Sunday, July 12News That Matters

Author: पूर्णपुष्टि खबर

उदयपुरमा हुने प्रदेश स्तरिय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पुरा

उदयपुरमा हुने प्रदेश स्तरिय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पुरा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ बैशाख । १३ र १४ गते उदयपुरमा आयोजना हुने कोशी प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पुरा भएको छ । गाईघाट स्थित संगम सामुदायिक पुस्तकालयमा हुन लागेको सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको कर्यक्रम संयोजक भरत खड्काले जनाए । कर्यक्रमको प्रचार प्रसार, सभाहल कार्यक्रको तालिकाहरु तयारी अवस्थामा रहेको पुस्तकालयका अध्यक्ष समेत रहेका खड्काले जनाए । कार्यक्रमको दुई दिन हुने कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङयले गर्ने भएको छ । “पढौँ, पढाऔँ निरन्तर शिक्षका लागी पुस्तकालाय जाऔँ, सवल समाजको आधार पुस्तकालयको विकास र बिस्तार एक स्थानिय तह एक नमुना पुस्तकालय हाम्रो अभियान” भन्ने मुल नाराका साथ प्रदेश स्तरीय दोस्रो पुस्तकालय सम्मेलनको भव्य तयारी भएको खड्काले जनाए । सम्मेलनलाई उदयपुर जिल्लाको आठ ओटै पालिकाहरुले सहयोग गरेको छ भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय,...
महोत्सवमा सहभागी उद्यमी र व्यवसायीहरुसँग उर्जा सम्बन्धि अन्तक्रिया

महोत्सवमा सहभागी उद्यमी र व्यवसायीहरुसँग उर्जा सम्बन्धि अन्तक्रिया

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १३ । कोशी प्रदेश स्तरीय तेस्रो बृहत औद्योगिक महोत्सव तथा रैथाने खान प्रदर्शनीमा सहभागि उद्यमी, व्यवसायीहरुसँग उर्जा सम्बन्धि अन्तक्रिया गरिएको छ । महोत्सवको दोस्रो दिन नविकरणीय उर्जा तथा वैकल्पिक प्रवर्धन केन्द्र बिराटनगरबाट आएका प्राविधिक टोली र उद्यमी र व्यावसायीबिच अन्तक्रिया भएको हो । नविकरणीय उर्जा तथा वैकल्पिक प्रवर्धन केन्द्र बिराटनगरका सल्लाहकार शिव कार्कीले उर्जाको महत्व, यसको व्यावसाय, रोजगारी र आम्दानीसँग कसरी जोड्ने सकिन्छ भन्ने बारेमा सहभागीहरुलाई जानकारी गराएको छ । वैकल्पिक उर्जाले नविकरणीय उर्जामा आधारित व्यवसायलाई प्रवद्र्धन गर्न नविकरणीय उर्जा, दक्षता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको बताए । यस कार्यक्रम अन्तर्गत नेपालमा २३ सय साना घरेलु उद्योग स्थापना गरेको उनले बताए । परम्परागत सिपमा आधारीत व्यावसायलाई वैकल्पिक उर्जाले प्रवद्र्धन गर्न राम्...
कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्ष पछी पक्राउ

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्ष पछी पक्राउ

Breaking News 3, समाचार
पुर्णपुष्टि, बैशाख १३ । भोजपुरमा कर्तब्य ज्यान मुद्धामा फरार रहेको एक आरोपीलाई प्रहरीले १७ बर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक भैसिपंखा गाबिस र हाल भोजपुर नगरपालिका–१० का ६० बर्षीय चन्द्र बहादुर तामाङ रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार २०६३ साल कार्तिक १४ गते तामाङको छिमेकी निमा दावा शेर्पा तामाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको थियो । तामाङलाई खोजतलास गर्ने क्रममा घटना भएको १७ बर्ष पछी २०८१ साल बैशाख ११ गते सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनाका अर्का आरोपित स्थानीय बाल कुमार तामाङ हालसम्म फरार रहेको साथै खोजतलास भईरहेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
उदयपुरमा युवकलाई ठक्कर दिएर फरार भएको स्कारपियो सहित चालक पक्राउ

उदयपुरमा युवकलाई ठक्कर दिएर फरार भएको स्कारपियो सहित चालक पक्राउ

Breaking News 2, समाचार
पुर्णपुष्टि, बैशाख १३ । उदयपुरमा एक युवकलाई ठक्कर दिएर फरार रहेको स्कारपियो गाडी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–७ बस्ने ३९ बर्षीय दुर्गा प्रसाद सिग्देल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार गत शुत्रबार बिहान ३:४५ बजेको समयमा त्रियुगा नगरपालिका–९ माथाने टोल स्थित मदन भण्डारी राजमार्गमा सोही वडाका २५ बर्षीय वबित दनुवारलाई स्कारपियोले ठक्कर दिएर फरार भएको थियो । ठक्करबाट गम्भिर घाईते भएका दनुवारको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । फरार रहेको सवारी खोजतलास तथा अनुसन्धान गर्ने क्रममा को१च९५१६ नं. को स्कोरपियो रहेको खुल्न आएपछि सवारी सहित चालकलाई पक्राउ गरिएको डिएसपी चापागाईले बताए ।...
समृद्ध नेपाल निर्माणको लागि उद्योग उद्यमीहरुको आवश्यक : मन्त्री खत्री

