर्व सचिव तथा नागरिक आह्वानका संञ्चालक हरि कुमार राई र पूर्व जिल्ला अध्यक्ष समेत रहेका कुशल बाबु बस्नेतलाई पे्रस स्वतन्त्रता दिवसको अवसरमा काठमाण्डौँमा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशनमा राई र बस्नेतलाई सम्मान गरिएको हो ।...
५ बर्षदेखी जिल्ला अस्पताल उदयपुरमा हाईड्रोशिलको नि:शुल्क उपचार

५ बर्षदेखी जिल्ला अस्पताल उदयपुरमा हाईड्रोशिलको नि:शुल्क उपचार

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ बैशाख । जिल्ला अस्पताल उदयपुरले हाईड्रोशिलको निशुल्क उपचार गरिरहेको छ । सरकारले अस्पतालमा निशुल्क उपचारको लागि बार्षिक रुपमा बजेटनै छुटाएको छ । फोकल पर्सन डा. निर्मला चौधरीका अनुसार हाल सम्म ३३ जना हाईड्रोशिलका बिरामीहरुलाई निशुल्क उपचार गरिसकेको अवस्था छ । उपचारको लागि सरकारले बार्षिक रुपमा बजेट बिनियोजन गर्दै आएको छ । उक्त उपचारलाई थप प्रभावकारी र प्रचार गर्न आवश्य रहेको हस्पिटलले जनाएको छ । शुक्रबार हाईड्रोशिल उपचारबारे पत्रकार सम्मेलन गर्दै यसर्ला थप प्रचारप्रशार गर्नु पर्ने जनाएको छ । उदयपुर अस्पतालमा २०७५ साल देखि यो कार्यक्रम लागू गरिए पछि निरन्तर बजेट आउने गरेको अस्पतालका मेसु डा. ज्ञानेन्द्र झाले बताए ।  डा. चौधरीले अहिलेसम्म उदयपुरको ८ मध्ये ३ वटा स्थानिय तहमा अभिमुखि कार्यक्रमको आयोजना गरिएको बताइन् ।बाकी स्थानिय तहमा पनि चाडै कार्यक्रम सुरु गर्ने तयारी भैरह...
सूचना तथा प्रविधि दिवसको अवसरमा गाईघाटमा आयोजित बक्तृत्वकला प्रतियोगितामा सुरेश, गरिमा र रोशनी पहिलो दोस्रो र तेस्रो

सूचना तथा प्रविधि दिवसको अवसरमा गाईघाटमा आयोजित बक्तृत्वकला प्रतियोगितामा सुरेश, गरिमा र रोशनी पहिलो दोस्रो र तेस्रो

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ बैशाख । राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०८१ को उपलक्षमा आयोजना गरिएको बक्तृत्वकला प्रतियोगितामा त्रियुगा नमुना माविको सुरेश बिश्वकर्मा प्रथम भएको छ । बिहिबार गाईघाट स्थित संगम सामुदायीक पुस्तकालयको सभाहलमा भएको प्रतियोगितामा सुरेसले पहिलो स्थान बनाएको हो । त्यस्तै गरी मेरो गाईघाट इन्सिच्युटकी गरिमा तिमिल्सिना प्रतियोगितामा दोस्रो भएकी छिन् भने उदयपुर टेक्निकलबाट प्रतिनिधित्व गरेकी रोशी राउत तोस्रो बनेकी छिन् । पहिलो दोस्रो र तेस्रो हुने प्रतियोगिहरुलाई क्रमश : नगद रु ३ हजार, २ हजार, १ हजार सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । क्यान फेटेरेशन उदयपुरको आयोजनामा भएको प्रतियोगिताको निर्णयक मण्डलमा त्रियुगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. कैलाश राई, क्याम्पसकै आईटी प्रमुख श्रावण कुमार मिश्र र त्रियुगा नगरपालिका आईटी प्रमुख रुपक तिमिल्सिना रहेको थियो । क्यान...
उदयपुरको भातीखर्कमा आगलागीबाट एक घर जलेर नष्ट

उदयपुरको भातीखर्कमा आगलागीबाट एक घर जलेर नष्ट

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २० । उदयपुरमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । त्रियुगा नगरपालिका–१३ भातीखर्कका जगत बहादुर राईको घर आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार आज दिउँसो ११:२० बजेको समयमा अचानक आगलागी भएको थियो । आगलागीबाट राईको काठले बनेको टालिको छाना भएको २ तले घर सहित अन्नपात ,लत्ताकपडा भाँडा बर्तन जली अन्दाजी २ लाख बराबरको क्षति भएको डिएसपी चापागाईले बताए । आगलागीबाट मानवीय तथा चौपायमा क्षति नभएको र प्रहरी ,त्रियुगा न.पा.को दमकल, स्थानीय सहयोगमा आगो दिउँसो १२ बजे पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
श्रीमतीको हत्या गरी आत्मसमर्पण

