Saturday, July 11News That Matters

Author: पूर्णपुष्टि खबर

त्रियुगा नगरपालिकाले निर्धारण गरेको शुल्क लागु गर्न नसक्ने निजी विद्यालयहरुको निश्कर्ष

त्रियुगा नगरपालिकाले निर्धारण गरेको शुल्क लागु गर्न नसक्ने निजी विद्यालयहरुको निश्कर्ष

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ बैशाख । त्रियुगा नगरपालिका भित्र रहेको निजी विद्यालयहरुले नगरपालिकाले गरेको शुल्क निर्धारणलाई कार्यन्वयन गर्न नसक्ने निश्कर्ष निकालेको छ । बुधबार गाईघाट स्थित जिल्ला स्तरीय संस्थागत विद्यालयहरुको भेलाले उक्त निश्कर्ष निकालेको हो । त्रियुगा नगरपालिकाका शिक्षा शाखा शुल्क निधारण समितिले ययहि बैशाख ११ गते संस्थागत विद्यालयहरुको शैक्षिक सत्र २०८१ का लागि शुल्क निर्धारण गरेको भएतापनि अब्यवहारिक र समय सापेक्ष नभएको कार्यन्वयन गर्न नसकिने भेलाको निर्णय छ । प्यावसन तथा एन प्याव्सन आबद्ध संस्थागत विद्यालयका संञ्चालक तथा प्रिन्सिपलहरुको भेलाले नगरपालिकाले निर्धारण गरेको शुल्कमा बिद्यालयको संञ्चालन खर्च समेत धान्न नसक्ने भन्दै उक्त शुल्क परिमार्जनका लागि नगरपालिकामा अनुरोध गर्ने निर्णय भएको प्यावसन जिल्ला अध्यक्ष प्रकाश बस्नेतले जनाए । नगरपालिकाले तोकेको शुल्क जबरजस्ती कार्यन्वयन ग...
अमर प्रहरीलाई सम्झँदै बृक्षा रोपन

अमर प्रहरीलाई सम्झँदै बृक्षा रोपन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ बैशाख । जिल्ला प्रहरी कार्यालय उदयपुरमा अमर प्रहरीको परिवारले बृक्षा रोपन गरेको छ । बुधबार श्रमिक दिवसकै दिन बृक्षा रोपन गरिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापा, डिएसपी राजन चापागाई लगायत अन्य प्रहरी कर्मचारीहरुको नेतृत्व पहलमा बृक्षा रोपण गरिएको हो । एसपी थापाले अमर प्रहरीहरुको नाममा बृक्षा रोपन गरेको जनाए । फल र फुल गरी दुई प्रकारको बिरुवा रोपिएको प्रहरी थापाको भनाई छ । रोपिएको बिरुवाले एक दिन सपलता हासिल गर्दै फलेको फल जव प्रयोग गर्न थालिन्छ त्यसले अमर प्रहरीको सम्मान र उनिहरुको सपना पुरा गर्ने उनको भनाई छ । आज अमर प्रहरी र परिवारको सम्बन्ध र सम्मानलाई सँधै जिवित राख्न पनि यो बृक्षारोपन कार्य गरिएको थापाको भनाई छ । उपस्थि अमर प्रहरी परिवारले देश र जनता प्रतिको लगावमा आफुलाई गुमाएको परिवारलाई फेरी एक पटक सम्झीने अवसर मिलेको जनाए । पछिल्लो...
उदयपुरको लिम्चुङबुङ्गमा आगलागी हुँदा चार घर जलेर नष्ट, ५० लाख बढी क्षती

उदयपुरको लिम्चुङबुङ्गमा आगलागी हुँदा चार घर जलेर नष्ट, ५० लाख बढी क्षती

Breaking News 1
पूर्णपुष्टि, १८ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं. ५ हिम्मा गाउँमा हिजो जंगलबाट सल्किएको आगलागी राती २ बजेमात्र नियन्त्रण भएको छ । स्थानीय मदन खड्का, मोहन कार्की, इन्द्रबहादुर बुढाथोकी, लगायतको चार घर र दुई वटा गोठमा आगलागी भएको छ । रुद्रबहादुर विकको गोठमा भेटेपछि गाउँमा आगो सल्किएको थियो । चैपाया चारवटा खसी मरेका छन् । वडाध्यक्ष कविचन्द्र राईका अनुसार प्रारम्भिक अनुमानमा पचास लाख माथि क्षती भएको छ । रौतामाई गाउँपालिकाको वडा नं. ३ बाट फैलिएको आगो जंगल हुदै लिम्चुङबुङ पुगेको हो । लिम्चुङबुङको टोड्के, सल्लेरी र कपासेसमेतमा आगो सल्किएकोमा स्थानीयले नियन्त्रण गरेका थिए ।...
प्रदेश स्तरिय वृहत औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव (फोटो फिचर)

प्रदेश स्तरिय वृहत औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव (फोटो फिचर)