समृद्ध नेपाल निर्माणको लागि उद्योग उद्यमीहरुको आवश्यक : मन्त्री खत्री

Breaking News 1, समाचार
पुर्णपुष्टि, १२ बैशाख । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्बी राम कुमार खत्रीले नेपालमा उद्योग र उद्यमीहरुको आवश्यक रहेको जनाएको छ । समृद्ध नेपालको कुरा उठिरहँदा उद्योग तथा उद्यमीहरुको महत्व रहेको खत्रीले जनाएको हो । गाईघाटमा सुरु भएको प्रदेश स्तरीय औद्योगिक महोत्सव तथा रैथाने खानाको क्रममा बोल्दे मन्त्री खत्रलिे ठुला तथा साना मझौला उद्योगहरु नेपालमा अत्यावश्यक रहेको जनाए । सोही उद्योगबाटने नेपाल र नेपालीको समृद्ध यात्रा सफल हुने खत्रीको बुझाई छ । घरेलु तथा साना उद्योग र मझौला उद्योगले नेपालको अर्थतन्त्रमा ठुलो टेवा पुराउने भन्दै यसको ज्यादै महत्व रहेको उनले जनाए । मन्त्री खत्रीले अबको दिनहरुमा बजेट निर्माण गर्दा त्यस्ताखाले उद्योगहरुलाई प्राथामिकतामा राखेर बजेट बनाउने समेत जनाएको छ । प्रमुख अतिथिको रुपमा महोत्सव उद्घाटन समेत गरेका खत्रीले स्टलमा देखिएको सबै सामाग्रीहरु स्थानीय त...
उत्पादन भएपनि ब्यवस्थित बजारको अभाव छ  : उपसभामुख दनुवार

उत्पादन भएपनि ब्यवस्थित बजारको अभाव छ : उपसभामुख दनुवार

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ बैशाख । कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले उत्पादन बढेपनि बजारको समस्या रहेको जनाएको छ । पछिल्लो समय स्थानीय उत्पादन बढ्दा पनि बजार अभाववले कृषकहरु चिन्तित रहेको दनुवारले जनाईन् । बुधबारदेखी सुरु भएको प्रदेश स्तरीय बृहत औद्योगिक महोत्सव तथा रैथाने खाना प्रदर्शनीमा बोल्दै दनुवारले यस्तो बताएकी हुन् । दनुवारले हरेक घरमा आफुले खानको लागि उत्पादन आफै गर्न थालेको र आम्दानीको लागि समेत उत्पादन बढाई रहँदा बजार अभाव देखिएको जनाईन् । बाहिरबाट आएको उत्पादन स्थानीय स्तरमा बिक्रि भैरहँदा आफ्नै स्थानमा उत्पाति वस्तु बिक्रि हुन गह्रो भएको उनको भनाई छ । उनले यस्तो समस्या हल गर्न प्रदेश तथा स्थानीय सरकार लागि पर्नु पर्ने जनाईन् । यसको बारेमा सबै क्षेत्रहरु आपसी छलफल गरेर समस्याका समधानमा अघि बढ्नु पर्ने उनको भनाई छ । यस महात्सवले उद्योगी तथा कृषकहरुको उत्पादित बस्तुको बजार समस्याल...
गाईघाटमा प्रदेश स्तरीय तेस्रो बृहत औद्योगिक महोत्सव सुरु, तस्विर सहित

गाईघाटमा प्रदेश स्तरीय तेस्रो बृहत औद्योगिक महोत्सव सुरु, तस्विर सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ बैशाख । गाईघाटमा आजबाट प्रदेश स्तरीय तेस्रो बृहत औद्योगित महोत्सव तथा रैथाने खाना प्रदर्शनी सुरु भएको छ । १२ गतेदेखी १८ गते सम्म हुने उक्त महोत्सव गाईघाट स्थित हिरा टेन्ड हाउसमा सुरु भएको हो । महोत्सव तथा रैथाने खानाको उद्घाटन उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले गरेको छ । उद्योगी, उद्यमी, व्यवसायीहरुको उपस्थितिमा महोत्सव उद्घाटन सुरु भएको हो । मन्त्री खत्री सहित उद्घाटनमा प्रदेश उपसभामुख सिर्जना दनुवार, पूर्व सांसद अम्विका थापा, त्रियुगा नगर उपप्रमुख महेश्वरी राई लगायत उद्योग सँग सम्बन्धित बिभिन्न व्यक्तिहरुको उपस्थित रहेको छ । महोत्सवमा बिषेशगरी १४ ओटा जिल्लामा उत्पादन भएको उद्योगी, शैक्षिक, बन, कृषि, पर्यटन लगायतका वस्तुहरु प्रदर्शनीमा राखिएको छ भने पुरानो स्थानीय स्तर तथा जातजातिका बिभिन्न रैथाने परिकारहरु राखिएको छ । नेपाल घरेलु तथा साना उद्योग ...
उदयपुरमा आजदेखी तेस्रो प्रदेश स्तरीय बृहत औद्योगिक महोत्सव तथा रैथाने खान प्रदर्शनी