श्रीमतीको हत्या गरी आत्मसमर्पण

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २० । काठमाण्डौँमा एक पूरुषले श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । ओलखढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर–३ का ३५ वर्षीय सन्तोष परियारले श्रीमती ३५ बर्षीय अनिसा चाहारको हत्या गरी काठमाण्डौँ प्रहरी वृत्तमा आत्मसमर्पण गरेका हुन् । काठमाडौँ महानगरपालिका–६ स्थित भुवलडाँडामा रहेको छिरिङ लामाको घरमा बस्दै आएका परियारले श्रीमतीको हत्या गरी बुधबार बिहान ८ बजेर ४० मिनेटमा आत्मसमर्पण गरेको डीएसपी राजु पाण्डेले बताएका छन् । पाण्डेका अनुसार परियारले वृत्तको गेटमा आएर आफुले श्रीमतीको हत्या गरेको बयान दिएपछि तत्काल टिम सहित खटिगई लामाको घरको भुईँ तलामा ढोका खोलेर हेर्दा अनिसा मृत अवस्थामा थिइन् । चाहार ओछ्यानमा मृत अवस्थामा भेटिएकी हुन् । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । पत्नीसँग शंका लागेपछि मोबाइलमा अडियो रेकर्ड सेट गरेर सन्तोष...
राष्ट्रि सूचना तथा पूविधि दिवसको अबसरमा गाईघाटमा प्रभातफेरी र्याली

राष्ट्रि सूचना तथा पूविधि दिवसको अबसरमा गाईघाटमा प्रभातफेरी र्याली

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० बैशाख । उदयपुरमा राष्ट्रिय सूचना तथा प्रविधि दिवस भव्य रुपमा मनाईएको छ । उक्त दिवसको अवसरमा गाईघाटमा प्रभातफेरी र्याली सहित कोणसभा गरिएको छ । प्रविधि तथा सूचनाको क्षेत्रमा काम गर्ने सम्बन्धित संघ संस्था र सोही क्षेत्रमा काम गर्ने कर्मचारीहरुको उपस्थितिमा सूचना तथा प्रविधि दिवस २०८१ लाई भव्य पार्न र्याली आयोजना गरिएको हो । कम्पुटर एसोसिएसन नेपाल (क्यान फेडेरेसन) उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिका र त्रियुगा नगरपालिका वडा नं ११ का समन्वयमा दिवस मनाईएको हो । दिवसमा आईटी तथा बिआईसीटी अध्यान गर्ने विद्यार्थी तथा प्राविधिक शिक्षामा आवद्ध विद्यार्थीहरुलाई उपस्थिति गराईएको थियो । साथै बिभिन्न इन्सिट्युचका विद्यार्थीहरु पनि सहभागी थिए । कार्यक्रममा उपस्थित अतिथीहरुले सूचना प्रविधि पछिल्लो समय विकसित अवस्थामा रहेको जनाए । आज सूचना प्रविधिलाई सहि तरिकाले प्रयोग गरे फाईदा र...
प्रथम दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिताको तिव्र तयारी

प्रथम दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिताको तिव्र तयारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० बैशाख । यहि बैशाख २२ गते देखी सुरु हुने प्रथम दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिताको तयारी तिव्र रुपमा भैरहेको छ । साकेला युवा समूहको आयोजना तथा जिल्ला फुटवल संघ उदयपुरको समन्वयमा साकेला खेलमैदानमा हुन लागेको प्रतियोगिताको तयारी भैरहेको हो । आयोजक यतिवेला फिल्ड तयारीमा जुटेको छ । घेराबेरा, पोष्ट र स्टेजका लागि काम भैरहेको छ । पहिलो पटक आयोजना लागेको प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन तिव्र तयारी र व्यवस्थापनलाई चुस्त दुरुस्त बनाईदै छ । प्रतियोगिताको मुख्य स्पोन्सर स्वर्गीय दिपक राईको श्रीमती गिता राई रहेकी छिन् । उनि आर्थिक सहयोग सँगै अन्य भौतिक व्यवस्थापनमा समेत सक्रिय छिन् । उनले श्रीमान पहिले देखिनै फुटवल खेलाडी भएको र फुटवललाई माया गर्ने भएको हुँदा आज त्यो सपना पुरा गर्न उक्त प्रतियोगितालाई आर्थिक र भौतिक सहयोग गर्ने इच्छा जागेको बताईन् ।...