ब्याड्मिन्टन संघको नयाँ पदाधिकारीको पदस्थापन
उदयपुर, वैशाख १६ ।
उदयपुर जिल्ला ब्याड्मिन्टन संघका नयाँ पदाधिकारीको सपथग्रहण तथा पदस्थापन शनिबार भएको छ । संघका नवनिर्वाचित अध्यक्ष किसन राई (कालिदास राई), चार उपाध्यक्षहरु नारायण तामाङ, देविराज राई, अनिल आले मगर, नमस कार्की, सचिव मेधजुद्ध मगर र कोषाध्यक्ष बादल खतिवडाले सपथ ग्रहण गरेका हुन् । त्यस्तै सदस्यहरु देवनारागण चौधरी, राजकुमार थापा, शर्मिला राई, लिलाकान्त चौधरी, सुनिल पोखरेल, निलम खड्का लगायतले सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् ।
जिल्ला न्यायधिश हरिश्चन्द्र इन्माङको प्रमुख आतिथ्य, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीको विशेष आतिथ्य, सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता उत्तम श्रेष्ठ, सशस्त्र प्रहरी उपरिक्षक सरोजसिंह बस्नेत, राष्ट्रिय अनुसन्धान उपनिर्देशक कुमार बुढाथोकी, ब्याडमिन्टन संघ कोशी प्रदेश प्रतिनिधि दिपक राई, जिल्ला खेलकुद विकास समिति अध्यक्ष पर्वत दा...