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १८ । कोशी प्रदेश स्तरिय तेस्रो वृहत औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८० हेर्नुहोस् तस्विरमा ।    
उदयपुरमा आगलागी हुँदा ७ लाख बढी क्षती

उदयपुरमा आगलागी हुँदा ७ लाख बढी क्षती

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १७ । उदयपुरको त्रियुगा नगरपालिका–७ होक्सेमा आगलागी भएको छ । आगलागीबाट ७ लाख बढीको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईले जानकारी दिए । डिएसपी चापागाईका अनुसार शनिबार होम बहादुर सिग्देलको जस्तापाताको छाना ,बासको टाटिबेरा र ढुङ्गा,सिमेण्टको गाह्रो भएको २ तल्ले मतान घरमा खोले पकाउनको लागि चुल्होमा आगो बाली छाडेकोमा चुल्होको आगो अचानक घरमा सल्की आगलागी भएको हो । आगलागीबाट सो मतान घर ,मतानघर भित्र रहेको चिरान काठ,पराल,बिधुतिय मिटरबक्स, प्लास्टिको पाइप, मतानघर छेउमा रहेको कुखुराको खोर र बाख्राको खोर जली नष्ट हुँदा अंन्दाजी ७ लाख १० हजार रुपैँया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानविय क्षती नभएको र स्थानीय, प्रहरी र दमकलको साथ–सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।...
प्रथम स्व. दिपक राई स्मृति फुटवल प्रतियोगितालाई खेल सामाग्री र आर्थिक सहयोग जुट्दै

प्रथम स्व. दिपक राई स्मृति फुटवल प्रतियोगितालाई खेल सामाग्री र आर्थिक सहयोग जुट्दै

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १७ बैशाख । प्रथम स्व. दिपक राई स्मृति फुटवल प्रतियोगितालाई सहयोग जुटिरहेको छ । यहि बैशाख २२ गतेदेखी गाईघाट स्थित साकेला खेल मैदानमा हुने प्रतियोगिताका लागि खेलप्रेमी खेलाडी, बुद्धिजीवी, समाजसेवी, कर्मचारी लगायत व्यक्तित्वहरुबाट निरन्तर सहयोग जुट्दै आएको हो । आयोजक साकेला युवा समूहको नेतृत्वमा हुन लागेको प्रतियोगितालाई स्वर्गिय दिपक राईको श्रीमती गिता राईको मुख्य सहयोग रहेको छ । राईले प्रतियोगितामा लाग्ने सम्पूर्ण व्यवस्थापकीय खर्चको जिम्मेवारी लिएकी छिन् । यस सँगै खेललाई सफल बनाउन बिभिन्न व्यक्ति तथा संघ संस्थाहरुले पनि सहयोग गर्दै आईरहेको छ । पहिलो पटक हुन लागेको उक्त प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्ने भन्दै आयोजक थप सहयोगहरु जुटाउँन लागि परेको हो । गिता राई बाहेक अन्यले पनि आर्थिक सहयोग गरेमा प्रतियोगितालाई सोचेको भन्दा बढी स्तरीय गर्न सकिने आयोजको भनाई छ । प्रत...
प्रथम स्व. दिपक राई (दोर्पार्ली) स्मृती फुटवल प्रतियोगिताको पुरस्कार राशी थपियो

प्रथम स्व. दिपक राई (दोर्पार्ली) स्मृती फुटवल प्रतियोगिताको पुरस्कार राशी थपियो

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १७ बैशाख । गाईघाट स्थित साकेला टोलमा आयोजना हुन लागेको प्रथम स्व. दिपक राई (दोर्पार्ली) स्मति फुटवल प्रतियोगिताको पुरस्कार राशी थप गरिएको छ । प्रतियोगितालाई अझै उचाईमा पुराउनका साथै खेलाडी, खेलप्रेमी र बिजयी टिमको मनोवल बढाउन पुरस्कार राशी बढाईएको आयोजक साकेला युवा समूहले जनाएको छ । स्वर्गिय दिपक राईकी श्रीमती गिता राईको पहलमा हुन लागेको प्रतियोगितामा पुरस्कार राशीलाई थप गर्ने निर्णय गरेको समुहका कार्यवाहक अध्यक्ष दिवस श्रेष्ठले जनाए । अब प्रतियोगिताको बिजयी टिमले रु २५ हजार नगद सहित ट्रफि र प्रमाण पत्र पाउने छन् भने उपविजेताले रु १५ हजार नगद सहित ट्रफि र प्रमाण पत्र पाउने छन् । प्रथम पुरस्कारमा र दोस्रो पुरस्कारमा रु ५ हजारको दरले बढाएईको श्रेष्ठले जनाए । बिजेता टिमलाई २० हजार र उपविजेतालाई १० हजार भनिएको ठाउँमा ५ हजारको दरले बढाएर २५ र १५ बनाईएको हो । प्रतियोगितालाई ...
लिम्चुङबुङको कृषि उत्पादन बिक्रिका लागि कागवेनी ईन्टर प्राईजेज सँग सम्झौत