उदयपुरमा आजदेखी तेस्रो प्रदेश स्तरीय बृहत औद्योगिक महोत्सव तथा रैथाने खान प्रदर्शनी

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैेशाख १२ । उदयपुरमा आजदेखी तेस्रो प्रदेश स्तरीय बृहत औद्योगिक महोत्सव तथा रैथाने खान प्रदर्शनी सुरु हुदैँछ । आजदेखी गाईघाटस्थित हिरा टेन्ड हाउसमा सुरु हुने महोत्सवको उद्घाटन प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले गर्नेछन् । मेहनत श्रृजना उत्पादन र वस्तु मेरै नेपालको, उद्योग गरौँ, उद्यमी बनौ, स्वदेशी वस्तुको प्रयोग गरौँ, भन्ने मुल नारासहित सुरु हुन लागेको तेस्रो बृहत औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ सुरु हुँदै छ । स्थानीय उत्पादनको प्रवद्र्धन र समृद्धिको लागि उद्यमशिलता भन्ने उदेश्य सहित लघु घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, कृषि, वन, जढीबुटी, पर्यटन, हस्तकला, बिज्ञान तथा प्रविधि, सूचना संञ्चार, साहित्य, कला, संस्कृति र रैथाने खानाको परिकार प्रदर्शनी महोत्सवको मुख्य आकार्षण रहेको छ । महोत्सवलाई शिक्षा ,बिज्ञान तथा प्रबिधी मन्त्रा...
उपसभामुख दनुवारद्धारा उदयपुरमा एकल महिला छाहारी भवनको शिलान्यास

उपसभामुख दनुवारद्धारा उदयपुरमा एकल महिला छाहारी भवनको शिलान्यास

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १२ । उदयपुरमा कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले एकल महिला छाहारी भवनको शिलान्यास गरेका छन् । बुधबार जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ४ फर्सेटमा उपसभामुख दनुवारले मानव अधिकारका लागी महिला एकल महिला जिल्ला समिति उदयपुरको भवन शिलान्यास गरेका हुन् । प्रदेश सरकारको आर्थिक बर्ष २०८०÷०८१ बाट एकल महिला छाहारी भवनको लागी २५ लाख बजे विनियोजन गरिएको थियो । उक्त बजेटबाट १६ लाख ६३ हजार १ सय ९० रुपैँयामा तिन कोठे भवन निर्माण गर्न लागिएको हो । भवनको शिलान्यास पश्चात बोल्दै उपसभामुख दनुवारले तिन तलाको ठुलो भवन बनाउने इस्टिमेट र नक्सा तयार गरेतापनी बजेटको अभावले सम्भव नभएको बताईन् । एकल महिलालाई छाहारी दिन र यस भवनमा बसेर एकल महिलाले आफ्नो कामलाई सुरुवात गर्न आज यो भवन शिलान्यास भएकोे बताईन् । यो भवनले एकल महिलाको संस्थालाई जिवन्त दिनको निम्ति महत्पुर्ण भुमिका खेल्ने विश्व...
उदयपुरमा भोलीदेखी हुने औद्योगिक प्रदर्शनी र रैथाने खाना महोत्सवको तयारी पुरा

उदयपुरमा भोलीदेखी हुने औद्योगिक प्रदर्शनी र रैथाने खाना महोत्सवको तयारी पुरा

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ बैशाख । भोलीदेखी उदयपुरमा सुरु हुने तेस्रो प्रदेश स्तरीय बृहत औद्योगिक महोत्सव तथा रैथाने खान प्रदर्शनीको तयारी पुरा भएको छ । महोत्सव तयारी बारे मंगलबार आयोजक घरेलु तथा साना उद्योग माहासंघ उदयपुरले जानकारी गराउँदै भोलीदेखी शुभारम्भ हुने जनाए । महोत्सवको उद्घाटन प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले गर्ने नेपाल घरेलु तथा सानो उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले जनाएको छ । मेहनत श्रृजना उत्पादन र वस्तु मेरै नेपालको, उद्योग गरौँ, उद्यमी बनौ, स्वदेशी वस्तुको प्रयोग गरौँ, भन्ने मुल नारासहित सुरु हुन लागेको तेस्रो बृहत औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ भव्य यहि बैशाख १२ गते देखी सुरु हुँदै छ । स्थानीय उत्पादनको प्रवद्र्धन र समृद्धिको लागि उद्यमशिलता भन्ने उदेश्य सहित लघु घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, कृषि, वन, जढीबुटी, पर्...