लिम्चुङबुङको कृषि उत्पादन बिक्रिका लागि कागवेनी ईन्टर प्राईजेज सँग सम्झौत

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ बैशाख । लिम्चुङबुङ गाउँपालिकाले कृषि उत्पादन बिक्रिका लागि एक कम्पनी सँग सम्झौता गरेको छ । पालिकाले स्थानीय उत्पादनको बजार व्यवस्थापनलाई सहज बनाउन कागवेनी ईन्टर प्राईजेज प्रालिसँग सम्झौता गरेको हो । गाउँपालिकाले स्थानीय किसानको उत्पादन आफैँले बजारीकरण गर्ने भन्दै सम्झौता गरेको हो । पालिकामा उत्पाददित अकबरे खोर्सानी, तरकारी र फलफूल बेच्न कागवेनी ईन्टर प्राईजेज प्रालिसँग सम्झौता गरेको पालिका अध्यक्ष मेजर कुमार राईले जनाए । उनले प्रालि र आफुबीच तरकारी र फलफूल बजारीकरणको जिम्मा प्रालिले लिने सहमति भएको जनाएको छ । उनकाअनुसार प्रालिले प्रचलित बजार मूल्यका आधारमा किसानले उत्पादन गरेका कृषि उपज खरिद गर्नेछ । सम्झौतामा गाउँपालिकाका तर्फबाट अध्यष राई र कागवेनी ईन्टरप्राईजेजका प्रबन्ध निर्देशक लोक जंग लामाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यो कार्यले स्थानीय उत्पादनले बजार नपाएर...
प्रदेश स्तरीय तेस्रो औद्योगिक महोत्सवमा उपभोक्ता सम्बन्धि सचेतना कार्यक्रम

प्रदेश स्तरीय तेस्रो औद्योगिक महोत्सवमा उपभोक्ता सम्बन्धि सचेतना कार्यक्रम

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ बैशाख । उदयपुरमा संञ्चालन भैरहेको प्रदेश स्तरीय तेस्रो औद्योगिक बृहत प्रदर्शनी तथा रैथाने खाना महोत्सवको पाँचौ दिन उपभोक्ता सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा घरेलु महासंघ उदयपुरको समन्वयमा उपभोक्ता अधिकार संरक्षण सम्बन्धी सचेतना गराइएको हो । प्रदर्शनीमा उपस्थित अवलोकनकर्ता तथा स्टल प्रदर्शनकर्ता उद्योगिहरुलाई सचेत गराईएको छ । घरेलु कार्यालय उदयपुरका प्रमुख नरेन्द्र पराजुलीले उद्योगीहरुले उद्योग संञ्चालन सम्बन्धी पहिले जानकारी राख्नु पर्ने जनाए । उद्योग संञ्चालन निति नियम र प्रक्रियाको बारेमा जानकारी लिएर संञ्चालन गरेको उद्योगले फाईदा पुग्ने पराजुलीले जनाए । उनले घरेलुमा गरिने उद्योग दर्ता र नविकरणको कामहरुबारे उपस्थित उद्योगि व्यवसायीहरुलाई प्रस्ट रुपमा जानकारी दिएको छ । सचेतना कार्यक्रम अन्तरगत उत्पादन ,ब...
यातायात कार्यालयका एक कर्मचारीमाथि कुटपिट

यातायात कार्यालयका एक कर्मचारीमाथि कुटपिट

Breaking News 1, समाचार
उदयपुर, बैशाख १६ । यातायात ब्यवस्था सेवा कार्यालय गाईघाटका एक कर्मचारीलाई कार्यकक्षमै चारजनाको समुहले आज कुटपिट गरेको छ । कार्यकक्षमा कोठा थुनेर त्रियुगा नगरपालिका ११ का सौगात केसीको नेतृत्वमा आएको समुहले कर्मचारी मेकानिकल सुपरभाइजर पुष्पेन्द्र कुमार यादवमाथि कुटपिट गरेको हो । कुटपिट गर्ने केसी शिवशक्ती ब्लक उद्योग गैरुनका प्रोपाइटर हुन् । केसीले प्रक्रियामा आउनुपर्ने काम प्रक्रियामै नआइ छिटो गर्न दवाव दिएको र विवाद परेपछि कुटपिट गरेको कार्यालयले जनाएको छ । ट्रकमा क्रेन लगाएको र सो कार्यालयबाट स्विकृति लिन खोज्दा प्रक्रियाको बारेमा विवाद परेको बुझिएको छ । कार्यालयले दिननहाडै डिउटीको सिलसिलामा कर्मचारी कुटिएको भन्दै दोषीलाई पक्राउ गरी कारवाहीको मागसहित प्रहरीलाई उजुरी गरेको छ ।  ...